article
stringlengths
55
1.8k
title
stringlengths
10
141
article_length
int64
55
1.8k
संगीतकार आलोकश्री र चलचित्र ' कबड्डी कबड्डी कबड्डी ' को गीत चोरी विवाद मिलेको छ । आलोकश्रीले संगीत भरेको ' फोटो सिरानी ' मा बोलको गीतसँग चलचित्र ' कबड्डी कबड्डी कबड्डी ' मा समावेश ' दुबो फुल्यो ' गीतको लय मिलेपछि विवाद उत्पन्न भएको थियो । गीत मिल्नुलाई ' संयोग ' मात्र भनेर सहमती भएको छ ।
' कबड्डी कबड्डी कबड्डी ' को गीत चोरी विवाद मिल्यो
288
देवघाटबाट हराइरहेका एक वृद्ध आज नारायणी नदीमा मृतावस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका वडा नं # बस्ने ## वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–## हिरापुरस्थित नदी किनारमा शरीर सडेको अवस्थामा सिञ्जालीको शव भेटिएको हो ।
चितवनमा दुई जनाको शव फेला , एकको पहिचान
301
पुष्प दुलाल# मंसिर , काठमाडौं । भूकम्प , मधेस आन्दोलन र भारतीय नाकाबन्दीले बैंकहरुको नाफामा असर गरेको छ । व्यवसाय वृद्धिको तुलनामा बैंकहरुको नाफा बढ्न नसकेको तथ्यले त्यसको पुष्टि गर्छ ।
आन्दोलन र नाकाबन्दीले बैंकहरुको नाफा खुम्चियो
185
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले तराईको हुलाकी राजमार्ग निर्माणसम्बन्धी नेपाल र भारत सरकारबीचको सम्झौता त्रुटिपूर्ण रहेको बताएका छन् । समितिको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा साहले सम्झौतामा उल्लेख भएको ## प्रतिशत जग्गा अधिग्रहण भएपछि मात्रै निर्माण अगाडि बढाउने , परामर्शदाताको छनोट भारतले गर्नेजस्ता प्रावधानले राजमार्ग निर्माणमा थप ढिलाइ हुने टिप्पणी गरे । उनले भने , ' सम्झौतामा एक लेनको पाँच मिटर चौडा सडक निर्माण गर्ने भनिएको छ तर सडकको दायाँबायाँ ## - ## मिटर जग्गा अधिग्रहण गर्ने प्रावधान उपयुक्त छैन ।
हुलाकी राजमार्गबारे नेपाल - भारतको सम्झौता त्रुटिपूर्णः सभापति साह
542
बलिउड अभिनेत्री शिल्पा सेट्ठी कार दर्घटनामा परेकी छिन् । जालन्धर - अमृत शहर राजमार्गमा उनको कार दुर्घटना भएको हो । दुर्घटनामा कार पूर्णरुपमा क्षती भए पनि कारमा सवार शिल्पा , श्रीमान र छोरालाई गम्भिर चोट नलागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
कार दर्घटनामा परिन् शिल्पा
245
नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्र्कष छ - ' जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो । ' संसद्को सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्‍यो ।
किन निलम्बित भएनन् खड्का ?
329
मध्यपुरथिमि नगरपालिकाले तेह्रौँ दक्षिण एशियाली खेलकूद ( साग ) मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ## हजार ### पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–# बालकुमारी निवासी हुन् । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा ## वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तरराष्ट्रिय जगत्मा उचाइमा पु¥याएको बताए ।
स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
451
मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा शाखा कार्यालय स्थापना गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । सो क्रममा श्रेष्ठले प्रविधि प्रयोग गरी घरबाटै कारोबार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए ।
जोरपाटीमा मुक्तिनाथ बैंकको शाखा
261
ओखलढुंगाको मोलुङ गाउँपालिका - # , पात्लेमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस कार्यकर्ता पनि छन् ।
ओखलढुंगामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप , वडा सचिव घाइते
210
गत आर्थिक वर्ष लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आह्वान गरेका विज्ञापनमा दरखास्त दिनेको संख्या निकै घटेको पाइएको छ । आयोगका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष #### / ## मा सरकारी सेवाका विभिन्न पदका लागि आह्वान गरिएको विज्ञापनमा ## प्रतिशतले दरखास्त कम परेको छ । आयोगले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा संघतर्फ # हजार # सय ## पदका लागि # लाख ## हजार # सय ## वटा दरखास्त परेको उल्लेख छ ।
विज्ञापन कम खुल्दा आवेदन ## प्रतिशत कम
449
शारीरिक रुपमा अपांगता भएकालाई स्वरोजगार तथा सीपमूलक तीन सय ## घन्टे कुक तालिम दिइएको छ । प्रदेश # को सामाजिक विकास मन्त्रालयको सहयोगमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले तालिम सञ्चालन गरेको हो । राष्ट्रिय अपांग महासंघ प्रदेश नम्बर # सँगको सहकार्यमा आयोजित तालिममा ## महिलासहित ## जनाको सहभागिता थियो ।
अपांगता भएकालाई कुक तालिम
315
नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्नै पेमेन्ट गेटवे सुरु गरेको छ । बैंकले डेबिड / क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूलाई अनलाइन कारोबारको सुविधा दिन आफ्नै पेमेन्ट गेटवे सुरु गरेको जानकारी दिएको छ । यो प्रणाली सुरक्षित भएको बैंकले दाबी गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले सुरु गर्‍यो आफ्नै ' पेमेन्ट गेटवे '
243
' राजनीतिक संयन्त्रले राज्य पुर्नसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति , राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोग तथा अन्य समितिमा प्रस्तुत गरिएका बिभिन्न प्रतिवेदनहरुलाई आधार मान्दै तराई मधेसमा दुई प्रदेश हुने गरी प्रदेशको संख्या र सिमाङकन परिमार्जन गर्ने ' यो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिखित सहमतिको लागि पेश गरिएको ' नमुना मस्यौदा ' को त्यही # नम्बर बुदाँ हो , जुन बुदाँमा सहमति हुन नसक्दा केपी ओली नेतृत्वको सरकारसँग भएको वार्ता अघि बढाउन उसले मानेन । ## औं पटकसम्म भएको वार्ता यही बुदाँमा सहमति हुन नसक्दा फागुन # , #### बाट औपचारिक रुपमा नै ' ब्रेक ' लाग्यो । त्यसपछि कहिल्यै पनि सरकार र मधेसी मोर्चाबीच वार्ता हुन सकेन र वार्ता नै नगरी ओली बुधबार सरकारबाट बाहिरिए ।
मधेसको ' दुई प्रदेश ' कता गयो ?
680
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने ## हजार ### सवारी साधनका चालकलाई कारबाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो । जसमा पुरुष ## हजार ### र महिला ### महिला चालक रहेका छन् ।
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारबाहीमा
291
कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन् । सोमबार पत्रकार भेटघाट कार्यक्रममा कानुनमन्त्रीका रुपमा आफूले गर्ने ## बुँदे कार्यक्रम सार्वजनिक गर्दै उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउने भनेका हुन् । तामाङ्ले वडा अध्यक्ष , सरकारका मुख्य सचिव देखि न्यायाधीश सम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउँछु : कानुनमन्त्री तामाङ
428
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मिनभवनको सडकमा प्रदर्शन गरिरहेका निर्माण व्यवसायीहरुलाई आश्वासन दिँदै काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले सो कुरा बताएका हुन् । उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए ।
पेस्तोलसहित तीन जना पक्राउ गरिसक्यौँ : प्रहरी
327
विश्वकप #### का लागि फ्रान्सले आफ्नो अन्तिम ## सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले अन्तिम ## भित्र म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट राखेका छैनन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट पनि टोलीमा परेनन् ।
फ्रान्सको विश्वकप टोली घोषणा , केही ठूला नाम परेनन्
276
कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नु परेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् ।
रासायनिक मल युरियाको अभाव
247
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबका ## आयोजनामध्ये सबैभन्दा पहिले सकिने भएको छ । आगामी जुन महिनासम्ममा विमानस्थलको सिभिलतर्फको निर्माणको काम सकिने भएको छ । त्यसपछि आगामी सप्टेम्बरसम्मका विमानस्थलमा विभिन्न उड्डयन उपकरण जडानको काम सुरु हुनेछ ।
काम सक्ने पहिलो गौरव आयोजना बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
296
आउँदो फागुन ## गते संघीय संसद अधिवेशन आह्वान भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् । सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
फागुन ## गते संसद अधिवेशन आह्वान
283
दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बीवी राधाको ह्दयघातको कारण निधन भएको छ । उनी ## वर्षको थिइन् । क्यान्सर रोगलाई जितेकी राधाको आइतबार बेंगलुरुमा ह्दयघातको कारण मृत्यु भएको पुष्टि भएको छ ।
दक्षिण भारतकी लोकप्रिय अभिनेत्री बीवी राधाको निधन
186
भक्तपुरको वंशुगोपालबाट चार दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा . इवामुरा अस्पतालनजिक झाडीमा ## वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो ।
चार दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत भेटिए
327
झापाको दमक नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको निर्वाचन अधिकृतका अनुसार पछिल्लो मत परिणाम यस्तो छमत परिणामनेकपा एमाले - ##माओवादी केन्द्र - ##राप्रपा - ##नेपाली कांग्रेस - ## ।
झापाको दमकमा एमालेको अग्रता
254
जिल्ला अदालत परिसरबाट मंगलबार एक अभियुक्त फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमार्इंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिएका हुन् । हतकडी लगाएकै अवस्थामा दमाईं फरार भएको जनाइएको छ ।
कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित भागे करणीका अभियुक्त
333
## मंसिरमा पत्रकार सम्मेलन गरी तीन साताभित्र निर्मला पन्तको हत्यारा पत्ता नलागे अनसन बस्ने घोषणा गर्दै गर्दा डा . गोविन्द केसीले भनेका थिए , ' मैले पहिल्यै बोल्नुपर्थ्यो , ढिलो भयो । ' डा . केसीका अरु माग पनि थिए । न निर्मला पन्तका हत्यारा पक्राउ परेका छन् , न अरु माग नै सम्बोधन भएको छ ।
संसदीय समितिको सन्देशले सर्‍यो डा . केसीको अनसन !
288
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको नागार्जुन नपा–# रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी मल्लले #### भदौ महीनादेखि माघ महीनासम्म करीब छ महीना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझिलिएको आरोप लागेको छ । गैरकानूनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ## हजार ### बराबरको तलब , भत्ता , दशैँ खर्च , सञ्चयकोष थप रकम , बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
सुविधा लिएको आरोपमा प्रधानाध्यापक मल्लसहित सात जनाविरुद्ध मुद्दा
580
शेयर सूचक मंगलबार घटेर बन्द भएको छ । आज # . ## अंक घटेर #### . ## अंकमा पुगेर रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि # . ## अंक घटेर ### . ## अंकमा रोकिएको छ ।
घट्यो शेयर सूचक , लगानीकर्ता नेपाल लाईफ इन्स्योरेन्समा झुम्मिए
188
अधिकारकर्मीहरुको एक समूहले द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीलाई फसाउने नियतले सरकारले ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाएर फसाउने षडयन्त्र गरिरहेको भन्दै सो कार्यको भर्त्सना गरेको छ । नागरिक समाज , मानव अधिकारकर्मी र द्वन्द्व पीडित समुदायका व्यक्तिहरुको एक समूहले एक अपिल सार्वजनिक गर्दै नूर प्रसाद अधिकारीको सुरक्षा एवं रिहाइको माग गरेको छ । यो समूहले जारी गरेको अपिलमा द्वन्द्वकालिन समयमा पिडक रहेको ठूलो समूह अहिले सत्तारुढ रहेको र उसले द्वन्द्वकालका पीडितलाई न्याय एवं परिपूरणको व्यवस्था गर्नुको साटो धम्क्याउँदै , तर्साउँदै र झुक्याउँदै यूद्ध अपराधी , मानवता विरुद्धका अपराधी र अन्य जधन्य वा गम्भीर अपराधीलाई उन्मूक्ति दिने काम गरिरहेको आरोप लगाइएको छ ।
नूरप्रसाद अधिकारीको रिहाइको माग
694
मंसिर ## र ## मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि # नम्बर प्रदेशमा ## लाख मतदाता छन् । सात नम्बर प्रदेशबाट ## वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका # लाख ## हजार # सय ## जना पुरुष , # लाख ## हजार ## जना महिला र ## जना तेस्रो लिङ्गी गरी ## लाख ## हजार # सय ## जना मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जानकारी दिएको छ । कुन जिल्लामा कति मतदाता ? साता नम्बर प्रदेश अन्तर्गत डडेल्धुरामा ## हजार # सय ## पुरुष र ## हजार ### जना महिला गरी जम्मा ## हजार # सय ## जना मतदाता छन् ।
प्रदेश नम्बर # मा ## लाख मतदाता , कुन जिल्लामा कति ?
511
चितवनका थारु समुदायले यमोसा ( पितृ औंसी ) पर्व मनाएका छन् । दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ । यमोसा पर्व दुई दिनसम्म मनाईने थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरी बताउँछन् ।
चितवनका थारु समुदायले मनाए यमोसा पर्व ( फोटो फिचर )
212
रनर मोटरसाईकलको आधिकारिक बिक्रेता रमण मोटर्स प्रालिले यस वर्षको मनसुन अफर घोषणा गरेको छ । उक्त योजना अन्तर्गत जुनसुकै रनर मोटरसाईकलको खरिदमा ग्राहकले निशुल्क रेनकोट , पंजा , हेलमेट , र रनरको टि–सर्ट पाउने छन् । साथै हरेक मोटरसाइकलको खरिदमा ग्राहकले स्क्रयाच गरी ## हजारदेखि ## हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् ।
रनर मोटरसाइकलको मनसुन अफर , ## हजारसम्मको छुट
315
संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमाललले जितेको छ । एमालेका मुरारी खतिवडाले #### मत ल्याएर जित हात परेका हुन् । उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले #हजार ### मत पाए ।
संखुवासभाको खाँदबारी नगरपालिकामा एमालेको जित , मुरारी खतिवडा भए मेयर
195
प्रदेश नम्बर # मा शनिबार बिहान # बजेसम्म प्राप्त मतपरिणामअनुसार माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एमालेभन्दा धेरै ठाउँ जितेको छ । माओवादी केन्द्रले यो प्रदेशमा # वटा गाउँपालिकामा विजय हासिल गरेको छ । तीमध्ये दाङमा एउटा र रुकुम तथा रोल्पामा तीन - तीनवटा गाउँपालिकामा जितेको छ ।
प्रदेश नम्बर # अपडेट : कांग्रेस र एमालेभन्दा माओवादीको जित दोब्बर
284
विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको ' फ्रिलान्स युथ मुभमेन्ट ' ले पद , शक्तिको दुरुपयोग गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बर्खास्ती अभियान सञ्चालन गर्ने भएको छ । अख्तियार प्रमुखले आफ्नो अख्तियारको दुरुपयोग गरेको गतिविधि गरिरहेकाले कार्कीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै अभियान चलाएका हुन् । बुधबार अपरान्ह प्रदर्शन मार्गमा उनीहरुले प्लेकार्डसहित कार्कीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरे ।
लोकमानलाई बर्खास्त गर्न माग
445
नेपाली कांग्रेसले पुस ## गते ## औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन पार्टीका नेताहरूलाई जिल्लामा खटाएको छ । वि . सं . #### पुस ## गते बीपी कोइराला , गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार गोष्ठी , आमसभालगायत कार्यक्रम गर्न केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाइएको छ ।
मेलमिलाप दिवस मनाउन कांग्रेसले नेतालाई जिल्ला खटायो , को कहाँ ?
426
गण्डकी मेडिकल कलेजका विद्यार्थीले बिना बिल अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलन गरिरहेका छन् । तर , कलेज प्रशासन भने विद्यार्थीको मागलाई बेवास्ता मात्रै गरेको छैन् , उल्टै धम्की दिने काम गरेको छ । सरकारले तोकेकोभन्दा # देखि # लाख रुपैयाँसम्म अतिरिक्त शुल्क दिएको प्रमाणसहित विद्यार्थीले एक सातादेखि कलेजमा ताला लगाएर आन्दोलन गरिरहेका छन् ।
आन्दोलन गर्ने विद्यार्थीलाई कलेज प्रशासनको धम्की !
337
कुनै पनि चलचित्रको गीत युटुबमा राम्रै दर्शक बटुल्न सफल भयो भने , निर्माता , निर्देशक र कलाकारको अनुहारमा खुशी छाउँछ । झन् , युटुबको ट्रेन्डिङको नम्बर # मा नै आयो भने त उनीहरु दंग नपर्ने कुरै भएन । युटुबको शिर्ष ट्रेन्डिङ मिडियाका लागि पनि गजबको मसला बन्ने गरेको छ ।
' कान्छी ' को गीत युटुब ट्रेन्डिङको शिर्ष स्थानमा
265
महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय कक्षा # मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ' आधारशिला ' परिवारमा बस्छिन् । बर्दिवास नगरपालिका–# मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ । फरक जातिका उनीहरू संयुक्त परिवार झैं बसेका छन् ।
जीवितै छ ' कम्युन '
274
मुगु - प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशको आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु हस्तान्तरण गरिएको छ । पर्यटन महोत्वसवका लागि रारामा रहनुभएका प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्णयहरु हस्तान्तरण गर्दै संघीय सरकारबाट आवश्यक पहल र आर्थिक सहायताका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश आर्थिकरुपमा पछाडि परेको भए पनि सम्भावनाको खानी भएकाले आवश्यक सहयोग गर्ने र त्यसका लागि ठोस योजना ल्याउन प्रदेश सरकारलाई उहाँले सुझाव दिनुभयो ।
मन्त्रीपरिषदका निर्णय प्रधानमन्त्रीलाई हस्तान्तरण
479
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिवर्तन चाहिरहेका विभेदमा परेका जनताहरुको अवाज उठाई दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । उनको पार्टी निकट प्रेस मंच नेपालको पहिलो केन्द्रिय महाधिवेशन उद्‍घाट गर्दै महतोले संचारकर्मी र संचारमाध्यमहरुलाई साकारात्मक पविर्तनको संवाहक बन्न आग्रह गरे । मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा शुरु उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी महतोले हिमाल , पहाड र तराईमा शोषण र उत्पीडनमा रहेका जनताको आवाज उठान गर्न आवश्यक रहेको बताए ।
परिवर्तनको पक्षमा उभिइदिन पत्रकारलाई महतोको आग्रह
483
कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसभित्रको गुटको कलह आगामी अधिवेशनसम्मका लागि मात्र रहने बताएका छन् । बुधबार बिहान प्रेस युनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले गुट–उपगुट कमजोरहरुले मात्र गर्ने भएकाले अब आगामी अधिवेशनले त्यसको अन्त्य गर्ने बताएका हुन् । कांग्रेस जनताको अपेक्षा बोकेको पार्टी भएकाले अन्तर कलहले पार्टीलाई क्षति पुर्‍याउने भएकाले यसको अन्त्य गर्न पार्टी नेतृत्वको जिम्मेवारी हुनुपर्ने बताए ।
कांग्रेसको गुट–उपगुट अधिवेशनसम्म मात्र : शशांक
449
नेपालस्थित पाकिस्तानका राजदूतले जम्मू कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताएका छन् । काठमाडौंमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले कश्मीरी जनताको इच्छा विपरित भारत सरकारले सम्झौताको धारा ### निलम्बन गर्नु अवैधानिक भएको बताएका हुन् । केहि मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरुसँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि व्यक्त गरेको बताए ।
' जम्मू - कश्मीरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक '
466
अनिल थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ' को आफ्नो ' मा मुख्य भुमिकामा अनुबन्ध भएकी ऋचा शर्मा छानेर फिल्म खेल्ने हिरोईनको रुपमा चिनिन्छिन् । फिचर फिल्म ' फष्टलभ ' वाट अभिनय सुरु गरेकी ऋचाले लुट , भिसागर्ल , उमा लगायत आधा दर्जन फिल्ममा काम गरेकी छिन् । यो संख्या आफैमा उलेख्य होईन ।
कम फिल्म खेल्ने ऋचा भन्छिन - जे सुकैले तान्दैन मलाई
289
संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य भएको छ । दिउँसो एक बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र दुई बजे बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशराज तिमिल्सिनाले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसदको दोस्रो अधिवेशन अन्त्य
297
सुन आयात तथा बिक्री वितरण कार्यविधि–#### संशोधनमा ढिलाइ हुँदा वाणिज्य बैंकहरुमा सुन थुप्रिने र व्यवसायीले वैध सुन नपाउने समस्या जटिल बन्दै गएको छ । उक्त कार्यविधि संशोधनका लागि वाणिज्य मन्त्रालय , राष्ट्र बैंक , बैंकर्स एसोसिएसन र व्यवसायी समेतले सकारात्मक भएको बताइरहे पनि संशोधन भई कार्यान्वयनमा भने आउन नसकेको हो । कार्यविधिले गरेको व्यवस्था अनुसार विदेशबाट सुन आयात गर्ने अनुमति पाएका ' क ' वर्गका ( वाणिज्य ) बैंकहरुले एक व्यवसायीलाई एक कारोबारमा # किलोभन्दा कम परिमाणमा सुन बिक्री गर्न पाउँदैनन् ।
बैंकमा थुप्रियो , व्यापारी अवैध सुनमा निर्भर
503
पर्वतको फलामखानीमा लथालिङ अवस्थामा हावाबाट विद्युत निकाल्ने यन्त्र## जेठ , काठमाडौ । हावाबाट बिजुली निकाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना बैकल्पिक उर्जा केन्द्र र विद्युत विकास विभागवीच समन्वयनको अभावमा अघि बढ्न सकेन । दुई निकायवीचको विवादका कारण यो योजना अलपत्र परेको छ ।
हावाबाट बिजुली हावामै सीमित !
280
संघियता कार्यान्वय भईसक्दा पनि कर्मचारी र केहि राजनीतिक दलका नेताहरुमा केन्द्रीकृत मानसिकता कायमै रहेको प्रदेश # का आर्थिक मामिला तथा विकास मन्त्री इन्द्र आङबो ' मौसम ' ले बताएका छन् । शुक्रवार बिहान फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै आङ्बोले मन्त्री भएको दुईसाता पुग्दासम्ममा आफूले यस्तो अनुभुक्ति गरेको बताएका हुन् । जनताको हातमा आएको अधिकार केन्द्रमा लैजान खोज्ने जुनसुकै षड्यन्त्र परास्त गरीने उनले बताए ।
अझै केन्द्रीकृत मानसिकता कायमै : मन्त्री आङबो
411
फाइल तस्वीर## मंसिर , काठमाडौं । काठमाडौं क्षेत्रनम्बर # र # को मतगणना शनिबार बिहान # बजेबाट सुरु भएको छ । मुचुल्कामा भन्दा बढी मत गणनाको क्रममा देखिएपछि रातभर गणना रोकिएको थियो ।
काठमाडौं # र # को रातभर रोकिएको मतगणना सुरु
179
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले आफू सधैँ प्रा डा गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । एक्काइस दिनदेखि आमरण अनशनमा रहेएका डा केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् । भेटमा अध्यक्ष दाहालले भने , ' काठमाडौँ उपत्यकामा ## वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ , यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।
डा केसीको मागका पक्षमा छुः अध्यक्ष दाहाल
598
भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब धरौटी माग गरेको छ । शर्मा गत जेठ ## गते पक्राउ परेका थिए । सह - सचिव शर्मामाथि कर फर्छ्यौट आयोगमार्फत अवैधानिक रुपमा ## अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।
अख्तियारद्वारा शर्मासँग तीन अर्ब धरौटी माग
296
फरहान अख्तरले ## वर्ष पुरानो सम्बन्ध तोडे । विवाहको ## वर्षपछि श्रीमति अधुनासँग उनको सम्बन्ध बिच्छेद भएको छ । फरहानको करिअर चम्काउन हिन्दी फिल्म ' जिन्दगी न मिलेगी दोबारा ' ले राम्रै काम गरेको थियो ।
अचम्मको संयोग : ' जिन्दगी ना मिलेगी दोबारा ' मा अभिनय गर्ने सबैको ब्रेकअप
199
दाङ प्रहरीले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं . # अर्नवा निवासी सम्मान गुरुङ , प्रदिप चौधरी र लमही # आदर्श टोल निवासी अनिलसिंह बस्नेत मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन् । उनीहरु तीनै जनाले असोज # गते रातको साढे # बजेतिर लमही नगरपालिका वडा नं . # निवासी प्रदिप परियारको रा # प #### नम्वरको मोटरसाइकल चोरी गरेर लैजादै गर्दा प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागेको थिए ।
मोटरसाइकल चोरी गरेको अभियोगमा # व्यक्ति पक्राउ
419
ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका ## मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले छेपा शेर्पा , अनिल भण्डारी , अभिषेक सापकोटा , विनोद सुवेदी , सुचेन्द्र श्रेष्ठ , अर्जुन राई , राजेन्द्रबाबु अर्याल , गोकुलप्रसाद महतो , जीतेन्द्र बस्नेत , सुपेन्द्र श्रेष्ठ , राजु लामा र कर्मा गुरुङको हराएको मोटरसाइकल फेला पारेको हो ।
हराएका ## मोटरसाइकल सम्बन्धित व्यक्तिलाई फिर्ता
472
वार्षिक रुपमा नेपाल स्टक एक्सचेन्जलाई बुझाउनु पर्ने शुल्क नबुझाएको कारण ## कम्पनीको सेयर कारोबार रोक्का भएको छ । असोज ## गतेसम्म शुल्क बुझाउनुपर्ने नियम भएपनि ## कम्पनीले शुल्क बुझाएका थिएनन् । कात्तिक # गते यो समाचार तयार पार्दासम्म दुई कम्पनी कञ्चन डेभलपमेन्ट बैंक र नागबेली लघुवित्त बिकास बैंकले शुल्क बुझाएपछि कारोबार खुला भएको छ ।
## कम्पनीको सेयर कारोबार रोक्का
335
गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका पछिल्ला गतिविधि अतिवादी भएको टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले नेकपाका गतिविधि राजनीतिक प्रकृतिको नभएकाले प्रचलित कानुन अनुसार कारबाही हुने बताए । ' संविधान र कानुन विपरीतको गतिविधि राजनीतिक नभई अतिवाद हो ' गृहमन्त्री थापाले भने , ' त्यस्तो गतिविधि सरकारले नियन्त्रण गर्दछ ।
गृहमन्त्री वादलले भने - विप्लवका गतिविधि अतिवादी
389
केही वर्षअगाडिसम्म सडकमा फाट्टफुट्ट मात्र देखिने टिभिएसका मोटरसाइकल र स्कुटरले अहिले राम्रो उपस्थिति देखाइरहेका छन् । आक्रामक बजार र गुणस्तरियताका कारण विस्तारै सवारी क्षेत्रमा यसको प्रभाव बढ्दै गएको दिपककुमार अग्रवाल बताउँछन् । टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष रहेका अग्रवालसँग बजार , ब्यवस्थापन , भावी रणनीति लगायतका विषयमा सेतोपाटीका सुधिर भण्डारीले गरेको सम्पादित कुराकानीःदसैं र तिहारमा टिभिएसका # पाङ्ग्रे साधनको बजार कस्तो रह्यो ? यो दसैं तिहारमा हामीले सोचेको भन्दा पनि राम्रो कारोबार भयो ।
दुई वर्षमा टिभिएसलाई ' नम्वर वान ' ब्राण्ड बनाउँछौँः अग्रवाल
519
मापसे गरेर सवारी चलाएको आरोपमा वायन रोनी पक्राउ परेका छन् । रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले रोनीलाई उनको घर नजिकैबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । इंग्लिस राष्ट्रिय टोलीका कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका एभर्टनका स्ट्राइक रोनी गए राति पक्राउ परेका हुन् ।
मापसे गरेका वायन रोनी पक्राउ
295
गोरखाको क्षेत्र नं . # मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले ## सय ## मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ## हजार # सय ## मत ल्याएका छन् भने प्रतिष्पर्धी नारायण काजी श्रेष्ठले # हजार # सय ## मत ल्याएका छन् ।
गोरखा # मा बाबुरामलाई ## सय ## मतको अग्रता
253
रियल मड्रिड स्पेनिस कोपा डेल रेय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा # - # गोलअन्तरले पराजित भएपनि समग्रमा # - # गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियलले लेगानेसलाई # - # गोलअन्तरले पराजित गरेको थियो ।
रियल मड्रिड लेगानेससँग पराजित , तर पुग्यो क्वाटरफाइनलमा
297
उर्जा , जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन् । सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्वकृषीमन्त्री हरिबोल गजुरेल र गणेश पहाडीसँगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे चार महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।
सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्ने उर्जामन्त्रीको दाबी
418
नेपाल विद्युत् प्राधिकरणले देशभर ## स्थानमा विद्युतीय चार्जिङ स्टेसनका लागि बोलपत्र आह्वान गर्ने भएको छ । प्राधिकरणले ## दिनभित्र चार्जिङ स्टेसन सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गर्न लागेको हो । ऊर्जा दक्षता एवं चुहावट नियन्त्रण विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले प्राधिकरणले बोलपत्र आह्वान गर्नका लागि सम्पूर्ण कागजात तयार पारिसकेको ## देखि ## दिनभित्र चार्जिङ स्टेसन सञ्चालनका लागि बोलपत्र आह्वान गर्न लागेको जानकारी दिए ।
## वटा चार्जिङ स्टेसनको टेन्डर ## दिनभित्रै
432
राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ । महाधिवेशन मिति वैशाख # देखि # नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन । अध्यक्षमण्डलका सदस्यहरूले तोकेकै समयमा महाधिवेशन गर्ने दाबी गर्दै आए पनि वैशाख पाहिलो साता महाधिवेशन हुनेमा पार्टीका अधिकांश नेता तथा कार्यक्रकर्ता नै विश्वस्त छैनन् ।
राजपाको महाधिवेशन फेरि सर्ने
426
कपिल शर्माको हास्य कार्यक्रममा बलिउड स्टारहरूको आउनेजाने क्रम चलि नै रहन्छ । हालै उनको शोमा ' पागलपंती ' सिनेमाका कलाकारहरू आए । कार्यक्रममा सिनेमाका निर्देशक अनिश बज्मी अनिल कपुर , जोन अब्राहम , अरशद वारसी , उर्वशी रौतेला तथा कृति खर्बन्दाको साथमा उपस्थित थिए ।
सलमान - अक्षयलाई आफ्नो सिनेमा गर्न यसरी मनाउँछन् यी निर्देशक
262
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन् । बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको बताए । हिजो कांग्रेस , पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ## हजारबढी मुद्दा परेको भन्दै उनले भने ' समझदारी भएको भए # हजार , ## सयमा झार्न सकिन्थ्यो ।
जनयुद्धका घाइतेलाई प्रचण्डको आग्रह : एनजीओको पछि नलाग्नुस्
519
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता योगेश भट्टराईले मापदण्ड विपरित सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् । नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानविन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे ।
मापदण्ड विपरितका सबै मेडिकल कलेज खारेज गर्नुपर्छः भट्टराई
457
पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपि पूर्व सासंद मोहम्द आफताब आलमको थुनछेक बहस बुधबारसम्म पनि सकिएको छैन् । आलमले आफ्नो राजनीतिक बलमा घटना नै नभएको र प्रहरी अनुसन्धान समेत फितलो बनाएपछि बिस्फोटमा मारिएका पीडितहरुले सर्वोच्च अदालतसम्म न्यायको लागि पुगेका थिए । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश सुशीला कार्कीको इजलाशले मुद्दाको पुनः गहन रुपमा अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
आलमको थुनछेक बहस सकिएन
436
अब सीजी टेलिकमलाई पनि पनि मोबाइल सेवा सञ्चालनका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालि - सिजि टेलिकम ) लाई मोबाईल सेवा सञ्चालनको अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासको आदेशपछि सीजी टेलिकमलाई मोवाइल सेवा सञ्चालनमा ल्याउने बाटो खुलेको छ ।
सीजी टेलिकमका पक्षमा सर्बोच्चको आदेश , खुल्यो मोबाइल सेवा सुरु गर्ने बाटो
336
लिभरपुल इङ्लिस प्रिमियर लिगमा लगातार ##औं जितको कीर्तिमान बराबरी गर्न असफल भएको छ । यद्यपि एडम लालनाले गरेको गोलमा योर्गान क्लोपको टोली म्यानचेस्टर युनाइटेडविरुद्ध हारको संकट टार्न भने सफल भएको छ । प्रिमियर लिगअन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडसँग #–# को बराबरी खेल्दै युरोपेली च्याम्पियन लिभरपुल सिजको पहिलो हारको संकटबाट उम्किएको हो ।
म्यानचेस्टरसँग रोकियो लिभरपुल
338
नेपाल - भारत - चीन सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको लागि नयाँ विकास रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ । साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट ( सियाम ) , इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन् । सम्मेलन उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले नेपाल विश्वको द्रूतरुपमा विकास गरिरहेका मुलुकहरुको बिचमा रहेको हुँदा चीन र भारतले हासिल गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।
नेपाल , भारत र चीनको सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु
578
एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्दै दुई नयाँ बचत खाता योजना संचालनमा ल्याएको छ । द ओरियन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता संचालनमा ल्याएको छ । यी दुईमध्ये कुनै खाता खोल्नेले # लाखसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकमा खाता खोले # लाखकाे बीमा सुविधा पाइने
279
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) माघ दोस्रो हप्ता तयार हुने बताएका छन् । राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा उनले ग्लोबल टेण्डरबाट छनोट भएको कोरियाली कम्पनीले माघ दोस्रो हप्तासम्म डीपीआर दिने बताएका हुन् । ' डीपीआरलाई औपचारिकता दिन ग्लोबल टेण्डरबाट कोरियाली कम्पनीलाई दिइसकिएको छ ।
फास्ट ट्रयाकको डीपीआर माघ दोस्रो हप्ता तयार हुन्छ : उपप्रधानमन्त्री पोखरेल
367
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको जग्गा भित्र रुख काटेर एयरपोर्ट सिटी नबनाउन निर्देशन दिएको छ । समिति स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा विमानस्थल वरपरको नगरपालिका र गाउँपालिकाहरुलाई व्यवस्थीत एवम् आधुनिक सहर बसाउन लगाए एयरपोर्ट सिटी आवश्यक नहुने उल्लेख छ । सिटी नबनाउँदा ' अनावश्यक रुपमा रुख कटान समेत नहुने हुँदा हाल एयरपोर्ट सिटीका लागि छुट्टाइएको जग्गा आयोजनाको नाममै सुरक्षित राख्न ' , समतिले निर्देशन दिएको हो ।
निजगढभित्र एयरपोर्ट सिटी नबनाउन संसदीय समितिको निर्देशन
498
त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला बुधबार खुलेको छ । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान डीन कार्यालय र विद्यार्थी संगठनहरुबीच बुधबार भएको छलफलबाट # बुँदे सहमति भएपछि ताला खुलेको हो । अखिल क्रान्तिकारीले प्रवेश परीक्षाको नतिजाअनुसार कोटा भर्नामा कतिपय विद्यार्थीले भर्ना नै हुन नपाउने अवस्था सिर्जना भएको , प्रवेश परीक्षा र नतिजा सार्वजनिक गर्दा विद्यार्थीलाई थाहा दिनुपर्ने र छात्रवृत्ति पारदर्शी गर्नुपर्ने माग राखेर माघ # गते देखि तालाबन्दी गरेको थियो ।
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा लागेको ताला खुल्यो
522
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । उदीपुरदेखि दमौली जोड्ने ## केभी प्रशारण लाइन फागुन ## र ## गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमर्स्याङदीदेखि तल्लो मर्स्याङ्दीसम्मको ### केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं # देखि टावर नं # सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिए ।
लमजुङमा दुई दिन विद्युत आपूर्ति बन्द हुने
390
प्रदेश # मा सत्ता समिकरण फेरबदलको संकेत देखिएको छ । प्रदेश # मा गठबन्धन बनाएका संघीय समाजवादी फोरम फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीचको दुरी बढेपछि समिकरण समेत फेरबदल हुने अवस्था श्रृजना भएको हो । प्रदेश # का सभामुख सरोजकुमार यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली कांग्रेसलाई दिएको विषयम राजपा र फोरमबीच मतभेद भएको हो ।
प्रदेश # मा सत्ता समिकरण फेरबदलको संकेत
329
सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन । मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन ।
टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी
257
आरपी सुवेदी## भदौ , नेपालगञ्ज । बाढी पहिरो पीडितका लागि राहत दिन प्रधानमन्त्री नेतृत्वको केन्द्रीय राहत कोषमा करीव एक अर्ब रुपैयाँ जम्मा भइसकेको छ । तर , बाँके र बर्दियाका बाढी प्रभावितले एकातिर पर्याप्त राहत पाउन सकेका छैनन् ।
पीडै पीडामा बिते बाढी पीडितका दिन ( फोटो फिचरसहित )
227
एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ### . ## प्रतिशतले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा ## करोड ## लाख रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको # महिनामा बैंकले खुद नाफा # अर्व ## करोड रुपैैयाँ पुर्याएको छ ।
एनआइसी एशिया बैंकको नाफा ### प्रतिशतले बढ्यो
257
प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख फेरिए , अपराध महाशाखामा सहकुल थापा
339
नेपाल सरकारको शिक्षा विज्ञान प्रविधि मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने नेपाल विद्याभुषणबाट सिन्धुपाल्चोकबाट यो वर्ष दुईजना विभुषित भएका छन् । दुवै विगतमा बन्दुक बोकेका व्यक्ति हुन् , एकजना माओवादीबाट र अर्का नेपाली सेनाका तर्फबाट । एउटा संयोग परेको छ , विभुषित भएका पूर्वमाओवादी रुपक सापकोटा राज्यविरुद्ध बन्दुक बोकेर युद्धमा हिँडेका थिए भने पूर्वजर्नेल पूर्णबहादुर सिलवालचाहिँ नेपाली सेनाको तर्फबाट माओवादीविरुद्ध युद्धको मैदानमा थिए ।
दुई फरक सेना बन्दूक बिसाएर विद्यावारिधिको बाटोमा
437
धनगढी – आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको अनुगमन टोलीले आज यहाँका दुई वटा पसलमा सिलबन्दी गरेको छ । बजार अनुगमनका क्रममा ' ब्ल्याक हर्स ' कम्पनीको रु # सय ## मा खरिद गरी ल्याएको जुत्ता रु दुई हजार # सय ## मा बिक्री गरेको पाइएपछि स्थानीय बजारको न्यु अनमोल सुज सेन्टरमा सिलबन्दी गरिएको हो । यस्तै , पसलसम्बन्धी कागजात उपलब्ध नगराएपछि पंकज स्टोरमा पनि सिलबन्दी गर्नुपरेको टोलीमा सहभागी अनुगमन शाखाका अधिकृत गोविन्दप्रसाद लुइँटेलले जानकारी दिए ।
आपूर्ति राज्यमन्त्री विकको एक्सन , जुत्ता पसलमा सिलबन्दी
454
राप्रपाका दोस्रो तहका केही नेताहरूले आगामी साउन # गतेभित्रै पार्टी अध्यक्ष कमल थापा र पार्टीका वरिष्ठ नेता पशुपतिसमशेर राणाबीच भएको विवादलाई मिलाउने प्रयास गरेका छन् । गत शुक्रबार राप्रपा अध्यक्ष थापाले ## जना केन्द्रीय सदस्य मनोनयन गरी निर्वाचन आयोगमा सूची बुझाएपछि थापा र राणाबीचको विवाद बढेको थियो । आगामी साउन # गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
राप्रपामा विवाद मिलाउने प्रयास
355
के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ ? सक्दो रहेछ त ! भारतमा एकजना व्यक्तिको पेटबाट ## वटा सिक्का फेला परेपछि यस्तो रहस्योद्घाटन भएको छ । भारतको महाराष्ट्रस्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो । त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए ।
यी युवकले बनाए पेटलाई खुत्रुके , पेटभित्र भेटिए ## वटा सिक्का
278
सातै प्रदेशका मुख्यमन्त्रीको भेला बिहीबार पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला हुन लागेको हो । सातै प्रदेशको अहिलेको अवस्था , खेप्नुपरेका समस्या , ठूला आयोजना , अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।
सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा
301
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने तयारी गरेको छ । दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली छन् । यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी देव गुरुङले र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाउने सम्भावना छ ।
प्रतिनिधिसभामा नेकपा संसदीय दलको उपनेता नेम्वाङ , राष्ट्रियसभाको नेता शर्मा
309
काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा पर्यटन व्यवसायी तथा स्थानीय घरधनीले भ्रमण वर्षका लागि तयार रहेको सन्देश प्रवाहका लागि ऐक्यवद्धता व्यक्त गरेका छन् । सोमबार साँझ ठमेलको नर्सिङ चोकमा ठूलो मण्डला बनाएका व्यवसायील आफूहरु भ्रमण वर्षमा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएका हुन् । ' आज हामी ठमेलबासी र व्यवसायीले सांस्कृतिक र्‍यालीसहित भ्रमण वर्षको समर्थनमा ऐक्यवद्धता व्यक्त गरेका छौं , ' पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले भने , ' ठमेलमा रहेका सबै व्यवसायी र स्थानीयले यसमा साथ दिनुभएको छ ।
पर्यटकको स्वागतका लागि तयार छ ठमेल
504
नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन - # को फाइनलमा आज नेपाल र युएई भिड्दैछन् । समूह चरणको अन्तिम खेलमा क्यानडामाथि # विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । यस्तै बुधबार नै भएको अर्को खेलमा आयोजक नामिबियाको चुनौती ## रनले पन्छाउँदै युएई लिगमा दोस्रो हुँदै फाइनलमा पुगेको हो ।
डिभिजन # को उपाधिका लागि नेपाल र युएई भिड्दै
329
सुदूरपश्चिम विश्वविद्यालयका सवारी साधन दुरूपयोग गरिएको भन्दै अखिल क्रान्तिकारीले थालेको आन्दोलनको भोलिपल्टै सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी र धर्ना सुरू भएको छ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले पुनः सोमबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै धर्ना सुरू गरेको छ । उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार दिजराज भट्टले आंगिक क्याम्पस समायोजनको विषय विवादमा ल्याएर आफुहरूको भविष्य सकने खेलमा लागेको संघर्ष समितिका पदाधिकारीले गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
सुप विश्वविद्यालयमा तालाबन्दी
550
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण , लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले फोरमेन विष्टलाई केही दिन पहिले आयोगले पक्राउ गरेको थियो । विष्टले एक सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस मागेको आयोगको आरोप छ ।
घुस लिएको अभियोगमा मुद्दा
394
सरकारले देशभित्र व्यवसायिक मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी आजबाट शुरु गरेको छ । भेहिकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम ' नाम दिइएको यो प्रणालीप्रति उद्योगी–व्यवसायीहरु भने खुशी देखिएका छैनन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा . युवराज खतिवडाले ढुवानीको यस प्रणालीको शुभारम्भ गरेका थिए ।
ढुवानीमा अनलाइन निगरानी : व्यवसायी किन उत्रिए विरोधमा ?
320
सर्वोच्च अदालतको फैसलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगका अधिकांश आरोप पुष्टि भएको भन्दै महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदन ## पृष्ठको छ । उपसमितिले बुधबार महाभियोग समितिमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
' ठूला माछा ' सँग कार्कीको साँठगाँठ
303
महाकाली नगरपालिका–# छापरीमा पर्यटन प्रवर्द्धनका लागि दृश्यावलोकन स्तम्भ ' भ्यूटावर ' निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज भट्टले जानकारी दिए ।
दार्चुलामा ## लाख खर्चेर भ्यूटावर बनाइने
363
जिल्लाको निस्दी गाउँपालिका–# , मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ । गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा # हजार # सय वाट विद्युत् उत्पादन गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप ## हजार वाट ( ## किलोवाट ) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ ।
हावाबाट बिजुली , उज्यालिँदे गाउँबस्ती
348
बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गर्ने क्रममा आफ्ना पुराना लुगा तह लगाएका छन् । केरलामा आएको बाढिबाट घरबारविहीन भएकाहरुका लागि उनले ती लुगा दान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले केही दिनअघि # वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए ।
अमिताभले बाढी पीडितलाई पठाए पुराना लुगा र जुत्ता
294
सिबिआई कोर्टमा अगस्ट ## तारिखमा बलात्कारी पुष्टि भएपछि जेलमा पनि गुरमित राम रहिम सिंहको मनोवृत्ति परिवर्तन भएको छैन । पुलिसले उनकी धर्मपुत्री हनिप्रितलाई हेलिकोप्टरमार्फत उनलाई रोहतक जेल लगेको थियो किनभने पंचकूला सिबिआई कोर्टमा नै राम रहिमले निवेदन दर्ता गरेर बिरामी भएको कुरा बताएका थिए । हनिप्रितले पनि वकिलमार्फत भनेकी थिइन् – उनी जेलमा डेरा मुखीसँग बस्न चाहन्छिन् ।
राम रहिमको अधिकारीलाई धम्कीः महिलासँग बस्न देउ , नभए सस्पेन्ड गरिदिन्छु
369
दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई मंगलबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ - # घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ
256
राष्ट्रिय प्रजातान्त्र पार्टी ( प्रजातान्त्रिक ) ले अन्य पार्टीसँग पार्टी एकता प्रक्रिया अघि बढाउन सम्पूर्ण अधिकार अध्यक्ष पशुपति शमशेर राणालाई सुम्पेको छ । सो पार्टीको आइतबार बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले अन्य पार्टीसँगको एकता प्रकृयाबारे छलफल गर्नुका साथै अध्यक्ष राणालाई एकताका लागि सवै अधिकार दिने निर्णय भएको प्रवक्ता राजेन्द्र गुरुङले बताए । प्रवक्ता गुरुङका अनुसार गत बैशाख ##–## गतेको केन्द्रीय कार्यसमितिको निर्णयअनुरुप समान विचार , सिद्धान्त र नीति मिल्ने पार्टीहरुसँग आवाश्यक वार्ता गरी एकता प्रकृया अघि बढाउन सवै अधिकार अध्यक्षलाई दिएको हो ।
पार्टी एकताका लागि सम्पूर्ण अधिकार अध्यक्ष राणालाई
568
पर्सा प्रहरीले भन्सार छलेर ल्याइएको एक क्वीन्टल मरिचसहित # जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज # छपकैयाँका ## वर्षका श्याम दास छन् । चारवटा बोरामा राखेर चोरी पैठारी गरी मरिच ल्याउँदै गरेको अवस्थामा दासलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिस कर्णले जानकारी दिए ।
एक क्विन्टल अबैध मरिचसहित एक पक्राउ
300
मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ## किलोमिटर पाइपक्षतिग्रस्त हुँदा ## करोड रुपैयाँ नोक्सान भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल ) आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ## किलोमिटर पाइप क्षतिग्रस्त भएको छ । कलंकी–कोटेश्वर सडक निर्माणको क्रममा नौ सय ## मिटर खानेपानीको पाइपलाइन क्षतिग्रस्त भएको निर्देशनालयले जनाएको छ ।
मेलम्चीकोे पाइप क्षतिबाट ## करोड नोक्सान
355
# नम्बर प्रदेशका प्रदेश सांसद उषाकला राईले बजेट वितरणमा पहाडलाई विभेद गरिएको बताएकी छन् । बजेट अधिबेसन टुंगिन लागेको अवस्थामा शुक्रबार बसेको प्रदेश संसदको नियमित बैठकमा प्रदेशसभा सांसद राईले अधिकांश बजेटलाई शहरी क्षेत्रमा मात्र केन्द्रित गरेर पहाडमाथि विभेद गरिएको बताएकी हुन् । प्रदेशसभा सांसद राईले # नम्बर प्रदेशका ## वटा जिल्लामध्ये ## वटा जिल्ला पहाडी क्षेत्र भएकाले यस वर्ष पहाडलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरेकी छन् ।
' पहाडलाई बजेट वितरणमा उपेक्षा गरियो '
452