article
stringlengths 55
1.8k
| title
stringlengths 10
141
| article_length
int64 55
1.8k
|
---|---|---|
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले प्रदेश # का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो । नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । | प्रभु साहको राजीनामा अस्वीकृत , काममा फर्किन निर्देशन | 334 |
नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । सरकारी विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए । | सरकारलाई विपक्षी सांसदको चेतावनी : काठमाडौंका जनता उठेपछि थाम्न सकिन्न | 386 |
काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छन् । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गङ्गामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेकाे बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ । बकपत्रमा गङ्गामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन् । | अस्पतालबाटै लिइयो गङ्गामायाको बकपत्र : पारिवारिक इबीले छोराको हत्या | 395 |
पोखरामा विगत ## घण्टाको अवधिमा यस वर्षकै सबैभन्दा बढी वर्षा भएको छ । पोखरामा यस वर्षको मनसुन सुरुवात सँगै हिजो परेको पानी सबैभन्दा बढी ### मिलिमिटर हो । जल तथा मौषम विज्ञान विभागका अनुसार आईतबार बिहानसम्मको मापनमा पोखरामा सबैभन्दा बढी वर्षा भएको पाइएको छ । | पोखरामा यस वर्षकै धेरै ### मिलिमिटर पानी पर्यो | 256 |
म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–# पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो । वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए । | जंगली च्याउ खाँदा बालकको मृत्यु | 281 |
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् । एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स ( युएई ) को दुबईबाट मध्याह्न ## बजे नेपाल आएका ## वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् । | विमानस्थलबाटै फेरि सुन बरामद , एक किलो सुनको सिक्री लगाउने भारतीय नागरिक पक्राउ | 251 |
गत मध्यरातदेखिको भारी बर्षाले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसँगै कञ्चनपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । बर्षाकै कारण भीमदत्त नगरपालिका–# को चुरे भएर बग्ने खनिया खोलाको तटबन्ध भत्किएको छ । त्यस्तै भीमदत्त नगरपालिका–# तिलकपुरको विष्णु टोलको तटबन्ध पनि भत्किन थालेको छ । | भारी बर्षाले कञ्चनपुरमा डुबान , चुरे क्षेत्रमा तटबन्ध भत्किँदै ( फाेटाे फिचर ) | 275 |
पर्साका किसानले चाहिएको समयमा सरकारले अनुदानमा ल्याउने रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले धानवालीका लागि अहिले युरिया मलको आवश्यकता रहेको तर त्यसकै अभाव रहेको बताएका हुन् । नेपाल सरकारको अनुदानमा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले रासायनिक मल वितरण गर्दै आएका छन् । | पर्साका किसानको गुनासो : समयमै अनुदानको मल पाएनौ | 286 |
दुई दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि गाउँ–गाउँमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ । सहर , गाउँ र चोक–चोकमा चुनावी चर्चा भइरहे पनि स्थानीय तह पुनर्संरचनाको खाका नआउँदा निर्वाचन कार्यालय इलाम भने अन्योलमै छ । कार्यालयका अनुसार जिल्लामा स्थानीय तहको संख्या कति हुने भन्ने कुनै आधिकारिक जानकारी आएको छैन । | स्थानीय तहको चुनावः सीमा र संख्या यकिन नहुँदा अन्योल | 306 |
ललितपुरको भञ्ज्याङस्तिथ जलबिहार मन्दिर छेउमा # रोपनी जग्गा भडामा लिएर स्नेहाज केयर नामक संस्था सञ्चालन गर्दै आएकी स्नेहा श्रेष्ठ विगत # वर्षदेखि छाडा छोडिएका , चोटपटक लागेका , गल्लीगल्ली भौतारिँदै हिँडेका कुकुर र अन्य जनावरहरूको सहारा बनेकी छिन् । पहिला कुकुर मनै नपराउने उनी छेउछाउमा कुकुर आउँदा लखेट्ने गर्थिन् । तर उनका श्रीमान अभिषेक सुवेदी भने उनी भन्दा ठ्याक्कै उल्टो स्वभावका थिए । | जसले कुकुर मर्दा ## दिन नून बारिन् ( भिडियाे ) | 388 |
डा . गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि सामान्य झडप भएको हो । सेतो पोशाक लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । | आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप | 334 |
सलमान खान सिनेमाबाट जति चर्चा बटुल्छन् , उतिने चर्चा प्रेमबाट पनि बटुल्छन् । सोमी अलीदेखि लिएर संगीता बिजलानीसम्म र ऐश्वर्या रायदेखि लिएर क्याटरिना कैफसम्मका सुन्दरीसँग सलमानको प्रेम रह्यो । उनका यी प्रेम सम्बन्धहरू जति नै विवादमा आएपनि उनीहरूसँगको मित्रवत सम्बन्धलाई उनले सँधै महत्व दिदैं आएका छन् । | सलमानको खुलासाः पूर्वप्रेमिकाहरूसँग मित्रवत सम्बन्ध राख्न मनपर्छ | 301 |
नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ' ए ' तेस्रो राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपमा च्याम्पियन भएको छ । नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा बिहीबार सम्पन्न प्रतियोगितामा नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ' ए ' चार विधा सम्मिलित खेलमा सर्वाधिक एक हजार अंक प्राप्त गर्दै च्याम्पियन भएको हो । नेपाल कायक एन्ड र्याफ्टिङ क्लब फिस्लिङ ' ए ' ले स्प्रिन्ट ( ### पूर्णाङ्क ) , हेड टु हेड ( ### पूर्णाङ्क ) , स्लालोम ( ### पूर्णाङ्क ) र डाउन रिभर ( ### पूर्णाङ्क ) मा शतप्रतिशत अंक प्राप्त गरेको थियो । | नेपाल कायक एन्ड र्याफ्टिङ क्लब च्याम्पियन | 551 |
हेटौंडामा कांग्रेसको युवा संगठन नेपाल तरुण दलले र्याली सहित बिरोध प्रदर्शन गरेको छसातै प्रदेशका राजधानिमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत बिहीबार तरुण दलले प्रदेश # को अस्थायी राजधानी हेटौंडामा पनि बिरोध प्रदर्शन गरेको हो । हेटौंडा - # मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली संगमचोक , कान्तिराजपथ , स्कुलरोड , सीमाचोक , टिसिएनरोड हुँदै बसपार्कबाट राप्तीरोड हुँदै बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । सभामा बोल्दै तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताए । | सरकारविरुद्ध हेटौंडामा तरुण दलको बिरोध प्रदर्शन | 597 |
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन विग्रहसम्म पुग्नसक्ने चेतावनी दिएका छन् । संघीय प्रेस फोरम कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाटमा फोरम अध्यक्ष यादवले भने , - ' जहाँ विभेद हुन्छ , त्यहाँ विद्रोह हुन्छ र विद्रोहलाई दबाउने प्रयास भयो भने त्यो विग्रहसम्म जानसक्छ , संसारमा यस्ता उदाहरण धेरै छन् , त्यो नेपालमा पनि हुनसक्छ । ' उनले मधेशमा अहिले भइरहेको आन्दोलन विभेदकै कारण भएको दवी गरे । | मधेस आन्दोलन विग्रहमा जानसक्छः उपेन्द्र यादव | 425 |
मगलबार तराई मधेसका जिल्लाहरुका साथै काठमाडौंका ताल तथा नदी किनारहरु छठमय भएको छ । तर , रानीपोखरीको माहोल झन रंगिन छ । पहिलो पटक लाइटिङसहित पानीको फोहोरा छोडिएको छ । | रानीपोखरीमा छठका रंगहरु … ( फोटो फिचर ) | 164 |
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा . बाबुराम भट्टराईले शान्ति र संविधानको कार्यनीति फेल नभएको बताएका छन् । तर , माघ ## गते संविधानसभा अपहरण भएर यथास्थितिवादी र प्रतिगामीको हातमा पुगेको उनको निष्कर्ष छ । उनले भने - ' कार्यनीति नै गलत थियो भन्ने म ठान्दिन , अहिले पनि नेपालीको निम्ति संविधानसभाबाट संविधान बन्नु नै हितकारी हुन्छ । | शान्ति र संविधानको कार्यनीति फेल भएको छैन : बाबुराम | 331 |
अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्वारा निर्मीत सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकको आकर्षण बढेको छ । सेन्सेई ब्राण्डले नर्मल टि . भी . , स्मार्ट टि . भी . , अडियो सिस्टम , चेस्ट फ्रिजर , वासिङ्ग मेसिन , भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ । | सेन्सेइ ब्रान्डको नेपाली बजारमा लोकप्रियता बढ्दो | 384 |
नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेलले लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले बेइजिङ्गमा गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेक त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमि भएकाले नेपालको समेत सहभागिताका सो सहमति हुनुपर्ने बताए । उनले भने– ' लिपुलेकमा अन्तराष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो । | कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोडेहुन्छ : पौडेल | 475 |
राष्ट्रियसभा चुनावको समीक्षासहित संसदमा प्रस्तुत लगायतको विषयमा छलफल गर्न समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा केही बेरमा बस्न लागेको बैठकमा चालु संसद बैठकमा समाजवादी पार्टीको भूमिका र हालै सम्पन्न राष्ट्रियसभा चुनाव लगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका मुख्य सचेतक उमाशंकर अरगरियाले बताए । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न यसअघि पुस # गते संसदीय दलको बैठक बसेका थियो । | समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै | 436 |
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका छन् । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए । | काङ्ग्रेस नेता सिंह अस्पताल भर्ना | 303 |
विराटनगर महानगरपालिकालले जनप्रतिनिधिलाई दिँदै आएको मासिक पारिश्रमिक र स्थानीय सुविधा अदालतले बदर गरिदिएको छ । जनप्रतिनिधिले प्रदेश कानूनअनुसार भनी मासिक पारिश्रमिक र गत असार ## गतेको नगरसभाले पारित गरेअनुसार स्थानीय सुविधा लिँदै आएका थिए । उच्च अदालतले मासिक पारिश्रमिक र स्थानीय सुविधा प्रदेश सरकारले निर्माण गरेको गाउँ तथा नगरसभा सदस्यहरुको सुविधा सम्बन्धी ऐन #### ( पहिलो संशोधन ) विपरीत भएको भन्दै बदर गरेको हो । | विराटनगरका जनप्रतिनिधिको पारिश्रमिक र सुविधा अदालतद्वारा बदर | 416 |
साताभर सवा # अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ### कम्पनीको # अर्ब ## करोड ## लाखको सेयर खरिदबिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा # . ## प्रतिशत कम हो । | साताभर सवा # अर्बको सेयर कारोबार , # कम्पनीका सेयर थपिए | 194 |
बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो , जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । | अब मोबाइल एपले नै जाँच्नेछ ब्लड सुगर , रगत निकाल्नै नपर्ने | 321 |
त्रिपुरेश्वरमा रहेको विश्व निकेतन स्कुलमा अध्ययनरत कक्षा # का विद्यार्थीले किताबको लागि # सय अतिरिक्त शुल्क तिरे । सरकारले कक्षा # को अनिवार्य विषय नेपाली , समाजिक , विज्ञान , स्वास्थ्य , गणित र अंग्रेजी गरी # थान अनिवार्य किताबको लागि # सय ## रुपियाँ दिन्छ । सरकारले छाप्ने नेपाली माध्यमको अनिवार्य किताबको लागि उपलब्ध गराएको रकममा थप # सय थपेर कुल # सय ## रुपियाँमा अभिभावकहरुले विश्व निकेतन स्कुलका लागि सम्पूर्ण किताब अंग्रेजी माध्यमकका किने । | सरकारले छापेको पुस्तक गोदाममा , स्कुलमा निजीका पुस्तक | 447 |
पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स ( युएइ ) पुगेका छन् । युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा खान युएइ पुगेका हुन् । प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री , अर्थ मन्त्री , पेट्रोलियम मन्त्री , ऊर्जा मन्त्री र सल्लाहकारहरु समेत रहेका छन् । | पाकिस्तानी प्रधानमन्त्री युएर्इ भ्रमणमा | 353 |
एसियाली विकास बैंक ( एडिबी ) ले नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण सच्याउँदै पहिलेभन्दा बढ्ने बताएको छ । एडिबीले #### को सेप्टेम्बरमा # . # प्रतिशतले आर्थिक वृद्धि हुने आंकलन गरेको थियो । बुधबार सार्वजनिक गरेको म्याक्रोइकोनोमिक अपडेट ( समष्टिगत आर्थिक अवस्थाको अद्यावधिक परिदृश्य ) मा उसले संशोधन गर्दै # . # प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । | आर्थिक वृद्धिदर # . # को सट्टा # . # | 364 |
मध्यपहाडी लोकमार्गअन्तर्गत सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरले जोड्न नेपाल दूरसञ्चार प्राधिकरणले सुरु गरेका परियोजना समस्यामा परेका छन् । असोज ## गते प्राधिकरणले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछ्याउन स्मार्ट टेलिकमलाई दिएको # अर्बको परियोजनाको सम्झौता रद्द गरेको छ । मध्यपहाडी जिल्ला हुँदै जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरले जोड्न प्राधिकरणले तीन वटा टेलिकम कम्पनीलाई ठेक्का दिएको थियो । | ## अर्बको अप्टिकल फाइबर परियोजनामा समस्या | 438 |
अमेरिका र अष्ट्रेलिया लैजान्छु भन्दै ठगी गर्ने श्यामराज पाण्डे पक्राउ परेका छन् । नुवाकोट मदानपुर - # घर भई मनमैजु # बस्ने पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) को टोलीले पक्राउ गरेको हो । ठगीको मुद्दाहरूमा धरौटीमा छुट्दै आएका उनी सरकारी छाप दस्तखत कीर्ति मुद्दामा यसअघि भएको फैसला कार्यान्वयनका लागि कारगार चलान भएका छन् । | अमेरिका र अष्ट्रेलिया पठाउँछु भनी ठगी गर्ने पक्राउ | 348 |
सुन्दर भविष्यको कल्पनासँगै उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका कैयौं विद्यार्थी यतिखेर सहजकर्ता र कलेजको फेरो अनि आफैंले मेलो विराएपछि बाध्यताको शिकार बन्न पुगेका छन् । नर्सिङ कलेजहरूमा विद्यार्थीहरूलाई नजानिदो तवरले डिप्लोमा अफ नर्सिङको धागो बुनेर ल्याइँदै गर्दा सयौं विद्यार्थीहरू फेरि पनि भाषागत कक्षा ( आइएलटीएस वा पीटीइ ) को आवश्यक अंकको चक्करमा फसेर अन्यौलमा पर्न थालेका छन् । सन् #### को मध्यतिर अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी एक्रिडिएसन काउन्सिल ( एन्म्याक ) ले भाषागत परीक्षामा प्रत्येक विषयमा सात अंक ल्याउने विद्यार्थीले मात्र डिप्लोमा अफ नर्सिङ पढेर इनरोल नर्स बन्न पाउने प्रावधान ल्याएपछि यो समस्या विकराल रूपमा देखापरेको हो । | अस्ट्रेलियामा विद्यार्थीका समस्या र जिम्मेवार निकाय | 642 |
जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । व्यक्ति बन्धक तथा अपरहण मुद्धामा न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । | दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश | 260 |
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा शुक्रवार बिहान भएको बस दुर्घटनमा परि एकजना बालकको मृत्यु भएको छ भने थप ## यात्रु घाइते भएका छन् । पूर्वको जनकपुरबाट बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको ना # ख #### नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे # बजेतिर राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर # पहरुवास्थित लठ्ठहवा खोलामा दुर्घटना हुँदा भारत उत्तर प्रदेश लक्षिमपुर निवासी # बर्षीय मरुवी महोवदको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले जानकारी दिए । बालकको घटनास्थलमै मृत्यु भएको डिएपसी घर्तीले बताए । | दाङमा बस दुर्घटना # बर्षीय बालकको मृत्यु , ## यात्रु घाइते | 515 |
ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप # शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अर्घाखाँचीको धनचौर , कास्कीको रुपाकोट , सुनसरीको जमुवा , लमजुङ्गको सातबिसे र सोही जिल्लाको धमिलिकुवामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । | ग्लोबल आइएमई बैंकका थप # शाखारहित बैंकिङ सेवा संचालनमा | 388 |
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा दुई देशबीच रहीआएको सम्बन्ध , आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् । | राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता | 457 |
मोरङको सवारी दुर्घटना दर बढ्दै गएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमिति चेकजाँचका साथै जनचेतना कार्यक्रम सञ्चालन गरिए पनि ती प्रभावहीन देखिएका छन् । #### मा जिल्लाभित्र भएका सवारी दुर्घटनामा ## को मृत्यु भएको थियो । | मोरङमा दैनिक # सडक दुर्घटना , चालक र चौपाया मुख्य कारण | 217 |
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार बिहानदेखि सुधार आएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ र उनी बोल्न थालेका छन् । ' प्रधानमन्त्री अहिले गफ गर्न थाल्नुभएको छ । | प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख , कुरा गर्न थाले | 220 |
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर # मा नेपाली कांग्रेस , राष्ट्रिय जनतापार्टी र संघीय समाजवादी फोरम बिच तालमेल हुने निश्चित भएको छ । दिनभरी वाम गठबन्धनसँग तालमेलका लागि छलफल गरेर सहमति नजुटेपछी दुई मधेसवादी दल कांग्रेससँग तालमेल गर्न गएका हुन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार , बबरमहलमा मंगलबार साँझ बसेको तीनदलको बैठकले तालमेलका लागि सहमति जुटाएको हो । | अन्तत : राजपा र फोरमले कांग्रेससँग तालमेल गर्ने | 385 |
रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ' ए ' जलविद्युत आयोजनाले यही महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । #### सालदेखि निर्माण सुरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तोकिएको समय सीमाभीत्र निर्माण कार्य नसकेपछि दोस्रो पटक असोजसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ । | निर्माण सम्पन्न हुनुपर्ने समयमा आयोजनाको ## प्रतिशत काम सम्पन्न | 336 |
अपि पावर कम्पनीले नुवाकोटमा त्रिशुली गल्छी जलविद्युत आयोजना बनाउने भएको छ । शनिबार काठमाडौंमा भएको विशेष साधाराणसभाले आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । सिद्वकाली पावर लिमिटेडले विकास गरेको ## मेगावाट जलविद्युत आयोजना निर्माणका लागि हकप्रद शेयरबबाट उठाएको रकम प्रयोग गर्ने निर्णय कम्पनीले गरेको छ । | अपिले ## मेगावाटको त्रिशुली गल्छी आयोजनामा लगानी गर्ने | 302 |
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी ( एनओसी ) का अध्यक्ष जीवनराम श्रेष्ठले आफूहरूलाई काम गर्न अदालतले बाटो खोलिदिएको बताएका छन् । अध्यक्ष श्रेष्ठले कानुनी रूपमा काम गर्ने अधिकार पाएपछि नेपालले आयोजना गर्ने ##औं दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीलाई तीव्रता दिने बताए । सातदोबाटोस्थित एनओसीको भवन रुक्मशमसेर राणा नेतृत्वको एनओसीको नियन्त्रणमा छ । | एनओसी आधिकारिकता विवाद : अदालतले बाटो खोल्यो : श्रेष्ठ | 365 |
चितवनको कृषि तथा वनविज्ञान विश्वबिद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा # जना विद्यार्थी घाइते भएका छन् । झडपमा बिएससीएजी पढ्ने अनेरास्ववियुका विद्यार्थीहरू चुडामणि पन्त , बिशाल मोदी र गोपाल थापा घाइते भएका हुन् । चुडामणि पन्तको दुबै खुट्टाको नलीहाडमा रडले हानिएको छ भने , मोदीको टाउकोमा चोट लागेको छ । | रामपुर क्याम्पसमा फेरि झडप , # जना विद्यार्थी घाइते | 381 |
सरकारलाई खबरदारी गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । नागरिक हक खोस्न पाइँदैन , खबरदारी जारी छ , प्रधानमन्त्रीज्यू तपाईं सपुत बन्ने कि कपुत ? , शिक्षा र स्वास्थ्यमा माफियाकरण बन्द गर जस्ता नारा लगाउँदै डाक्टर केसी समर्थकले प्रदर्शन गरेका हुन् । सरकारले सम्झौताविपरीत चिकित्सा विधेयक पारित गरेको भन्दै डाक्टर केसीले ## औं अनसन सुरू गरेका थिए । | माइतीघर मण्डलामा नारा : ओली सरकार , पञ्चायत रिटर्नस् ( तस्बिरहरू ) | 397 |
विजयादशमी आएसँगै विश्वभर छरिएर रहेका नेपालीहरुको चहलपहल पनि बढेको छ । विदेश गएका धेरै नेपाली नेपाल आएका छन् भने नेपालमै रहेकाहरु आफ्नो ढंगले मनाइरहेका छन् । यही अवसरमा कलाकारहरुले भने आफ्नो दशैको रमाइलो क्षणलाई यसरी संझिएका छन् । | तक्मेलाई दशैंमा पाइन्ट च्यातिएको सम्झना | 229 |
एमालेबाट समानुपातिक सांसद भएकी रञ्जु ठाकुर अहिले संसद अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी संयोजक छिन् । उनको घर र माइती दुबै सप्तरीमै पर्छ यद्यपि उनी जिल्लाबासीसँग असन्तुष्ट छिन् । उनकै भनाइमा उनी घरकी मुर्गी दाल बराबर भएकी छिन् । | जिल्लाबासीसँग सांसद झाको गुनासोः घरकी मुर्गी दाल बराबर झैं भएँ | 248 |
रुपन्देहीको आमा गाविस - # स्थित कालिदह प्रहरी चौकीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् । बुधबार राति बन्दकर्ताहरुले आजगनी गरी चौकीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । सो चौकी कालिदह इलाका प्रहरी कार्यालय लुम्बिनीमा गाभिएको थियो । | रुपन्देहीका दुई चौकीमा आगजनी | 266 |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ## औं जन्मदिन परेको छ । मोदीको जन्ममा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले ट्वीट गरी पीएम मोदीलाई तीन भाषा शुभकामन दिएका छन् । | मोदीको आज ## औं जन्मदिनमा ओलीले दिए तीन भाषा शुभकामना | 221 |
सरकारले पुस ## मा ' राष्ट्रिय एकता दिवस ' को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ । राप्रपा लगायतका विदा माग गर्दै आएका छन् । तर , सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । | राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिइने | 223 |
' एक व्यक्ति एक खाता ' कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान सुरु गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको हो । आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले शनिबार वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गर्दै वित्तीय साक्षरता अभियान प्रारम्भ गरेका हुन् । | सुदूरपश्चिम वित्तीय साक्षरता अभियान सुरु | 450 |
एक सय ## वर्ष पुरानो दरबार हाइस्कुलको बाह्य स्वरुप यथावत् रहने गरी परम्परागत ढाँचामै पुनर्निर्माण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बुधबार बैठकले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएको हो । बैठकमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले चीनले बनाएको चारतल्ले डिजाइन परिवर्तन गरेर पुरानै दुईतल्ले डिजाइनमा पुनर्निर्माण हुनुपर्ने बताएका थिए । | दरबार हाइस्कुल पुरानै शैलीमा बन्ने | 365 |
भद्रकला आङवुहाङ राइको शब्दमा समावेश ' क्षितिज भन्दा ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर , सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरेका हुन् । भिडियोमा झरना थापा र दिवस उप्रेतीले मोडलिङ गरेका छन् । | झरनाको ' क्षितिज भन्दा पर को भयो ' ? ( भिडियो ) | 249 |
पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट विहीबार दिउँसो एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका - ## शान्तिबजारको भित्री सडकखण्डमा ना#ख #### नंको ट्रकले ना##प ## नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो । खैरहनी नगरपालिका–## निवासी अन्दाजी ## वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । | ट्रकको ठक्करबाट एकको मृत्यु | 417 |
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ डांगीहाट घर भएका मिलन ओझा रहेका छन् । ओझालाई जिल्ला प्रहरी कार्यालय , तेह्रथुम र महानगरीय प्रहरी वृत महाराजगञ्जको संयुक्त टोलीले बसुन्धारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेकबहादुर कार्कीले बताए । | कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त प्रहरी फन्दामा | 306 |
तत्काल किरियाखर्च बापत प्रहरीबाट ## हजार रुपैयाँ सहयोगबम विस्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई राज्यले ## लाख रूँपैया राहात स्वरुप उपलब्ध गराउने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन् । बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका - ## क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले बिमा बाफतको ## लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने ## लाख समेत गरि ## लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने बताए । निर्वाचन प्रयोजनका लागि देशभर ## हजार म्यादी प्रहरी भर्ना भएकोमा चौधरी पहिलो सहिद भएको उनले बताए । | बम विस्फोटमा मारिएका म्यादी प्रहरीलाई एमालेले झण्डा ओढायो | 576 |
उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा ## प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको अदालतले लक्ष्य भन्दा # दशमलव ## प्रतिशत कम मुद्दा फर्छ्यौट गरेको हो । गत आर्थिक वर्ष #### / ### मा # हजार # सय ## मुद्दा फर्छ्यौट गर्ने अदालतको पूर्वलक्ष्य रहे पनि जम्मा # हजार # सय ## वटा मुद्दा फर्छ्यौट भएको जानकारी गराएको हो । | उच्च अदालत तुलसीपुरको बुटवल इजलास : आव #### / ### मा लक्ष्यभन्दा कम मुद्दा फर्छ्यौट | 384 |
काठमाडौं–भाइटीकाको राति बानेश्वर क्याम्पसछेउ देउसीभैलो कार्यक्रम थियो । एउटा समूहले देउसी खेलिरहेका बेला एक व्यक्ति हातमा धारिलो खुकुरी लिएर आए । रक्सीले मातेका उनले समूहमा रहेका विक्रम राई , विक्रम घर्तीमगर र होमबहादुर लिम्बुलाई खुकुरीले हान्न थाले । | देउसीमा रक्सी मिसिएपछि . . . | 251 |
संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् #### को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् । | राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्षता नेपालले गर्ने | 264 |
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ## सय ## मतले अग्रता लिन सफल भएका छन् । राजपासहित मधेश गठबन्धन र नेपाली कांग्रेसका साझा उम्मेदवार अध्यक्ष यादवको सुरुवाती अग्रता कायमै छ । फोरम नेपालका अध्यक्ष यादवले #### मत ल्याएका छन् । | फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ## सय ## मतले अगाडि | 240 |
नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । | नेकपामा वैचारिक विवाद ज्युँका त्युँ , स्कुल विभाग तानातान | 304 |
सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको क्षमता विस्तारका लागि करिब # अर्ब रुपैयाँ लाग्ने भएको छ । संघीय उद्योग मन्त्रालयको निर्देशनअनुसार उद्योगले क्षमता विस्तार प्रस्ताव तयार गरेको छ । निजी सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउने योजनाका साथ प्रस्ताव तयार गरेको उद्योगले जनाएको छ । | हेटौंडा सिमेन्टमा # अर्ब प्रस्ताव | 309 |
सामाजिक संजाल फेसबुकले आफ्नो लोकप्रियता बढाउन स्मार्टफोन ल्याउने चर्चा पहिलेदेखि नै चलिरहेको छ । कम्पनीले यो कुरा हालसम्म स्वीकारेको भने छैन । तर , फेसबुकले हालै एक उपकरणको पेटेन्टका लागि दिएको निवेदनका कारण उसले स्मार्टफोन ल्याउने कुरा पुनः चर्चामा आएको हो । | फेसबुक अब स्मार्टफोन ल्याउने तयारीमा ! | 259 |
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय , प्रदेश र संघमा रिक्त स्थानमा हुने निर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो । निर्वाचन आयोगमा दर्ता भएको दलहरुको रेकर्डमा नेपाल कम्युनिष्ट पार्टी भन्ने दल नरहेकोले दल दर्ता गराउनु पर्ने भएको छ । | नेकपाको सचिवालय बैठक सकियो | 372 |
विश्वकप छनौट फुटबलमा चिलीले उरुग्वेलाई पराजित गरेको छ । बुधबार विहान भएको खेलमा कोपा अमेरिका च्याम्पियन चिलीले उरुग्वेमाथि #–#को जित हात पारेको हो । खेलमा अग्रता भने उरुग्वले लिएको थियो । | चिलीले उरुग्वेलाई हरायो , सान्चेजले गरे दुई गोल | 187 |
काठमाडौँ – दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ । निमित्त क्याम्पस प्रमुख प्रा डा रोहितकुमार पोखरेलले भने , ' हामीसँग बाँकी रहेको तीन रोपनी जग्गामा सात तलाको सुविधासम्पन्न भवन बनाउन लागिएको हो । तर त्यो खाली जग्गामा भूकम्पमा परेर मृत्यु भएका स्वदेशी र विदेशीको शव गाडिएको छ , ती शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुन ढिलाइ भएकाले निर्माण अलि लम्बिएको हो । | शव गाडिने स्थानमा क्याम्पस भवन निर्माण ! तर , व्यवस्थापन नहुदा निर्माणमा ढिलाई | 499 |
एक नगरपालिका र सात गाउँपालिका ## वडा स्थानीय तह भएको जुम्लाका ## प्रतिशत वडापालिका कार्यालयविहीन छन् । आठ स्थानीय तहमा साविकका ## वटा गाविस कार्यालयलाई गाउँ तथा नगरपालिकाको कार्यालय कायम गरे पनि ## वडापालिकामा वडा कार्यालय स्थापना नभएको जिल्ला समन्वय समिति जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले जानकारी दिए । " एक हप्ताभित्र भाडामा होस् या झुप्रोमा वडापालिकाको कार्यालय जस्तोसुकै परिस्थितिमा पनि स्थापना गरेर जनतालाई सेवा दिन वडाध्यक्षलाई आग्रह गरेका छौं , " स्थानीय विकास अधिकारी बेल्वासेले भने । | जुम्लामा ## प्रतिशत वडा कार्यालयविहीन | 511 |
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् । पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् । | प्रधानमन्त्री ओलीद्वारा नवनियुक्त पाकिस्तानी समकक्षी इमरान खानलाई बधाई | 450 |
युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया गुइमारेसमाथि रोमाञ्चक जित हात पारेको छ । आर्सनलले बिहीबार राति भएको खेलमा #–# गोलको जित हात पारेको हो । खेलमा अग्रता भिक्टोरियाले इडवार्डले आठौं मिनेटमा गरेको गोलबाट लियो । | युरोपा लिग : आर्सनललाई पेपेले जिताए | 233 |
डिसेम्बर ## मा लण्डनमा आयोजना हुन लागेको ' मिस वर्ल्ड ' प्रतियोगीतामा नेपालबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् । ### देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ## मा पुगेकी छिन् । दुई चरणमा हुने ' हेड टू हेड ' च्यालेञ्ज जितेर उनले आफूलाई टप ## मा पुर्याएकी हुन् । | ' हेड टू हेड ' च्यालेञ्जबाट अनुष्का टप ## मा | 318 |
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष कमल थापाले आगामी चुनावमा जनताले राप्रपालाई सबैभन्दा ठूलो दलको रुपमा चुन्ने बताएका छन् । गृह जिल्ला मकवानपुरको हेटौंडामा सोमबार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि पूर्व उपप्रधानमन्त्री थापाले कम्युुनिष्ट र कांग्रेसले जनसेवा भन्दा लुटतन्त्र मच्चाएकाले राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे । ' चाहे बेरोजगारी समस्याको कुरा होस् , चाहे धार्मिक–सांस्कृतिक र राष्ट्रिय कमजोर पार्ने कुरा होस् , कम्यूनिष्ट सरकार असफल भईसक्यो , प्रमुख प्रतिपक्षी कांग्रेस पनि असफल भएको छ , ' उनले भने , ' नीतिगत र व्यवस्थागत कमीकमजोरी सच्याएर लैजान सक्ने नयाँ शक्ति जनताले खोजिरहेका छन् । | आगामी चुनावमा राप्रपा सबैभन्दा ठूलो दलः अध्यक्ष थापा | 637 |
बलिउड अभिनेत्री सोनम कपुर आज आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिँदैछिन् । यतिबेला कपुर निवासमा विवाहको तामझाम सुरु भइसकेको छ । सोनम कपुर प्रख्या अभिनेता अनिल कपुरकी छोरी पनि हुन् । | यस्ती देखिइन् बेहुली रुपमा सोनम कपुर | 192 |
पाकिस्तानका विदेशमन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन वातालाभ गरेका छन् । टेलिफोन कुराकानीमा विदेशमन्त्री कुरेसीले कश्मीर मुद्दामा नेपालको भूमिकाबारे प्रश्न उठाएको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ( सार्क ) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरिएको विज्ञप्तिमा जनाइएको छ । | परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन | 404 |
ताप्लेजुङ—ताप्लेजुङको सिरिजंघा गाउँपालिका–# सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । राति करिब # बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन ( लिम्बू ) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा , अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ । | श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो | 361 |
प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको ## दिने विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । गत असार ## गते त्यसतर्फ गएका क्षत्री भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका हुन् । क्षत्रीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । | चीन र म्यानमारको ## दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति | 316 |
प्रतिनिधिसभाको आइतबारको बैठकले तीन विधेयक पारित गरेको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन , निवृत्तिभरण कोष र भुक्तानी तथा फछ्र्योट विधेयक बहुमतले पारित गरेको हो । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट समेत पारित भइसकेको छ । | तीन विधेयक पारित | 327 |
भारतमा सरकारविरुद्ध गरेको प्रदर्शनीमा कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । सीबीआईका प्रमुख आलोक बर्मालाई हटाउने सरकारको निर्णयको विरोधमा सीबीआईको मुख्यालय अगाडि धर्नामा बसेका राहुललाई प्रहरीले पक्राउ गरेको हो । दिल्लीमा प्रदर्शनको नेतृत्व गर्दै पार्टी अध्यक्ष राहुल गान्धीले सीबीआईको मुख्यालय अगाडि धर्नापछि राहुलले सांकेतिक गिरफ्तारी दिएका हुन् । | मोदी सरकारविरुद्ध प्रदर्शनमा राहुल गान्धी पक्राउ ! | 358 |
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बारा र पर्सामा आएको आँधी - हुरीमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार साँझ आएको आँधी - हुरी , असिना पानीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सभामुख महराले घाइतेको उपचारमा कुनै कमी हुन नदिने सरकारलाई अनुरोध गरेका छन् । साथै राहतको कार्यक्रम प्रभावकारी र व्यबस्थितरुपमा अघि बढाउन सभामुख महराले सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गरेका छन् । | राहत र उद्धारलाई प्रभावकारी बनाउन सभामुखले गराए सरकारको ध्यानाकर्षण | 442 |
' केदारनाथ ' सिनेमाबाट डेब्यू गरेकी सैफअलि खान तथा अमृता सिहंकी छोरी सारा अलि खानले आफ्नो सिनेमा मनपराएर दिएको सकारात्मक प्रतिक्रियाको लागि धन्यवाद दिएकी छन् । एक भिडियो सन्देशमार्फत उनले नेपाली दर्शकलाई धन्यवाद दिएकी हुन् । सिनेमाका नेपाली वितरकबाट प्राप्त उक्त भिडियो सन्देशमा साराले सुरूमा ' कस्तो हुनुहुन्छ नेपाल ' भन्दै आफ्नो भिडियो सन्देश सुरू गरेकी छन् । | ' केदारनाथ ' मन पराएकोमा साराले दिइन् नेपाली दर्शकलाई धन्यवाद ( भिडियो ) | 361 |
भगवती खड्कालाई त्यो घटनापछि गाउँभरि सबैले ' राजेश हमाल ' भन्न थाले । उनी नौ कक्षा पढ्दाको कुरा हो । स्कुलबाट घर फर्कंदै थिइन् । | पहिलो नेपाली महिला रेस्लरको रोमाञ्चक कथा | 127 |
सौगात मल्ल र वेनिशा हमाल मुख्य भूमिकामा रहेको फिल्म ' झ्यानाकुटी ' को ट्रेलर रिलिज भएको छ । अभिनेत्री निशा अधिकारी मल्ल र निर्देशक सिमोश सुनुवारले मिलेर निर्माण गरेको ' झ्यानकुटी ' लाई मिसन पैसा , फस्ट लभजस्ता फिल्मका निर्देशक सुनुवारले नै निर्देशन गरेका छन् । हास्यप्रधान फिल्मले श्रीमान् - श्रीमतीको कथा भन्छ । | सौगात - वेनिशाको झ्यानाकुटी ( भिडियो ) | 312 |
भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको निधन भएको छ । उनको ## वर्षको उमेरमा दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कर्नाटकमा उनका भाइ माइकल फर्नाडीसले जर्ज फर्नानडिजको निधन भएको बीबीसीलाई बताए । | भारतका पूर्व रक्षामन्त्री फर्नानडिजको निधन | 210 |
किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी वैशाख # गतेदेखि पोखराको लेकसाईडमा पारिवारिक वातावरणमा आधुनिक लाउञ्ज सञ्चालनमा ल्याउन लागिएको हो । पहिलो वर्षको समाप्तिसँगै पहिलो शाखाका रुपमा पोखराबाट सेवा सुरु गर्न लागिएको भन्दै किङ्स लाउञ्ज व्यवस्थापनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ । | किङ्स लाउन्जमा आज विशेष छुट , पोखरामा पहिलो शाखा खोल्ने | 375 |
लिओनल मेस्सीको दुई गोलको मदतमा एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा बार्सिलोनाले बिल्बाओलाई #–# ले पराजित गरेको हो । यो बार्सिलोनाको ## औं कोपा डेल रे उपाधि हो । | बार्सिलोनाले जित्यो ## औं पटक कोपा डेल रेको उपाधि | 237 |
विकासनिर्माणका काममा छिटो , छरितो र गुणस्तरीय काम होओस् भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन गरिएको हुन्छ । पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा उपभोक्ता समिति गठन गरेर काम गर्ने क्रम बढेको छ । तर खेलकुद नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले उपभोक्ता समितिलाई आफ्नो परिवारका सदस्य र आफूनिकट व्यक्ति राख्ने ठाउँ बनाएका छन् । | उपभोक्ता समितिमा आफन्तको रजाइँ | 324 |
योजनाको भुक्तानीका लागि प्रदेश # मा मन्त्रालयका कर्मचारीले ## प्रतिशतसम्म कमिसन मागेको भन्दै सांसदले आपत्ति जनाएका छन् । संसदीय विकास कार्यक्रमअन्तर्गत गत वर्ष विकास–निर्माणका # सय योजनामा खर्चिइएको करिब # अर्ब रुपैयाँको भुक्तानी कमिसनकै कारण अड्किएको छ । अधिकांश योजनाको काम उधारोमा गरिएको सांसदले बताएका छन् । | सांसदकै योजनामा ' ## % कमिसन ' | 311 |
प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ । पुनले राजनीतिक दलका नेता तथा व्यवसायीकै सहयोगमा व्यक्ति हत्या तथा अपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य बाहिर आएको हो । रुपन्देहीका दुर्गा तिवारी र बसन्त पौडेल ' बलु ' हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । | मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ | 472 |
गत बैशाख ## गते भएको कक्षा ## को परीक्षाफल विहीबार सार्वजनिक भएको छ । प्रकाशित नतिजाअनुसार कक्षा ## कक्षाको नियमित तर्फ ## . ## प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ## हजार ### परीक्षार्थी सहभागी भएकामा ## हजार ### परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । | कक्षा ## को नतिजा प्रकाशित , ## प्रतिशत उत्तीर्ण | 331 |
देशको आर्थिक मेरुदण्ड यातायात हो , यातायातबिना अघि बढ्न सक्छ को ? व्यापार , उद्योग धन्दा चल्छ यातायातले , यसको संरक्षण गरौँ है हाम्रै हातले । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम गोष्ठी तथा ' सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान ' विषयको अन्तरक्रियामा जनकवि भोला बरालले समग्र यातायात क्षेत्रको महत्व र जिम्मेदारी दर्शाउने गीत प्रस्तुत गरिरहँदा सहभागी यातायात व्यवसायी निकै भावुक देखिन्थे । साँच्चै जनस्तरबाट ' वाहीवाही ' पाउने गरी जनसमर्थन बटुल्न नसकेको नेपालको सार्वजनिक यातायात क्षेत्रले जनतालाई दिनुपर्ने सेवामा कुनै कञ्जुस्याइँ गर्न नहुने उनको गीतमा झल्कन्थ्यो । | ' जनतालाई दिने सेवामा कन्जुस्याइँ नगरौँ ' | 611 |
दुर्गमका राहत शिक्षकहरुले स्थायी र अस्थायी शिक्षक सरह दुर्गम भत्ता र पोसाक भत्ताको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । डोल्पाका विभिन्न तहमा अध्यापन गराइरहेका ## जना राहत शिक्षकहरुले त्रिपुरा सुन्दरी नगरपालिकामा भेला आफूहरुलाई विबेद गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । राहत शिक्षकहरुका गुनासा कसैले नसुनेको भन्दै उनीहरुले अब पनि राहत शिक्षकका मागहरु सम्बोधन नभए देशैभर आन्दोलन चर्काउने चेतावनी दिएका छन् । | दुर्गम र पोसाक भत्ता नदिए अान्दाेलन गर्ने राहत शिक्षकको चेतावनी | 425 |
काठमाडौं महानगरपालिकाको मेयर बन्ने दौडमा किशोर थापा अहिले समाचार लेख्दासम्म चौथो नम्बरमा छन् । यहाँबाट पहिलो नम्बरमा उक्लिन ठूलै उलटफेर हुनुपर्छ । आफू जितको सम्भावनाबाट टाढिएको थापा स्वयमलाई लागेको छ । | किशोर थापाको संश्लेषणः जित्ने आशा रहेन , निर्वाचित मेयरलाई सहयोग गर्छु | 201 |
काठमाडौं महानगरपालिकामा आकाशे पुल निर्माण कार्य सुरू गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको सुरूको पहिलो महिना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म सुरू हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले सुरू गर्न अझै केही समय लाग्ने बताए । | चाबहिल र पुरातत्व विभाग अगाडि तत्काल आकाशे पुल नबन्ने | 346 |
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवामा उडान थप गर्ने भएको छ । निगमले यहि बुधबारदेखि काठमाडाैं - भैरहवा - काठमाडाैं हप्तामा # दिन उडान भर्ने जनाएको छ । चीनबाट ल्याएको ## सिट क्षमताको मोडर्न आर्क ' एम - ## ' जहाजबाट निगमले भैरहवामा उडान थप गर्न लागेको हो । | भैरहवामा निगमको हप्तामा # दिन उडान | 266 |
#### चैत # गते काठमाडौंको एक कार्यक्रममा रोबोटको सम्बोधन हेर्नेको ठूलो भीड थियो । विश्वकै पहिलो नागरिकता पाएको सोफिया सेलिब्रेटी रोबोट नै थिइन् । उनलाई सन् #### मा साउदी अरबले महिलाको रूपमा नागरिकता दिएको थियो । | गरिब मुलुकमा रोबोटले झनै धेरैको रोजगारी खोस्ने | 211 |
फ्रान्सको पेरिससहित यमन र नाइजेरियामा भएका आतंकवादी हमलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ । आतंकवादी हमला विरुद्ध काठमाडौंमा गरिएको प्रदर्शनमानव अधिकार तथा शान्ति समाजले हिंसात्मक गतिविधिको विरोध गर्दै प्रदर्शन गरेको हो । पेरिसस्थित चार्ली हेब्डो पत्रिकाको कार्यालयमा आतंकवादी हमलापछि त्यहाँको सरकारले सुरक्षा व्यवस्था कडा पारेको बताए पनि बिभिन्न शहरहरुमा आक्रमण र गोलीबारी रोकिएको छैन । | फ्रान्समा आक्रमण , काठमाडौंमा विरोध | 402 |
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आइतबार गुरुङ समुदायले तमु ल्होसार पर्व धुमधामसहित मनाउँदैछन् । यसै अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको वसन्तपुरबाट निकालिएको र्याली टुँडिखेल पुगेर कार्यक्रममा परिणत भएको थियो । | तस्बिरमा तमु ल्होसारको उल्लास | 256 |
जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा विगत दश वर्षेकालमा द्वन्द्वमा परेका तथा बेपत्ता परिवारलाई स्थानीय जिल्ला शान्ति समितिमार्फत ## लाख रूपैयाँ राहत वितरण गरेको छ । जेठको ## गतेबाट असारको पहिलो हप्ताभित्र जिल्लाका ## जना द्वन्द्वपीडितका परिवारलाई राहत वितरण कार्य सम्पन्न गरिएको हो । राहत वितरण गरिएका जिल्लाका द्वन्द्वपीडितमा ## जना मृतकका परिवार र छ जना बेपत्ता भएका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले ## लाख रूपैयाँ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए । | उदयपुरका द्वन्द्वपीडितलाई ## लाख राहत | 511 |
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् । सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् । गुल्मी क्षेत्र नं # का सांसदसमेत रहेका नेता भण्डारीले सीमान्तकृत बम्घा , चोरकाटे , हुँगा , रुपाकोट , बलिथुम , वामीटक्सार , मुसिकोटलगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदायअन्तर्गत कुमाल , दलित र बोटे माझीको यो दशैंको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए । | सीमान्तकृत बस्तीमा # सय घर निर्माण गर्ने नेता भण्डारीको घोषणा | 538 |
सरकारले नयाँ व्यवस्था नभएसम्म स्थानीय तहमा कर्मचारीको बढुवा र पदपूर्तिमा रोक लगाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति , नगर कार्यपालिका र गाउँ कार्यपालिकालाई पत्र लेखी नियमित बढुवाबाहेक कर्मचारी समायोजन नहुँदासम्म कुनै पदपूर्ति नगर्न निर्देशन दिएको हो । स्थानीय विकास मन्त्रालयको निर्देशनपछि गत फागुन # गतेयता विज्ञापन भएका पदमा समेत पदपूर्ति हुनेछैन । | स्थानीय तहमा कर्मचारी पदपूर्ति र बढुवा रोक्का | 393 |
बलिउडमा यतिबेला शाहरुख खान अभिनित फिल्म ' रइस ' को खुबै चर्चा छ । सो फिल्मको टिम अहिले प्रोमोसनमा भिडिरहेको छ । तर फिल्मकी प्रमुख अभिनेत्री माहिरा खान भने ओझेलमा छिन् । | रइसको प्रोमोसनमा हिँड्न नपाउँदा पाकिस्तानी अभिनेत्री दुःखी | 168 |
नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले ### सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर , यसलाई ### बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए । यसमा सहमति जुटेमा ## प्रतिशत खुलाबाट चुनिनेछन् भने ## प्रतिशत आरक्षणबाट आउनेछन् । | कांग्रेसमा ### सदस्यीय केन्द्रीय समिति ! महिलालाई ## प्रतिशत आरक्षण | 289 |
नेपाल टेलिभिजनबाट ' सिधा कुरा प्रधानमन्त्रीसँग ' नामक कार्यक्रम प्रशारण हुन्छ । अब , पत्रकार सुजन आचार्यले ' बाङ्गो कुरा प्रधानमन्त्रीसँग ' सुरु गरेका छन् । नक्कली प्रचण्ड बनेर अभिनय गर्दै आएका कलाकार घनश्याम गौतमसँग मिलेर सुजनले कार्यक्रम सुरु गरेका हुन् । | यस्तो छ प्रधानमन्त्रीसँग बाङ्गो कुरा | 257 |
नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चा बटुलेकी नायिका हुन् , अशिष्मा नकर्मी । छोटो समयमै म्यूजिक भिडियो र चलचित्रमा उनी व्यस्त छिन् । उनले नृत्य गरेको चलचित्र ' अधकट्टी ' को ' कोकाकोला फिगर ' बोलको गीत अहिले हिट छ । | अशिष्मालाई गाला घटाउदा थाई घट्छ भन्ने पिर | 221 |