text
stringlengths 163
169k
| timestamp
stringlengths 0
20
| url
stringlengths 0
1.8k
| source
stringclasses 5
values |
---|---|---|---|
रुपनी गाँउपालिकाका निलम्बित वडा अध्यक्षको पुर्नबहाली | Radio Nepal | रेडियो नेपाल
कृष्ण मण्डल २०७७ मंसिर १२ गते १५:२०
सप्तरी । सप्तरीको रुपनी गाँउपालिका वडा नम्वर १ का वडा अध्यक्ष पिताम्बर यादवको पद पुनः पुर्नबहाली भएको छ ।
२०७५ मसिंर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले उहाँलाई पुरानो मुद्दामा भ्रष्टाचार ठहर भएको सुनाएको थियो । वडा अध्यक्षमा निर्वाचित हुनु अघि जिल्ला शिक्षा कार्यालय उदायपुरमा सव–इन्जिनियको पदमा कार्यरत रहदा भ्रष्टारको मुद्दा लागेको थियो । उहाँलाई सो मुद्दा लागेपछि आफनो १० वर्षे जागिर अवधिबाट राजिनामा दिई तत्कालीन राजपा बाट वडा अध्यक्षका पदमा उमेदबारी दिए पश्चात निर्वाचित भएका थिए ।
निर्वाचित भई सके पछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रटाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्ष पदमा बस्न नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजलासमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा उहाँलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदवाट निलम्बन गरेको थियो ।
त्यस पश्चात अध्यक्ष यादवले उच्च अदालतमा मुद्दा दोहोर्याई पाँउ भनी निवेदन दिएकोमा सर्वोच्चले २०७७ मसिंर ७ गते भ्रष्टाचारी सम्बन्धी मुद्दा कारबाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कारबाही हुने नै हुदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्ने रोक नलगाउनु, रोक लगाउन नदिनु भनी रुपनी गाँउपालिकाको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको हो ।
यसै बिच सोही आदेशलाई आधार मानी शुक्रबार रुपनी गाँउपालिका वडा नम्वर १ को कार्यालयामा आयोजित एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष हरेराम यादवले वडा अध्यक्ष पिताम्बर यादवलाई आजै बाट कामकाज गर्ने गरी पुर्नबहाली भएको जानकारी दिनु भयो । | 2021/01/23 01:33:41 | http://www.onlineradionepal.gov.np/2020/11/27/116300.html | mC4 |
कतै म्यान्चेस्टर सिटीले अघिल्लो सिजनको नियति भोग्ने त होइन ? (प्रिभ्यू)
काठमाडौँ । आज च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत म्यान्चेस्टर सिटीले घरेलु मैदान इतिहाडमा टोटनहम हट्सपरको सामना गर्दैछ । पहिलो लेगमा टोटनहमले सिटीलाई १–० गोलले पराजित गरेको थियो । त्यसैले, जारी सिजनको प्रिमियर लिगको दावेदारी प्रस्तुत गरेको सिटी च्याम्पियन्स लिगमा अघि बढ्ने या नबढ्ने बारेको टुंगो आज नै लाग्ने भएकोले खेल रामाञ्चक हुने निश्चित छ । किनकी आजको खेलमा सिटीलाई जित आवश्यक छ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।
म्यान्चेस्टर सिटीलाई घरेलु लिग प्रिमियर लिगको उपाधि दावेदारको रुपमा हेरिएको छ । लिगको ३३ खेल सकिँदा सिटीले २७ खेलमा जित, २ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरेर ८३ अंक जोडेको छ । लिगमा एक खेल बढी खेलेको लिभरपुलको ८५ अंक छ ।
उता टोटनहमले भने 'टप फोर' फिनिस गर्नको लागि प्रयास जारी राखेको छ । टोटनहमले खेलको ३३ खेलमध्ये २२ खेलमा जित, १ खेलमा बराबरी तथा १० खेलमा हार व्यहोरेर ६७ अंक जोडेको छ । हाल लिगको चौथो स्थानमा रहेको आर्सनलको ६६ अंक छ भने पाँचौ स्थानको चेल्सीको पनि ६६ अंक छ ।
जारी च्याम्पियन्स लिगको प्रदर्शन
म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको समूह 'एफ'बाट समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गरेको हो । म्यान्चेस्टर सिटीले अन्तिम १६ मा जर्मन क्लब साल्केलाई समग्रमा १०–० गोलले पराजित गरेको हो । तर, क्वाटरफाइनलको पहिलो लेगमा भने सिटीले टोटनहमसँग १–० गोलको हार ब्यहोर्नुपर्यो ।
टोटनहम च्याम्पियन्स लिगको समूह 'बी'को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । टोटनहमले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० गोलले पराजित गरेको हो । त्यस्तै, क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीलाई घरेलु मैदानमा १–० गोलले पराजित गरेको हो ।
पछिल्लो पाँच खेल
म्यान्चेस्टर सिटीले खेलेको पछिल्लो पाँच खेलमध्ये चार खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ । सिटीले क्रिस्टल प्यालेसविरुद्ध ३–१ गोल, ब्राइटनविरुद्ध १–० गोल, कार्डिफ सिटीविरुद्ध २–० गोल तथा फुलहामविरुद्ध २–० गोलको जित निकालेको हो भने टोटनहमविरुद्ध १–० गोलको हार व्यहोरेको हो ।
टोटनहमले खेलेको पछिल्लो पाँचखेलमध्ये तीन खेलमा जित हाँसिल गरेको छ । भने दुई खेलमा हार व्यहोरेको छ । टोटनहमले हडर्सफिल्डविरुद्ध ४–० गोल, म्यान्चेस्टर सिटीविरुद्ध १–० गोल तथा क्रिस्टल प्यालेसविरुद्ध २–० गोलको जित दर्ता गरेको हो भने लिभरपुलविरुद्ध २–१ गोल तथा साउथह्याम्टनविरुद्ध पनि २–१ गोलकै हार व्यहोरेको हो ।
अघिल्लो सिजन
म्यान्चेस्टर सिटीलाई अघिल्लो सिजनमा लिभरपुलले क्वाटरफाइनलमा हराएको थियो । लिभरपुलले सिटीलाई समग्रमा ५–१ गोलले पराजित गरेको थियो । त्यस्तै, टोटनहमलाई अघिल्लो सिजन युभेन्ट्सले अन्तिम १६ मा नै पराजित गरेको थियो । युभेन्ट्सले समग्रमा टोटनहमविरुद्ध ४–३ गोलको जित दर्ता गरेको थियो ।
सर्जियो अगुइरो (म्यान्चेस्टर सिटी)
सर्जियो अगुइरो म्यान्चेस्टर सिटीको मात्रै होइनन् प्रिमियर लिगकै उच्च गोलकर्ता हुन् । उनले जारी लिगमा १९ गोल गरिसकेका छन् । उनै स्टार खेलाडी आज टोटनहमविरुद्ध मुख्य खेलाडीको रुपमा उत्रदैछन् ।
त्यस्तै, सिटीका अन्य खेलाडीहरुमा लोरियो साने तथा रहेम स्टर्लिङ छन् । सानेको १० एसिस्ट रहेको छ भने स्टर्लिङको ९ एसिस्ट छ ।
क्रिस्टियन एरिक्सन (टोटनहम)
ह्यारी केन घाइते भएको हुँदा आज मुख्य खेलाडीको रुपमा मिडफिल्डर क्रिस्टियन एरिक्सनको भूमिका उच्च हुनेछ । एरिक्सनले जारी सिजनको घरेलु लिगमा १२ एसिस्ट गरिसकेका छन् । त्यस्तै पहिलो लेगमा सिटीविरुद्ध गोल गरेका हिउङ मिन सन पनि मुख्य खेलाडीको रुपमा सिटीविरुद्ध उत्रनेछन् । | 2020/02/24 07:49:20 | http://www.nepalipatra.com/news/manchester-city-vs-tottenham/19597 | mC4 |
सहकारीलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्यम नबनाउ : अध्यक्ष बडाल - Cooperative News Service
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बनाउन नदिन सहकारीकर्मीहरु चनाखो हुनुपर्ने बताउनु भएको छ ।
अध्यक्ष बडालले आतंकवादी गतिविधिहरुमा कालो धनको प्रयोग भइरहेकाले सहकारीलाई कसैले पनि सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बनाउन नदिनका लागि सहकारीकर्मी चनाखो हुनुपर्ने बताउनु भएको हो । महासंघको आयोजनामा वैशाख २९ र ३० गते सञ्चालित सम्पत्ति शुद्धिकरण निवारण अभिमुखिकरण तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष बडालले २०७४ सालमा सहकारी विभागले सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरेको निर्देशन बमोजिम सहकारी संघ/संस्थाले आन्तकिर नीति तथा कार्यविधि तर्जुमा गरेर लागु गर्नुपर्नेमा समेत जोड दिनुभयो । यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सम्पत्ति शुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध अपराध निवारण प्रणालीको प्रभावकारी कार्यन्वयनका लागि संस्थागत संरचना तथा प्रभावकारीता सम्बन्धी व्यवस्था वा रणनीति समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
दुई दिने तालिमले सहकारी संस्थालाई नीति नियममा रहेर अझ कसरी बलियो बनाउने, सम्पत्ति शुद्धिकरणमा सहकारीको भूमिका र आफूले पुरा गर्नुपर्ने कर्तव्य लगायतका विषयमा छलफल गरिएको थियो । समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कूनका महासचिव चन्द्र ढकाल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासंघका का.मु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपाल, सहकारी विभागका सूचना अधिकारी नारायाण अर्याल लगायतको उपस्थिति थियो । | 2020/07/06 07:44:22 | https://cns.coop.np/news/2019/05/3783/ | mC4 |
भूकम्पका विते तीन वर्षः बनेनन् अझै १४ सय सम्पदा !
कति सम्पदाको पुनर्निर्मिाण सम्पन्न ?
निर्माण सञ्चार, काठमाडौँ | भूकम्प गएको झण्डै साढे तीन वर्ष पुग्न लागिसकेको छ । तर, भूकम्पले भत्काएका १४ सय सम्पदा भने अझै पुनःनिर्माण हुन सकेका छैनन् ।
भूकम्पले तहसनहस बनाएका १ हजार ५ सय सम्पदामध्ये अझै १ हजार ४ सय १० सम्पदा निर्माण हुन नसकेर अलपत्र परेका छन् ।
भूकम्पले अतिप्रभावित १४ जिल्लाका ७ सय ५३ ऐतिहासिक, पुरातात्त्वीक, धार्मिक र सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको थियो ।
पुरात्त्व विभागका अनुसार ती सम्पदा बाहेक थप ६ जिल्लाका ८ सय ४५ अन्य जिल्लाबाट रहेका छन् ।
पुरात्त्व विभागका महानिर्देशक भेषनारायण दहालकाअनुसार भूकम्पले ४ सय ९४ को संरक्षण सुरु भएकोमा १ सय ८५ को निर्माण सम्पन्न भइसकेको छ ।
जसमध्ये १ सय ५० को यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी विभागले लक्ष्य राखेको छ ।
अगामी २०८० सालसम्म सम्पदा पुनर्निर्माण सम्पन्न हुने महानिर्देशक दहालले दाबी गरे । आर्थिक वर्ष २०७२/७३ बाट विभागले सम्पदा पुनर्निर्माण सुरु गरेको थियो ।
यस वर्ष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४९ सम्पदा निर्माणको अनुमति दिएको थियो । त्यसका लागि ३४ करोड ६२ लाख रुपियाँ विनियोजन गरिएको प्राधिकरण बताउँछ ।
विदेशी सहयोगमा कति सम्पदा निर्माण ?
केही सम्पदा भने विदेशी सहयोगमा निर्माण सम्पन्न भएका छन् ।
जसमध्ये विदेशी सहयोगमा ९ वटा सम्पदा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले बनाएको छ ।
त्यस्तै, अमेरिकी एम्बासडर फन्डबाट हनुमानढोका दरबार परिसरको मोहनकाली चोकको पश्चिमी मोहोडा निर्माण सम्पन्न भएको छ ।
विभागका अनुसार श्रीलंकन सरकारको सहयोगमा बुङ्मतीको रातो मत्स्येन्द्रनाथको मन्दिरको संरक्षण तथा स्वयम्भूको आनन्दकुटी विहारको पुनर्निर्माण सकिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बन्न बाँकी रहेका सम्पदाका लागि बजेट व्यवस्था गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने,'बजेटका जटिलता छन्, 'स्रोत पहिचान गर्छाैं र बजेट के गर्न सकिन्छ भनेर हेर्छाैं ।'
भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनर्निर्माणका लागि पनि प्राधिकरण प्रतिबद्ध भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
संघीय संसद्का माननीय सदस्यहरू तथा गुम्बासँग सरोकारवाला प्रतिनिधिसँग गुम्बा पुनर्निर्माणबारे छलफल गर्दै उनले सम्बन्धित गुम्बाले बनाएका नक्सालाई मान्यता दिनुपर्ने प्रतिनिधिको मागप्रति सकारात्मक धारणा राखेर नै सरोकारवालाको राय सल्लाहमा सम्पदाको मौलिकता रहने गरी चाडै अन्तिम रूप दिइने बताए । | 2019/04/20 07:07:35 | http://nirmansanchar.com/detail-bWlVj1Y= | mC4 |
महिलाले बनाए तालिम हलमै अगरबत्ती र दालमोठ | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार
Home स्थानिय समाचार म्याग्दी समाचार महिलाले बनाए तालिम हलमै अगरबत्ती र दालमोठ
महिलाले बनाए तालिम हलमै अगरबत्ती र दालमोठ
२०७३, १५ चैत्र मंगलवार १९:५१
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत सञ्चालित ७ दिनको तालिममा महिलाहरुले अगरबत्ती र दालमोठ बनाएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आयोजना र संरक्षक म्याग्दीको सहआयोजनामा भएको तालिममा सहभागी महिलाहरुले दालमोठ र अगरबत्तीको निर्माण गरेका हुन् ।
मानसिक रोगीहरुको हेरचाहका लागि खटिएका संरक्षकहरुलाई लक्षित सञ्चालन गरिएको सिपमूलक तालिमको अवधिमा सहभागी महिलाहरुले तालिम हलमै अगरबत्ती र खानेकुरा दालमोठको निर्माण गरेको संरक्षक म्याग्दीले जनाएको छ । सहभागीले दालमोठ, भूजिया, नमकिन, आलुचिप्स, केराउ फ्राईलगायतका खाजाका परिकारहरु निर्माण गरेका थिए ।
अगरबत्तीलाई प्रति गोटा २५ र दालमोठका परिकारलाई १५ देखि ५० रुपैयाँसम्मको मुल्य तोकिएको संरक्षक म्याग्दीका अध्यक्ष निशा महत जिसीले जानकारी दिएकी छिन् । तालिमको अगरबत्ती उद्यमी सेमिता पुन र दालमोठको हिराकुमारी पाईजाले सहजीकरण गरेका थिए । १४ दिनसम्म सञ्चालित तालिमको मङ्गलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।
कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मिरादेवी अधिकारीले सानो लगानी र थोरै मेहनतमा पनि अगरबत्ती तथा दालमोठ बनाउन सकिने भएकाले महिलाहरुलाई व्यावसायिक रुपमा लाग्न सुझाव दिएकी छिन् । उनले लघुउद्यमीका लागि निःशुल्क उद्योग दर्ता गर्न र ५ वर्षसम्म आयकर तिर्न नपर्ने व्यवस्था रहेको जानकारी दिँदै उद्योग दर्ता गरेर आएको खण्डमा व्यवसायका लागि आवश्यक औजार सहयोग गर्न सकिने बताइन् ।
सोही कार्यक्रममा जिविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स) नेपालका प्रवन्ध निर्देशक पदमराज श्रेष्ठले सिपमूलक तालिम नीति निर्माताहरुलाई समेत झकझकाउने खालको रहेको बताए । संरक्षक म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, सचिव देवी आचार्यको सञ्चालन र सदस्य गीता कुँवरको स्वागतमा सम्पन्न कार्यक्रममा प्रशिक्षक हिराकुमारी पाईजा, सहभागीद्वय राधिका रेग्मी र गंगा राईले मन्तव्य राखेका थिए । प्रताप बानियाँ | 2021/12/02 19:24:18 | https://myagdikali.com/111654/ | mC4 |
नयाँ पत्रिका लण्डन
२०७८ असोज १ शुक्रबार ११:३९:००
नयाँ पत्रिका, लण्डन
कोभिड– १९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली संघ युकेले बेलायत सरकारसँग माग गरेको छ। अध्यक्ष प्रेम गाहामगरले पत्र पठाएर नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यावहारिक मापदण्ड हटाउन अनुरोध गरेका हुन्।
बेलायती यातायातमन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको, तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यावहारिक रहेको उल्लेख गरिएको छ।
बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको तथा नेपालबाट बेलायत आउनेले महँगाे खर्चमा होटेलमा क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ।
अधिकांशले कोभिडविरुद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ। अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायत मात्र रहेको हुँदा आफ्नो मागलाई यथोचित रूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ।
बिहीबार नै संघले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबीचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ। रासस | 2022/05/23 09:39:20 | https://nayapatrikadaily.com/news-details/71008/2021-09-17 | mC4 |
म्याराथनमा पदक जित्ने सम्मानित | Nagarik News - Nepal Republic Media
काठमाडौं – एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्ने नेपाली खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मानित भएका छन् । नर्थ पोल म्याराथन विश्वकै चिसो ठाउँमा हुने म्याराथन हो । भीमबहादुर र समीरलाई मंगलबार बतासे ट्रेल्सले सम्मान गरेको हो ।
अप्रिल ९ मा भएको म्याराथनमा भीमबहादुर दोस्रो र समीर तेस्रो भएका थिए । भीमले ४ घण्टा १८ मिनेट र समीरले ४ घण्टा ३१ मिनेटमा दौड पूरा गरेका थिए । भीमबहादुर र समीर दुवै आर्मीका खेलाडी हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले दुवै खेलाडीलाई जनही १० हजारसहित सम्मान गरे।
कार्यक्रममा भीम र समीरको यात्रालाई प्रायोजन गरेकी स्कटल्यान्डकी नातालियालाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । यसै गरी आगामी तेस्रो संस्करण वैशाख १२ गतेदेखि हुने आयोजकले बताएको छ।
८५ किलोमिटर, ३७ किलोमिटर र १२ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने बतासे ट्रेल्सका अध्यक्ष सुमन तामाङले बताए । | 2020/07/04 06:46:23 | https://nagariknews.nagariknetwork.com/sports/120498-1492581540.html | mC4 |
भिष्मराज पौडेल नवप्रवेशीतर्फ कास्की च्याम्पियन - Prime News Nepal
फागुन, १० पोखरा ।
भिष्मराज पौडेल कास्कीका नवप्रवेशी टेनिस खेलाडीतर्फ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो उपाधी आफ्नों नाम गरेका हुन् ।
जितपछि प्रतिक्रिया दिंदै पौडेलले स्वास्थ्य र मानसिक स्फुर्तिका लागि खेलकुद महत्वपूर्ण भएको औंल्याए । पौडेल आफ्ना छोरी आर्षिया पौडेल र आर्यषराजका साथ टेनिस कोर्ट आउने गर्दछन् । छोरा आर्यष ८ वर्ष मुनि नेपाल च्याम्पियन हुन् ।
यसैविच प्रतियोेगिता अन्तर्गत सिनियर भेट्रान्स प्रतिस्पर्धापनि मंगलबारदेखिनै शुरु भएको छ । रेवान पोखराको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक समारोहका विच उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै भट्टराईले पोखरामा आयोजना हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताए ।
प्रतियोगिताको पहिलो दिनका खेलहरुमा राजु गुरुङ्ग, रोबर्ट जे.हान, राजन पौडेल,नविन चालिसे, केवी लामा, नविन श्रेष्ठ, गोपीबहादुर भट्टराई, धरमसिंह लामिछाने, इन्द्र गुरुङ्गले जित हाँसिल गरेका छन् । प्रतियोगितामा सिंगल तथा डबल्सतर्फ झण्डै ४० खेलाडीको सहभागिता रहेको छ । | 2022/07/07 01:22:13 | https://primenewsnepal.com/2022/02/22/1208/ | mC4 |
चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई शब्दको आडम्बरतालाई हटाउन भन्दै त्यस्ता अभिव्यक्तिले अवस्थालाई थप उत्तेजित बनाउने बताउनु भएको थियो । त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले 'तनावको वृद्धि' भएको भन्दै चेतावनी दिनुभएको थियो । रासस/एएफ्पी | 2018/07/22 18:15:05 | http://newsabhiyan.com/news-details.php?nid=90436 | mC4 |
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ ।
हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।पानी पिउनु किन आवश्यक ?शरीरले क्रियाहरू गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ।
शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ । प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै साहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पु¥याउँछ र शरीर बाहिर निस्कासन हुन्छ । पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई प्रयाप्त पानी पिउनु पर्दछ।
पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ; रक्त सञ्चारमा सुधार ल्याउँछ; मृगौलालाई सक्रिय बनाउँछ। पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।पानी कति पिउने त ?शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ । साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मि.लि, पिसाबबाट १५०० मि.लि गरि लगभग २.३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ ।
शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ । तसर्थ कुनै काम नगरी बस्दापनि २.३ लिटर पानी नित्य पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।
– अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हँुदैन ।
– पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।
-एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।
-दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।
-खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ ।
-तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।
-थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।
विभिन्न रोगहरूमा पानीको सेवन
-उल्टीपछि पेट दुःखेमा तातो पानी पिउनु लाभदायक हुन्छ ।
-अपचको समस्या भए खाना खानु भन्दा ३० मिनेट देखि ४५ मिनेट अगाडि चिसो पानी पिउनाले आमाशयका ग्रन्थीहरू सक्रिय हुन्छन् । इन्जाइम्सहरू राम्रोसित स्रावित हुन्छन् र खाना राम्ररी पच्दछ ।
-ज्वरो आएको अवस्थामा चिसो पानी सेवन एकदमै लाभदायक हुन्छ । चिसो पानी पिउनाले शरीरको तापक्रम ०.४ डिग्री सेल्सियसको दरले घट्दछ र धड्कनको चाल पनि घट्दछ । छालाको समस्या भएमा चिसो पानी सेवन अत्यन्त लाभदायक सावित हुन्छ ।
-कब्जियतको समस्या भएमा खाना खानु भन्दा १–१ आधाघण्टा अगाडि २ गिलास चिसो पानी खाने बानी बसाले कब्जियतको समस्या हल हुन्छ ।
-बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ ।
प्रशस्त पानीको सेवनले सबै रोगहरूमा फाइदा पुर्याउँछ ।
नोटः मुटुले राम्ररी काम नगर्ने रोगमा , मृगौलाले राम्ररी काम नगर्ने रोगमा, रगतमा नुनको मात्रा कम हुने र शरीर सुन्निने जस्ता रोगहरूमा चिकित्सकको परामर्श अनुसार पानीको सेवन गर्नुपर्दछ । | 2019/02/20 22:01:44 | https://freegulfjobs.com/%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%95%E0%A4%A4%E0%A4%BF-%E0%A4%AA%E0%A4%BF%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%B0-%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A4%BF%E0%A4%89%E0%A4%A8/ | mC4 |
भारतकेन्द्रित निकासी : विश्व प्रतिस्पर्धासँग अभाव
As of Sat, 15 Aug, 2020 13:20
निर्यात व्यापार प्रवद्र्धनका लागि सरकारी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशका निर्यातयोग्य वस्तुहरूको निकासी ह्वात्त बढ्न सकेको छैन ।
नेपालको निकासी व्यापार विश्व बजारमा प्रतिस्पर्धी बन्न सकेको छैन । चौथो योजनादेखि व्यापार विविधीकरणको नीति ल्याए पनि प्रभावकारी हुन नसक्दा निकासी व्यापारले अपेक्षित सफलता पाउन सकेको छैन । अर्थतन्त्रको मुख्य आधारस्तम्भका रूपमा निकासी व्यापार रहे पनि अहिले कुल गार्हस्थ्य उत्पादनमा बिस्तारै यसको अंश घट्दै गएको छ, अर्थात् निकासी जीडीपीको ६ प्रतिशत जति मात्र रहेको छ । वैदेशिक मुद्रा भित्र्याउने प्रमुख निर्यात व्यापारलाई सबलीकरण गरेर लैजानेतर्फ सरकारका चाहिने जति ध्यानसमेत जान सकेको छैन । निर्यात व्यापार प्रवद्र्धनका लागि सरकारी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा देशका निर्यातयोग्य वस्तुहरूको निकासी ह्वात्त बढ्न सकेको छैन ।
ते-हौं, चौधौं र पन्ध्रौं योजनापछि पनि त नेपालको वैदेशिक व्यापारको बढीभन्दा बढी प्रतिशत वा करिब ६५–७० प्रतिशतजति भारतसँग नै रहन गएको छ । नेपालको भुक्तानी सन्तुलनमा अत्यधिक व्यापारघाटा देखिएको छ । उत्पादित वस्तुको कम गुणस्तर, उच्च पारवहन–यातायात खर्च, नियमित आपूर्ति आधार र कमजोर आधारभूत व्यवस्थाका कारण व्यापार क्षेत्र कमजोर रहेको छ । समय–समयमा व्यापारिक प्रतिनिधिमण्डलले गरेका भ्रमणको आधारमा खरिदकर्ता विक्रेताको चाहना, स्थिर मूल्य निर्धारण, कच्चा पदार्थको आपूर्ति, वस्तुको ढाँचा र नयाँ बजार पहुँचको अभाव देखिएको छ । निकासीकर्ता र उत्पादकलाई दिएका निकासी विस्तारका प्रोत्साहनहरूमा वैदेशिक विनिमय, कर, कर्जा र अन्य आर्थिक सुविधाहरू रहेका छन् ।
त्यसैगरी खडा गरिएको देशको निकासी प्रवद्र्धनमा प्रधानमन्त्रीस्तरीय निकासी वस्तु विकास र निकासी प्रवद्र्धन परिषद् र वाणिज्य मन्त्रीस्तरीय निर्यात समिति कता हराए ? यीबाट निर्देशित रूपमा उदार नीतिहरू र आवश्यक कदमहरू आउनुपर्ने थियो, यस्ता निर्देशन नआउँदासमेत निकासी व्यापार प्रभावित भइरहेका थिए र छन् ।
सबै निकासी सहयोग निकायहरूको केन्द्रबिन्दुका रूपमा सदैव व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहन आवश्यक छ । भलै यसको स्वरूप अन्तर्राष्ट्रिय मान्यता र इज्जतका लागि व्यापार प्रवद्र्धन प्रतिष्ठान तथा नेपाल व्यापार प्रवद्र्धन प्राधिकरण बनाउन आवश्यक छ । प्रधानमन्त्रीस्तरीय निकासी वस्तु विकास र निकासी प्रवद्र्धन परिषद्को स्थापना कालमा केन्द्रलाई परिषद्को सचिवालयका रूपमा तोकिएकोमा हाल यो परिषद्को बैठक बसिरहेको छैन, कहाँ गए त ? यस परिषद्बाट निकासी व्यापारको उपयुक्त पक्षमा आवश्यक प्राविधिक सहयोग दिई व्यस्त राख्न सकिन्थ्यो वा अद्यापि सकिन्छ ।
नेपाल–भारत व्यापार सन्धिमा उल्लिखित बुँदामा द्विपक्षीय व्यापार प्रावधान सशुल्क र बिनाभन्सार छुट पाएका वस्तुका आयात नेपाललाई वार्षिक कोटाका रूपमा केही अत्यावश्यक वस्तुका आयात, नेपाली उत्पादित वस्तुका लागि भारत सरकारको भारतीय बजारमा पहँुचलगायतका रहेका छन् । भारत नेपालको सबभन्दा ठूलो व्यापारिक साझेदार हो । व्यापारिक मुख्य साझेदारमा भारत, अमेरिका, जर्मनी र अन्य युरोपेली संघका सदस्य राष्ट्रहरू चीन, जापान, हङकङ, सिंगापुर, दक्षिण कोरिया, थाइल्यान्ड मुख्य छन् । भारत आपूmलाई अपुग भए पनि सिमेन्ट, कोइला, पेट्रोल, ग्यास, नुन, धूलो दूध, आल्मुनियम, कागज, कपास, फलाम स्टिललगायत अन्य नेपाललाई आपूर्ति गर्छ ।
नेपालको निकासी व्यापारले देशको प्राकृतिक र मानव निर्मित साधनहरू विकास रणनीति भूराजनीतिक अवस्थाको ख्याल गरेको छ । बजारको आकार विचार गर्दा बाह्य निकासी उन्मुख वा आन्तरिक उपभोक्ता उन्मुख रणनीति उत्पादन प्रणालीमा छनौट गरिएको छैन । सन् १९७० पछि नेपालले निकासी प्रवद्र्धन र आयात प्रतिस्थापनको दोहोरो रणनीतिको प्रयोगकर्ता भएको छ । पारवहन यातायात, गोदाम र ठोस योजनाको कार्यक्रमका क्षेत्रहरूमा आएका कठिनाइबाट निकासी बढ्न सकेको छैन ।
निकासी बजारीकरणमा सम्पूर्ण पक्ष विचार गरेर लक्षित बजारमा निकासी प्रवद्र्धन, कर्जा प्रणाली, निकासी बैंकिङ संस्थागत सहयोग, निकासी बजार छनोट, वस्तु निकास र गुण नियन्त्रण निकासी उत्पादन र निकासी वस्तु छनोटसम्बन्धी विचार गर्न आवश्यक छ । एकीकृत निकासी बजार रणनीति तर्जुमा र कार्यान्वयन गरिनुपर्छ । निकासीमा अत्यधिक प्रारम्भिक निकासी भार र वस्तु विविधीकरण गरिनु उपयुक्त हुन्छ ।
नेपालमा धेरै वर्ष लगाएर भएको देशगत र दिशागत निकासी विविधीकरण नयाँ शताब्दीको पहिलो दशकदेखि नै पुनः भारततर्फ उन्मुख भएको छ । नेपालको कुल भन्सार, राजस्वको निकासी भन्सार, राजस्वको योगदान ज्यादै कम छ । विगतमा नेपालको निकासीलाई वैदेशिक सहायताको निरन्तर आगमनले गर्दा ध्यान दिइएन । नेपालको निकासी व्यापार धेरैजसो नेपालको कुल व्यापार भारतसँग गरिएको छ ।
निकासी विकासका लागि सरकारी र निजी क्षेत्रका निकासी र निजी क्षेत्रका निकासी बजारीकरणका क्षेत्रका क्षेत्रमा बहु–क्षेत्रगत परिप्रेक्ष्यबाट निकासी संस्थागत पक्ष, बन्दोबस्त निकासी प्रशिक्षण, निकासी कर्जा बैंकिङ, गुण नियन्त्रण र निकासी वस्तु विकासमा केन्द्रित गरिनुपर्छ । नेपालमा निकासीका लागि संस्थागत बन्दोबस्त अझ प्रारम्भिक अवस्थामा छ । नेपालले देशगत निकासी व्यापार विविधीकरण गर्न सके पनि निकासी वस्तुको उत्पादन घटेकाले यथार्थमा निकासी वृद्धि नकारात्मक छ ।
निकासी व्यापार कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो । निकासी व्यापारबाट अर्थतन्त्रको सुदृढता झल्किन्छ । विश्वमा अल्पविकसित देशमा पर्ने नेपालको निकासी व्यापार ज्यादै न्यून छ । व्यापारिक जटिलता, नीति–नियममा स्पष्टता र भौगोलिक हिसाबले पनि नेपालको निकासी व्यापारले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । नेपाल भौगोलिक दृष्टिकोणले समेत भूपरिवेष्ठित रहनाले निकासी व्यापार विश्व–माझ प्रतिस्पर्धी बन्न सकेको छैन ।
नेपालबाट आ.व. ०६९-७० देखि ०७५-७६ सम्म पनि नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा धागो, ऊनी गलैंचा, तयारी पोसाक, कपडा, अदुवा, जडीबुटी, मुसुरो दाल, कपडा, फलाम र स्टिलका वस्तु, तामाका वस्तु, जुट बोरा र झोलाहरू, अलैंची, चिया, ऊनी र पस्मिनाका सामानहरू मुख्य छन्, तर यी निकासी वस्तुहरूलाई अभिवृद्धि गरेर लैजान सकिएको छैन । निकासी अभिवृद्धि गर्न सरकार र निजी क्षेत्र नै सुदृढ तवरले हातेमालो गरी अगाडि बढ्न सकेको छैन । तर, देशको आ.व. ०७५-७६ मा १४ खर्ब १८ अर्ब ५४ करोडका सामान आयात भएको थियो । यो आायात अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी थियो । यसैगरी अघिल्लो वर्षमा कुल वस्तु निर्यात १९.४ प्रतिशतले बढेर जम्मा ९७ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो । आयात र निर्यातबीचको उच्च असन्तुलनकै कारण कुल व्यापारघाटा १३.५ प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ भएको थियो । यस्तो अवस्थामा पछिल्ला वर्षमा आर्थिक विकास र समृद्धिको आशा गर्ने र ?
सन २००४ मा विश्वबाट तयारी पोसाकको कोटा प्रणाली खारेज भएपछि तयारी पोसाकको अमेरीका निकासी निकै कम भएको छ । नेपालले कोटा खारेजपछि आफ्नो तयारी पोसाक प्रतिस्पर्धी बनाउन सकेन । तयारी पोसाक मात्र होइन, गलैंचा र पस्मिनाको निर्यात पनि सबैभन्दा उच्च बिन्दुमा पुगेको अवस्थाबाट तल झर्दै गई पहिले पुगेका उच्च बिन्दुसम्म बढ्न सकेको छैन । तयारी पोसाकको निर्यात युरोपीयन देशतिर मोडिएको छ । तैपनि कुनै बेला उच्च बिन्दुमा पुगेको भन्दा आधी पनि हाल छैन ।
एकातिर नेपालले निकासी प्रवद्र्धन गर्नुपरेको छ भने अर्कातिर आयात प्रतिस्थापन गर्नुपरिरहेको छ । कुनै पनि देशमा निकासी क्षेत्रले खेलेको भूमिका आयातलाई धानेको आधारमा मूल्यांकन गर्न सकिन्छ । नेपालको आयातमा निकासीको अनुपात १३–१४ खण्डले कम छ । अर्थतन्त्रमा निकासी क्षेत्रले कम भूमिका खेलेका कारण देशभित्र अत्यधिक वैदेशिक सहयोग निरन्तर लिनु परिरहेको छ । देशको अर्थतन्त्र सञ्चालन गर्न वैदेशिक सहयोगमा अत्यधिक निर्भर रहनाले दीर्घकाल लाभदायक हँुदैन । विकासशील देशको विकासमा व्यापारले महŒवपूर्ण भूमिका खेल्नुपर्छ ।
विगतमा केही दशकमा वैदेशिक सहयोगका संरचना हेर्ने हो भने अनुदानमा देश बढी परिलक्षित छ । नेपालको भुक्तानी सन्तुलन कहिल्यै नेपालको पक्षमा रहन सकेको छैन । देश रेमिटेन्सले धानेको थियो, तर अघिल्लो वर्ष ०७५-७६ बाट नधानेको देखिन्छ । देशमा वैदेशिक मुद्रा संकलनको गति घट्नुमा आयातको वृद्धि निकासीमा असन्तुलन र ऋण सेवा दायित्वमा अलग्गिँदै गएको अवस्था छ ।
रोजगारी सिर्जना गर्ने दृष्टिले नेपालमा निकासीको भूमिका सन् २००४ पछि पुनः भारततर्फ मोडिन पुगेको छ । उत्पादित क्षेत्रमध्ये चिया, बिस्कुट, जुत्ता, तयारी खाद्य पदार्थ, सिमेन्ट, चिनी आदि अन्य आन्तरिक उपभोगमा सीमित भएकाको निकासी हुन वा बढ्न सकेको छैन । नेपालका निकासी वस्तु निकासीजन्य साना उद्योगहरू श्रमप्र्रधान छन् । फलामका वस्तुहरू जस्तै नव–आधुनिक औद्योगीक वस्तुहरू नेपालको निकासीमा ज्यादै कम छन् ।
नेपालको निकासी समस्या मुख्यतः नेपालको भौगोलिक र आर्थिक परिस्थितिले उब्जाएको छ । नेपाल भूपरिवेष्टित भएका कारण निकासी व्यापारमा व्यापक समस्या रहेका छन् । नेपालमा योजनाबद्ध विकास प्रयास १९५६ पछि सुरुवात भयो । अझै पनि निकासी व्यापारमा कच्चा वस्तु नेपालको निकासी व्यापारमा कायमै छ । नेपालको निकासी व्यापारको अवरोधका रूपमा भारतबाट समुन्द्रपार बजारमा नेपालको निकासी विस्थापित भएकोलाई लिन सकिन्छ । नेपालको निकासीमा यस्तो प्रवृत्ति सन् १९७० देखि २००० सम्ममा देखियो ।
भारतसँग पहिलेदेखि रहँदै आएको व्यापार बचत यथावत् राखे नेपालको समुद्रपार व्यापारमा लैजान आवश्यक छ । निकासी वस्तुहरूमा धागो, तामा र यसका वस्तुहरू, तयारी खाद्य पदार्थ, फलाम र यसका वस्तुहरू, तयारी पोसाक, गलैंचा, पस्मिना, हस्तकला, चिया, अलैंची आदि मुख्य छन् । नेपालको निकासी व्यापारमा सानो परिमाण र कम मूल्यमा निकासी भएका छन् ।
निकासी प्रवद्र्धन नीतिमा आवश्यक परिवर्तन भएका छन् र पारवहन–गोदाम सुविधासहित अन्य निकासी प्रवद्र्धन सेवा विस्तार र विकास गर्न नयाँ उपायहरू सन् १९७१ देखि निकासी प्रवद्र्धनतर्फ आधारभूतका प्रयासहरू भएका छन् । नेपालको निकासी व्यापार धेरै ऐन–विनियम एवम् नियमहरूले नियमित गरिएको छ । आधारभूत सुविधाको प्रयासमा समन्वयउन्मुख निकासी व्यापार केन्द्रित राष्ट्रिय केन्द्र बिन्दुका रूपमा व्यापार सहयोगी निकायहरूलाई अझ सुदृढीकरण गर्ने बेला आएको छ । व्यापार प्रवद्र्धन क्रियाकलापको मुख्य कार्यगत कार्यमा निकासी योजना, तथ्यांक, सूचना, विश्व र क्षेत्रीय व्यापार, अनुसन्धान, बजार प्रवद्र्धन र मेला छन् ।
नेपाल सरकारले घोषणा गरेका व्यापार नीतिले २०७२ र एनटीआईएस २०७३ ले निकासी व्यापारलाई बढाउन पूर्वाधार पक्कै बनाएको निश्चित छ । व्यापार नीति २०७२ को कार्यान्वयन गर्न अन्तर–क्षेत्र नीतिहरूमा समन्वय हुन जरुरी थियो, तर चाहिएजति हुन सकेन । सन् १९८५ अगाडिका नेपालको परम्परागत निकासी वस्तुहरू अन्न, जनावरका दुधबाट बनेका घिउ, काठको निकासी ठप्प भएका छन् । सन् १९८५ पछि देखा परेका परम्परागत निकासी वस्तुहरू तयारी पोसाक, गलैंचा, पस्मिना, झुसे तिल आदि यस्तै वस्तुहरूका निकासीमा धेरै नै कमी भएका र ठप्प भएका छन् । गएका केही वर्षयता फलाम र स्टिलका वस्तुहरू तथा धागो नेपालको निकासी दर्जानी चिह्नमा पुग्न गएका देखिन्छन् ।
नेपालमा उत्पादित वस्तुका निकासी बढाउने प्रयास जारी छन् । विश्व बजारमा नेपालको निकासी वस्तु प्रतिस्पर्धी बनाउन ऐन–नियम–कार्यनिर्देशिका बनाउन र सरलीकरण गर्न आवश्यक छ । निकासी व्यापार बढाउने तवरले ऐन–नियममा परिमार्जन गरिनुपर्छ । निकासी व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लैजान व्यवसायी र सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्छ । यस पंक्तिकार पनि निकासी व्यापार व्यवस्थापनमा विद्यावारिधि प्राप्त विशेषज्ञ भएका नाताले माथि उल्लिखित संगठनमा देशले जिम्मेवारी दिएमा देशको निकासी क्षेत्रको कायापलट गर्ने हिम्मत राख्छ । | 2020/08/15 07:37:13 | https://www.karobardaily.com/news/information_technology/26906 | mC4 |
बुढानिलकण्ठमा काेराेना जाेखिम बढ्याे, २१ जनामा आरडिटी पाेजेटिभ देखियाे | Kathmandukhabar.com
बुढानिलकण्ठमा काेराेना जाेखिम बढ्याे, २१ जनामा आरडिटी पाेजेटिभ देखियाे
२०७७, ८ जेष्ठ बिहीबार २०:१५
जनसंख्याकाे हिसाबले देशकै ठूलाे नगरपालिकामध्ये एक बुढानिलकण्ठ नगरपालिकामा काेराेना संक्रमणकाे उच्च जाेखिम देखिएकाे छ । नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिकाे आरटिडि चेक गर्दा २१ जनामा पाेजेटिभ देखिएसँगै नगरमा जाेखिम बढेकाे देखिएकाे छ । केही दिन अघि नगरपालिकाकाे वडा नं १२ मा एकजना संक्रमितसमेत भेटिएसँगै आरडिटि चेक बढाइएकाे छ । नगरपालिकाले नगर कार्यालय तथा वडा कार्यलयमा आरडिटी चेक गर्न सुरू गरेकाे हाे ।
चेकजाँचकाे सुरूवाती क्रममा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकाे चेक गरिएकामा २७८ जनाको आरडीटी टेष्ट सम्पन्न भएकाे छ । जस मध्ये पुरुष १५ र महिला ६ जना गरेर कुल २१ जनामा पोजेटिभ देखिएको छ भने बाँकीको नेगेटिभ देखिएको छ।याे संख्या नगरपालिका कार्यालयमा चेकजाँच गरिएकाहरूकाे हाे । वडा कार्यालयमा चेकजाँच गरिएकाकाे संख्या सार्वजनिक गरिएकाे छैन ।
आरडीटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा राखिएको छ। पिसिआर टेष्टको लागी आरडिटी पोजेटिभ देखिएका सबै २१ सहित कुल ५१ जनाको थ्रोट स्वाब आजै संकलन गरिएको नगरपालिकाले जनाएकाे छ । उनीहरुको रिजल्ट ४८ घण्टा भित्र आउनेछ। नगरप्रमुख उद्धव खरेलले सबै नगरवासीलाइ सुरक्षितसाथ घरमै बस्न अपिल गरेका छन् । (फाेटाेः बुढानिलकण्ठ मेयर कार्यालय नामकाे फेशबुक पेजबाट) | 2020/07/16 03:09:29 | https://www.kathmandukhabar.com/archives/37702 | mC4 |
घरजग्गा कारोबारी बस्नेतले हजारौँलाई ठगे - Samajbad
काठमाडौं : मंसिर ९, चर्चित घरजग्गा कारोबारी सुधीर बस्नेतमाथि दश हजार जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । बस्नेतले सञ्चालन गरेको ओरियन्टल सहकारीमा निक्षेपकर्ताको ४ अर्बभन्दा बढी डुबेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर भएका बेला गठित छानविन समितिका एक सदस्यका अनुसार बस्नेतले हाउजिङ र अपार्टमेन्टको नाममा पनि ४ अर्ब हाराहारी रकम ठगी गरेका थिए । उनले एउटा अपार्टमेन्ट तीन जनासम्मलाई बेचेको त्यतिबेला छानबिन समेतले पत्ता लगाएको थियो ।
ओरियन्टल बिल्डर्स एण्ड डेभलपर्सको नाममा २२ परियोजना सञ्चालन गर्न सर्वसाधारण, सहकारी र बैंक तथा वित्तीय संस्थाबाट रकम लिइएको थियो । अपार्टमेन्ट पाउने आशामा लगानी गरेका ७०० भन्दा बढीको रकम बस्नेतले झ्वाम पारेका थिए ।
ओरियन्टल बिल्डर्सको अपार्टमेन्ट किन्न खोज्दा रकम डुबाउनेको सूचिमा पूर्व सचिव, पत्रकारदेखि सरकारी कर्मचारीको समेत नाम छ । उनीहरूलाई मात्रै होइन ओरियन्टल बिल्डर्सका ऋण दिने बैंक तथा वित्तीय संस्थालाई समेत बस्नेतले गुमराहमा पारेका छन् । धापासीस्थित जग्गा धितो राखेर ओरियन्टलले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा राख्यो । लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको देखिन्छ ।
बस्नेतले लिलामी कार्य बदरको माग राखेर अदालतमा मुद्दा दायर गरेको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले कर्जा सम्झौता अनुसार ऋण नतिर्ने ऋणको धितोबाट आफ्नो रकम असुल उपर गर्ने अधिकार सम्बन्धित बैंकलाई दिएको उनको भनाइ छ । उनलाई पीडितहरुले महाठग भन्ने गरेका छन् । | 2021/01/24 13:21:49 | https://samajbad.tv/17193/ | mC4 |
Narayan Bhandari – Pahilo Page
तुलसीपुर, ३ जेठ । कोरोना भाइरसको त्रासले मुलुकले लकडाउन खेपिरहेको छ । अत्यावश्यक काम बाहेक नागरिक घरबाहिर ननिस्किरहेको समयमा यहाँका एक वडा अध्यक्षलाई भने विकास निमार्णको चिन्ताले पिरोलिरहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष सहित उनको टीमलाई कोरोना नियन्त्रण संगै यतिबेला विकास निमार्णको कामलाई कसर...
तुलसीपुर, २७ बैशाख । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लकडाउनलाई मध्यनजर गर्दै १२ लाख बढि महसुल छुट दिएको छ । संस्थाको यही बैशाख २५ गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको हो । संस्थाका आठ हजार उपभोक्तालाई एक महिनाको न्युनमत महसुल छुट दिइने ...
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले लकडाउनमा भोकमरी पर्न नदिने गरी राहत बितरणलाई थप व्यवस्थीत बनाउने भएको छ । शनिबार विहान बसेको सर्बदलीय बैठकले हाल सम्म गरिएको राहत बितरणको समिक्षा गर्दै आगामी दिनमा थप व्यवस्थित बनाउने निर्णय गरेको हो । वडा समितिको आह्वानमा बसेको बैठकले दैनिक छाक टार्न मुस्किल परेकाहरुकाल...
तुलसीपुर । नोबेल कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको बन्दा बन्दीका कारण कुखुराका अण्डा डम्पिङ भएका छन् । कृषकले उत्पादन गरेका अण्डा बजार सम्म पु¥याउन नसक्दा खोरमा थन्किएका हुन् । लकडाउन पछि उत्पादन भएका अण्डा स्थानीय बजार तथा बाहिरी जिल्लामा पु¥याउन नसक्दा समस्या भएको कुखुरा पालक कृषक लोकराज भुसालले बताए । 'तु...
तुलसीपुर । तुलसीपुर उपमहागरपालिका वडा नं. ६ का सदस्य दुजमान भण्डारी बर्षातले दुई घर परिवारलाई खाद्यान्न सहयाेग गरेका छन् । काेराेना भाइरस काेभिड १९ का कारण दैनिक ज्याला मजदुरी गर्न नपाउँदा समस्यामा परेका दुई घर अति विपन्नलाई उनले खाद्यान्न सहयाेग गरेका हुन् । बजारमा रिक्सा चलाएर दैनिकी चलाइरहेका तुलसीपुर ६ बरुव...
बिपत्तिमा 'मनकारी'हरुको घोषणा
तुलसीपुर, १२ चैत । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएसंगै उत्पन्न विपत्तिका बेला विभिन्न मनकारीहरुले सहयोगको घोषणा गरेका छन् । कोरोना भाइरसका कारण व्यापार व्यवसाय लगायत दैनिक ज्याला मजदुरी समेत बन्द हुँदा उत्पन्न समस्यालाई समाधान गर्न केही मनकारीहरुले सहयोगको घोषणा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ...
तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सचिव जग प्रसाद शर्मा अपारले संख्याले मात्रै पार्टी नचल्ने बताएका छन् । कम्युनिष्ट नेता लोकमणि आचार्यको स्मृतिमा आइतबार दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ५ नं. प्रदेश सचिव शर्माले दुई पार्टी एक भएसँगै संख्यात्मक हिसावले ठूलो पार्टी भ...
तुलसीपुर अन्तरास्ट्रिय युवा दिवसकाे अवसर पारि साेमबार प्रादेशिक अस्पताल तुलसीपुरमा फलफूल वितरण गरिएकाे छ । जिल्ला युवा परिषद र नयाँ पाइला पुनस्थापना केन्द्र संगकाे समन्वयमा नमुना युवा संसद तुलसीपुरले अस्पतालका विरामीलाई फलफूल वितरण गरेकाे हाे । (more…)...
तुलसीपुर । तुलसीपुरकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत काेष हस्तान्तरण गरेकाे छ । तुलसीपुर ९ बेलुवा निवासी अाफ्ना शेयर सदस्य जीतु खत्रीकाे ८६ बर्षकाे उमेरमा मृत्यु भएपछि संस्थाले अाइतबार मृतककाे घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकाे हाे । संस्थाका अध्...
तुलसीपुर । यहाँको युवा नेता दुजमान भण्डारी बर्षातले आफ्नो जन्मदिन युवाहरु संग मनाएका छन् । तुलसीपुर ६ निवासी भण्डारीले आइतबार नगर स्तरीय नमुना युवा संसदका युुवाहरु सँग जन्मदिन मनाएका हुन् । तुलसीपुर उपमहानगरपालिका ६ नं. वडाका सदस्य समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा तुलसीपुरको नमुना युवा संसदलाई टी–सर्ट सौजन्य... | 2021/09/20 17:12:13 | https://www.pahilopage.com/author/goodnewsnarayangmail-com | mC4 |
घरबाटै शुरू गरौं समानता
अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ फेरि आयो !
सन् १९०८ मा न्यू योर्क शहरमा गार्मेन्ट उद्योगका श्रमिकले गरेको आन्दोलनमा महिला श्रमिकले पहिलो पटक आफूहरूले काममा भोगेको अन्यायबारे आवाज उठाएका थिए ।
तत्कालीन सोसलिस्ट पार्टी अफ अमेरिकाले त्यतिबेला ती महिला श्रमिकको आवाजलाई समर्थन गर्दै २८ फेब्रुअरीलाई पहिलो आश्रित या महिला दिवसको रूपमा मान्यता दियो । सन् १९१० मा स्वीडेनको कोपेनहेगनमा सोसलिस्ट इन्टरनेशनलले अन्तर्राष्ट्रिय महिला दिवस राख्न प्रस्ताव गर्यो ।
प्रस्तावलाई त्यहाँ उपस्थित १७ देशका १०० जना माहिलाले समर्थन गरेर हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरियो । त्यतिबेला दिन भने तोकिएको थिएन ।
त्यसपश्चात विभिन्न पश्चिमा मुलुकमा हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । अन्तर्राष्ट्रिय महिला वर्षको रूपमा मनाइएको सन् १९७५ देखि संयुक्त राष्ट्र संघले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस भनेर घोषणा गर्यो ।
गार्मेन्ट उद्योगका श्रमिक महिलाले आफ्नो हकको आवाज उठाएपश्चात महिला दिवस विभिन्न समयमा विभिन्न नारा लिएर लैंगिकतामा आधारित भेदभाव अन्त्य गर्ने अभियान बनेको छ । यो दिवस विश्वभरि नै महिलाले भोगेको पीडा, अन्याय, विश्वयुद्ध विरुद्धको आवाज, महिलाले निर्वाचनमा भाग लिन पाउने हक लगायत हरेक लैंगिकतामा आधारित हिंसा रोक्न निरन्तरता दिने दिनको रूपमा परिचित भएको छ ।
कालिकोटका महिला । तस्वीरः शिताष्मा थापा
अन्तर्राष्ट्रिय तवरमा उठेको नारीवादी सोच र नारीवादी आन्दोलनले लामो संघर्षपछि धेरै उपलब्धि आर्जन गर्न सफल भएको छ तर विश्वका हरेक नागरिकले लैंगिक समानता भने पाउन अझै धेरै गर्न बाँकी नै छ ।
समयसापेक्षिक समस्या र चुनौतीहरूले बदलिंदो रूप पनि लिइरहेको छ । तर नेपाल जस्तो विकासोन्मुख मुलुकमा भने अझ् पनि कैयौं बालिका र महिलाहरूले आधारभूत मानवअधिकारबाट वञ्चित हुनुपरेको छ ।
अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका महिलावादी आन्दोलनका कारण हामीकहाँ विभिन्न नियम र कानून परिमार्जित गरी महिलामैत्री बनाइएको छ भने नयाँ महिलामुखी कानूनहरू पनि बनेका छन् । हिजो छोराका लागि मात्र हुने गरेको पैतृक सम्पत्तिको हकमा छोरीको अधिकार कानून बनाएरै समान रूपमा स्थापित गरिएको छ ।
आर्थिक हक सशक्तीकरणको एक अभिन्न अंग हो । छोरीहरू ज्वाइँको सम्पत्तिको हकदार हुने भएकोले अरूको नासोको रूपमा हेर्ने गरिन्थ्यो र उनीहरूको शिक्षादीक्षा भन्दा घरेलु काममा निपुण बनाई 'सम्पन्न' केटा खोजी उमेरै नपुगी बिहे गरी अरूको घर लगार्ने चलन थियो । यो चलन विभिन्न आर्थिक, सामाजिक, धार्मिक, परम्परागत र राजनीतिक परिवेशको कारण नेपाल मात्र नभई दक्षिण एशियाकै धेरै मुलुकमा अझै पनि विद्यमान छ ।
नेपालमा गर्भपतनको अधिकार सन् २००२ मार्चमा मुलुकी ऐनको ११औं संशोधनबाट प्राप्त भयो, जबकि आयरल्याण्ड जस्तो विकसित मुलुकले भर्खरै २०१८ मा मात्र यो अधिकार महिलालाई उपलब्ध गरायो । अझै पनि करीब २६ मुलुकमा यो अधिकार उपलब्ध छैन ।
आमा बुवा र दाजुभाइले यो बुझ्नुपर्छ कि 'छोराछोरी बराबर' मुखले भनेर या कानून बनाएर मात्र पुग्दैन । जन्माउने र हुर्काउनेले छोरीको हक जन्मेको ठाउँबाटै उपलब्ध गराई उनले आफ्नो शरीर, सम्पत्ति र ठाउँको (स्पेस) राम्रो पहिचान र संरक्षण गर्न सक्ने बनाउनुपर्छ ।
आफ्नो शरीरमाथि आफ्नै अधिकार पनि लडेर लिनु परेको छ धेरै देशका महिलाले । यो महिलाको यौनिकतामाथि कब्जा गर्ने पितृसत्तात्मक प्रणाली र सोचको उपज हो । महिलाको यौनिकतामा सदियौंदेखि लगाएको यस्तो अंकुशले कति बच्चा जन्माउने ? कहिले जन्माउने ? भन्ने अधिकार अघोषित नियमको रूपमा महिलाको हातमा नपारी पुरुष र समाजको हातमा नेपाल जस्तो मुलुकमा अपनाइयो ।
२००२ भन्दा अगाडि कुनै पनि कारणले— स्वास्थ्य, बलत्कार, दुर्घटना आदिले गर्भपतन भएको खण्डमा महिलालाई सीधै सजाय थुना हुन्थ्यो । अब त्यो हुँदैन ।
तर के महिलाले आफ्नो शरीरमाथि आफ्नो अधिकार पायौं त ? खोज पत्रकारिता केन्द्रको हामीलाई ईश्वरले मात्र बचाएको हो भन्ने लेखले प्रष्ट देखाउँछ कि महिलाहरू अझै पनि १५ सन्तानका आमा बनिरहेका छन् ।
यदि उनीहरूको आफ्नो शरीरमाथि आफ्नै अधिकार हुँदो हो त के उनीहरूले १५ सन्तान जन्माइरहन्थे ? यहाँ महिला भएकोले बच्चा जन्माउनै पर्ने छ नत्र बाँझ् भन्ने उपाधि पाई तिरस्कृत हुने डर छ । त्यसमाथि पनि छोरै जन्माउनुपर्ने नत्र श्रीमान्ले सौता ल्याउला भन्ने डर ! ल्याइहालेको खण्डमा मिलेर बस्न पर्ने बाध्यता ! नेपालमा त बहुविवाह गैरकानूनी छ ! तर पुरुषले आफ्नो श्रीमतीले छोरा नजन्माएको आरोपमा बहुविवाह गरेको धेरै उदाहरण त अझैं छन् ।
दिनहुँ बलात्कारको समाचार विभिन्न माध्यमबाट निस्किरहेको छ । खोपकेको यो लेख- घरमै असुरक्षा आफन्तबाटै पीडितले प्रष्ट पार्छ कि कानूनलाई पन्छाई अबोध बालिका र पहुँच नभएका महिला माथि यौन शोषण र अपराध गर्ने प्रशस्त छन् । जसबाट सबैभन्दा बढी सुरक्षाको आशा हुन्छ त्यसैबाट सबैभन्दा बढी शोषण र हिंसा !
"मेरो बुवा पहिले रक्सी खाएर म र मेरो आमालाई खूब पिट्नुहुन्थ्यो; र म मेरो आमालाई बचाउँथें । अब बुबा ठीक हुनुभयो तर आमाले मलाई पिट्ने र गाली गर्नुहुन्छ र पढ्न दिनुहुन्न । मेरो १० कक्षाको पढाइ बिग्रिन लाग्यो म के गरू ?" सोध्छिन् सरिता मध्यपश्चिमबाट ।
सरिताको पीडा हेर्ने हो भने कानूनले सबै प्रावधान गरेको छ उसको सुरक्षा, पढाइ र सुरक्षित वासस्थानको । तर त्यसको भोगचलन सरिता जस्ता पहुँच नभएकाले कसरी गर्ने ?
लामो समयको महिलावादी आन्दोलनले नेपाल लगायत धेरै मुलुकमा माहिलावादी ऐन कानून बनाउन सफल भएको छ । अब यो कानून कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ । महिलाले आफूलाई चाहिने कानूनी उपचार आफैं लिन सक्ने क्षमता वृद्धि गर्नतिर कदम उठाउनुपर्छ ।
र, यो काम छोरी जन्मेको घरबाट शुरू हुनुपर्छ । पैतृक सम्पत्तिको हकदार छोरी भए तर त्यो हक आर्जन गर्न खोजे दाजुभाइसँग सम्बन्ध बिगार्ने कुलच्छिनी भन्ने उपाधि दिने परम्परा अब हटाउन जरूरी छ ।
आमा बुवा र दाजुभाइले यो बुझ्नुपर्छ कि 'छोराछोरी बराबर' मुखले भनेर या कानून बनाएर मात्र पुग्दैन । जन्माउने र हुर्काउनेले छोरीको हक जन्मेको ठाउँबाटै उपलब्ध गराई उनले आफ्नो शरीर, सम्पत्ति र ठाउँको (स्पेस) राम्रो पहिचान र संरक्षण गर्न सक्ने बनाउनुपर्छ । अबको समाजमा विवाहमा जोड होइन, कानूनले दिएको हकअधिकार लिई आफूले रोजेको जीविकोपार्जन कार्य गरी एक सुखद जीवन बिताउन छोराछोरी दुवैलाई सक्षम बनाउनुपर्छ ।
नेपालमा पनि मार्च ८ मा महिला दिवस मनाइन्छ । सरकारले त सो दिन विदा घोषणा गरेको छ । यसले प्रष्ट्याउँछ कि नेपाल सरकारले महिला हिंसा विरुद्धको अभियानलाई पूरा समर्थन गरेको छ ।
नेपालको संविधानले नेपालको हरेक नागरिकलाई समान अधिकार दिएको छ तर वल्र्ड इकोनोमिक फोरमको सन् २०१६ को प्रतिवेदन अनुसार नेपालको स्थान लिंग समानतासूचक (जेन्डर पारिटी इन्डेक्स)मा १४४ देशहरूमध्ये ११०औं स्थानमा पर्छ । त्यस्तै संयुक्त राष्ट्र महिला (UN Women) ले नेपलालाई ग्लोबल जेन्डर ग्याप इन्डेक्समा १४५ देशमध्ये ११० स्थानमा राखेको छ । यी दुवै सूचकले देखाउँछ— लैंगिक समानता पाउने क्रममा नेपाल धेरै पछाडि छ ।
त्यस्तै गरी सन् २०१६ को सरकारकै 'डेमोग्राफिक एण्ड हेल्थ सर्वे' रिपोर्टका अनुसार २००६ भन्दा २०१६ मा रोजगारीमा भएका नेपाली महिलाको प्रतिशत घटेको छ । र, त्यसमा पनि ती महिलाहरू पुरुष भन्दा तीन खण्डले आफ्नो श्रमको तलब नपाउने जोखिममा पर्छन् ।
यही प्रतिवेदनले देखाउँछ कि हरेक तीन घरधूरीमध्ये एकको घरमूली माहिला छन् किनभने त्यहाँका पुरुष घरमूली वैदेशिक रोजगारीमा गएका छन् । तराईमा धेरै हिंसा छ र नेपालको स्थान बालविवाहमा एशियामै तेस्रो नम्बरमा पर्छ ।
महिलावादी आन्दोलन र सरकारले कानूनी उपचारको व्यवस्था नेपालमा गरेको छ । अब चुनौती यो छ कि सामाजिक सोचमा परिवर्तन कसरी ल्याउने र नयाँ पिढीलाई एक समान र सुरक्षित नेपाल बनाउन कसरी सक्षम बनाउने भनेर ।
यसपालिको नारी दिवसको नारा छ #BetterforBalance । लैंगिक समानतामा सन्तुलन आएको खण्डमा सबैको जीवन झ्न् राम्रो र सहज हुन्छ । यो नारा घरघरमा सबै जनाले आत्मसात् गर्न जरूरी छ, समानतामा आधारित देश सृजना गर्न । | 2020/09/28 09:07:42 | https://www.himalkhabar.com/news/11456 | mC4 |
नेपालमा 'ट्राफिक लाइट'को पाँच दशक लामो इतिहास : तर कहिल्यै सुख पाएनन् ट्राफिक प्रहरीले « Bizkhabar Online
नेपालमा 'ट्राफिक लाइट'को पाँच दशक लामो इतिहास : तर कहिल्यै सुख पाएनन् ट्राफिक प्रहरीले
28 July, 2021 11:36 am
काठमाडौं । नेपालमा ट्राफिक लाइट स्थापनाको इतिहास पाँच दशक लामो छ । यति लामो इतिहास भएको ट्राफिक लाइट अहिलेसम्म सुधार हुँदै थप आधुनिक र व्यवस्थित हुनुपर्ने हो । सडकमा ट्राफिक व्यवस्थापन सहज हुनुपर्ने हो र ट्राफिक प्रहरीले नयाँ प्रविधि र नयाँ योजना ल्याउनुपर्ने हो । दुर्भाग्य नेपालमा भने सडकमा ट्राफिक व्यवस्थापन दिनानुदिन भद्रगोल हुँदै गएको छ भने ट्राफिक प्रहरीले थप सास्ती भोग्नु परिरहेको छ ।
पछिल्लो समय बढ्दै गएको सवारीको संख्याका कारण जामका कारण दैनिक यात्रुहरु तथा सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले हैरान खेप्नुपरेको छ । तर, सडकमा ट्राफिक व्यवस्थापका लागि स्थापना गरिएका ट्राफिक लाइटको हविगत नाजुक छ । संघीय राजधानी काठमाडौंलगायत ट्राफिक लाइट जोडिएका देशका अन्य शहरहरुमा पनि उचित व्यवस्थापन हुन नसक्दा सडकमा समस्या बढ्दै गएको छ ।
विश्वका प्रायः देशमा मानिसको आवतजावत हुने फुटपाथदेखि जेब्रा क्रसिङ र सडकका चोक तथा दोबाटाहरुमा ट्राफिक लाइट प्रयोग गरिँदै आएको देखिन्छ । हाल विश्वका विकसित देशहरुमा सडकमा गुड्ने सवारीसाधनहरु निश्चित स्थानमा राखिएका ट्राफिक लाइटको संकेतअनुसार चल्ने गर्छन । जसका कारण सडकमा ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता पनि हुँदैन् । यसले एकातिर सडक व्यवस्थित, चुस्त र सहज भएको देखिन्छ भने अर्कोतर्फ कम जनशक्तिमै प्रभावकारी नतिजा हासिल भएको छ ।
तर, नेपालमा भने ट्राफिक लाइट जडान गरेकै ५४ बर्ष बढी भइसकेपनि सडक तथा चोकहरुबाट अझै ट्राफिक प्रहरीलाई विस्थापन गर्न सकिएको छैन । नेपालमा बिसं २०२४ सालमा पहिलोपटक सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तत्कालीन समयमा जडान गरिएका उक्त लाइटहरु विग्रिए ।
त्यसपछि विसं २०५८ सालतिर जापानी सहयोग नियोग (जाइका) ले दुई चरणमा गरी उपत्यकाका २० ठाउँमा ट्राफिक लाइट जडान गरिदियो । जसमा थापाथली चोक, माइतीघर चोक , केशरमहल मार्ग, पद्मोदय मार्ग, बागबजार, कालिमाटी, नयाँबानेश्वरलगायत व्यस्त ठाउँमा राखिएका ती लाइटले हाल काम गर्न छोडिसकेका छन् ।
त्यसपश्चात पुनः तीनकुने–सूर्यविनायक सडक तयार भएपछि सूर्यविनायक, सल्लाघारी, ठिमी, गठ्ठाघर र कौशलटारमा जापान सरकारले नै ट्राफिक लाइट राख्यो । जुन हाल पनि सञ्चालनमा छन । सम्बन्धित निकायले राम्रोसँग ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा विशेष ध्यान नदिँदा ट्राफिक लाइटको आवश्यकता बढेपनि उपयोगिता भने हुन सकेको छैन् ।
हाल काठमाडौंका विभन्नि स्थानमा ट्राफिक लाइट राखिएको भएपनि कहिले बल्ने र कहिले बन्द हुने अवस्था छ । बन्द भएको बेलामा ट्राफिक प्रहरीले ठूलो दुख झेल्नुपरेको ट्राफिक प्रहरीका एसपी तथा प्रवक्ता संजीव शर्मा दास बताउँछन् । उनका अनुसार हाल काठमाडौंका धेरै चोक तथा स्थानमा ट्राफिक लाइट जडान गरिएको छ । तर, धेरै स्थानमा हप्तामा २ दिन चल्ने र ५ दिन बन्द हुने अवस्था छ । लाइट बन्द हुँदा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई थामिनसक्नु दुखः हुन्छ ।
ड्युटीका खटिएका ट्राफिक प्रहरीले हिलो, धुलो, जाडो, गर्मी केही नभनि सडकमा उभिएर ट्राफिक फ्लोलाई नियन्त्रण गर्ने गर्दछन् र व्यवस्थापन गर्छन । नेपालमा अहिलेसम्म ट्राफिक लाइट भएका स्थानमा पनि उपयुक्त नियम लागू नभइसकेको पनि उनी बताउँछन् । जसका कारण लाइट बलिरहेको स्थानमा पनि ट्राफिक प्रहरीले आफ्नो ईशारा भने छोड्न पाईँदैन । 'नेपालका चालकहरुले अझै ट्राफिकको नियम र नैतिकता बुझिसकेका छैनन,' उनले भने, 'लाइट रातो बलिरहेको बेलामा पनि हिँडदिने, फुटपाथमा हिंड्ने मानिसहरु पनि हरियो नबलेकै बेला बाटो काटिदिनेलगायतका समस्या अझै छन् ।'
उनले नेपालमा ट्राफिक लाइटको प्रभावकारिताका लागि सबै चोक तथा सडकमा लाइटको प्रयोग निरन्तर गरेर २ बर्षसम्म कडा नियम लागु गर्नुपर्ने प्रवक्रा दास बताउँछन् । यसो गर्न सकेमात्र चालक देखि यात्रुलाई पनि ट्राफिक लाइटको बानी पार्न सकिने उनले बताए । 'ट्राफिक लाइट कहिले बल्ने र कहिले नबल्ने समस्याका कारण नियम भनेबमोजिम लगाउन सकिएको छैन,' उनी भन्छन ।
ट्राफिक लाइट जडानको कार्य गर्ने सडक विभागले भने पछिल्लो समय काठमाडौंका अन्य २८ स्थानमा नयाँ लाइट जडान गर्नेगरी ठेक्का लगाउने तयारी गरेको छ । विभागस्थित सडक सुरक्षा तथा ट्रफिक शाखा प्रमुख कृष्ण ओझाका अनुसार हाल उपत्यकाका ३८ स्थानमा ट्राफिक लाइट बलिरहेका छन् । तर, हालसम्म विग्रेको भन्ने खबर विभागसम्म पुगेको छैन । यस्तै पछिल्लो समय अन्य निकाय जस्तै विभिन्न कम्पनी, महानगरपालिकालगायतले पनि विभिन्न स्थानमा ट्राफिक लाइटहरु राखिरहेकाले ३८ स्थानमा मात्रै नभई अन्य स्थानमा पनि लाइट हुनसक्ने अनुमान उनको छ । कुनै पनि कम्पनीले सडकमा ट्राफिक लाइट जडान गर्नुपरेमा विभागको अनुमति लिनुपर्दछ । तर, पछिल्लो समय धेरै निकायले अनुमति नलिईकनै ट्राफिक प्रहरीको उपस्थितिमा लाइट जडान गर्ने र जडान गरिसकेपछि मात्रै विभागमा जानकारी आउने भएकाले एकिन तथ्यांक नरहेको उनको भनाई छ ।
विभागको अध्ययनअनुसार उपत्यकाका ६० ठाउँमा लाइट आवश्यक छ, तीमध्ये ३५ ठाउँमा अत्यावश्यक छ । हाल अत्यावश्यक मानिएका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत लाइट जडान गरिएको भने छैन ।
विश्वमा सन १८६८ मा पहिलोपल्ट लण्डनमा ग्याँसबाट चल्ने ट्राफिक लाइटको प्रयोग गरिएको थियो । सडक यातायात नियन्त्रणका लागि प्रयोगमा ल्याईएको यो पहिलो ट्राफिक लाइट म्यानुअल्ली चलाईने गरिन्थ्यो । यो जडान गरेको १ महिनापछि विस्फोट भयो र एक जना प्रहरी घाईतेसमेत भएका थिए । त्यसपछि सन १९१० मा पहिलो स्वचालित ट्राफिक लाइटको प्याटेन्ट शिकागोमा दर्ता भएको देखिन्छ । जसमा अंग्रेजी शब्द 'स्टप' र 'प्रोसिड'को प्रयोग गरिएको थियो । नेपालमा जडान गरिएका ट्राफिक लाइटहरु हाल ट्राफिक कार्यालय बग्गीखानाबाट नियन्त्रण हुने गर्दछन् । यसका लागि सडक विभागले ९० जना ट्राफिकलाई तालिमसमेत दिइसकेको छ । | 2021/12/04 23:35:16 | https://www.bizkhabar.com/news/109999.html | mC4 |
कसरी तपाइँलाई मन पराउने कसैलाई भन्नुहोस् (र मित्रतालाई बिगार्नुहुन्न) - सम्बन्ध
तपाइँलाई मन परेको कसैलाई कसरी भन्नुहोस् (र मित्रतालाई खेर फाल्नुहुन्न)
के तिमीले पायौ कसैलाई क्रस ?
तपाईंसँग छ प्रेममा हिल मा टाउको को लागी उनीहरूसँग, जबसम्म तिनीहरू अझै छन्, जहाँसम्म तपाईंलाई थाहा छ, आफ्ना भावनाहरू बारे पूर्णतया अनजान।
हामी धेरै जसो हामीहरू निश्चित छैनौं किन हामी उनीहरु लाई कसरी महसुस गर्छौं भन्ने कुरा हाम्रो स्नेहको उद्देश्य बताउन हिचकिचाउँदछौं कसरी यसको बारेमा जान।
हामी आफुलाई विश्वास दिलाउँछौं कि उनीहरूले आफ्नै समझशक्तिमा उनीहरूलाई यो थाहा पाउनेछन कि उनीहरू वास्तवमै पहिले नै सचेत छन् तर उनीहरूलाई चासो छैन।
एरिक मर्फी एडी मर्फी छोरा
सामाजिक मिडिया र इन्टरनेट डेटि ofको युगमा, हामी मध्ये धेरै हामी कसरी महसुस गर्छौं भनेर अगाडि देख्न अझ बढी हिचकिचाउँछौं।
तर दुर्भाग्यवस, यस दृष्टिकोणको अक्सर अर्थ यो हुन सक्छ कि अचम्मका व्यक्तिहरू हामीलाई मार्छन् , ती जो झुण्डिएर जान्छन् छन् उनीहरूको भावनाहरु बारे इमानदार हुन इच्छुक।
क्लिच - हुनसक्छजीवन धेरै छोटो छ, र यदि तपाइँ सँधै चीजहरू आफैंमा आउन पर्खिरहनु भएको छ बाहेक बाहिर जानु र आफुलाई पक्रनु भन्दा तपाई प्रायः हराउनुहुनेछ।
यदि तपाईंले सिs द्वारा साँढे लिने र यसलाई शट दिने निर्णय गर्नु भएको छ भने, तपाईंले के सोचिरहनुभएको हुन सक्छ सहि बाटो यसको बारेमा जान्नु नै हो।
यदि तपाईं यसलाई अनौंठो बनाउने बारे चिन्तित हुनुहुन्छ वा विश्वस्त हुनुहुन्छ कि तपाईं डराउने जस्तो हुनुहुन्छ भने, तपाईं हुनु हुँदैन।
क्रिस्टल स्पष्ट कसैको लागि तपाइँको भावनाहरू कसरी बनाउने बारे केही सरल सुझावहरूको लागि पढ्नुहोस्।
१. यसलाई ठूलो सम्झौता नगर्नुहोस्।
सबै परिस्थिति फरक हुन्छन्, र त्यहाँ सबै प्रकारका कारणहरू छन् जुन तपाईलाई लाग्न सक्छ कि तपाईको भावनाहरु बारे स्वच्छ आउन गाह्रो छ।
तपाईं एक महत्वपूर्ण मित्रता बर्बाद को बारे मा चिन्तित हुन सक्छ, त्यहाँ exes सायद सम्मिलित हुन सक्छ, तपाईं सँगै काम गर्न सक्छ ... यी चीजहरू सीधा सीधा छन्।
तर यदि तपाइँ तपाइँको टाउकोमा यसलाई निर्माण गर्दै हुनुहुन्छ र के गलत हुन सक्छ भनेर केन्द्रित गर्दै, सायद केहि हुनेछ गलत हुन
याद गर्नुहोस्, यदि तपाईं यसको बारेमा सही तरिकाले जानुहुन्छ र यसबाट नाटक तयार गर्नुहुन्न भने, तपाईं कि त आफैं हुनुहुनेछ, मित्रको रूपमा, वा यसबाट मिति पाउनुहुनेछ।
यदि तपाईं यो धेरै निर्माण, तपाईं एक गिरावट को लागी आफैलाई स्थापित गर्दै हुनुहुन्छ। यदि, त्यो हो, तपाईले कहिले सम्म हिम्मत गर्नुहुन्छ यो वास्तवमै यसको बारे बाहिर स्वतन्त्र पारे पछि।
आफैलाई सम्झाउनुहोस् कि जे पनि हुन्छ, संसारले मोडिरहन्छ, र तपाईंको जीवन यस व्यक्तिको साथ वा बिना यस मा जान्छ।
२) व्यक्तिगतमा वा पाठ मार्फत गर्ने निर्णय गर्नुहोस्।
यसलाई व्यक्तिगत रूपमा गर्नु वा तिनीहरूलाई सन्देश पठाउन पूर्ण तपाईंको छनोट हो, किनकि दुबै तरीकाहरूका उनीहरूका फाइदाहरू छन्।
यदि उनीहरूलाई सोध्ने सोचले तपाईलाई डराउँछ र आमनेसामने कुरा एक टाढा टाढा हुन्छ भने, पाठ द्वारा त्यसो गर्नु एकदम राम्रो छ।
यो एक प्रतिलिपि बाहिर जस्तै महसुस हुन सक्छ, तर यो दृष्टिकोण को एक लाभ भनेको उनीहरूलाई तत्काल प्रतिक्रियाको आवश्यकता छैन।
यदि तपाइँका भावनाहरू उनीहरूलाई सम्पूर्ण आश्चर्यको रूपमा आउँदैछन् भने, सन्देश प्राप्त गर्नुको मतलब तिनीहरूसँग सोच्न थोरै समय हुन्छ, जुन हुन सक्छ हो को संभावना बढाउनुहोस्।
जो lil durk प्रेमिका हो
अर्कोतर्फ, यदि तपाईंलाई थाँहा छ कि सन्देश पठाउँदा तपाई आफ्नो फोनमा चिपकाउनुहुन्छ र थोरै पागल हुनुहुनेछ जब सम्म तपाई अन्ततः जवाफ प्राप्त गर्नुहुन्न… आफूलाई त्यस मार्फत नबनाउनुहोस्!
यो व्यक्तिगत रूपमा गर्न को लागी एक कडा तर्क पनि छ। जब यो मुटुको कुरा आउँदछ, यो महत्त्वपूर्ण छ कि कसैको प्रतिक्रिया र शारीरिक भाषा पढ्न सक्षम हुनु, र तिनीहरूलाई तपाइँको पढ्नको लागि सक्षम गर्न को लागी।
उनीहरूको अनुहारमा भन्नुको मतलब यो पनि हुन्छ, एक पटक तपाईं यो गर्न साहस उठ्नुभयो भने, तपाइँलाई एक तरिका वा अर्को थाहा छ।
कुन मार्ग कुन हिसाबले तपाईंको लागि उत्तम हो तपाईंलाई थाहा छ।
Your. तपाइँको क्षण छान्नुहोस्।
यदि तपाईं तिनीहरूलाई पाठ पठाउने निर्णय गर्नुहुन्छ, तब (बिना नै) पनि stalker-esque) निश्चित गर्नुहोस् कि तपाईं एक क्षणमा त्यसो गर्नुहुन्छ जब तिनीहरू स्वतन्त्र हुने सम्भावना हुन्छ, बाहिर र बारेमा भन्दा।
उनीहरू पहिलो कसरी हुन्छन् सोध्नुहोस्, र यदि उत्तर छ कि तिनीहरू तनावग्रस्त वा थकित छन् भने, यसलाई अर्को समयको लागि छोड्नुहोस्।
यदि तपाईं व्यक्तिगत रूपमा गर्नुहुन्छ भने, यो गर्नुहोस् जब यो तपाईं दुईजनाको हो र तपाईं बसेर वा कतै शान्त भई हिड्दै हुनुहुन्छ। एक क्याफे वा पार्क आदर्श छ।
It. यो ASAP गर्नुहोस्।
तपाईं पहिले नै लामो समय देखि यो व्यक्तिमा क्रस भइरहेको हुन सक्छ। जे होस्, यदि यो नयाँ चीज हो भने, आफैंको पक्ष लिनुहोस् र आफैंलाई आफ्नो दु: खबाट टाढा राख्नुहोस्!
जति सक्दो चाँडो गर्नुको मतलब यो हो कि यदि उनीहरूले प्रतिस्पर्धा गरेनन् भने, आफ्नो भावनालाई पछि बढाउनु अघि तपाईले त्यसलाई बुडमा डुबाउन सक्नुहुन्छ।
र यदि तिनीहरूले हो भने, यसको मतलब यो हुन्छ कि तपाईं उनीहरूको कम्पनीमा रमाइलो गर्न चाँडै भन्दा पछि सक्नुहुनेछ।
तपाइँलाई थाहा छैन कि भाग्यले तपाइँको लागि भण्डारमा के लिएको छ, त्यसकारण अनमोल समयलाई तपाइँको औंलाहरूमा चिप्लन नदिनुहोस्।
Yourself. यो आफैंमा राख्नुहोस्।
तपाईं थोरै नै ओब्जेसन गर्दै हुनुहुन्छ, तर भित्री रूपमा यसको लागि उत्तम प्रयास गर्नुहोस्।
सबै तरिकाले, तपाईको नजिकका साथीहरूलाई भन्नुहोस्, तर हुनसक्छ तपाईले आफुलाई मन परेको कुनै पनि आपसी साथीहरुलाई बताउनु हुँदैन।
कसैसँग कुरा गर्नुको साटो जो यस व्यक्तिलाई कत्तिको सुन्छौं सुन्नुहुन्छ, उनीहरूलाई भन्नुहोस्!
6. आफैंलाई आत्मविश्वास बढाउनुहोस्।
यदि तपाईं अझै आफ्नो भावनाहरू स्पष्ट बनाउन अनिच्छुक हुनुहुन्छ भने, यो हुन सक्दछ कि तपाईंलाई चाहिने थोरै अहंकार बढावा हुन सक्छ।
हामी अरूको तुलनामा हामी आफैंमा धेरै आलोचनात्मक हुन्छौं, त्यसोभए किन तपाईको सबैभन्दा राम्रो साथीलाई तपाईको आत्म-सम्मानले थोरै कष्ट भोगिरहेको छ र उनीहरूलाई तपाईका बारेमा माया गर्ने सबै कुरा बताउन दिनुहोस्।
आफैलाई सम्झाउनुहोस् कि, यो विशेष व्यक्ति तपाईंप्रति आकर्षित छ वा छैन, तपाईं एक अविश्वसनीय व्यक्ति हुनुहुन्छ जो योग्य हुनुहुन्छ - र फेला पार्नुहुनेछ - प्रेम।
Just. पहिलो मिति मा उनलाई सोध्नुहोस्।
जबसम्म तपाईं बीचको अवस्था अल्ट्रा-जटिल हुँदैन, राम्रो समाचार यो हो कि तपाईंले कुनै पनि प्रकारको रोमान्टिक घोषणाको साथ तपाईंले उनीहरूलाई आफ्नो हृदय पोखाउनु आवश्यक पर्दैन।
तपाइँले तिनीहरूलाई कस्तो महसुस गर्नुहुन्छ भन्ने बाहिर राख्नु भएकोले मात्र उनीहरू डराउँदछन्, विशेष गरी यदि यो उनीहरूको लागि निलोबाट पूरै बाहिर आउँदैछ।
एक मिति, तथापि, धेरै कम डरलाग्दो छ।
याद गर्नुहोस्, तपाईंले यी भावनाहरू अहिलेको लागि विकास गरिसक्नु भएको छ, तर उनीहरूले तपाईंलाई पनी पनी जाने सुझाव नगरेसम्म त्यस्तो सोचेनन् होला।
यदि चीजहरू राम्रोसँग जान्छन् भने तपाईसँग प्रशस्त समयहरू छन् आफ्नो प्रेम स्वीकार लाइन तल, जब तिनीहरू यसको लागि बढी तयार हुन सक्छन्, यसलाई ग्रहण योग्य वा यसलाई प्रतिस्पर्धा गर्न पनि।
यस चरणमा तपाईलाई उनीहरूबाट आवश्यक सबै साधारण हो वा होईन।
मसँग कुनै सपना वा लक्ष्य छैन
एक रमाईलो निमन्त्रणा जसले यो स्पष्ट पार्दछ कि तपाईंले मितिमा उनीहरूलाई सोधिरहनु भएको छ - सायद तपाईंले क्याजुअल च्याट गरिसके पछि - आवश्यक छ।
को रेखा को साथ केहि, 'के तपाई साथीहरू भन्दा धेरै केहि समय रात्रिभोज लिने कल्पना गर्नुहुन्छ?'
यो कुराकानी गर्नको लागि पर्याप्त छ कि तपाईंले तिनीहरूलाई मनपराउनुहुन्न वास्तवमा तपाईंले यसको हिज्जेको आवश्यकता बिना नै।
यसको मतलब यो हो कि तिनीहरू सजिलैसँग र अनौपचारिक रूपमा बोल्न सक्छन् र यसलाई हाँस्न सक्छन्, यदि उनीहरू रुचाउँछन्, र तपाईं दुबै मा सार्न र कुनै अप्ठ्यारो बिना साथीहरू रहन सक्नुहुन्छ।
Things. कुरा स्पष्ट पार्नुहोस्, तर सटीक शब्दहरूमा ध्यान नदिनुहोस्।
यहाँ सम्झनको लागि दुईवटा चीजहरू छन्। सर्वप्रथम, यो कुरा निश्चित गर्नुहोस् कि तपाईंले छान्नुभएको भाषाले यो स्पष्ट पार्दछ कि तपाईं उनीहरूलाई मित्रैलो कुराकानीको लागि कफीको लागि सोध्नु भएको छैन। तपाईं तिनीहरूलाई गलत प्रभाव अन्तर्गत तपाईंको निमन्त्रणा स्वीकार गर्नबाट जोगिन चाहनुहुन्छ।
यदि तिनीहरूले तपाईंको अभिप्रायलाई गलत अर्थ लगाउँदछन् भने, चीजहरू अनौंठो हुनेछन् जब उनीहरूले अन्ततः महसुस गर्छन् कि तपाईंहरू दुई बिल्कुलै फरक पृष्ठहरूमा छन्। शब्द 'मिति' प्रयोग गर्नाले सधैं मद्दत गर्दछ।
अर्कोतर्फ, तपाई के भन्न लाग्नु भएको छ त्यसमा ध्यान नदिनुहोस् र केहि फैन्सी लाइनको साथ आउन नखोज्नुहोस्। के चलचित्रमा राम्रो लाग्दछ वास्तविक जीवनमा विरलै काम गर्दछ। सरल जति राम्रो छ।
Yourself। आफैलाई एक म्याद दिनुहोस्।
यदि तपाईं तिनीहरूलाई केहि समयको लागि बाहिर सोध्नु गरिरहनु भएको छ र बहाना बनाइरहनुभएको छ भने, वास्तवमा डेडलाइन सेट गरेर आफूलाई नज दिनुहोस्।
हामी ईमान्दार हुनुपर्छ, त्यो 'उत्तम' क्षण तपाईंले पर्खिरहनु भएको छ हुनसक्छ आफैंलाई प्रस्तुत गर्न कहिले पनि आउँदैन। त्यसोभए तपाई केवल आफ्नो क्षण छान्नु पर्छ र यसको लागि जानुहोस्।
यो हप्ताको अन्त्य हो, महिनाको अन्त्य हो, वा तपाईंको जन्मदिन अघि, आफैलाई समय बर्बाद हुन नदिनुहोस्।
१०. त्यसोभए, तिनीहरूलाई अलिक स्थान दिनुहोस्।
यदि तिनीहरूले हो भने र तपाईं एक मिति मा सहमत गर्नुभयो भने, के भयो को पचाउन तिनीहरूलाई एक सानो स्थान दिनुहोस्।
तपाइँको मिति को विवरणहरुमा दृढ हुनको लागि सबैलाई एक पाठ पठाउनुहोस्, तर तिनीहरूलाई तथ्य दिनुहोस् कि तपाईंले आफुले तिनीहरूलाई मनपराउनु भएको कुरा भन्नुभएको छ, र उनीहरूलाई तपाईंको भेटको बारेमा उत्साहित हुने मौका दिनुहोस्!
११. अस्वीकृतको लागि तयारी गर्नुहोस्।
जबकि यो सँधै राम्रो छ आशावादी हुनुहोस् , यी जस्तो अवस्थामा, पछाडि दस्तकको लागि तयार हुन यो सधैं समझदार हुन्छ।
यदि तपाईं तिनीहरूसँग साथी हुनुहुन्छ भने, यो स्पष्ट पार्नुहोस् कि तपाईंको मित्रताले तपाईंको लागि ठूलो महत्त्व राख्दछ, र अन्तिम चीज तपाईं गर्न चाहानुहुन्छ यसलाई अनौंठो बनाउँदछ।
अर्को हप्तामा चीजहरू थोरै तनाव हुन सक्छन् यदि तिनीहरूले होईन भन्छन् तर, तर यदि तपाईं सावधान हुनुहुन्छ भने उनीहरूको व्यवहार गर्ने तरिका परिवर्तन नगर्नुहोस् , तपाईं दुबै चाँडै तपाईं पहिले भएको सम्बन्धमा फिर्ता पर्नु पर्छ।
निश्चित गर्न कोसिस गर्नुहोस् तपाईं हुनुहुन्छ एक जो होईन कि जसले चीजहरू अनौंठो बनाइरहेको छ, यदि तपाईंले यसलाई अनजानमै गरिरहनु भएको छ भने।
त्यहाँ छन्, सबै पछि, समुद्रमा प्रशस्त मात्रामा माछा र धेरै महान प्रेमहरू जुन तपाईंले अझै भेट्नु भएको छैन, र मित्रताको मोल गर्नुपर्छ।
जतिसुकै यो जस्तो लाग्न सक्छ जब तपाईं यसको बाक्लो ठाउँमा हुनुहुन्छ, अस्वीकार प्रायः संसारको अन्त्य होइन, त्यसैले चीजहरूलाई परिप्रेक्ष्यमा राख्नको लागि उत्तम गर्नुहोस्।
कहिलेकाँही यसले कसैलाई तपाईको डरको बारेमा कुरा गर्न मद्दत पुर्याउँछ र कसरी तपाइँलाई मनपर्दो व्यक्तिसँग सम्पर्क गर्ने एक खेल योजना प्राप्त गर्न सक्छ। यहीँमा सम्बन्ध नायक आउँदछ। कुनै एक सम्बन्ध सल्लाहको लागि अब उनीहरूको सम्बन्ध विशेषज्ञहरूसँग अनलाइन कुराकानी गर्नुहोस्। केवल
तपाईं आफूले मनपराएको कसैलाई यो नगरी कसरी भन्न सक्नुहुन्छ?
जहाँसम्म यो स्पष्ट रूपमा भन्नु उत्तम तरीका हो, तपाईले अर्को व्यक्तित्वलाई सुझाव दिन सँधै फरक वाक्यांश प्रयोग गर्न सक्नुहुन्छ जुन तपाईको कम्पनीमा साँच्चिकै रमाईलो हुन्छ। वास्तवमा भन्ने हो भने, 'म तपाइँको कम्पनीलाई साँच्चिकै रमाईलो गर्दछु' भन्नु राम्रो स्थान हो।
के गर्ने जब तपाइँ तपाइँको घरमा बोर हुनुहुन्छ
तपाईंले प्रयोग गर्न सक्नुहुने अन्य वाक्यांशहरू: 'म तपाईंसँगै ह्याँ out्ग गर्न मनपराउँदछु,' 'म तपाईको वरिपरि हुँदा सँधै रमाइलो गर्छु,' 'तपाई वरिपरिको मजा हुनुहुन्छ,' र 'तपाईको वरिपरिको वातावरण सहजै महसुस गर्छु।' '
तपाइँ कसैलाई मनपर्छ भनेर तपाइँ कसरी सint्केत दिन सक्नुहुन्छ?
यदि तपाईं अझै आफुलाई कस्तो लाग्छ भनेर भन्न तयार हुनुहुन्न भने, त्यहाँ अन्य तरिकाहरू छन् जुन तपाईं यो व्यक्तिलाई सुराउन सक्नुहुनेछ कि तपाईंलाई मन परेको छ। एउटा उत्तम तरिका तिनीहरूलाई वास्तविक प्रशंसा दिनु हो। यो तीनिहरु लाई राम्रो भन्न को लागी गरीरहेको छ आज उनीहरु लाई राम्रो लाग्छ।
वा तपाइँ विशेष केहिमा ध्यान दिन सक्नुहुन्छ जस्तै तिनीहरूको नयाँ जुत्ता वा तिनीहरूको कपाल स्टाइल हुने तरीका। बस यी अनौपचारिक कुराकानी मा फेंक र यसलाई बाहिर एक ठूलो सम्झौता नगर्नुहोस्।
के तपाईं सम्बन्धमा हुँदा उनीहरूलाई मन पराउने कसैलाई बताउनु पर्छ?
यदि तपाईंसँग पहिले नै जोडीएको कसैसँग क्रश छ भने, आफ्ना भावनाहरू व्यक्त नगर्नु यो उत्तम हो। यो कतै पनि नेतृत्व गर्न असम्भव छ र तपाइँ वास्तवमै उनीहरूलाई साथीको रूपमा गुमाउने जोखिम लिनुहुन्छ किनभने उनीहरू आफुलाई वरिपरि हुँदा अत्यन्त असहज महसुस हुन्छ जस्तो लाग्छ कि तपाइँ कस्तो महसुस गर्नुहुन्छ भन्ने थाहा पाउनु भएको छ र एक साथी पनि रहेको छ। यो उनीहरूलाई विश्वासघात जस्तो लाग्न सक्छ वा उनीहरूले तपाईलाई अगुवाई गरिरहेको जस्तो छ।
तपाइँ कसरी मन पराउनुहुन्छ कसैलाई अस्वीकार नगरी भन्न सक्नुहुन्छ?
माफ गर्नुहोस्, तर अस्वीकृति एक सम्भावना हो जब तपाईंले कसैलाई उनीहरूको बारेमा कस्तो महसुस गर्नुहुन्छ बताउनुभयो। अवश्य पनि, तपाइँ प्रतिक्षा गर्न को लागी तपाइँ पनी निश्चित हुन सक्नुहुन्छ कि तिनीहरूले तपाइँलाई पछाडि मन पराउँछन्, तर त्यो दिन कहिँ पनि आउन सक्दैन किनभने तपाइँ चिन्हहरू पढ्नुहुन्न वा किनभने तपाइँ आफ्नो प्रवृत्तिमा शंका गर्नुहुन्छ।
केवल बाहिर आएर यसो भन्नु उत्तम हुन्छ यदि यसको मतलब अस्वीकृत पनि भएन, किनकी कम्तिमा पनि तपाई अगाडि बढ्न सक्नुहुन्छ।
तपाइँ कसरी तपाइँ तपाइँको पाठ लाई रुचि तपाइँको क्रश बताउन सक्नुहुन्छ?
बाहिर आउँदैछ र केवल तपाईलाई कस्तो लाग्छ भनेर बताउँदै एक विकल्प छ - र त्योमा राम्रो। अन्यथा, तपाइँ जहिले पनि अप्रत्यक्ष रूपमा उनीहरूलाई उनीहरूले देख्न सक्नुहुन्छ कि तपाइँ उनीहरूलाई हेर्नको लागि कति प्रतिक्षा गरिरहनु भएको छ, वा उनीहरूसँग तपाईंले कति रमाइलो गर्नुभयो।
पाठ कुराकानी कहिले पनि अनुहार भन्दा स्पष्ट रूपमा स्पष्ट हुँदैन, त्यसैले तपाईको सन्देशको अर्थ अर्को व्यक्तिले गलत अर्थ लगाउन सक्छ।
तपाईं आफूले मनपराएको कसैलाई कसरी गोप्य रूपमा भन्न सक्नुहुन्छ?
ठिक छ, तपाईंले आफैलाई सोध्नु पर्छ कि किन तपाईं कसैलाई लुकाएर भन्न चाहानुहुन्छ कि तपाईंलाई मन परेको छ। तपाइँ के सोच्नुहुन्छ कि तपाइँ त्यसबाट प्राप्त गर्नुभयो? अवश्य, तपाइँ यो कार्ड एक गोप्य प्रशंसकबाट हो भन्दै फूलको गुच्छा पठाउन सक्नुहुनेछ, तर यदि उनीहरूलाई यो थाहा छैन भने त्यो को हो, उनीहरूलाई कसरी महसुस गर्ने भनेर थाहा छैन।
यद्यपि यदि तिनीहरूले शंका गरे तपाईं उनीहरूलाई मन पराउनुहुन्छ, यदि उनीहरूलाई थाहा छ कि कसले उपहार पठायो भनेर, उनीहरूले यसमा कार्य गर्न सक्षम हुदैनन्, यदि तिनीहरू यही आशा गर्दै थिए कि उनीहरूले गर्छन्।
तपाईं कसैलाई कसरी सोध्न सक्नुहुन्छ यदि तिनीहरूले तपाईंलाई स्पष्ट नभएको मन पराउँछन्?
यदि तपाइँले उनीहरूलाई कस्तो महसुस गर्नुहुन्छ भन्नुभन्दा अघि कसैले तपाइँलाई कस्तो महसुस गर्दछ भनेर जान्न चाहानुहुन्छ भने, तपाइँ जहिले पनि केही भन्न कोशिस गर्न सक्नुहुन्छ, 'हामी दुई जनालाई बाहिरै राख्नु राम्रो हो, होइन र?'
उनीहरूले सायद एक वा अर्को तरिकाले हो भन्दछन् किन कि तिनीहरूले तपाईलाई दु: खी गर्न चाहँदैनन्, तर यो उनीहरूको भनाइको रूपमा हो र तिनीहरूको अनुहारको हेराईले तपाईंलाई उनीहरूले के महसुस गर्दछन् बताउँछ।
यदि तिनीहरूको अनुहारमा ठूलो मुस्कान छ र उनीहरूको आँखा उज्यालो देखिन्छ भने, यो राम्रो संकेत हो कि तिनीहरूले तपाईंलाई जस्तो तपाईंलाई थोरै थोरै गरे। यदि तिनीहरु ब्लश गर्छन् भने, यो अझ राम्रो संकेत हो कि उनीहरूले तपाईलाई मन पराउँछन्। | 2021/12/04 22:01:31 | https://ne.gov-civil-viseu.pt/how-tell-someone-you-like-them | mC4 |
दीपिका पादुकोणलाई लाग्यो यस्तो गमभिर आरोप, कसले लगायो ? - ramechhapkhabar.com
दीपिका पादुकोणलाई लाग्यो यस्तो गमभिर आरोप, कसले लगायो ?
बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा रहेको फिल्म '८३'का कलाकारसँगै निर्मातालाई ठगीको आरोप लागेको छ। अभिनेत्री पादुकोणसँगै फिल्मका निर्माताहरुलाई संयुक्त अरब इमिरेट्सका एक लगानीकर्ताले ठगीको आरोप लगाएका हुन्। ती लगानीकर्ताले दीपिका र अन्यविरुद्ध मुम्बईको अदालतमा उजुरी पनि दिएका छन्।
अदालतमा दिइएको उजुरीकाअनुसार '८३'को निर्माणका क्रममा फिल्मको निर्माण पक्षले विब्री मिडिया नामक कम्पनीसँग लगानीका लागि सम्झौता गरेको थियो। उक्त सम्झौताअनुरुप फिल्ममा १६ करोड रुपैयाँ लगानी गरिएको थियो। तर, अहिले भने फिल्मको निर्माण पक्षले यस्तो कुनै लगानी नभएको बताएको उजुरीकर्ताले बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
फिल्ममा लगानी गरेका लगानीकर्ताका वकिल रिजवान सिद्दीकीले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार अहिले '८३' फिल्मका निर्माण पक्षले पैसा नलिएको बताएका छन्। उनले भनेका छन्, 'मेरो क्लाइन्टले '८३' को निर्माण पक्षलाई पैसा दिएका थिए। तर, उनीहरुले उहाँलाई ठग्नु भएको छ। त्यसैले, ठगीको उजुरी दर्ता गरिएको हो।'
आफ्नो क्लाइन्टसँग कानुनी बाटोबाट जानुभन्दा विकल्प नभएका कारण अदालती प्रक्रिया सुरु गरेको सिद्दीकीले बताएका छन्। यता फिल्मका निर्माता रहेका विष्णु बर्धनले यो मुद्दामा भारतको तेलंगना उच्च अदालतले उजुरीकर्तालाई '८३' प्रदर्शन हुने बेला फिल्मलाई प्रभावित गर्ने काम नगर्न आदेश दिएको थियो। तर, उजुरी कर्ताले फेरि मुम्बईमा उजुरी दिएर अदालतको अवहेलना गरेको उनले बताएका छन्। उनले तेलंगना उच्च अदालतमा विब्री मिडिया र उजुरीकर्तासँगको मुद्दामा अहिले सुनुवाई चलिरहेकाले यस्तो गर्नु अनुचित भएको बताएका छन्।
कबिर खानले निर्देशन गरेको '८३' फिल्म डिसेम्बर २४ मा प्रदर्शनमा आउँदै छ। १९८३ को विश्वकपमा भारतीय क्रिकेट टिमको जीतमाथि आधारित रहेर बनेको यो फिलममा रणविर र दीपिकासँगै पंकज त्रिपाठी, ताहिर राज भसीन, जीवा, साकिब सलीम लगायतका कलाकारहरुको अभिनय छ। | 2022/01/25 06:05:02 | https://ramechhapkhabar.com/2021/12/41941/ | mC4 |
हाम्रै खराब बानीले बिग्रिन्छ आँखा? यी समस्याबाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ ! – rastriyakhabar.com
हाम्रै खराब बानीले बिग्रिन्छ आँखा? यी समस्याबाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ !
थोरै पनि लापरवाही आँखाको लागि हानिकारक हुन सक्छ । हामीले जानेर होस् या नजानेर, यस्तो बानी अपनाउँछौं जसले हाम्रो आँखालाई असर पुर्याउँछ । यदि तपाईंको तल उल्लेख गरिएका मध्ये कुनै खराब बानी छ भने सुधार गर्नुहोस् । अन्यथा तपाईंको आँखा छिटै बिग्रिन सक्छ ।
कम उज्यालोमा पढ्नु
पढ्नु धेरै राम्रो बानी हो । तर, तपाईं जहाँ पढिरहनुभएको छ, त्यहाँ पर्याप्त उज्यालो हुनु आवश्यक छ । उज्यालो कम भएको ठाउँमा अथवा सुतेर पढ्ने बानी आँखाको लागि हानिकारक हुन सक्छ । अँध्यारोमा पढ्दा उज्यालोको कमीले आँखाको कर्निया फैलिन सक्छ । यसले टाढा र नजीकको वस्तुको दूरीमा फरक कम देखिन थाल्छ । त्यस्तै सुतेर पढ्ने बानीले पनि आँखालाई धेरै असर गर्छ ।
स्क्रिनमा हेरेर पढ्नु
आजभोलि मानिसहरू मोबाइल, ल्यापटप, ट्याब्लेट अथवा ईरिडरमा पढ्ने चलन बढेको छ । यी ग्याजेट्समा धेरै पुस्तक सेभ गरेर राख्न र कतैपनि लगेर सजिलै पढ्न सकिन्छ । त्यसैले आजभोलि यस्ता ग्याजेट्समा पढ्ने चलन बढेको हो । यी ग्याजेट्सले तपाईंको आँखामा असर गरिरहेका हुन्छन् । डाक्टरहरूका अनुसार यस्ता ग्याजेट्सबाट निस्किने किरण सूर्यको परावैजनी किरणजस्तै हानिकारक हुन्छन् । कम्प्युटर, ल्यापटप आदिबाट निस्किने निलो किरणले आँखा खराब बनाउनुका साथै मोतिबिन्दु पनि हुन सक्छ । कतिपय व्यक्तिहरू यसको कारण अनिद्राको पनि शिकार हुन्छन् ।
एक टक स्क्रिनमा हेरिरहनु
सामान्यतया मानिसहरू एक मिनेटमा १२ देखि १५ पटक आँखा झिम्काउने गर्छन् । तर, कम्प्युटरको स्क्रिनमा काम गर्नेहरू एक मिनेटमा ४, ५ पटक मात्र आँखा झिम्काउँछन् । आँखा कम झिम्काउनु अथवा धेरै समयसम्म स्क्रिनको अगाडि बसेर काम गर्नाले आँखा सुख्खा हुन सक्छ र आँखा चिलाउने समस्या हुन सक्छ । त्यस्तै कम्प्युटरको अगाडि निरन्तर काम गरिरहने मानिसको आँखाबाट आँसु बगिरहने समस्या पनि हुन सक्छ ।
मोबाइल, कम्प्युटर अथवा ल्यापटपको अगाडि धेरै समय बस्नु
मोबाइल र कम्प्युटर हाम्रो आँखाको सीधा सम्पर्कमा र धेरै नजिक रहन्छन् । त्यसैले यसबाट आँखालाई धेरै समस्या हुन्छ । हामीले केही काम गरिरहेका छौं या कुनै दृश्य ध्यानपूर्वक हेरिरहेका छौं भने हाम्रो आँखाको सञ्चालन कम हुन्छ । यसले हाम्रो आँखा सुख्खा भई आँखालाई कमजोर गर्छ ।
धूम्रपान आँखाको लागि पनि हानिकारक
धूम्रपान गर्नाले अन्य अङ्गलाई जस्तै आँखालाई पनि असर गर्छ । चुरोटमा लगभग ४००० केमिकल हुन्छन् । यी केमिकलले शरीरको भित्र गएर शरीरका अन्य अङ्गका साथै आँखालाई पनि नोक्सान पुर्याउँछन् । धेरै चुरोट पिउनाले आँखामा रातो दाग बस्नुका साथै आँखासँग सम्बन्धित अन्य रोग पनि लाग्न सक्छन् । रेटिनाको बीच भागमा मेक्युला हुन्छ । उमेरको वृद्धिसँगै विशेषतः ६० वर्षको उमेरपछि मेक्युलाको कार्यक्षमता बिस्तारै घट्दै जान्छ । यदि तपाईं धूम्रपान गर्नुहुन्छ भने मेक्युलाको कार्यक्षमता समयभन्दा पहिला नै कम हुन्छ र तपाईंको आँखा खराब हुने सम्भावना बढी हुन्छ ।
यी समस्याबाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ :
यदि तपाईंलाई चस्मा लगाउनुपर्ने भएको छ भने अनिवार्य लगाउनुहोस् । उज्यालो ठाउँमा मात्र पढ्ने, मोबाइल, कम्प्युटर आदि चलाउने गर्नुहोस् । कम्प्युटर, ल्यापटप आदिलाई ठीक दूरीमा राख्नुहोस् । आँखामा सुख्खापन भएमा ल्युब्रिकेशन भएको आइड्रपको प्रयोग गनुुहोस् । कम्प्युटरमा धेरै समय काम गर्नुपर्ने छ भने हरेक १ घण्टामा उठेर केही बेर टहलिने गर्नुहोस् । कम्प्युटर, ल्यापटप चलाउन बस्दा सजिलो आसनमा बस्नुहोस् । बस्दा सधैं एकै तरिकाले नबस्नुहोस्, बेलाबेलामा बस्ने तरिका बदल्नुहोस् । कम्प्युटर चलाउँदा हरेक घण्टामा २ मिनेट आँखा बन्द गर्ने गर्नुहोस् । | 2018/12/15 04:35:16 | http://www.rastriyakhabar.com/?p=96312 | mC4 |
नामिवियाको विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको २७८ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाल २७० रनमा समेटियो ।
युएईले दिएको लक्ष्य पक्ष्याउने क्रममा कप्तान पारस खड्काले ११२ रनको सतकीय इनिङ गरेपनि हार टार्न सकेनन् । उनले १०३ बलमा ८ छक्कासहित ११२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० र ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए ।
विजयी युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे ।
त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । | OSCAR-2019 |
||
काठमाडौं। बाहुबली स्टार प्रभासको नयाँ फिल्म राधे श्यामको टिजर रिलिज भएको छ । फिल्ममा प्रभाससँगै पुजा हेगडे मुख्य भूमिकामा देखिँदैछिन् । फिल्म निर्माण टिमले भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मको टिजर रिलिज गरेका हुन् । फिल्मको ५२ सेकेण्डको टिजरसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ ।
प्रभासले फिल्मको टिजर शेयर गर्दै लेखेका छन् ‘यो भ्यालेन्टाइन, आउनुहोस् हामी वर्षको सबेभन्दा ठूलो घोषणाको साथ प्रेमको उत्सव मनाऔं । राधे श्याम तपाइँहरुकहाँ थिएटरमा ३० जुलाइमा रिलिज हुनेछ ।’ पूजा र फिल्म निर्माण टिमका अन्य सदस्यले पनि टिजर शेयर गरेर यही क्याप्सन लेखेका छन् । निर्माण टिमले २ दिनअघि फिल्मको एक पोस्टर शेयर गरेर टिजर रिलिज गर्ने घोषणा गरेका थिए । | 2021-11-27T08:32:51Z | https://sudurpaschimonline.com/bollywood/3366/ | OSCAR-2201 |
‘खुद्रा पसलले डिलरमार्फत चिनी खरिद गर्नुपर्छ, ७५ रुपैयाँमा खरिद गरेपछि ८५ रुपैयाँमा बेच्ने बाध्यता हुन्छ,’ खुद्रा व्यापार संघका पूर्वअध्यक्ष बज्राचार्यले भने, ‘ठूला व्यापारी र सरकारबीच मिलेमतोले उपभोक्ता मारमा परे ।’ खुद्रा व्यापार संघले ८० रुपैयाँभन्दा माथि नबेच्न भनिए पनि केहीले ८५ रुपैयाँसम्म लिएको स्वीकार गरेको छ । चिनीमा मनपरी मूल्य कायम गरी बजार भाउ बढाउनुमा सरकारको प्रमुख भूमिका रहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । ‘१३ वटा चिनी उद्योगी र सरकारको मिलेमतोको परिमाण हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘यसमा ठूलो भ्रष्टाचार छ । तत्काल छानबिन गरी कारबाही हुनुपर्छ ।’
आयातीतसँग प्रतिस्पर्धा गर्न नसकेर नेपाली उद्योगबाट उत्पादित चिनी बिक्री नभएको भन्दै उद्योगीले आयातमा रोक लगाउन ‘लबिइङ’ गरेका थिए । स्वदेशी उद्योग प्रवद्र्धनका लागि भन्दै मन्त्रिपरिषद्ले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भएको बेला आयात गरी मौज्दात गर्नेहरूसमेत बन्देजको पक्षमा थिए । पहिल्यै आयात भएको सस्तो चिनी अहिले महँगोमा बिक्री भइरहेको अनौपचारिक रूपमा व्यापारीले जनाउँदै आएका छन् ।
मन्त्रालयका सचिव चन्द्र घिमिरेले निकासी पैठारी ऐन र विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रावधानअनुसार नै परिमाणात्मक बन्देज लगाएको बताए । मुलुकको अर्थतन्त्रलाई बचाउन केही विदेशी मुलुकले पनि यस्तो अभ्यास गरेको उनको दाबी छ । ‘यस विषयमा प्रधानमन्त्रीसँग पनि पटक–पटक छलफल भएको छ । किसानले लामो समयसम्म उखुको भुक्तानी पाएका छैनन्, जति पाउनुपर्ने हो, त्यो पनि पाएनन्,’ उनले भने, ‘किसानलाई मर्का पर्ने देखिएकाले उच्चस्तरको छलफलपश्चात् परिमाणात्मक बन्देज लगाइएको हो ।’
बन्देज सधैंका लागि नभएको उनले बताए । हाल भइरहेको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न गृहकार्य/छलफल भइरहेको उनले जनाए । बजार अनुगमन जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य विश्लेषण गरिरहेको जनाएको छ । ‘अनुगमनसँगै मूल्य विश्लेषण पनि गरेका छौं, मूल्यसूचीमा ७५ रुपैयाँ राखेर बिलबिजक भने ७० रुपैयाँ बनाएको फेला परेको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘उद्योगीले मूल्य घटाएकाले अब ७० रुपैयाँभन्दा महँगो नपर्नुपर्ने हो ।’
उनले सहरी क्षेत्रमा ८५ रुपैयाँमा बिक्री नभएको दाबी गरे । ‘मुख्य क्षेत्रमा ८५ रुपैयाँ छैन,’ उनले भने, ‘तर भित्र बजारमा हुन सक्छ । सीमित स्रोतसाधनका कारण अनुगमन गर्न त्यहाँ पुग्न सकेका छैनौं ।’
माघ १४, काठमाण्डौ । द्धन्द्धपिडित राष्ट्रिय संजालको पहिलो राष्ट्रिय भेलाको निर्णय अनुसार ‘काठमाण्डौ घोषणा पत्र ‘ जारी गरेको छ । माघ १२ गते काठमाण्डौमा सम्पन्न भेलाले न्यायको अभियानलाई थप बलियो र प्रभावकारी बनाउन संक्रमणकालीन न्याय सम्बन्धि वृहत छलफलगरि ‘काठमाण्डौ घोषणा पत्र’ जारी गरेको जनाएको छ ।
संक्रमणकालीन न्यायको पिडित मैत्री ढंगले व्यवस्थापन गर्न अत्यन्त ढिलासुस्ती भएको बताउदै, शान्ति सम्झौता भएको आठ वर्ष पछि २०७१ माघ २७ गते स्थापित भएको दुबै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको कानुन बमोजिमको चार वर्षीय कार्यावधि उपलब्धि बिना समाप्त हुनलागेकोमा दुख प्रकट गरेको छ ।
राज्यले सम्बन्धित कानुनको संसोधन नगरि आयोगहरुको लज्जास्पद ढंगले कार्यावधि मात्र थप गर्दै लैजाने तर आयोगहरुले प्रभावकारी ढंगबाट कुनै पनि घटनाको छानविन गर्ने क्षमताको प्रदर्शनी गर्न नसकेको भन्दै आपत्ति जनाएको छ । | 2021-03-07T03:59:56Z | https://ne.wikipedia.org/wiki/%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE | OSCAR-2109 |
संक्रमितको संख्या बढेपछि थर्ड आई युथ क्लबले.... - Khabar Company
काठमाण्डौं । संक्रमितको संख्या बढिरहेको अबस्थामा थर्ड आई युथ क्लबले अर्को सुचना जारी नभएसम्मलाई बानेश्वरमा लकडाउनबाट प्रभावितलाई खाना वितरण कार्य स्थगन गरेको छ ।
कोरना भाइरस कोविड १९ को कारण लकडाउनबाट प्रभावित नयाँ बानेश्वरका ब्यक्तीहरुलाई थर्ड आई युथ क्लबको सकृयतामा काव्य स्कुलको प्रागंणमा खाना वितरण गरिएको र हाल काठमाण्डौंमा जोखिमपूर्ण अबस्थामा रहेको एंव संक्रमितको संख्या पनि बढिरहेको अबस्थामा अर्को सुचना जारी नभएसम्मलाई सो कार्य स्थगन गरिएको हो ।
काव्य स्कुल परिवार, BHAKTA BB Helping Hands for Humanity ,Nepal Sewa Samaj GIFU Help Japan People, बानेश्वरका स्थानीयहरु , प्रदेश सभा सदस्यहरु, विशेष समन्वयमा का.म.न.पा. वडा न .१० परिवार,महानगरिय प्रहरी कार्यलय वृत नयाँबानेश्वर, अहोरात निस्वार्थ स्वयम् सेवामा खटिनुहुने साथीहरु, क्लबका आजिवन सदस्यहरु, संरक्षक, सल्लाहकारहरु र क्लबका पदाधिकारीहरुको सहयोगमा २१ सौं दिनसम्म बानेश्वरमा खाना वितरण गर्ने कार्य भएको थियो ।
काव्य स्कुलको प्रागंणमा मिती २०७७ बैशाख १६ गते देखि जेठ ५ गतेसम्म दिउसो ३ बजे देखि ५ बजे सम्म दैनिक ३५० देखि ४०० प्याकिङ्घ खाना वितरण गरिएको थियो ।
हाल कोरोना भाइरस नेपालमा जोखिमपूर्ण अबस्थामा रहेको एंव संक्रमितको संख्या पनि बढिरहेको अबस्थामा अर्को सुचना जारी नभएसम्मलाई थर्ड आई युथ क्लबले सो कार्य स्थगन गरेको कुरा क्लबका सचिव विनोद थपलियाले हामीलाई जानकारी गराए । | 2020/09/23 15:18:36 | http://khabarcompany.com/%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%82%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%BE-%E0%A4%AC%E0%A4%A2%E0%A5%87%E0%A4%AA%E0%A4%9B%E0%A4%BF/ | mC4 |
रासस पुष २९, २०७६ मंगलवार
पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय ९कक्षा ९–१०० मा २४९ र ९कक्षा ११–१२० मा ६१ शिक्षकको अभाव छ । जिल्लामा ४४० प्राथमिक शिक्षक बढी रहेको शिक्षा विकास समन्वय इकाइ पाल्पाको दाबी छ । प्रावि तहका शिक्षक जिल्ला बाहिर पठाउने गरी इकाइले गृहकार्य थालेको छ । शिक्षक अभाव रहेका विद्यालयप्रति सरकारको चासो पुग्न नसक्दा विद्यालय र शिक्षक मर्कामा परेका...
रासस पुष २५, २०७६ शुक्रबार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उहाँले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डो¥याउने बताउनुभयो ।
अन्तरीक्ष ज्ञान र प्रयोग सम्बन्धी तीन दिने कार्यशाला सुरु
गोरखापत्र अनलाइन , पुष २३, २०७६ बुधबार
कमलामाईस्थित एक विद्यालयमा बुधबारदेखि अन्तरीक्ष ज्ञान र प्रयोग सम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । जापानबाट प्रक्षेपण गरिएको नेपालको पहिलो नानो भू–उपग्रह निर्माणमा संलग्न आभार मास्के र हरिराम श्रेष्ठको पहलमा सो कार्यशाला सुरु भएको हो ।
काभ्रेमा २०४ विद्यालय निर्माण सम्पन्न
गोरखापत्र अनलाइन पुष २३, २०७६ बुधबार
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) काभ्रेपलाञ्चोक मार्फत २०४ विद्यालय भवन निर्माण सम्पन्न भएका छन । स्थापना भएको चार बर्षमा २०४ विद्यालय निर्माण सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण गरेको आयोजनाले जनाएको छ । | 2021/10/20 19:55:55 | https://gorkhapatraonline.com/education?page=150 | mC4 |
१३ — जीवनको अभिलेख सामु | EGW Writings
१ — तीर्थयात्री पुर्खाहरू२ — बिहानका अग्रदूतहरू३ — अमेरिकाको सुधारक४ — अँध्यारोद्वारा ज्योति५ — एक महान् धार्मिक जागृति६ — एक चेतावनी इन्कार भयो७ — अगमवाणीहरूको पूर्णता८ — पवित्रस्थान के हो?९ — पवित्रहरूका पवित्रमा१० — परमेश्वरको अपरिवर्तनीय व्यवस्था११ — एउटा सुधार-कार्य१२ — आधुनिक जागृतिहरू
अगमवक्ता दानिएल भन्छन्, "जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्नो सिंहासनमा बस्नुभयो। उहाँका लुगा हिउँजस्तै सेता थिए, उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्वाला थियो, र त्यसका चक्काहरूमा दन्केको आगो थियो। उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।" दानिएल ७:९, १०।MBND 229.1
यसरी अगमवक्ताको दर्शनमा मानिसहरूको चरित्र र जीवन समस्त पृथ्वीका न्यायाधीशको सामु पुनर्विचार हुनुपर्ने र प्रत्येक मानिसलाई "त्यसको कामअनुसार" हिसाब दिइनुपर्ने महान् र गम्भीर दिन प्रकट गरिएको थियो। अति प्राचीनचाहिँ पिता परमेश्वर हुनुहुन्छ। भजनसंग्रहको लेखक भन्दछन्, "पहाड़हरू उत्पन्न हुनुभन्दा अघि, अथवा तपाईंले पृथ्वी र संसार सृजनुभन्दा अघि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ।" भजनसंग्रह ९०:२। उहाँ नै सबै अस्तित्वको स्रोत हुनुहुन्छ, र सबै व्यवस्थाको मुहान उहाँ नै हुनुहुन्छ, जसले न्यायमा अध्यक्षता गर्नुहुन्छ। अनि पवित्र स्वर्गदूतहरूचाहिँ सेवक र साक्षीको रूपमा "दश हजार गुणा दश हजार र हजारौँ हजार" यो न्यायालयमा उपस्थित हुनेछन्।MBND 229.2
"र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाहिँ कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन।" दानिएल ७:१३, १४। यहाँ वर्णन गरिएको ख्रीष्टको आगमनचाहिँ पृथ्वीमा हुने दोस्रो आगमन होइन। उहाँ स्वर्गमा अति प्राचीनकहाँ अधिकार, महिमा र सार्वभौमिकता प्राप्त गर्न आउनुहुन्छ, जुन उहाँलाई उहाँको मध्यस्थतारूपी कामको अन्तमा दिइनेछ। यो पृथ्वीमा हुने दोस्रो आगमनचाहिँ होइन, यो त यो आगमन हो जुन अगमवाणीअनुसार २३०० दिनहरूको अन्त १८४४मा हुनेथियो। स्वर्गीय दूतहरूसाथ हाम्रा प्रधान पूजाहारी पवित्रहरूको पवित्रमा प्रवेश गर्नुहुन्छ र त्यहाँ परमेश्वरको उपस्थितिमा मानिसहरूका लागि उहाँको अन्तिम सेवा गर्न देखा पर्नुहुन्छ—न्यायको छानबिनको काम गर्न र त्यसको लाभ उठाउने योग्यका उत्तराधिकारीहरू सबैको पक्षमा प्रायश्चित्त गर्न आउनुहुन्छ।MBND 229.3
साङ्केतिक सेवामा पाप स्वीकार र पश्चात्तापसाथ परमेश्वरको सामु आउनेहरू र पाप बलिको रगतद्वारा पवित्रस्थानमा तिनीहरूका पाप सार्ने जतिचाहिँ प्रायश्चित्तको दिनको सेवामा सहभागी भएका थिए। त्यसरी नै महान् अन्तिम प्रायश्चित्तको दिन र न्यायको छानबिनमा परमेश्वरको नाम लिने मानिसहरूका मुद्दाहरू मात्र विचार गरेका हुन्छन्। दुष्टको न्यायचाहिँ छुट्टै र फरक काम हो, र यो काम पछिल्लो अवधिमा हुन्छ। "किनभने न्याय परमेश्वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि हामीबाट सुरु हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त्य कस्तो होला?" १ पत्रुस ४:१७।MBND 230.1
मानिसहरूका नामहरू र कार्यहरू लेखित अभिलेखका किताबहरू स्वर्गमा छन् ती पुस्तकहरूले नै न्यायका निर्णयहरूलाई निर्धारण गर्नुपर्नेछ। दानिएल अगमवक्ता भन्दछन्: "न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए।" प्रकाशको लेखकले त्यही दृश्यलाई वर्णन गर्दै यसरी थप्छन्: "अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।" प्रकाश २०:१२।MBND 230.2
जीवनको पुस्तकले अघिदेखि नै परमेश्वरको सेवामा प्रवेश भएकाहरू सबैका नामहरू समावेश गरेको हुन्छ। येशूले चेलाहरूलाई भन्नुभयो: "तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।" लूका १०:२०। पावल तिनका विश्वासयोग्य सहकर्मीहरूको बारेमा भन्छन्: "जसका नाउँ जीवनको पुस्तकमा छन्।" फिलिप्पी ४:३। कहिल्यै पनि नभएको "यस्तो सङ्कष्टको समय आउने" कुरालाई हेरेर दानिएल घोषणा गर्छन् कि "जीवनको पुस्तकमा नाम लेखिएका" परमेश्वरका सबै मानिसहरू बचाइनेछन्। प्रकाशको लेखक भन्दछन् कि जसको नाउँ "थुमाको जीवनको पुस्तकमा" लेखिएका छन् तिनीहरू मात्र परमेश्वरको सहरमा प्रवेश गर्नेछन्। दानिएल १२:१; प्रकाश २१:२७।MBND 230.3
"सम्झनाको पत्र मुट्ठा" परमप्रभुको उपस्थितिमा लेखिएको हुन्छ, त्यहाँ "परमप्रभुको डर मान्नेहरू र उहाँको नाउँको मान गर्नेहरूका" असल कार्य लेखिएको हुन्छ। मलाकी ३:१६। तिनीहरूको विश्वासका शब्दहरू, तिनीहरूको प्रेमका कार्यहरू स्वर्गमा लेखिएका छन्। "हे परमेश्वर, यसको निम्ति मेरो सम्झना राख्नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्वरका भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्," भन्दा नहेम्याहले त्यसलाई नै केन्द्रित गरेका थिए। नहेम्याह १३:१४। धार्मिकताको प्रत्येक कार्य परमेश्वरको सम्झनाको किताबमा अनन्तसम्म रहन्छ। प्रत्येक प्रतिकार गरिएको परीक्षा, पराजित भएको प्रत्येक दुष्टता, व्यक्त गरिएका प्रत्येक दयालु शब्द त्यहाँ विश्वासयोग्यसाथ लेखिएको हुन्छ। अनि प्रत्येक बलिदानका कार्य, ख्रीष्टका निम्ति भोगेका प्रत्येक कष्ट र शोक त्यहाँ लेखिएको हुन्छ। भजनसंग्रहको लेखक भन्दछन्: "मेरो विलापको लेखा राख्नुहोस्। मेरो आँसु तपाईंको फिरिस्तमा राखिदिनुहोस्। के ती तपाईंको पुस्तकमा लेखिएका छैनन् र?" भजनसंग्रह ५६:८।MBND 231.1
त्यहाँ मानिसहरूको पाप लेखिने एउटा अभिलेख पनि छ। "किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुन्छ।" "हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।" मुक्तिदाता भन्नुहुन्छ, "किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।" उपदेशक १२:१४; मत्ती १२:३६, ३७। गुप्तका उद्देश्यहरू र अभिप्रायहरू सही खातामा देखिन्छ; किनकि परमेश्वरले "अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ।" "'हेर, मेरो सामुन्ने यस्तो लेखिएको छ, ... तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु' परमप्रभु भन्नुहुन्छ।" १ कोरिन्थी ४:५; यशैया ६५:६, ७।MBND 231.2
प्रत्येक मानिसको काम परमेश्वरको अगि जाँचिन्छ र विश्वासयोग्य वा अविश्वासयोग्य कुराको अभिलेख राखिएको हुन्छ। प्रत्येक नामको छेउमा स्वर्गका किताबहरूमा प्रत्येक गलत शब्द, प्रत्येक स्वार्थी कार्य, पूरा नभएको प्रत्येक कर्तव्य, र प्रत्येक गुप्तको पाप, प्रत्येक सीपपूर्वक छल ठ्याक्कै त्यस्तै लेखिएको हुन्छ। स्वर्गबाट आएका चेतावनीहरू र हप्कीहरू इन्कार गरिएका, खेर फालिएका क्षणहरू, दुरुपयोग गरिएका मौकाहरू, असल वा खराबका लागि पारेको प्रभाव, त्यसका टाढासम्म फिँजिएका परिणामहरूसमेत सबै कुरा लेखनदास स्वर्गदूतले इतिहास बनाएका छन्।MBND 231.3
परमेश्वरको व्यवस्था नै एक स्तर हो जसद्वारा न्यायमा मानिसहरूका जीवनहरू र चरित्रहरू जाँचिनेछन्। बुद्धिमानी मान्छे यसो भन्छन्: "परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस्, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।" उपदेशक १२:१३, १४। प्रेरित याकूब तिनका भाइहरूलाई चेतावनी दिन्छन्: "यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।" याकूब २:१२।MBND 232.1
न्यायमा "योग्य ठहरिनेहरूले" धर्मीहरूको पुनरुत्थानमा भाग लिनेछन्। येशूले भन्नुभयो: "तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरू ... , र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरू ... स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्।" लूका २०:३५, ३६। अनि फेरि उहाँले घोषणा गर्नुहुन्छ कि "सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति" निस्कीआउनेछन्। यूहन्ना ५:२९। धर्मी मृतकहरू न्यायपछि मात्र जीवित पारिनेछन् जसमा तिनीहरू "जीवनको पुनरुत्थानको" योग्य ठहरिन्छन्। त्यसकारणले जब तिनीहरूको अभिलेखको जाँच हुन्छ र तिनीहरूको मुद्दाको निर्णय हुन्छ तब तिनीहरू आफैचाहिँ न्यायालयमा उपस्थित हुनेछैनन्।MBND 232.2
येशूले पितासँग बिन्ती गर्न तिनीहरूका वकिलको रूपमा देखा पर्नुहुनेछ। "तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।" १ यूहन्ना २:१। "ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ।" "फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।" हिब्रू ९:२४; ७:२५।MBND 232.3
जब न्यायमा अभिलेखका किताबहरू खुल्छन्, येशूमाथि विश्वास गर्नेहरू सबैका जीवनहरू परमेश्वरका सामु पुनर्विचार गरिएको हुन्छ। हाम्रा वकिलले पृथ्वीमाथि जिउनेहरू पहिलोदेखि आरम्भ गरी पछि आउने प्रत्येक युगका मुद्दाहरू प्रस्तुत गर्नुहुनेछ, र जीवितहरूको चाहिँ अन्तमा न्याय हुन्छ। प्रत्येक नाम लेखिएको हुन्छ, प्रत्येक मुद्दा होसियारीसाथ छानबिन गरिएको हुन्छ। नामहरू स्वीकार र इन्कार भएका हुन्छन्। जब कुनै मानिसको अभिलेखका किताबहरूमा पश्चात्ताप नगरेका र क्षमा प्राप्त नगरेका पापहरू छोडिएका हुन्छन्, तब तिनीहरूका नामहरू जीवनको पुस्तकबाट मेटिनेछन्, अनि तिनीहरूका असल कार्यहरूको अभिलेखचाहिँ परमेश्वरको सम्झनाको पुस्तकबाट मेटिनेछन्। परमप्रभुले मोशासँग घोषणा गर्नुभयो: "जसले मेरो विरुद्धमा पाप गरेको छ, त्यसलाई नै म आफ्नो पुस्तकबाट मेटिदिनेछु।" प्रस्थान ३२:३३। अनि अगमवक्ता इजकिएल भन्छन्: "तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, ... त्यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्झना हुनेछैन।" इजकिएल १८:२४।MBND 232.4
जसले पापको वास्तविक पश्चात्ताप गरेका छन्, र विश्वासद्वारा ख्रीष्टको रगतलाई तिनीहरूको प्रायश्चित्तको बलिदानको रूपमा दाबी गरेका छन्, तिनीहरू सबैलाई स्वर्गको किताबमा भएको तिनीहरूको नामको छेउमा क्षमा लेखिएको हुन्छ; जसरी तिनीहरू ख्रीष्टको धार्मिकताको सहभागी भएका हुन्छन्, र तिनीहरूका चरित्रहरू परमेश्वरको व्यवस्थामुताबिक पाइन्छन्, त्यसरी तिनीहरूका पापहरू मेटाइनेछन्, र तिनीहरू आफै पनि अनन्त जीवनको योग्य हुनेछन्। यशैया अगमवक्ताद्वारा परमप्रभु घोषणा गर्नुहुन्छ: "म उही हुँ, जसले तेरा अपराधहरू मेरो आफ्नै खातिर मेटिदिन्छ, र तेरा पापहरूलाई सम्झँदैन।" यशैया ४३:२५। येशूले भन्नुभयो: "जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु।" "यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।" प्रकाश ३:५; मत्ती १०:३२, ३३।MBND 233.1
पृथ्वीका न्यायालयहरूका निर्णयहरूमा मानिसहरूले राखेका गहिरो चासोले त्यो चासोलाई प्रतिनिधित्व गर्दछ जो स्वर्गको अदालतमा जीवनको पुस्तकमा दर्ता भएका नामहरूलाई पुनर्विचार गर्नको लागि सारा पृथ्वीका न्यायाधीशको सामु आउँदाखेरि प्रकट भएको हुन्छ। जो उहाँको रगतमाथि विश्वास गर्नेद्वारा विजय भएको छ त्यसको खातिर ईश्वरीय मध्यस्थकर्ताले बिन्ती गर्नुहुन्छ कि ऊ आफ्नो अधर्मबाट क्षमा होस्, ताकि उसले अदनको घर पुनः आर्जन गर्न सकोस्, र एउटै उत्तराधिकारीको रूपमा उहाँसितै "पहिलेको राज्य"-मा मुकुट लगाउन सकोस्। मीका ४:८। शैतानले हाम्रो जातिलाई बहकाउने र परीक्षामा पार्ने उसका प्रयासहरूद्वारा मानिसको सृष्टिमा भएको ईश्वरीय योजनालाई निष्फल बनाउने विचार गरेको थियो; तर अब मानिसले कहिले पनि पाप नगरेझैँ यो योजना कार्यान्वयन होस् भनी ख्रीष्टले अनुरोध गर्नुहुन्छ। उहाँले आफ्ना मानिसहरूका लागि परिपूर्ण र समस्त क्षमा र धार्मिकता मात्र होइन, तर उहाँको सिंहासनमाथि भएको एक महिमा र स्थानमा सहभागी गराउनुपर्ने अनुरोध उहाँले गर्नुहुन्छ।MBND 234.1
जब ख्रीष्टले उहाँको अनुग्रहका जनताहरूका खातिर बिन्ती गर्नुहुन्छ जो उहाँको रगतमाथि विश्वास गर्नेद्वारा विजय भएका हुन्छन् तब शैतानले चाहिँ तिनीहरूलाई परमेश्वरको सामुन्ने पापी स्वरूप दोष लगाउँछ। महान् ठगाहाले तिनीहरूलाई शङ्कामा पार्ने, परमेश्वरमाथि भएको भरोसाबाट छुटाउने, तिनीहरू आफैलाई उहाँको प्रेमबाट अलग पार्ने, र उहाँको आज्ञा भङ्ग गराउने प्रयास गरेको थियो। अब उसले तिनीहरूका जीवनहरूको अभिलेख, तिनीहरूको चरित्रका खोटहरू, ख्रीष्टसँग असमानता, जुनचाहिँ तिनीहरूका मुक्तिदातालाई अनादर भएको थियो, उसले दिएको परीक्षाले गर्दा तिनीहरूले गरेका सम्पूर्ण पापहरू, यी सबै कुरातर्फ देखाउँछ र त्यसकारण उसले दाबी गर्छ कि तिनीहरू उसका जनताहरू हुन्।MBND 235.1
येशूले तिनीहरूका पापहरूको लागि बहाना निकाल्नुहुन्न, तर तिनीहरूको पश्चात्ताप र विश्वास देखाउनुहुन्छ, र तिनीहरूका निम्ति क्षमादान दाबी गर्दै उहाँले आफ्नो चोट परेको हात पिता र पवित्र स्वर्गदूतहरूको सामु उठाउनुहुन्छ र भन्नुहुन्छ: म तिनीहरूलाई नामद्वारा नै चिन्छु। मैले तिनीहरूलाई मेरो हत्केलामा खोपेर राखेको छु। "तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।" भजनसंग्रह ५१:१७। उहाँका मानिसहरूलाई दोष दिनेलाई उहाँ घोषणा गर्नुहुन्छ: "ए शैतान, परमप्रभुले तँलाई हकारून्। यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?" जकरिया ३:२। ख्रीष्टले उहाँका विश्वासयोग्य जनहरूलाई आफ्नै धार्मिकता पहिराउनुहुनेछ ताकि उहाँले आफ्ना पिताकहाँ तिनीहरूलाई "दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली" स्वरूप प्रकट गर्न सकोस्। एफिसी ५:२७। तिनीहरूका नामहरू जीवनको किताबमा सुची बद्धरूपमा रहेका हुन्छन्, र तिनीहरूको विषयमा यसरी लेखिएको हुन्छ: "तिनीहरू मसँग सेता वस्त्र लाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्।" प्रकाश ३:४।MBND 235.2
यसरी नयाँ करारको प्रतिज्ञाको पूर्ण परिपूर्णता महसुस हुनेछ: "किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।" "परमप्रभु भन्नुहुन्छ, 'ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन।" यर्मिया ३१:३४; ५०:२०। "त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ। सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात यरूशलेममा बस्नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्।" यशैया ४:२, ३।MBND 236.1
छानबिन गर्ने न्याय र पापहरू मेटाउने कामचाहिँ परमप्रभुको दोस्रो आगमनभन्दा अगाड़ि नै पूरा भएको हुनुपर्नेछ। मृतकहरूको न्याय किताबहरूमा लेखिएअनुसार हुनुपर्ने भएको कारणले तिनीहरूका मुद्दाहरू छानबिन गर्ने न्याय नभएसम्म मानिसहरूका पापहरू मेटाउन असम्भव छ। तर प्रेरित पत्रुस स्पष्टसाथ भन्दछन् कि "तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ।" प्रेरित ३:१९, २०। जब छानबिन गर्ने न्यायको काम अन्त्य हुन्छ, तब ख्रीष्ट आउनुहुनेछ, र मानिसलाई उसको कामअनुसार दिने उहाँको प्रतिफल उहाँसँगै हुनेछ।MBND 236.2
साङ्केतिक सेवामा प्रधान पूजाहारीले इस्राएलका निम्ति प्रायश्चित्त गरिसकेपछि बाहिर निस्केर समूदायलाई आशिष् दिन्थ्यो। त्यसरी नै ख्रीष्ट उहाँको मध्यस्थतारूपी कामको अन्त्यमा "मुक्तिका निम्ति उहाँ दोस्रो पटक विनापाप" उहाँको प्रतीक्षा गर्नेहरूलाई अनन्त जीवनको आशिष् दिनलाई देखा पर्नुहुनेछ। (हिब्रू ९:२८ KJV)। पूजाहारीले पवित्रस्थानबाट पाप हटाएर छाड़ा बोकाको टाउकोमा स्वीकार गरेझैँ ख्रीष्टले पनि यी सबै पापहरू शैतान, अर्थात् पापको सृजक र त्यसको आरम्भकर्तामाथि राखिदिनुहुनेछ। छाड़ा बोकालाई इस्राएलको पाप बोकाएर "निर्जन स्थानमा" पठाइन्थ्यो (लेवी १६:२२ KJV); त्यसरी शैतान पनि परमेश्वरका जनहरूलाई उसले फसाएका सब पापहरूको दोष बोकेर हजार वर्षका निम्ति उजाड़ र बासिन्दाहीन पृथ्वीमा कैदी हुनेछ, र अन्तमा सबै दुष्टतालाई विनाश पार्ने आगोमा उसले पापको पूर्ण सजाय भोग्नुपर्नेछ। पाप पूर्ण उन्मूलन हुन्छ र स्वेच्छिक रूपमा पाप इन्कार गर्न तयारी हुनेहरूको छुटकारा हुन्छ, त्यसमा नै मुक्तिको महान् योजना पूरा हुनेछ।MBND 236.3
न्यायका लागि निर्धारित गरिएको समय—२३०० दिनहरूको अन्त्य, १८४४मा—छानबिनको काम र पाप मेटाउने काम सुरु भयो। कुनै समय ख्रीष्टको नाम आफैले लिनेहरू जति सबै सुक्ष्म जाँच भएर जानैपर्छ। मृतक र जीवित दुवैको न्याय "पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामहरूअनुसार" हुनुपर्नेछ।MBND 237.1
पश्चात्ताप नगरेका र नत्यागेका पापहरू क्षमा हुनेछैनन् र अभिलेखका किताबहरूबाट ती मेटिनेछैनन्, तर परमेश्वरको दिनमा पापीहरूको विरुद्धमा गवाही स्वरूप ती उभिनेछन्। शायद उसले आफ्ना दुष्ट कार्यहरू दिनको उज्यालोमा वा रातको अन्धकारमा गरेको हुन सक्छ; तर जसको सामु हामीले उभिनुपर्ने हो ती कुराहरू उहाँको सामु खुल्ला र प्रष्ट देखिन्छ। स्वर्गदूतहरूले प्रत्येक पाप देखे र त्यो सही खाताहरूमा दर्ता गरे। शायद त्यो पाप बाबा, आमा, पत्नी, नानीहरू र साथीहरूबाट लुकिएको, इन्कार गरिएको र छोपिएको होला; दोषी अभिनेताहरूभन्दा अरू कसैलाई पनि गलतको थोरै आशङ्का गर्दैन होला; तर यो त स्वर्गीय प्राणीहरूका सामु स्पष्ट रहनेछ। रातको सबभन्दा अन्धकार, सबै छलपूर्वक गुप्तका सीपहरूजस्ता कुनै पनि विचार अनन्तको ज्ञानबाट लुकाउन सकिँदैन। परमेश्वरसँग प्रत्येक अन्याय हिसाब र अनुचित व्यापारको ठीक अभिलेख हुन्छ। उहाँ देखावटी भक्तिद्वारा बहकिनुहुन्न। उहाँले चरित्रको अनुमान गर्दा कुनै गल्ती गर्नुहुन्न। मानिसहरू भ्रष्ट हृदय भएकाहरूबाट बहकिन सक्छन्, तर परमेश्वरले सबै छलहरूभित्र छेड्नुहुन्छ र अन्तर्जीवन पढ्नुहुन्छ।MBND 237.2
कस्तो गम्भीर विचार छ! दिनप्रति दिनले अनन्तको यात्रामा स्वर्गका पुस्तकहरूका निम्ति त्यसका अभिलेखहरूको जिम्मेवारी बोकेको हुन्छ। एक पल्ट बोलेका वचनहरू, एक पल्ट गरेका कार्यहरू कहिल्यै पनि फिर्ता लिन सकिँदैन। स्वर्गदूतहरूले असल र खराब दुवैलाई दर्ता गरेका छन्। हाम्रा कार्यहरू, हाम्रा शब्दहरू, हाम्रा सबभन्दा गुप्त विचारहरू सबैले हाम्रो भविष्यको कल्याण वा दुःखको निर्णयप्रति भूमिका खेलेका हुन्छन्। शायद हामीले ती कुराहरूलाई बिर्सेका हुन्छौं तापनि ती कुराहरूले हामीलाई धर्मी वा दोषी ठहराउने साक्षी दिनेछन्।MBND 238.1
फोटोग्राफरको फोटोमा सही ढङ्गले अनुहारका आकृतिहरू प्रतिबिम्ब भएझैँ माथि भएका पुस्तकहरूमा पनि विश्वासयोग्यसाथ चरित्र वर्णन गरिएको छ। तापनि स्वर्गीय प्राणीहरूको दृष्टिमा सामना गर्नुपर्ने त्यो अभिलेखको विषयमा कति थोरै मात्र चिन्तित भएका हुन्छन्। यदि दृश्य र अदृश्य विभाजित पर्दा हट्न सक्थ्यो भने मानवको सन्तानले न्यायमा फेरि सामना गर्नुपर्ने प्रत्येक शब्द र कार्य स्वर्गदूतले लेखिरहेका देख्नेथिए, तब कतिपय दैनिक उच्चारित शब्दहरू शान्त हुनेथिए, कति वटा कार्यहरू गरिनेथिएनन्।MBND 238.2
प्रयोग भएको प्रत्येक प्रतिभा पूर्णरूपले न्यायमा जाँचिनेछ। स्वर्गबाट प्रदान गरिएको धन हामीले कसरी प्रयोग गरेका छौं? परमप्रभुले उहाँको आगमनमा उहाँको निजी ब्याजसहित पाउनुहुनेछ त? उहाँले हामीलाई हात, हृदय र दिमागका शक्तिहरू प्रदान गर्नुभएको छ; के यी हामीले परमेश्वरको महिमा गर्न र संसारलाई आशिष् पुऱ्याउनका लागि विकास गरेका छौं? हामीले हाम्रा समय, कलम, सोर, पैसा र प्रभाव कसरी प्रयोग गरेका छौं? हामीले ख्रीष्टका लागि गरिब, कष्टित, टुहुरा वा विधवाहरूलाई व्यक्तिगतरूपमा के गरेका छौं? परमेश्वरले हामीलाई उहाँको पवित्र वचनका भण्डारेहरू तुल्याउनुभएको छ; मानिसहरूलाई मुक्तिको विषयमा बुद्धिमानी तुल्याउन दिइएको ज्योति र सत्यताप्रति हामीले के गरेका छौं त? ख्रीष्टमा विश्वास गर्ने केवल बहानाको केही मूल्य छैन; कामद्वारा देखाइएको प्रेमलाई मात्र वास्तविक ठानिन्छ। तापनि स्वर्गको दृष्टिमा कुनै पनि कार्यलाई प्रेमले मात्र मूल्यवान् ठहराउँछ। मानिसहरूको कल्पनामा जतिसुकै सानो देखिए तापनि प्रेमसाथ जे पनि गरिएको हुन्छ, सो परमेश्वरकहाँ स्वीकार योग्य हुन्छ र इनाम प्राप्त हुन्छ।MBND 239.1
स्वर्गका पुस्तकहरूमा मानिसहरूको लुकिएको स्वार्थीपन खुल्ला छ। त्यहाँ तिनीहरूका साथीहरूप्रति अपूरो कर्तव्यहरू र मुक्तिदाताका दाबीहरूलाई भुल्ने स्वभाव अभिलेखमा दर्ता भएको छ। तिनीहरूले ख्रीष्टलाई दिनुपर्ने समय, विचार-शक्ति र बल प्रायः शैतानलाई दिएका थिए भनी त्यहाँ तिनीहरूले देख्नेछन्। स्वर्गदूतहरूले स्वर्गमा लैजाने अभिलेखचाहिँ दुःखमय छ। विवेकशील प्राणीहरू, अर्थात् ख्रीष्टका नामधारे अनुयायीहरू सांसारिक सम्पत्ति आर्जन गर्ने कार्यमा अथवा सांसारिक सुख-विलासको आनन्दमा लिप्त भएका छन्। पैसा, समय र बलचाहिँ प्रदर्शन र स्वार्थ-भोगका लागि बलिदान भएका छन्; तर प्रार्थना, धर्मशास्त्रमा अनुसन्धान, प्राणको नम्रता र पाप स्वीकारको कार्यमा चाहिँ थोरै क्षणहरू मात्र बिताएका छन्।MBND 239.2
शैतानले हाम्रा दिमागहरूलाई व्यस्त पार्न अगण्य षड्यन्त्रकारी योजनाहरू आविष्कार गरेको छ, ताकि जुन कार्यसँग हामी सबभन्दा परिचित हुनुपर्छ त्यसको बारेमा विचार नगरोस्। प्रायश्चित्तको बलिदान र सर्वशक्तिमान् मध्यस्थकर्ताको दृश्य प्रकट गर्ने महान् सत्यताहरूलाई नै त्यो प्रधान ठगाहाले घृणा गर्दछ। त्यसलाई थाहा छ कि त्यसको सबै कुरा येशू र उहाँको सत्यताबाट दिमागहरू बहकाउनमा नै निर्भर हुन्छ।MBND 239.3
मुक्तिदाताको मध्यस्थताबाट लाभ हासिल गर्नेहरूले परमेश्वरको भय राखेर पवित्रता परिपूर्ण पार्ने तिनीहरूको कर्तव्यमा कुनै पनि बाधा आउने मौका दिनुहुँदैन। ती बहुमूल्य घड़ीहरू सुख-विलास, देखावटीपन वा लाभ-अभिलाषामा नभई बरु सत्यताको वचनको अध्ययनमा उत्सुक र प्रार्थनापूर्ण समय बिताउनुपर्छ। पवित्रस्थान र छानबिन गर्ने न्यायको विषयमा परमेश्वरका मानिसहरूले स्पष्ट बुझेका हुनुपर्छ। तिनीहरूका महान् प्रधान पूजाहारीको पद र कार्यको विषयमा सबै जनाले व्यक्तिगतरूपमा ज्ञान प्राप्त गर्न अति आवश्यक छ। त्यसो नभए तिनीहरूले यो समयको आवश्यकीय विश्वास प्रयोग गर्न वा परमेश्वरले तिनीहरूलाई पूरा गर्न भनी दिनुभएको पदको जिम्मेवारी सम्हाल्न तिनीहरू असम्भव हुनेछन्। प्रत्येक व्यक्तिको प्राण हुन्छ जसलाई बचाउनु वा गुमाउनुपर्ने हुन्छ। परमेश्वरको न्याय आसनको सामुन्ने प्रत्येकको अनिर्णीत एउटा मुद्दा छ। प्रत्येकले महान् न्यायाधीशलाई आमने-सामुन्ने भेट्नुपर्नेछ। त्यसो भए, प्रत्येक दिमागले त्यो गम्भीर दृश्यलाई बारम्बार मनन गर्न कति महत्वपूर्ण छ, जब न्याय बसालिनेछ र पुस्तकहरू खोलिनेछन्, जब दिनहरूको अन्तमा, दानिएलसितै प्रत्येक व्यक्ति आफ्नो पालोमा उभिनैपर्छ।MBND 240.1
यी विषयहरूमा ज्योति प्राप्त गर्नेहरू सबैले महान् सत्यताहरूको गवाही दिनुपर्छ जुन परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको थियो। स्वर्गमा भएको पवित्रस्थानचाहिँ मानिसहरूका खातिर ख्रीष्टको कामको केन्द्र बिन्दु हो। यसले पृथ्वीमा रहने प्रत्येक प्राणीलाई समेटेको हुन्छ। यसले हामीलाई समयको अन्तसम्मका कुरा वर्णन गर्दै र धार्मिकता तथा पापको बीचमा भएको लड़ाइँको विजयोल्लासित विषयलाई प्रकाशित पार्दै मुक्तिको योजनाको दृश्य प्रस्तुत गर्दछ। यो कुरा नै सबभन्दा महत्वपूर्ण छ कि सबैले यी विषयहरू पूर्णरूपले अनुसन्धान गर्नुपर्छ र तिनीहरूमा भएको आशाको कारण सोध्नेहरूलाई जवाफ दिन सक्षम हुनुपर्छ।MBND 241.1
ख्रीष्टको क्रूसमा भएको मृत्यु जति महत्वपूर्ण छ, मुक्तिको योजनामा माथि रहेको पवित्रस्थानमा मानिसको खातिर भएको उहाँको मध्यस्थताको कार्य पनि त्यत्तिकै महत्वपूर्ण छ। उहाँले आफ्नै मृत्युद्वारा त्यो काम सुरु गर्नुभयो जुन उहाँको पुनरुत्थानपछि सो कार्य पूरा गर्नका लागि उहाँ स्वर्गारोहण हुनुभयो। "जहाँ हाम्रा पक्षमा अग्रदूत भएर" पर्दाभित्र "प्रवेश गर्नुभएको छ," त्यहाँ हामी विश्वासद्वारा प्रवेश गर्नुपर्छ। हिब्रू ६:२०। त्यहाँ कलवरीको क्रूसबाट ज्योति प्रतिबिम्बित भएको छ। त्यहाँ हामीले मुक्तिको योजनाका रहस्यहरूभित्र अझै स्पष्ट अन्तर्दृष्टि प्राप्त गर्न सक्छौं। मानिसको मुक्तिमा स्वर्गले अपरिमित मूल्य चुकाउनुपरेको छ; जुन बलिदान भएको थियो सो तोड़िएको परमेश्वरको व्यवस्थाको सबभन्दा ठूला मागहरू बराबर छ। येशूले पिताको सिंहासनतर्फ जाने मार्ग खोल्नुभएको छ, र उहाँको मध्यस्थताद्वारा विश्वासमा उहाँकहाँ आउनेहरू सबै निष्कपट चाहनाको साथ परमेश्वरको सामु उपस्थित भएका होस्।MBND 241.2
"आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।" हितोपदेश २८:१३। जसले तिनीहरूका दोषहरू लुकाउँछन् र बहाना बनाउँछन्, शैतान तिनीहरूदेखि कति हर्षित छ, ख्रीष्ट र पवित्र स्वर्गदूतहरूलाई तिनीहरूको कार्यद्वारा कति ठट्टा गर्छ भनी यदि तिनीहरूले देख्न सकेका भए, तिनीहरू आफ्ना पापहरू स्वीकार गर्न र त्यसलाई त्याग्न हतारिनेथिए। शैतानले चरित्रका खोटहरूद्वारा सम्पूर्ण दिमागलाई अधीनमा राख्ने काम गर्छ, र उसलाई यो कुरा पनि थाहा छ कि यदि तिनीहरूले यी खोटहरू माया गरेर राखे भने उसको सफलता हुनेछ। त्यसकारण उसले ख्रीष्टका चेलाहरूलाई तिनीहरू विजय प्राप्त गर्न असम्भव छ भनी उसको घातक कुतर्कहरूद्वारा निरन्तर बहकाउने प्रयास गरिरहेछ। तर येशूले तिनीहरूका पक्षमा उहाँका चोट लागेका हातहरू, उहाँको चोट लागेको शरीरका साथ बिन्ती गर्नुहुन्छ; उहाँका पछि लाग्नेहरू सबैलाई उहाँले घोषणा गर्नुहुन्छ: "मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ।" २ कोरिन्थी १२:९। "मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।" मत्ती ११:२९, ३०। त्यसो भए कसैले पनि तिनीहरूका खोटहरू निरुपाय छन् भनी नठानोस्। परमेश्वरले तिनीहरूलाई विजय हुनका लागि विश्वास र अनुग्रह प्रदान गर्नुहुनेछ।MBND 241.3
अहिले हामी महान् प्रायश्चित्तको दिनमा बाँचिरहेछौं। साङ्केतिक सेवामा जब प्रधान पूजाहारीले इस्राएलका लागि प्रायश्चित्त गरिरहेको हुन्थ्यो तब सबैले पापको पश्चात्ताप र परमप्रभुको सामुन्ने नम्र हुनेद्वारा तिनीहरूका प्राणहरूलाई इन्कार गर्न अनिवार्य थियो, नत्रता तिनीहरू आफ्ना जातिमध्येबाट बहिष्कार हुनुपर्नेथिए। त्यसरी नै जसका नामहरू जीवनको पुस्तकमा बाँकी राख्ने इच्छा गर्छन् तिनीहरू सबैले अहिले नै तिनीहरूका केही पश्चात्तापका दिनहरू बाँकी छँदै पापका लागि दुःख मान्ने र सत्य पश्चात्तापद्वारा परमेश्वरको सामु तिनीहरूले आ-आफ्ना प्राणलाई इन्कार गर्नुपर्छ। त्यहाँ गहिरो र विश्वासयोग्य हृदयको अनुसन्धान हुनुपर्छ। धेरै जना नामधारे विश्वासीहरूद्वारा अपनाएका हल्का र खेलाँची आत्माहरूलाई निकाल्नुपर्छ। श्रेष्ठताका लागि सङ्घर्ष गर्ने दुष्ट धारणाहरू वशमा राख्ने इच्छुक व्यक्तिहरू सबैका सामु त्यहाँ जोशिलो लड़ाइँ हुन्छ। तयारीको कामचाहिँ व्यक्तिगत कार्य हो। हामीले समूहहरूमा उद्धार पाउँदैनौं। कुनै व्यक्तिको शुद्धता र समर्पणले यी गुणहरूको अभावमा रहेका अर्को व्यक्तिमा पूर्ति गर्दैन। सबै जातिहरू परमेश्वरको सामुन्ने न्यायमा जानुपर्छ तापनि उहाँले प्रत्येक व्यक्तिको मुद्दालाई निकट अनुसन्धानकारी छानबिनसाथ जाँच्नुहुनेछ, जस्तो कि यस पृथ्वीमा अरू प्राणी कोही छैन। प्रत्येक जना जाँचिनुपर्छ र खोट वा चाउरी अथवा त्यस्तो कुनै थोकविना नै फेला पर्नुपर्छ।MBND 242.1
प्रायश्चित्तको अन्तिम कार्यसँग सम्बन्धित दृश्यहरू गम्भीर छन्। त्यहाँ समाविष्ट जोखिमहरू महान् छन्। माथि भएको पवित्रस्थानमा अहिले न्याय भइरहेछ। यो काम धेरै वर्षसम्म चलिरहेको छ। चाँडै नै—कसैलाई थाहा छैन कति चाँडो—जीवितहरूका मुद्दाहरूमा न्याय सुरु हुनेछ। परमेश्वरको भयावह उपस्थितिमा हाम्रा जीवनहरू पुनर्विचारका लागि आउनुपर्नेछन्। यो समयमा अरू कुनै पनि समयभन्दा पनि प्रत्येक मानिसले मुक्तिदाताको चेतावनीलाई ध्यान दिनु उचित हुन्छ: "जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।" मर्कूस १३:३३। "यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।" प्रकाश ३:३।MBND 242.2
जब छानबिन गर्ने न्यायको कार्य अन्त्य हुन्छ, तब सबै जनाको गन्तव्य मृत्यु वा जीवनका लागि निर्णय भइसकेका हुनेछ। आकाशका बादलहरूमा परमप्रभुको आगमन हुनुभन्दा अलिक अघि पश्चात्तापको समय अन्त भएको हुन्छ। ख्रीष्टले प्रकाशमा आगामी त्यो समयलाई हेर्दै घोषण गर्नुहुन्छ: "दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्। हेर, म चाँड़ै आउँदैछ। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।" प्रकाश २२:११, १२।MBND 243.1
धर्मीहरू र दुष्टहरू तिनीहरूको विनाशी शरीरमै पृथ्वीमा जिइरहेका हुनेछन्—माथि भएको पवित्र वासस्थानमा अन्तमा अखण्डनीय निर्णय पारित भइसकेको छ भनी सब अनजान भएर मानिसहरूले रोप्ने र घर बनाउने, खाने र पिउने गरिरहेका हुनेछन्। नोआ जहाजभित्र पसेपछि र जलप्रलयभन्दा अगाड़ि परमेश्वरले तिनलाई भित्र थुन्नुभयो र अधर्मीहरूलाई बाहिर छोड्नुभयो; तर सात दिनसम्म मानिसहरूले तिनीहरूको विनाश निर्धारित भएको थाहा नपाएर तिनीहरूको हेलचेक्य्राइँपन, सुख-विलास प्रेमी जीवन बिताइरहे र सन्निकट इन्साफका चेतावनीहरूलाई गिल्ला गरे। मुक्तिदाता भन्नुहुन्छ, "मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।" मत्ती २४:३९। शान्तसाथ, मध्यरातको चोरझैँ नचिताएको समयमा नै निर्णायक घड़ी आउनेछ जसले प्रत्येक मानिसको गन्तव्यको निर्धारित चिन्ह लगाउनेछ, अन्तमा प्रदान गरिएको अनुग्रह दोषी मानिसहरूबाट हटाइनेछ।MBND 243.2
"यसकारण तिमीहरू पनि जागा रहो ... नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।" मर्कूस १३:३५, ३६। जो सचेत नभई थकित हुनेहरू संसारको आकर्षणमा फर्केका छन्, तिनीहरूको अवस्थाचाहिँ जोखिमपूर्ण छ। जब व्यापारी मानिसहरू लाभ आर्जन गर्न लागी पर्छन्, जब सुख-विलास प्रेमीहरू भोगविलास खोजिरहेछन्, जब फेशन गर्ने आफ्ना पहिरनहरू मिलाउँछन्—शायद त्यही घड़ीमा सारा पृथ्वीको न्यायाधीशले सजाय घोषणा गर्नुहुनेछ। "हजूर तराजूमा जोखिनुभएको छ, र हल्का भेट्टाइनुभएको छ।" दानिएल ५:२७।MBND 244.1 | 2022/06/25 04:05:35 | https://text.egwwritings.org/read/14254.911 | mC4 |
अल्ट्रा धाविका मिरा आज अमेरिका जाँदै | Hamro Khelkud
अल्ट्रा धाविका मिरा आज अमेरिका जाँदै
काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि मंगलबार अमेरिका जाँदैछिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ जान लागेकी हुन् ।
च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् । अवार्ड जितेपछि आउटसाइडले अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनिन्' अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु । विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, त्यो भन्दा बढी देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । '
सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ । आउटसाइडकै खर्चमा उनी अमेरिकाको क्यालिफोर्निया जान लागेकी हुन् । अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।
माओवादी सेना समायोजनमा अयोग्य भएपछि उनले अल्ट्रा रेस सुरु गरेकी थिइन् । भोजपुरकी मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् । दुई बर्षअघि उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको थियो । गत बर्ष फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि उनको चर्चा चुलिएको थियो । | 2022/07/06 13:22:19 | https://www.hamrokhelkud.com/athletics/14959.html | mC4 |
कोरोनाले ६ महिनादेखि सुनसान ट्रि–हाउस - Gulminews
कोरोनाले ६ महिनादेखि सुनसान ट्रि–हाउस
२०७७ भाद्र १३, ०९:२०
१३ भदौ, गुल्मी । गुल्मीमा पर्यटकीय गनतव्य बनेको ट्रि–हाउस सुनसान भएको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारणले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–५, ६ र ७ मा पर्ने उनयचौरको ट्रि–हाउसमा आन्तरिक तथा बाह्य पर्यटक नपुग्दा ६ महिनादेखि सुनसान हुँदै आएको हो ।
गत वर्षको भदौबाट सञ्चालनमा ल्याइएको गुल्मीको उनाएचौरको ट्रि–हाउसमा अबलोकन कर्ता जान छोडेपछि सुनसान हुँदै आएको छ । यसक्षेत्रमै अन्तरिक तथा बाह्य पर्यटकीय गनतव्य बन्दै आएको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–५, ६, ७ को संगम स्थल उनयचौरमा सल्लाको रुखमा ट्रि–हाउसम निर्माण भएपछि पर्यटकको लागि अबलोकन गर्न लायक स्थल बनेको थियो ।
तर बिश्वव्यापी रुपमा फैलिरहे कोकोरोना भाइरसका कारणले झण्डै ६ महिना यता ट्रि–हाउसमा अबलोकन कर्ता नगएपछि सुनसान बनेको छ । कोरोनाका कारणले गत वर्षको चैत्र ११ गतेबाट बन्द गरिएको थियो । पुनः साउन ७ गतेबाट सञ्चालनमा ल्याइए पनि चहलपहल भने हुनसकेको छैन् ।
दैनिक १ हजार जनासम्मले अबलोक हुँदै आएको ट्रि–हाउसमा हाल भने १० देखि २० जना पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थी बताए । ट्रि–हाउस सञ्चालनमा ल्याएको एक वर्षको अबधीमा झण्डै ४ लाख रुपैयाँ संकलन भइसकेको छ ।
अबलोकनका लागि बिद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २० रुपैयाँ शुल्य लिइदै आएको छ । प्रदेश नम्बर ५ वन मन्त्रालयको १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ ।
रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मान्ने गर्दछन् । ट्रिहाउसमा अबलोकन गर्न शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गर्दथे । उनाएचौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणमा प्राबिधिक समस्या देखिए पछि बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय पर्यटकीय पार्क ट्रि–हाउस बनेपछि स्थानीयहरु उत्साहित छन् । | 2022/05/28 11:22:28 | https://gulminews.com/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A5%AC-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF-%E0%A4%B8%E0%A5%81%E0%A4%A8/ | mC4 |
त्यो आँगन
फोटो: ईश्वर देवकोटा
यो एउटा भान्जाले आफ्नो मामाघर सम्झिँदै लेखेको संस्मरण हो। यसमा २ वटा प्रसंग छन्। एक - यो फोटोमा देखिएको आँगनको कथा, अर्को - यो आँगनसम्म आईपुग्न हिंडेको बाटोको रोमाञ्चकारी यात्रा विवरण।
यो फोटो जुन स्थानमा बसेर लिईएको छ, त्यहाँबाट मुलबाटो दाँया हुँदै तलतिर जान्छ। आँगनतिर जाने र तलतिर लाग्ने गौंडोमै एउटा हँसिया उध्याउने ढुङ्गो छ। घाँस काट्न तल बारितिर लाग्ने जो कोहि पनि एकछिन त्यहाँ उभिएर हँसिया/खुर्पा उध्याएर मात्र तल झरेको मलाई याद छ। हँसिया उध्याउँदै गर्दा 'छोप्राकबाट उज्वल भान्जा आका हुन्?' भनेर सोध्ने गर्दथे। फलैंचाबाट म लाज मान्दै मुन्टो उठाएर हेर्थें र मुसुक्क हाँस्थे, सोध्ने मान्छेले पक्का गरोस कि 'हो रहेछ' भनेर। अनि बा (हजुरबुबा) ले बाँकी उत्तर दिनुहुन्थ्यो। खै किन हो मलाई पछिसम्म पनि मसेलमा उज्वल भान्जा भन्थे। पछि 'छोप्राक भान्जा'मा परिणत भयो। आमाको नाम चाहिँ 'मैना' नै रहिरह्यो।
म एकदिन यहि गौँडोमा सानो लठ्ठी बंग्याएर दुई छेउमा पाटको डोरी बाँधी बनाईएको धनुष-बाण लिएर बसेको थिएँ। आँगनमा चरोलाई पासो थाप्न खानेकुरा राखिएको थियो। यसका निर्माता हुनुहुन्थ्यो दिकप मामा। उहाँ खासमा दिपक मामा हो, तर सानोमा बोलि फुट्दै गर्दा भन्न नजानेर दिकप भन्थें। मैले लगभग ८-९ वर्ष हुँदासम्म पनि दिकप नै भनें। दिपक मामा मामाहरुमध्ये कान्छो हुनुहुन्थ्यो। वहाँसंग मसंग खेलिरहने समय हुन्थ्यो। मैले डिमाण्ड गरेका चिजबिज जम्मा पारिदिने जाँगर पनि थियो। म धनु-बाण बोकेर बसेको बस्यै भएँ। एउटा चरो आएन। आएको भए पनि मेरो बाण २ बित्ता पर पुग्थेन। तर मलाई धनुर्बिद्या नै सिकेको महसुस भयो।
यो आँगनमा खेलेको, लडेको, उठेको, दगुरेको याद छ। खले-गह्रोबाट दाइँ हालेको पराल सोहोर्दै उता टौवातिर लागेको याद छ। यो घरपछि ढिकी थियो, ढिकी पछि गोठ, अनि गोठपछि टौवा। टौवादेखि उता केहि निबुवा र आँपका रुख थिए। त्यो भन्दा उता चर्पी अनि तल्लो गह्रामा केराको झ्याङ्ग। मैले थाहा पाउने बेलासम्म गोठमा हल्का रातो रंगका, तिखा सिङ्ग भएका २ वटा जुरे गोरु, एउटा लैनो भैंसी, पाडो, एउटा बकेर्नो भैंसी र केहि बाख्रा थिए। आँगन मुन्तिर सिजनमा प्रसस्तै घिरौंला, काँक्रा, चिचिण्डाका झ्याङ्ग हुन्थे। भात खाएर चुठ्ने बेलामा लोटा बोकेर दौडिदै आँगनको डिलबाट तल्लो गह्राको बेलाउँतिको बुटोसम्म पुग्ने गरि कुल्ला गर्थें। त्यो बेलाउँतिको बोट मैले रोपेको थिएँ। सानुआमा (हजुरआमा) हुन्जेल कुनै बेर्ना- बुटा मरेनन। सबै हराभरा थिए। हरेकपल्ट दशैँमा टिका लगाउन जाँदा बुटो हेर्थें, पानी हाल्थें। अरुबेला सानुआमाले पानी हाल्नुहुन्थ्यो। वर्षैपिच्छे बुटो बढ्दै मभन्दा अग्लो भयो। जब बेलाउँति फल्न थाले, सानुआमा रहनु भएन। हामी मामाघर क्रम पनि पातलियो। दमको दिर्घरोगले सानुआमा बित्नुभए पछि २-४ पल्ट गएको याद छ। तर त्यो बेला मैले बेलाउँतिको बुटो पनि हेरिन।
म मसेल जाँदा घरमै आमासँग लुटपुटिएर बासिन। कहिले बासँग माथि खाईथोक, कहिले बगाले गाम, कहिले भट्टगाम, कहिले सपंगे, कहिले टारीखेत, कहिले पानी लिन ढापे, कहिले बुंदीखोल्सो, कहिले धान कुट्न तल निबेल खोलाको मिल। मैले नचारहेको ठाउँ छैन। निबेल खोलाको पानी मिल मैले सानोमा देखेको अदभुत चिजमध्ये एक थियो। बिजुली बत्ति पहिलोपल्ट त्यहिँ देखेको थिएँ। खोलाको पानी सिमेन्टेड कुलोद्वारा मिलको माथीसम्म ल्याई एउटा सानो रिजर्व ट्यांक बनाईएको थियो। त्यहाँबाट फलामको ठुलो ढ्वांग (पेनस्टक पाईप) हुँदै पानी बेगले तल मेसिनको टर्बाइन भएको ठाउँमा आउँथ्यो र मिलका फित्ता बेत्तोड़ले घुम्थे। म करिब ४ -५ वर्षको हुँदा देखेको त्यो चिजको मलाई यति धेरै कुरा मसिनो गरि याद छ कि, यसबारे एउटा छुट्टै ब्लग लेख्न सक्छु।
आफु हिंड्नसक्ने नहुन्जेल प्रायजसो मामाहरुले नै बोकेर मसेल र छोप्राक गराउनुभयो। मलाई काँधमा बोकेर हिंड्दाको रमाईला प्रसंग मेरा चारै जना मामाहरुसंग प्रसस्त छन्। आफु हिंड्न सक्ने भएपछिको हरेक आवत - जावत मलाई अहिले सम्झँदा अचम्मै रमाइलो लाग्छ। बाटो मात्रै रमाईलो भएर होईन, आफुलाई अचम्मै मायाँ गर्ने मामाघर जान पाउँदाको हर्षले मन फुरफुर भएर।
हामी केटाकेटिलाई गाउँ छेउको खहरे-भीर देख्नेबित्तिकै सधैं डर लाग्थ्यो। तर मसेल जान लाग्दा, गोरखा बजार, १३ किलो जान लाग्दा कहिल्यै डर लाग्थेन। तेर्सो तेर्सो बाटोमा माझगाम हुँदै कोईलिपानी मुन्तिरको चौतारो पुगेपछि एउटा बेग्लै रमाईलो लाग्थ्यो। पर पर सम्मको दरौंदी खोला, हरिया फाँट अनि साना-ठुला पहाडको चाङ्ग देखिन्थ्यो। दरौंदी पारीपट्टी माथि डाँडामा पृथ्वीनारायणले बनाएका गोरखा दरबारको छानो पनि देखिन्थ्यो। त्यहाँ पुगेर आँखाको एपर्चर खोलेपछि हामी लाग्थ्यौं देब्रेतिर, जहाँबाट चिलाउने, सिसौ, उत्तिस र खयरको बन सुरु हुन्थ्यो। तुँवालो नभएर छ्याङ्ग भएको दिन त्यहाँबाट सिधै निबेलको उकालो समेत देखिन्थ्यो। बुङ्ग बुङ्ग धुलो उड्ने बनको बाटोमा हामी बेतोडले सास रोकेर हिड्थ्यौं। दशैंको बेलामा बाघ ज्यादा लाग्थ्यो। कतिपल्ट त पर झाडीमा बाघ कराएको सुनिन्थ्यो। बुबा, काका, मामा वा अरु कोहि ठुला मान्छे साथै हुँदा चाहिँ बाघको डर मानिएन। छोरा मान्छेको हप्काईले बाघ डराउँछ भन्थे। तर आमा र म मात्रै त्यो बाटो जाँदैछौं भने चाहिँ मनमा ढुकढुक भईरहन्थ्यो। मेरो डाँकोले बाघ भगाउन सक्ने गरि म ठुलो भईसकेको थिईन, तर पनि लुरे स्वरमा 'डराउन पर्दैन आमा, अलि सानो सानो खालको बाघ त म लखेटीहाल्छु नि' भन्थें। मलाई थाहा थियो, मेरो स्वरले ठुला बाघ मरिगए भाग्दैनन्।
जरेबर फाँट (google maps 2020)
ओरालो सकेर जरेबर झरेपछि ढुक्क हुन्थ्यो। खेत-खेतै तेर्सो बाटो हिंड्न सजिलो लाग्थ्यो। जरेबरको आकर्षण उखु हो। जरेबरमा आजकल उखु छैनन्। त्यसैले उखुबिनाको बेरसिलो जरेबरलाई जरेबर नभनेर अरु क्यै भने हुन्थ्यो जस्तो लाग्छ। फेवाताल झिकेपछि पोखरालाई कसरि पोखरा भन्नु! लामा लामा जरा भएका ठुला बरको रुखमुन्तिर लहरै उखु बेच्न राखिन्थ्यो। मान्छेले खाएर फालेका उखुका खोस्टाले बाटो छापिन्थ्यो। हिंड्दा लचक लचक हुन्थ्यो। रसिला, लामा लामा उखुका ढाँक नकिनी त्यो बाटो भएर हिंड्ने कोहि जाँदैनथिए। रातो रंगको उखु कडा हुन्थ्यो, हरिया रंगको नरम र रसिलो। एक मोहोरमा ठिक्क खाले, १ रुपैयाँमा ठुला उखु पाईन्थे। एक मान्छे अग्लो उखु खाँदै, टेक्दै, घिसार्दै म मामाघरसम्मै पुर्याउँथे। स्वादिला उखु, बाटो हिंड्ने मान्छे बास बस्न बनाईएको जस्ताले छाएको एउटा पाटी, बाटो छेउमा दरौंदीको white noise जस्तो लगातारको सुसाई, झ्याम्म परेका बरका गाढा अनि शितल छायाँ मलाई जरेबर भन्नेबित्तिकै सम्झना आउने चिजहरु हुन्।
कुईनोबाट रस चुहिनेगरि उखु चुस्दै चुस्दै अघि बढेपछि नयाँ साँघु आउँछ। त्यहाँ बस्ति बाक्लो थियो। हाइस्कुल थियो, धेरै पसल थिए। त्यति भएपछि त्यसलाई नयाँ साँघु बजार भन्न मिल्थ्यो। छोप्राकबाट जाँदा त्यहाँ खाजा खाने चलन थिएन। बाटो त्यति कटेको हुन्थेन। फेरी जहिले, जहाँ निस्किए पनि भात खाएरै निस्किने चलन हुँदा भोक लाग्ने बेला भईसकेको हुन्थेन। मसेलबाट फर्किंदा भने सधैं नै खाजा खान बसिन्थ्यो। चिउरा-तरकारी एक नम्बरको खाजा थियो। नयाँ साँघु सुरु भएदेखि नसकुन्जेलसम्म लहरै दुई लाईन पसलहरुबाट चिया, पाउरोटी, चुरोट, बिस्कुट, चप्पल, जर्किन, चिनी, मट्टीतेल, ताजा तारिंदै गरेको दुनोट, आदिको बासना हरर आउँथ्यो। बिभिन्न पसलबाट स्वाँ… सुसाउने गरि मिडियम वेभमा रेडियो नेपाल बजिरहेको हुन्थ्यो। कति बजेको समाचार आउँदैछ, त्यहि अनुसार टायमको पत्तो चल्थ्यो। "हलुका र मुलायम छ , हात्ती छाप चप्पल" भन्ने बिज्ञापनको अन्तिमको "चप्पल" शब्दको echo 'चप्पल - चप्पल - चप्पल' हुँदै पर पर सम्म फैलिन्थ्यो। दरौंदीको सुसाईमा मिसिन्थ्यो, अनि बिलाउँथ्यो।
नयाँ साँघुबाट दरौंदीलाई दाहिने पार्दै फाँटै फाँट हिंड्दा निबेल आईपुग्छ। दशैँ तिहारको बेलामा खोलो तर्न सकिने हुँदा फाँटको बाटो छोटो पर्थ्यो। स्थानियले अस्थायी पुल फड्के समेत हालेका हुन्थे। तर बर्खामा चाहिँ खोलाको फड्के बगाउँथ्यो। त्यसैले नयाँ साँघुबाटै झोलुङ्गे पुल तरेर पारीपट्टि शिखर तिरको बाटो निबेल पुग्न पर्थ्यो। फाँटको बाटोमा मजा आउँथेन। शिखरतिरको बाटोमा बाक्लो बन थियो। बाहिरबाट कालो अँध्यारो देखिन्थ्यो। लामा लामा लहरामा बाँदर मच्चिरहेका हुन्थे। साना साना खोल्सा हुन्थे, प्रसस्तै झरना देखिन्थे। बनको बाटोमा एउटा मिठो सुवास हुन्थ्यो। हरेक बनको एउटा सुवास हुन्छ। फाट्टफुट्ट बेलका रुखहरु थिए। बेल पाक्ने सिजनमा परैसम्म हरर बास आउँथ्यो। बल्ल बल्ल टिपेर एक दुई पल्ट खाईयो, तर स्वाद अचम्म मिठो केहि लागेन। त्यसपछि म काग जस्तो भएँ। (बेल पाक्यो, हर्ष न बिस्मात क्या)। यो बाटो हिंड्न छोडेपछि मैले कहिल्यै बेलको रुख देखिन, बेल पाकेको पनि देखिन। भिरमा एउटा रुखमा अर्को रुख पलाईरहेको हुन्थ्यो, माथिबाट लहरा सर्लक्क पर्दै निक्कै तल सम्म झर्थे, घर आँगनतिर कहिल्यै नदेखिने चराचुरुङ्गि देखिन्थे। खोलाको सुसाई, झरना, चराचुरुङ्गिका आवाज, बाँदरका बथानको कल्याङ्ग मल्याङ्ग, बाटो हिंड्ने मानिसका गुन गुन, आफ्नै पसिनाको गन्ध, अघिल्लो दिन गाँसेको आफ्नो चप्पलमा पसिनाले चिप्लिंदै गरेको खुट्टा, थाकेर लोसे भएका त्यै खुट्टाका चाल, मलाई यस्ता साना साना चिज नियाल्दै, अनुभव गर्दै हिंड्न खुब मज्जा लाग्थ्यो।
निबेलको फाँट माथि, उकालो सुरु हुने बेलाको घरहरु यादगार थिए। एकदम नेपाली मौलिक ढाँचाका ४-५ घर थिए। त्यसमध्ये एउटा घरको अगाडी सानो खरले छाएको गोलाकार छाता जस्तो थियो, अहिलेको garden umbrella भन्न मिल्ने डिजाईनको। त्यस घरबाट हरबखत पुजापाठ गरिरहेको आवाज गुन्जिंथ्यो। बासनादार अगरबत्तिको धुवाँ आउँथ्यो। आँगनमा तुलसीको मठ मिहेनत गरेर सजाईएको हुन्थ्यो। म त्यो बाटो हिंडेको बेलामा आँगन तिर मान्छे चाहिँ खासै देखिन। तर लाग्थ्यो, त्यहाँ केहि न केहि धार्मिक अनुष्ठान र चहलपहल भईरहेको छ। हाम्रो बाटो आँगन मुन्तिर कुलोको डिलै डिल जान्थ्यो।
निबेलको उकालो लामै थियो, तर छोप्राकको जस्तो ठाडो उकालो थिएन। s आकारका घुमाउरो घुम्ती हुनाले ठाडै बाटो हिंडेजस्तो गाह्रो थिएन। तर बिचमा २-३ पल्ट नबसी माथि चौतारोमा पुगिन्नथ्यो। उकालो बिचमा कतै बाँसको झ्याङ्ग थियो, जहाँ मैले हरेकपल्ट फिरफिरे बनाएँ। दरौंदी र निबेल खोलाको बतासले बेत्तोड़ घुमाउने फिरफिरे मैले हातमा ठड्याएरै उकालो काट्थे। मसेलतिर लाग्ने तेर्सो बाटो आएपछि कतै खस्थ्यो। कहाँ खस्यो, फर्केर हेर्ने पनि गरिएन।
उत्तरतिर फर्किएको मसेल लाग्ने तेर्सो बाटो एकदम सेपिलो थियो। पसिना ओभाएपछि चिसो हावाले जाडो जाडो भएको जस्तो लाग्थ्यो। हामी उज्यालोमै मामाघर कहिल्यै पुगेनौं। बेलुका ६-७ जस्तो बजेको हुन्थ्यो। बाटोमा साना पसलमा झुण्ड्याइएका रेडियोका आवाज परसम्म गुञ्जयमान हुन्थे। बिशेषगरि समाचार र बेलुकाको घटना र बिचारको signature tune मलाई एकदम याद हुन्थ्यो। दशैंको बेलामा मानिसको चहलपहल बाक्लो हुन्थ्यो। अँध्यारो भयो भनेर डर मान्नु पर्दैनथ्यो। निधारमा अटुन्जेल टिका, टाउकाभरि एक भारी जमरा हल्लाउँदै सपरिवार फर्किएका, टिका लगाउने गन्तव्य पुग्न हतार हतार लम्किएका प्रसस्तै भेटिन्थे। दोबाटो र चौतारामा हालेका हरेक पिङ मैले नबिराई खेल्थें। ढिलो भईसकेको छ भने २ सर्को मात्र नि खेल्थें।
अन्तत: तेर्सो तेर्सो बाटोमा सपंगे, भट्टगाम हुँदै मामाघर पाण्डेगाम टेकिन्थ्यो। मामाघर पुग्न २ मिनेट बाँकी हुँदा म दौडेर अरु भन्दा अगाडी पुग्न खोज्थें। ४-५ घण्टा हिंडेको थकान, भोक र पसिना जम्मै बिर्सेर त्यो आँगन टेक्दा बेग्लै स्फूर्ति आउँथ्यो। झमक्क परिसकेको साँझमा प्रायजसो हजुरबुबा सानो टुकी बालेर तमाखु खाँदै हुनुहुन्थ्यो। म खुसीले बाटोबाट एकै सासमा कराउँथे - 'बा s s … हामी आएम!'
पोखरा ब्लुज: तुँवालोकि पूर्णिमा
'मिर्मि मुनि काली थुनेको, अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको'… पश्चिमाञ्चल क्याम्पसबाट 'माछापुछ्रे भ्यु-पोइन्ट' पिकनिक जाँदा यहि गीत बारम्बार बजिरह्यो। इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्को कक्षामा जम्मा जम्मी ३५ जना बिध्यार्थी, त्यसमध्य केटिहरु जम्मा ६ जना। ६ जनामा एउटी विबाहित, एउटीको ब्वाईफ्रेण्ड, एउटी चाहिं केटा देख्यो कि कुटौलाझैँ गर्ने। गाडीमा राम्रो गीत बज्दा यसो राम्री केटितिर फर्केर गाउन पनि थोरै 'अप्सन' बाँकी थियो। बसभरिका जम्मै तोर्पे केटाहरु तिनै बाँकी रहेकातिर फर्केर गला खोलि खोलि गाउने। कसको सुनुन, कसको नसुनुन! जम्मै केटाहरुलाई आफ्नो इम्प्रेसन तिनै तिर देखाउनु छ। कता हेरुन, कता नहेरुन! खैर, यो प्रसङ्ग अहिलेलाई यत्ति। सबै इञ्जिनियरिङ् कलेजको यहि हविगत हो।
पोखरा पहिलोपल्ट छिर्दा म निरास भएँ। कोत्रे काट्ने बित्तिकै जम्मै बाटो मलाई पोखरा-पोखरा लाग्न थालेको थियो। हरेक मोड काटेपछि 'अब फेवाताल देखिन्छ' भनेर आँखा तन्काउँथें। बसले बिजयपुर खोला तर्यो, तैपनि फेवाताल आएन। पर परसम्म डाँडातिर आँखा लगाएँ, माछापुछ्रे पनि छैन। त्यो दिन तुँवालोले ढाकेको रहेछ। मेरो आँखाभरि टिभीमा देख्ने गरेको फेवाताल र माछापुछ्रे, म स्वयम् पोखरामा पदार्पण गर्दा देखिएनन। तैपनि सबै दृश्य आँखाभरि खिचीरहें। मोबाइल भन्ने आएकै थिएन, रिल-वाला क्यामरा पिकनिक र दशैँमा मात्र हुन्थे। एक जोडी आँखाले खिचिरहें। पोखरा आएपछि त माछापुछ्रे देखिनुपर्ने। अमरसिंह चोक आइपुग्दा सम्म मलाई बिश्वासै लागेन, म पोखरा जाँदै छु भनेर। मैले छेउकै सिटमा रहेको एक मान्छेसंग सोधें- 'दाइ पोखरा आउन अब कति बाँकी छ?'। तिनले हाँस्दै भने- 'खै भाइ, हाम्रो पोखरा त यहि हो, तिम्रो पोखरा कहिले आउँछ कुन्नि'! धन्न अरु कसैले सुनेन त्यो, नत्र मलाई बसभरिका मान्छेले उडाउँथे। कहिल्यै पोखरा जान नपाएर अत्तालिएको मलाई पोखरामा त हरेक दिन फेवातालमा नुहाएर माछापुछ्रेमा लुगा सुकाउँछन् जस्तो लाग्थ्यो।
भर्ना हुने म्यादको अन्तिम दिनको अन्तिम मिनेटमा मेरो इञ्जिनियरिङ्को पढाई पक्का भएको थियो। 'स्कोलरसिप'मा नाम निस्किए पनि समयमै खबर नहुँदा गोरखा छोप्राकमा मलाई ढिला गरि थाहा भयो। ४ बज्न १० मिनेट बाँकी छँदा प्रशाषन शाखाका सरले बल्लबल्ल फोटो टाँस गरि भर्ना रकम बुझेपछि मैले धेरै लामो सास फेरेको थिएँ। पैसाको जोहो कसरि गरियो, त्यता नजाउँ। बुद्धिसागरको कर्णाली ब्लुज जत्रो अर्को 'भर्ना ब्लुज' बन्छ मेरो। भर्ना गरेर फर्किंदा औध्योगिक क्षेत्रमा रहनुभएका मामाले खल्तीमा ५०-५० का सातवटा नोट हालिदिनु भयो, बाटोखर्च भनेर। त्यति धेरै 'बाटोखर्च' मैले अहिलेसम्म पाएको थिईन। जिन्सको खल्तीभित्रको सानो गहिरो खल्तीको भित्रपट्टि पट्याएर राखें। त्यो दिन, न गाडीको कन्डक्टरसंग भाडामा दोहोरि खेलें, न बाटोमा सबभन्दा सस्तो खाजा रोजें।
त्यसको केहि महिनापछि पातला ओढ्ने ओछ्याउने, केहि थान खेस्रा कापी, राम्रा बलपेन, मनपर्ने गीतका २ वटा चक्का, केहि जोर लुगाकपडा, र अन्य त्यस्तै चिजबिज पोको पारेर दोस्रो पल्ट लामाचौर उत्रिएँ। खुट्टामा सजिला जुत्ता थिए। 'गोल्डस्टार' लगाउँदा हेप्छन भनेर, उही मुल्यमा आउने कुनै ब्राण्ड थियो, गोल्डस्टार नलेखेको। इञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (बोलीचालीको भाषामा डब्लु.आर.सी) को गेटबाट झन्डै पाँच मिनेट भित्र सेती खोलाको डिलनेरै भएको होस्टेल देख्दा सुरुमा त हराउँछु कि जस्तो लाग्यो। पाँचवटा ब्लक थिए, हरेकमा ३ वटा तला, हरेक तलामा २८ वटा कोठा। मान्छे नहुने हो भने त सबै भूतबङ्गला जस्ता देखिन्थे। तर बिद्यार्थीको चहलपहल यति हुन्थ्यो कि २४ सै घण्टा कोहि न कोहि पढाईको प्रेसरले भट्किरहेका हुन्थे। त्यहाँको होस्टेल बसाईको लगभग सबै कथा हिन्दि फिल्म 'थ्री इडियट्स' जस्तै छ। बाथरुमको पालो, पानीको दुख, लुकेर बाल्ने हिटर, कौसीमा चल्ने 'स्टिम इन्जिन', एक्जामको चटारो, साथीहरुको प्रतिस्पर्धा, रिजल्ट आउने दिनको रौनक, केटिको निहुँमा हुने मारमुंग्री, आदि इत्यादि। झण्डै ३ वर्षको होस्टेल बसाई समग्रमा ३ घण्टाको रोमान्चक फिल्मझैं रह्यो।
पि.एन क्याम्पस वा बिन्दबासिनीतिर झरेको दिन बगरबाट धेरैजसो हामी हिंडेरै लामाचौर पुग्थ्यौं। कि त हाम्रो खल्तीमा पैसा हुन्थेन, कि त गाडीको पुरानो खलासीसंग हाम्रो लफडा परिसकेको हुन्थ्यो। के.आइ.सिंह पुल हुँदै उकालोमा लेफ्ट-राइट-लेफ्ट राम्रै चल्थ्यो। ५ रुपैयाँ साधारण भाडामा बिध्यार्थी कार्ड देखाउँदा ३ रुपैयाँ तिर्नुपर्थ्यो। त्यहि ३ रुपैयाँ तिर्दा पनि कार्ड सक्कली/नक्कली छुट्याउँदै र बाझाबाझ गर्दै हामी उपल्लो दीप पुग्थ्यौं। त्यहाँसम्म पुगेपछि हिंडेर क्याम्पस पुग्न धेरै लाग्दैनथ्यो। "साला, भोलि 'डब्लु.आर.सि'कै बाटो आउँछस होइन, पख टायर बल्छ ह्याँ ह्वारह्वार", यो बाक्य त्यो रुटमा हिंड्ने हरेक जसो गाडीका कन्डक्टरले सुनिसकेका हुन्थे। अरु सबै बेलामा ज्ञानी र 'हल्का पढन्ते' टाईपमा गनिए पनि भाडा तिर्ने बेलामा चाहिँ कलेजका हुल्लडबाजकै ग्यांङ्मा मिसिन्थें। 'पाखुरा सुर्किने' दलमा मिसिए पछि ज्ञानी भएर पछाडी उभिए पनि भाडा छुट पाइन्थ्यो।
पहिलो सेमेस्टर म गाउँबाट पहिलोपल्ट सहर पसेको केटोझैं जिल्ल परेर हराएँ। पढाईमा अब्बल नभए पनि ७५ % कटाएँ, राम्रै बिद्यार्थीमा गनिन्थें। दोस्रो सेमेस्टरमा म पूर्णिमाको साथी भईसकेको थिएँ। कसरि भएँ, मलाई याद छैन। इन्ट्री खासै फिल्मी रहेन। पूर्ण चन्द्र जस्तै उज्याली पूर्णिमाका अक्षर सुन्दर थिए। उसको अनुहार दुरुस्तै अक्षर जस्तै थिए, बान्की परेका। उ सुन्दर थिई। हामी धेरै प्राक्टिकलहरुमा संगै हुन्थ्यौं। ग्रुप् वर्कमा, कक्षामा, पिकनिकमा, क्याफेमा संगै हुन थालेपछि एकाएक 'नोटिस' हुन थालें। पूर्णिमा भन्दा झन्डै दोब्बर हाइटको त्यो लम्बु केटा को हो भनेर अरु डिपार्टमेन्टका केटाहरु गम्भीर 'इन्क्वाइरि'मा लागे। एक्लै दुक्लै बाटो हिंड्दा घुरेर हेर्न थाले। ह्या... मलाई बाल! म उसको कोइ न कोइ। कागलाई बेल पाक्यो, हर्ष न बिस्मात। म वास्ता नगरी हिंड्न थालें।
पूर्णिमा र म मिलेर पुरानो उखानलाई अलिकति मिलायौं। म काग पनि थिईन, उ बेल पनि थिईन।
"हन?"- यो चाहिँ उसको थेगो। "हैन?" भन्न कहिले जानिन।
उसका र मेरा अक्षर मिल्थे। नपत्याउने गरि दुरुस्तै मिल्थे। गोला गोला सर्लक्क परेका अक्षर कक्षामा सबभन्दा फरक थिए। लेक्चररले एकपल्ट त दुवैजनालाई अफिसकोठामा बोलाएर झाँको झारे- "जाँचमा किन तैले उसको नाम लेखेको? दुबैजनाको उत्तर एउटाले लेख्ने? दुबैको पेपरमा जिरो हाल्दिन्छु"। हामी ट्वाँ पर्यौं। उनकै अगाडी अफिस कोठामा दुवैजनाले लेखेर नदेखाएसम्म मानेनन्। दुवैजनाको अक्षर एउटै ढाँचाका भए। उनको चित्त बुझ्यो।
पूर्णिमा मलाई नयाँनयाँ कुरा सुनाउँथि। साथीहरुका बारेमा, सम्बन्धका बारेमा, उसको परिवारको बारेमा, उसको पोखराको बारेमा। बेलाबेलामा उसको ब्वाईफ्रेण्डको बारेमा पनि सुनाउँथि। म सबै कुरा ज्ञानी भएर सुनिरहन्थें। कहिलेकाहिँ भन्थी- "तँ अरुभन्दा फरक छस"। त्यसो त सबैजना एक अर्का भन्दा फरक हुन्छन। "हैन क्या, तँ अरुभन्दा फरक छस। अहिले बुझ्दैनस, पछि बुझ्छस"। म जिल्ल पर्थें। एउटै उमेर, एउटै पढाई, उस्तै भोगाई, फेरी किन उसले धेरै कुरा थाहा पाई, मैले पाइन?
म पनि पत्रपत्रिकामा झुन्डिने मान्छे। म उसलाई अन्तर्राष्ट्रिय राजनीति, बिज्ञान, माओबादि युद्ध, आदि बारे सुनाउन थालें। अब ज्ञानी भएर सुन्ने पालो उसको थियो। बिशेषगरि गोरखाका प्रसंग उसको लागि नयाँ थिए। अब एक अर्काको लागि सुनाउने नयाँनयाँ बिषय निस्किन थाले। गफ त कहिल्यै नसकिएला जस्तो हुन लाग्यो। पहिलो बर्षको जाँच सकिएपछि जाडो बिदा भयो। सबैजना घर जान तम्सिन थाले। मलाई भने झोला बाँध्ने जाँगरै चलेन। उद्घोषण तालिम सिक्ने भनेर बसें। यता पूर्णिमासंग गफ नै सकिएको छैन, यत्तिकै छोडेर कता जाउँ। फर्केर आउँदा मैले भन्दा धेरै कुरा जानेकी रहिछ भने? बर्बादै हुन्छ। मसंगै होस्टेलका अन्य ५-७ जना साथीहरु पनि सिक्ने भए। हामी हुल बाँधेर हरेक दिन उद्घोषण तालिम दिने ठाउँ न्युरोड पुग्थ्यौं।
कलेजको बिदा सुरु भयो। तर पूर्णिमा र मेरो व्यस्तता सुरु भयो। हामी दिनभर कलेजमा बिताउन थाल्यौं। कहिले कुनै ल्याबको अगाडी, कहिले कुनै ल्याबको। ३१२ रोपनी क्षेत्रफलमा फैलिएको ठुलो क्याम्पसको महत्व हामीले बल्ल बुझ्यौं। उसले पटकपटक मलाई उसको ब्वाईफ्रेण्डसंग भेटाउँछु भनि। तर त्यो दिन कहिल्यै आएन। उ घरबाट जहिले पनि जाडो महिनामा 'एक्स्ट्रा कोर्स' छ भनेर आउँथि। हरेक दिन ट्याक्क १० बजे। म खाना खाएर तयार भएर बस्थें। कलेज परिसरका सबै सिंढी र चौरमा अड्डा जमाएर बसियो। मित्रता- रबरमा बाँधेको डल्लो जस्तो थियो। कहिले एकदम नजिक, कहिले हुत्तिएर कहाँ हो कहाँ टाढा।
धर्म, राजनीति, युद्ध, पढाई, फिल्म, गीत, प्रेम, परिवार, साथीभाइ, लगभग सबै कुरामा बहस हुन्थ्यो। तर अन्त्यमा उ र म एउटै टिममा हुन्थ्यौं, प्रतिपक्षका को हुन्थ्यो, अहिले याद छैन। केहि दिनमा ति सकिएपछि हाम्रो अड्डा बाटुलेचौर बन्यो। त्यहाँ पनि अलि अफ्ठ्यारो लागेपछि हामी कालीखोलाको जिर्ण झोलुङ्गे पुलमा झर्यौं। एउटा चिप्स, दुई वटा चाउचाउ, एउटा कोक लिएर कालीखोला झरेपछि हामी साँझ ४ बज्ने बेलामा उठ्थ्यौं। कुरा सुनेरै महान बन्ने भए बिचका केहि फक्लेटा झरेका त्यो थोते झोलुङ्गे पुल सबैभन्दा ज्ञानी हुन्थ्यो होला। जाडो बिदा सकियो। अहँ, गफ सकिएन।
"…. अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको"।
माछापुछ्रे भ्यु प्वाइन्ट पिकनिक जाँदा बसमा कुन चाहिँलाई औधि मनपरेछ क्यारे, घुमाई घुमाई १७ चोटी बजायो। धेरै जना केटाहरुले भाका मिलाउँदै पूर्णिमा तिरै हात सोझ्याएर आफ्नो कला देखाए। तर उ मलाई पुलुक्क हेर्थी। मैले अरु केटीहरुसंग बोले भनेर उसलाई बेलाबेलामा रिस उठ्थ्यो। आँफुलाई पछिल्लो पल्ट एउटी पहिलो बर्षकि केटीले दिएकी प्रेमपत्र जस्ताको तस्तै पूर्णिमालाई लगेर बुझाएको थिएँ। संगै खोलेर पढ्दै हाँसियो। एकपल्ट झर्किएर भनि- "जस्तो पायो त्यस्तो केटिसंग संगत नगर्नु, तिम्रो लागि केटि म छानिदिन्छु"। मैले ज्ञानी भएर टाउको हल्लाएँ - "हस"।
"छेउको सिटमा आउ न"! नबोलीकनै उसले बोलाई। मैले पनि कसैले नसुन्ने गरि सुनें। धेरै नजिक भएपछि २० हर्ज देखि २० किलोहर्ज बिचको 'फ्रिक्वेन्सी रेन्ज'नै नचाहिने। हातमा रबर बाँधेर डल्लो घुमाएजस्तो हाम्रो मित्रता, यो बेला खुम्चिएर एकदम नजिक थियो। पिकनिक सार्है रमाइलो रह्यो। धेरैका लागि अविस्मरणिय। त्यो दिनको पिकनिकको कथा आफ्नो ब्याचका साथीहरु अहिले पनि हाल्छन।
एकदिन होस्टेलमा धोएर सुकाएको सर्ट चिसोले नसुकेर साथीको कालो सर्ट लगाएर गएको थिएँ। त्यो दिन पूर्णिमा मेरो प्रशंसा गरेको गर्यै भई। "भोलिपल्ट नि यहि सर्ट लगाउ है, म क्यामरा लिएर आउँछु, तिम्रो फोटो खिचेर म घरमा राख्छु। सधैंलाई सम्झना हुन्छ"। म मक्ख परें। बेलुका आफ्नो सुक्न लागेको सेतो सर्ट फेरी पानीमा भिजाएँ। साथीसंग बहाना बनाएर उही सर्ट ढल्काएर गएँ। तर पूर्णिमाले क्यामरा नै ल्याईनछ। अँझ उसलाई त हिजो भनेको कुरा यादनै रहेनछ। मेरो उत्साहको मिटर जिरोमा झर्यो। मैले केहि प्रसंग नै नझिकी चुपचाप फर्किएँ। उसले फेरी एकपल्ट रबरको डल्लो टाढा हुत्त्याई।
पहिलो सेमेस्टर देखिने मेरो नम्बर बढ्ने क्रममा रह्यो। दोस्रो बर्षदेखि सबै सेमेस्टरमा लगभग ८०% को हाराहारीमा रह्यो। उत्तरार्दतिर पढाईमा मजा आउन थाल्यो। संगैका साथीहरु सार्है मिहेनती र मिलनसार थिए। मित्रता र प्रेम बिचको फरक मार्कशिटले स्पष्ट देखाउँदै थियो। अन्तिम बर्षमा एउटा एफ.एम. मा कार्यक्रम चलाउन थालेको थिएँ। साथीहरु मिलेर आफ्नै पहलमा रोबोट पनि निर्माण गर्न लागेका थियौं। अब उसको र मेरो गफ पनि लगभग सबै सकीइसकेका थिए। कालीखोलाको बुढो झोलुङ्गे पुल खोलाले लग्यो कि के भयो, वास्ता भएन। भविष्यका नयाँ पुलहरु बन्दै थिए। एकदिन महेन्द्रपुलको सस्तो बजारबाट प्लास्टिकका जुन र तारा ल्याएँ। आँफु सुत्ने ठिक मथिल्लोपट्टि टाँसेको थिएँ। बत्ति निभाएपछि पिलिक्क हरियो बलेका जस्ता देखिन्थे। एउटा चन्द्रमा मेरो सिरानी माथितिर बस्यो, भित्ताभरि ताराहरु। मलाई अचम्मसंग रमाइलो लाग्यो।
पढाई सकिनेबित्तिकै उ आफ्नो ब्वाईफ्रेण्डसंग बिहे गर्ने योजना सुनाउँथि। म त्यो पनि रमाइलै मानेर सुनीरहन्थें। उ आफ्नो नयाँ जीवनको रमाइला योजना सप्रसंग व्याख्या गरिरहन्थी। त्यो पनि ज्ञानी भएर सुनें। साथीसंग माग्न नपरोस भनेर मैले पैसा जोगाएर कालो सर्ट किनेको थिएँ। तर त्यसमा उसको कुनै चासो हुन्नथ्यो। चासो नदेखाएकोमा मेरो गुनासो पनि रहेन। कुनै अपेक्षा नराखिकनै नजिक रहनु काइदाको चिज रहेछ। जतिखेर पनि सजिलै 'बाई' भन्न सकिने!
पोखरा बसाईको अन्तिम दिन झोला मिलाउँदै गर्दा प्लास्टिकका जुन उप्काउन मनलाग्यो, तर अँह, त्यसै छाडीदिएँ। त्यो ठाउँमा म जस्तै अर्को कोहि पुग्दा, त्यहि टिलपिल गर्ने जुन र तारा देखोस। पोखरा छोडेर बिजयपुर खोला तरिसक्दा पहिलोपल्ट पोखरा आउँदाजस्तै तुँवालो थियो। तर त्यसबेला माछापुछ्रे र फेवाताल खोज्न जरुरि रहेन। मलाई थाहा थियो, माछापुछ्रे र फेवाताल कहाँकहाँ बस्छन भनेर।
at 4/03/2016 1 comment:
Labels: पोखरा ब्लुज: तुँवालोकि पूर्णिमा
" ओने कोन्जो !" भन्दै उसले मलाई एक्कासि तिकुरिल्ला ट्रेन स्टेसनको सब-वे मा अँगालो हाली | हल्का अँध्यारो भईसकेको थियो | यसै पनि ह... | 2022/07/02 05:39:53 | https://bhoowan.blogspot.com/ | mC4 |
चिनियाँ रेलः एक कदम अगाडि - Everest Media News
Home राजनीति चिनियाँ रेलः एक कदम अगाडि
In: राजनीति, समाचार
प्रधानमन्त्री केपी ओली यसपाली चीनका लागि दुई वटा खुसीका खबर बोकेर बेइजिङ पुगेका थिए। पहिलो, एमाले र माओवादी एकतापछि नेपाल कम्युनिष्ट पार्टीको गठन। पछिल्लो एक दशक एमाले र माओवादीसँग छुट्टाछुट्टै सम्बन्ध राख्ने क्रममा 'दुई पार्टी मिले हुन्थ्यो' भन्ने सुझाव दिँदै आएको चिनियाँ कम्युनिष्ट पार्टी र त्यसका महासचिव सी चिनफिङका लागि यो एउटा सुखद खबर थियो।
दोस्रो, नेपालमा लामो समयपछि गठन भएको दुई तिहाई बहुमतको सरकार, जसले आर्थिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ। नेपालमा स्थिर सरकार बनोस् र पूर्वाधार निर्माणमा लगानीको वातावरण तयार होस् भन्ने चाहना राख्दै आएको चीनका लागि यो अर्को सकारात्मक पक्ष हुने नै भयो।
यही अवसरमा चीनका राष्ट्रपति सीले तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग केरुङ हुँदै काठमाडौं जोड्ने घोषणा गरेका छन्, ओलीसँगको वार्तामा। ओलीको चीन भ्रमणको यो नै सबैभन्दा महत्वपूर्ण उपलब्धी हो, जुन सफल भयो भने उनको राजनीतिक जीवनकालको सबैभन्दा स्मरणयोग्य विषय बन्नेछ, दीर्घकालसम्म।
प्रधानमन्त्री ओलीको यो भ्रमणमा नेपाल–चीनबीच मूलतः तीन वटा विषयमा प्रगती भएको छ।
१. राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सुनिश्चितता।
२. केरुङ–काठमाडौं रेलमार्गमा सहकार्य गर्ने सम्झौता।
३. व्यापार तथा पारवहन प्रोटोकलको अन्तिम तयारी।
यी तीन र अन्य विषयमा यसपाली भएको प्रगती ओलीले दुई वर्षअघि गरेको चीन भ्रमण र त्यसबेला भएका सम्झौता सहमतीसँग जोडिन्छ।
८ चैत २०७२ को साँझ बेइजिङस्थित नेपाली दूतावासमा एउटा विशेष समारोह आयोजना गरिएको थियो। दक्षिण एशिया मामिला अध्ययन गर्ने बेइजिङका करिब दुई दर्जन चिनियाँ विज्ञसहित त्यहाँ झण्डै डेढ सयको जमात उत्सुकतासाथ कसैको प्रतिक्षामा थियो।
एकैछिनमा प्रधानमन्त्री केपी ओली निकै उत्साहका साथ आफ्नो दलबलसहित दूताबासको हलभित्र छिरे। राजदूत महेश मास्केबाट माइक पाएपछि उनले निकै उत्त्साहित हुँदै भने, 'हामीले बेइजिङमा उच्च नेताहरूसँग भेट्यौं, म धेरै उत्साहित छु, यो मेरा लागि सबैभन्दा खुसीको क्षण हो।'
आइफोनको नोट बक्समा सुरक्षित ओलीको यो भनाईले अहिले फेरि मलाई त्यो ऐतिहासिक भ्रमण ताजा गरायो।
ओली त्यसरी उत्साहित हुनुमा त्यसबेलाको भूराजनीतिक कारण पनि थियो। दुई वटा ठूला छिमेकीको बीचमा रहेको भूपरिवेष्ठित देशमाथि एउटा छिमेकीले राजनीतिक दबाब दिँदै आर्थिक नाकाबन्दी गरेको थियो। अनेक प्रयासपछि भारतले नाकाबन्दीलाई खुकुलो बनाउँदै लगेको समयमा उनी नेपाल–चीनको साझेदारी रहेको हिमालय एयरलाइन्सको विमान लिएर बेइजिङ उत्रेका थिए, उत्तरको छिमेकीसँग सहयोगको हात बढाउन। र, त्यो दिन ग्रेटहलमा भएको भेटवार्तामा चीनका राष्ट्रपति सीबाट बलियो ढाडस पाएपछि उनी सिधै दूताबास आएका थिए, त्यही खुसी बाँड्न।
प्रधानमन्त्री ली खछ्याङसँग ग्रेटहलमै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भैसकेको थियो। जहाँ नेपाल र चीनबीच व्यापार तथा पारवहन, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण, नेपालमा पेट्रोलियम खानी र पेट्रोलियम भण्डारण स्थल पहिचान गर्न चीनको सहयोगमा अध्ययन गर्ने लगायत १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपाल र चीनले हिमालयपार रेलमार्गमा सहकार्य गर्ने कुरा कम्तिमा संयुक्त वक्तव्यमा राख्ने सहमती गरिसकेका थिए। राष्ट्रपति सीले २०१६ मै नेपाल भ्रमण गर्ने र त्यसबेला केरुङ–काठमाडौं रेलमार्गसहित केही ठूला आयोजनाका सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी अन्तर्गत बेइजिङमा त्यो स्तरको सहमती बनेको थियो।
दुई वर्षअघि बेइजिङमा त्यो ऐतिहासिक सम्झौता–सहमती गर्दा ओली एउटा चुनौतीपूर्ण तर अनुकुल अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा थिए। दिल्लीको असहमतीका बाबजुद संविधान जारी भएपछि पुष्पकमल दाहाल र कमल थापाको साथमा उनले सत्ता सम्हालेका थिए। संविधानमा संशोधन गर्नुपर्ने दिल्लीको दबाब र नाकाबन्दी एकसाथ सामना गरेकोमा काठमाडौंको नेतृत्वमाथि नागरिक तहमा विश्वास बढिरहेको थियो। प्रतिकुल स्वास्थ्य अवस्थाकाबीच आएको अवसरलाई मुलुकको दीर्घकालीन हितमा रुपान्तरण गर्ने आकांक्षा देखिन्थ्यो ओलीमा।
नेपाल–चीन सम्झौताले ओलीलाई राजा महेन्द्रसँग तुलना हुने गरी 'हिरो' बनायो। दिल्लीले चाहिँ त्यो सम्झौतालाई 'नेपाल हुँदै भारत पुग्ने चीनको रणनीतिमा काठमाडौंले सहमती जनाएको' अर्थ लगायो र त्यसलाई 'वेक अप कल' का रुपमा लियो। बेइजिङबाट फर्केको चार महिनासम्म चीनसँग भएका सम्झौता–सहमती कार्यान्वयनमा लैजान पहल नगरेको आरोपकाबीच माओवादीको समर्थन गुमाएपछि ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिए।
ओलीको राजिनामासँगै भूराजनीतिक परिस्थिति बदलिएको विश्लेषण बेइजिङमा हुन थाल्यो। काठमाडौंले बेइजिङसँग सम्बन्ध बढाएपछि दिल्लीको योजनामा ओली सरकार ढालिएको चीनका दक्षिण एशिया विज्ञको निष्कर्षमा सरकारी अधिकारी समेत सहमत हुँदै गए। ओलीलाई हटाएर प्रधानमन्त्री बनेका दाहालको प्रयासका बाबजुद त्यसबेला सीको नेपाल भ्रमण त टर्यो नै, रेलमार्ग र व्यापार तथा पारवहन प्रोटोकल जस्ता ठूला सम्झौताको तयारी पनि सुस्तायो।
ओली फेरि सरकारमा फर्किनेछन् भन्ने सायद धेरैलाई लागेको थिएन, त्यसबेला। तर उनी फेरि सरकारको नेतृत्व गर्ने प्रष्ट मिसनका साथ निरन्तर अगाडि बढे, र आफ्नो भोट बढाउन भारतको नाकाबन्दी सामना गर्दै चीनसँग सम्झौता गर्दा बनेको राष्ट्रवादी छविको भरपुर प्रयोग गरे। आफ्नो मिसनमा अझै निश्चित हुन उनले दाहालसँग चुनावी तालमेल र पार्टी एकताको हात बढाए।
बहुमतको सरकारको नेतृत्व गर्ने मिसनमा सफल भएपछि ओलीका अगाडि एउटै चुनौती थियो, दिल्लीसँग सम्बन्ध सुधार गर्ने। त्यो आवश्यकता दिल्लीका लागि झन् बढी थियो। दिल्लीसँग सम्बन्ध सुधार्ने लक्षसहित पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेका ओली बोआओ एशिया फोरममा सहभागी हुन चीनको हाइनान गएनन्, कोही प्रतिनिधि पनि पठाएनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा अभिनन्दन गर्ने बेलासम्म आइपुग्दा उनी फेरि भारततिर ढल्किँदै गएका हुन् कि भन्ने प्रश्न काठमाडौंदेखि बेइजिङसम्म नै उठ्न थालेको थियो।
ओलीको यो भ्रमणको ठोस उपलब्धीमध्ये पहिलो हो, चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको सुनिश्चितता। दुई वर्ष अघि बंगलादेश र त्यसअघि श्रीलंका भ्रमणलाई सम्झने हो भने सीको नेपाल भ्रमणले धेरै कुराको संकेत गर्छ।
तर सी केही महिनाभित्रै नेपाल आउने तयारीमा चाहिँ देखिँदैनन्। पहिलो कार्यकालमा धेरै विदेश भ्रमण गर्ने राष्ट्रपतिको दर्जा पाएका सीको यो वर्षको कार्यसूचीमा विदेश भ्रमण परेको छैन भन्ने चिनियाँ अधिकारीको भनाई यदि सही हो भने उनी २०१८ मा नेपाल आउने छैनन्। यदि उनी अर्को कुनै देशको भ्रमणमा गए भने नेपाल किन आएनन् भन्ने प्रश्न उठ्ला तर अहिलेसम्म सीले यो वर्ष त्यति विदेश भ्रमण गर्ने छैनन् भन्ने बुझाई बेइजिङमा छ। त्यसैले सीको नेपाल भ्रमण ८–१० महिनापछि मात्रै हुनसक्छ भनेर चिनियाँ अधिकारीले २०१९ को सुरुतिर उनी आउन सक्ने संकेत दिएका हुन्।
सन् १९९६ मा ज्याङ जमिन आएयता चीनका राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन्। राष्ट्रपतिको भ्रमणको क्रममा प्रायः ठूला सम्झौता सहमती हुने भएकाले त्यो आफैंमा ठूलो सन्देश हो।
यसैपनि २२ वर्षपछि हुने चीनका राष्ट्रपतिको भ्रमण सामान्य हुनेछैन। कुनै बेला निकट भविष्यमा हुन सक्ने उच्च भ्रमणका लागि एजेण्डाहरू साँचेर राख्ने कुटनीतिक अभ्यास पनि छ। सबै तयारी भैसक्दा पनि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरिएन, भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदाका लागि त्यो साँचेर राखियो।
अहिलेसम्मको संकेत हेर्दा सी नेपाल आउँदा केरुङ–काठमाडौं रेलमार्ग चीनको अनुदान सहयोगमा निर्माण गर्ने सम्झौता हुन सक्नेछ। 'पैसा हुनेले रेलमार्गमा लगानी गर्छ' भनेर ओलीले त्यस्तै संकेत गर्न खोजेका छन् भने नेपालले लगानी गर्न सक्दैन भन्ने जान्दाजान्दै सीले रेलमार्ग नेपाल जोड्ने आश्वासन दिएका छन्।
ओलीको चीन भ्रमणको दोस्रो प्रगती हो, रेलमार्ग निर्माणमा सहकार्य गर्ने सम्झौता। बेइजिङको ग्रेटहलमा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी लीको उपस्थितिमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा नेपाल र चीनले सहकार्य गर्ने सम्झौता भएको छ।
नेपाल र चीनबीच कम्तिमा एक दशकदेखि चिनियाँ रेलमार्ग नेपाल जोड्ने विषयमा छलफल र पछिल्ला केही वर्यायता विभिन्न तहमा अध्ययन भइरहेको थियो। यसपाली केरुङ–काठमाडौं रेलमार्गमा सम्झौता मात्र होइन, यसको पूर्व संभाव्यता अध्ययन अर्को अढाई महिनाभित्रै पूरा गर्ने र लगानीको मोडालिटिमा छलफल अगाडि बढाउने सहमती भएको छ। लगानीको मोडालिटिबारे छलफल गर्न चीनको एउटा टोली चाँडै नेपाल आउँदैछ, लगत्तै नेपाली टोली बेइजिङ जाने कार्यक्रम बनेको छ।
बेइजिङमा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्व संभाव्यता अध्ययन पनि गर्दै जाने सहमती भएको छ।
बेइजिङमा राष्ट्रपति सी र प्रधानमन्त्री लीसँगको वार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार सीले केरुङबाट रेलमार्ग काठमाडौं जोड्ने विषयलाई महत्वकासाथ उठाएका थिए। 'तिब्बतलाई मुख्यभूमी चीनसँग रेलमार्गले जोड्ने सपना ४० वर्षअघि नै माओले देखेका थिए, अब तिब्बतको सिगात्से पुगेको रेलमार्ग चाँडै केरुङ हुुँदै काठमाडौं पुग्ने विश्वास छ', सीको भनाई उद्धृत गर्दै ती अधिकारीले भने।
संयुक्त वक्तव्यमा भनिएजस्तै यो सम्झौता यस क्षेत्रको भूराजनीति परिवर्तन गर्ने महत्वपूर्ण पहल अवश्य हो। तर यसले केरुङ–काठमाडौं रेलमार्ग सुनिश्चित नै गरिसकेको छैन, रेलमार्गको संभावनालाई एक कदम अगाडि बढाएको छ। अर्थात् रेल गन्तव्यमा पुग्ने क्रममा एक स्टेशन अघि बढेको छ।
ओलीको भ्रमणअघि र भ्रमणको क्रममा बेइजिङमा चिनियाँ अधिकारीसँग निरन्तर वार्तामा बसेका नेपाली अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा चिनियाँ पक्षको सबैभन्दा ठूलो चासो लगानी नभएर प्राविधिक पक्षमा रहेको पाएका छन्। 'केरुङबाट हिमाली भूभाग काटेर जुन उचाइबाट रेलमार्ग काठमाडौं ओराल्नु पर्ने हुन्छ, त्यो तहको प्रविधि अहिलेसम्म चीनसँग पनि छैन', चिनियाँ अधिकारीलाई उद्धृत गर्दै उनी भन्छन्, 'यो संसारकै एउटा कठिन रेलमार्ग हुनेछ। यति उचाइका पहाड चढेर वा पहाड छेडेर रेलमार्ग बनाएको अनुभव हामीसँग पनि छैन। तर त्यो प्रविधि विकास गर्न सकिन्छ, हामी गर्न सक्छौं।'
प्राविधिक अध्ययन र लगानीको विषय सुनिश्चित नभर्इ चीनका राष्ट्रपतिको मुखबाट नै रेलमार्ग जोड्ने प्रतिवद्धता आउन संभव छैन। सीले यसपाली रेलमार्गलाई महत्व दिनुको अर्थ हो, चीन प्रविधि र लगानीका हिसवाले पनि यो रेलमार्ग विस्तार गर्न तयार भैसकेको छ। केरुङ–काठमाडौं रेलमार्ग चीनका लागि भूरणनीतिक र भूआर्थिक दृष्टिले जति महत्वपूर्ण मानिन्छ, संसारकै एउटा कठिन भूभागबाट रेलमार्ग निर्माण गर्ने प्रविधि विकासका हिसावले पनि यसले त्यत्तिकै महत्व राख्ने देखिएको छ।
ओलीको चीन भ्रमणको तेस्रो उपलब्धी हो, व्यापार तथा पारवहन सम्झौतामा विस्तृत छलफल र प्रोटोकल तयार गर्ने कार्यतालिका।
चीनसँग व्यापार तथा पारवहन सम्झौतालाई नेपालमा तेस्रो देशबाट सामान भित्र्याउन भारतीय मार्गको एकाधिकार तोड्ने एउटा महत्वपूर्ण विकल्प मानिएको छ। दुई वर्षअघि यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो, जसलाई यसपाली प्रोटोकलसहित सन्धीमा परिणत गरिने अपेक्षा थियो। त्यो अपेक्षा त्यही रुपमा पूरा हुन सकेन तर प्रोटोकल तयार गर्न कार्यतालिका नै तोकिएकाले यसमा प्रगती अवश्य भएको छ।
यसपाली बेइजिङमा सबैभन्दा धेरै माथापच्ची भएको विषय व्यापार तथा पारवहन प्रोटोकलका दुई वटा पक्ष छन्। एउटा, चीनको भूभाग हुँदै सामान नेपाल भित्र्याउने विषय। चिनियाँ पक्षको भनाइअनुसार यसरी कार्गो सिपमेन्टका लागि २०१६ को सम्झौता नै पर्याप्त छ। नेपालले यो यो ठाउँबाट यसरी कार्गो ल्याउँछौं भनेर चीनलाई जानकारी दिए पुग्छ।
अर्को, चीनको भूमीबाट नेपाली ट्रक नै आवतजावत गर्ने विषय। तेस्रो देशबाट सामान आयात गर्न नेपाली ट्रक चिनियाँ भूभाग हुँदै बन्दरगाहसम्म पुग्नुपर्छ। नेपाली ट्रक कुन कुन ठाउँ भएर जाने र कुन कुन बन्दरगाहसम्म पुग्ने भनेर प्रोटोकलमा तोक्नुपर्ने हुन्छ। त्यसका लागि चीनका विभिन्न प्रान्तीय सरकारदेखि केन्द्रको रेल र सम्बन्धित अन्य विभागहरूसँग समन्वय गर्ने कार्य पूरा नभएकाले यसपाली प्रोटोकल सम्झौता संभव नभएको बताइएको छ।
तर चिनियाँ पक्षले व्यापार तथा पारवहन प्रोटोकललाई अगाडि बढाउन तयार रहेको नेपाली पक्षसँग दोहोर्याएको छ। प्रोटोकललाई अन्तिम रुप दिन नेपाल–चीनबीच केही चरण छलफल गर्ने सहमती भएको छ र, त्यस्तो एउटा बैठक अर्को महिनाका लागि तोकिएको छ।
बेइजिङमा यसपाली अन्य केही विषयमा पनि प्रगती भएको छ। दश बुँदे सम्झौताको ३ नम्बरमा उर्जा क्षेत्रमा सहकार्य गर्ने भनिएको छ। उर्जा सहकार्यमा जलविद्युतमा चीनको लगानीदेखि उर्जा कारोबार समेत समेटिएकाले अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण भएपछि नेपालले चीनबाट विद्युत ल्याउन वा चीनलाई बिक्रि गर्न सक्नेछ।
दश बुँदे सम्झौतापत्रको ८ र ९ नम्बर बुँदामा नेपालमा उद्योग सञ्चालन गर्न चीनले प्रविधि हस्तान्तरणमा सहयोग गर्ने र चीनमा नेपालीलाई तालिम उपलब्ध गराउने उल्लेख छ। भारतले समेत उद्योगमा चिनियाँ प्रविधि भित्र्याउन खोजिरहेको सन्दर्भमा नेपालको औद्योगिक विकासमा चीनको यो सहयोग महत्वपूर्ण सावित हुन सक्नेछ।
दुई वर्षअघि नाकाबन्दीको दबाबले सिर्जना गरेको एउटा परिस्थितिमा नेपाल–चीनबीच जुन सम्झौता–सहमती भएको थियो, अवश्य पनि यो भ्रमणमा ती सबै अगाडि बढेका छैनन्। तर दश बुँदे सम्झौतामा नपरेका कतिपय विषय १४ बुँदे संयुक्त वक्तव्यमा समेटिएको छ। अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण, नेपालमा ग्यास तथा तेलको खानी र भण्डारण स्थलको पहिचान गर्न चीनको सहयोगमा थप अध्ययन गर्ने विषय संयुक्त वक्तव्यमा परेको छ।
नाकाबन्दीका बेला चीनले सांकेतिक रुपमा सिमित मात्रामा पेट्रोलियम अनुदान दिएपनि चीनबाट पेट्रोलियम कारोबार गर्ने विषयमा प्रधानमन्त्री ओली दुई वर्षअघि पनि त्यत्ति सकारात्मक थिएनन्। बेइजिङमा त्यसबेला नागरिक दैनिकका लागि अन्तर्वार्ता गर्दा उनले मसँग भनेका थिए, 'चीनसँग आपतकालीन इन्धन सम्झौता गर्नु पर्ने अवस्था अहिले छैन।'
भारतले नाकाबन्दी खुकुलो बनाइसकेको त्यो बेला ओलीले 'संकट टर्दै गएकाले धेरै हतार छैन' भन्दै व्यापार तथा पारवहन सम्झौताभित्र नै इन्धन पनि पर्न सक्ने संकेत गरेका थिए। नेपालमा पेट्रोलियम भण्डारण स्थल पहिचान गर्न चीनले सहयोग गर्ने विषय संयुक्त वक्तव्यमा फेरि परेको छ र त्यसलाई चीनसँगको पेट्रोलियम कारोबारसँग जोडेर हेरिएको छ। छुट्टै सम्झौता नगरी यो विषय व्यापार तथा पारवहन प्रोटोकलमा समेट्न सकिने बुझाई दुबै पक्षमा विकास हुँदै गएको देखिन्छ।
पहिले पहिले भन्दा यसपटक संयुक्त वक्तव्य तयार गर्ने क्रममा चिनियाँ पक्षले धेरै गृहकार्य गरेको र एक एक शब्दमा अडान लिएको नेपाली अधिकारीहरूको अनुभव छ। सामान्यतः पहिले नै अन्तिम मस्यौदा तयार हुने संयुक्त वक्तव्यमा यसपटक प्रधानमन्त्री बेइजिङ पुगिसकेपछि पनि धेरै माथापच्ची भएको थियो।
एक जना नेपाली कुटनीतिक अधिकारी आफ्नो अनुभन सुनाउँदै भन्छन्, 'संयुक्त वक्तव्य मस्यौदा गर्ने क्रममा चिनियाँहरू हामीसँग बारम्बार भन्थे– पूरा गर्न नसकिने कुरा नराखौं, पछि पूरा गर्न सकिएन भने लेखेको कुरा किन पूरा गरेनौ भनेर नेपाली र चिनियाँ जनताले सोध्नेछन्। त्यसैले जे कार्यान्वयन गर्न संभव हुन्छ ती विषय मात्रै संयुक्त वक्तव्यमा राखौं।'
गहिरो गृहकार्यपछि जुन जुन विषयमा सम्झौता गर्न र संयुक्त वक्तव्यमा समावेश गर्न चिनियाँ पक्ष तयार भयो, यो सहमती कार्यान्वयन हुन्छ भन्ने सबैभन्दा बलियो आधार त्यही नै हो। | 2020/08/07 00:15:13 | http://everestmedianews.com/archives/1859 | mC4 |
सार्वजनिक गरियो 'फिर्के' को पोस्टर, रिलिज मिति घोषणा
काठमाडौं, १५ कार्त्तिक – चलचित्र 'फिर्के' को पोस्टर सार्वजनिक गरिएको छ । साथै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।
अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । तीतो सत्यमा का बेइमानको भूमिका निभाउने डंगोलले ६ वटा नेवारी चलचित्र पनि निर्देशन गरिसकेका छन् ।
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई रामकुमार केसीले छायांकन गरेका हुन् । चलचित्र पुस १४ गतेदेखि नेपालभर रिलिज हुनेछ । | 2018/12/16 06:41:13 | http://lokaantar.com/news/26573 | mC4 |
काठमाडौं । चार्डपर्व नजिकिंदै गर्दा यसको प्रभाव नेप्सेमा पनि पर्न थालेको छ । यसअवधिमा नेप्से सूचक बढ्दै गएपनि चार्डपर्वकै कारण हुन सक्छ, कारोबार रकम भने घट्दै गएको छ । लगानीकर्ताहरुले सेयर किनबेचमा भन्दा पनि चाडपर्व मनाउन रकम खर्च गर्ने भएकाले पनि केही दिन यतादेखि निरन्तर कारोबार रकम पनि घट्दै गएको छ ।
यस अनुसार साताको चौंथो कारोबार दिन आज (बुधबार) नेप्से ६ दशमलव ४१ अंकले बढेर १८ सय ३७ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४५ अंकले बढेर तीन सय ५९ दशमलव ५९ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय २१ वटा कम्पनीको ११ हजार नौ सय २७ पटकको कारोबारमा १३ लाख ७० हजार चार सय ७७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ४८ करोड ५४ लाख आठ हजार सात सय ६८ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ५५ अंकले बढेर १२ सय ८९ दशमलव दुई अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक १८ दशमलव १२ अंकले बढेर तीन हजार दुई सय ७० दशमलव ४७ अंकमा पुगेको छ ।
जलबिद्युत समूहको सूचक चार दशमलव ५७ अंकले बढेर १९ सय ५९ दशमलव ६६ अंकमा पुगेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २७ दशमलव ३७ अंकले बढेर सात हजार चार सय ८६ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा, होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् । फाईनान्स, ट्रेडिङ, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक भने घटेका छन् ।
नेप्सेमा आज मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव २० प्रतिशतले बढेर तीन सय ७४ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जिआईबिएफ १ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले घटेर नौ रुपैयाँमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज नेशनल माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता ११ सय ५२ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७५ लाख ९७ हजार आठ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो । | 2022-12-04T16:15:41Z | https://www.nepalkhoj.com/2022/09/28/214399/ | OSCAR-2301 |
काेरियामा न्युनतम तलब २५ प्रतिशतले वृद्धि गर्न मजदुर संगठनको माग « Kalinchowk Online – Nepal's Leading News Portal
काेरियामा न्युनतम तलब २५ प्रतिशतले वृद्धि गर्न मजदुर संगठनको माग
जम्मा पढिएको : 373
प्रकाशित मिति : १६ असार २०७७, मंगलवार २०:३५
काेरिया।(काेभिड-१९)काेराेना संक्रमणका कारण खस्किदाे अर्थतन्त्र , व्यापार , व्यावसाय प्रभावित भईरहेकाे बेला दक्षिण काेरियामा कर्मचारी मजदुरले पाउने न्युनतम पारिश्रमिककाे बिषयमा बहस सुरु भएको छ । दक्षिण काेरियामा रहेको मजदुर संगठनले सन.२०२१ मा कर्मचारी मजदुरको न्युनतम पारिश्रमिक बढाउन माग गरेपछि उक्त विषयमा चाैतर्फि बहस सुरु भएको हाे ।मजदुर संगठन दक्षिण काेरियाले कर्मचारी मजदुरकाे तलब २५ प्रतिशतले वृद्धि गर्न माग गरेको छ।
यता काेराेना संक्रमणले अर्थतन्त्र , व्यावसाय कम्जोर बन्दै गएकाे कारण व्यापार ,व्यावसायिकहरुले न्युनतम पारिश्रमिक बृद्धि गर्न नसकिने बतउँदै आएका छन।
न्युनतम पारिश्रमिक बृद्धिकाे चर्चा चुलिदै गएपछि श्रम तथा राेजगार मन्त्रालयमा व्यावसायि,मजदुर सहित २७ सदस्यीय प्रतिनिधि मण्डलको वार्ता समेत बसेकाे थियो ।सन २०२० मा २ पटक राेकिएकाे न्युनतम तलब सम्बन्धि वार्ता यस पटक भने अगाडि बढेको छ । वार्तामा मजदुर संगठनका प्रतिनिधिहरुले मजदुरको न्युनतम पारिश्रमिक १०,७७० वन प्रति घण्टा हुनुपर्ने बताएको छन भने व्यापारिक संगठन प्रतिनिधिहरुले भने अधिकतम् १०,००० वान प्रति घण्टा सम्म दिन सक्ने बताएका छन।
उनिहरुले १० हजार वान प्रति घण्टा तलब दिन साना कम्पनीहरुलाई झनै समस्या हुने भएको कारण १०,७७० वान प्रति घण्टा तलब माग अस्वाभाविक भएको बताएका छन।वार्ता पश्चात् आ-आफ्नाे धारण सहितको प्रतिवेदन व्यापारीक संगठन तथा मजदुर संगठनले एक अर्कालाई बुझाएका छन।
विस्तृत छलफल पश्चात् उक्त विषयलाई टुंगोमा पुर्याईदिने बताउदै बैठक सकिएको उनिहरुले बताएका छन।दुबै तर्फकाे निर्णयकाे आधारमा श्रम तथा राेजगार मन्त्रालयले आगामी अगष्ट ५ सम्म न्युनतम तलब सम्बन्धि नयाँ व्यवस्था लागू गर्ने छन। | 2020/08/13 02:47:47 | http://www.kalinchowkonline.com/?p=7482 | mC4 |
अब निषेधाज्ञामा थप कडाइ, यस्तो छ सीसीएमसीको निर्णय « Nepal Tube Australia
गृहपृष्ठ » Breaking News » अब निषेधाज्ञामा थप कडाइ, यस्तो छ सीसीएमसीको निर्णय
अब निषेधाज्ञामा थप कडाइ, यस्तो छ सीसीएमसीको निर्णय
nepaltube Published On : 2 May, 2021
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले नेपालको भारततर्फ खुल्ला गरिएका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा लागू भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैक तथा वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्ने भएका छन् । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफण्टा र गड्डाचौकी रहेका छन् । बैठकले संघीय मन्त्रीलाई प्रदेशको समन्वय गर्ने गरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस समेत गरेको छ । सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको सीसीएमसीले निर्माण कार्य सुचारु गर्ने भए कामदार र कर्मचारीहरुलाई निर्माणस्थलमा नै राख्नुपर्ने सर्त अघि सारेको छ ।
उद्योगहरु सञ्चालन गर्ने सम्बन्धमा मजदूर तथा कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन दिएको छ । नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय समेत सीसीएमसीले गरेको छ । विदेशबाट आउने विदेशीले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने र नमाने डिपोट (निकाला) गर्ने निर्णय भएको छ । सीसीएमसी बैठकले यसअघि क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।
यी हुन सीसीएमसीका निर्णयहरु :
(क) आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्नेः–
(१) निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने ।
(२) अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने ।
(३) काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासका आधारमा समाचार संकलन गर्न पाइने ।
(ख) उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्नेः
(१) कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने ।
(२) कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
(३) सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने ।
(४) आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने।
(ग) क्वारेन्टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्नेः–
(१) काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने ।
(२) होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने ।
(३) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल म्भउयचत गर्ने प्रक्रिया अघि बढाउने ।
(४) होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने ।
(५) होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने । | 2021/09/24 11:21:59 | https://nepaltube.com.au/news/6922/ | mC4 |
काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए ।
पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ । | 2022-12-05T12:42:49Z | https://epradeshnews.com/2020/09/18/3394/ | OSCAR-2301 |
ज्ञानोदय नमुनाका दिपशिखालाई नेपालगन्ज स्पिच कम्पिटिसन उपाधि – Etajakhabar
ज्ञानोदय नमुनाका दिपशिखालाई नेपालगन्ज स्पिच कम्पिटिसन उपाधि
कोहलपुर, ९ फागुन । नागरिक समाज डटकमको आयोजनामा आज सम्पन्न "नेपालगन्ज स्पिच कम्पिटिसन २०२०"को उपाधि ज्ञानोदय नमुना मावि खजुराका दिपशिखा भण्डारीले हात पारेकी छिन । एक हप्ता अगाडि भएको अडिसन राउन्डबाट छानिएका १० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै दिपशिखा प्रथम भएकी हुन । त्यस्तै, बारबर्दियाका हरि प्रकाश भण्डारी दोस्रो भए भने बाँके बैजनाथका सुशील बिक तेस्रो भए ।
स्पिच कम्पिटिसनमा प्रथम, द्वितीय र तृतीय आउने प्रतिस्पर्धीहरुले क्रमश ः ३० हजार, २० हजार र १० हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको इभेन्ट कोअर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए । दाहालका अनुसार प्रतिस्पर्धीलाई फाइनल राउन्डका लागि निर्णायकले ५ वटा विषय दिएका थिए ।
जसमा १। समृद्ध नयाँ नेपाल निर्माणमा युवाको भुमिका २। शिक्षा संस्कृति र प्रविधि ३। खाडिमा होइन कि बारीमा बिदेशमा होइनकी स्वदेशमा ४। सुन्दर नेपाल र समृद्धिका आधारहरू र ५ नम्बरमा सामाजिक संजाल र यसले पारेको प्रभाव भन्ने विषय रहेका थिए ।
कम्पिटिसनमा पब्लिक च्वाइस अवार्ड पनि राखिएको थियो । जसको उपाधि बर्दियाकि प्रश्ना सुवेदीले प्राप्त गरेकी छिन । अडिसन राउन्डमा प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतीलाई भिडियो बनाई आयोजक टिमले नागरिक समाजको अफिसियल पेजमा राखेको थियो । जुन भिडियोमा सबैभन्दा धेरै भ्युज प्राप्त गरि सुवेदीले उक्त अवार्ड हात पारेकी हुन । उनले नगद ५ हजारसँगै प्रमाणपत्र ट्रफि प्राप्त गरिन ।
५ नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख अतित्यमा भएको फाइनल प्रतियोगितामा बोल्दै नमुनाले नागरिक समाज डटकमले आयोजना गरेको स्पिच कम्पिटिसन एकदम स्तरीय लागेको प्रतिक्रिया दिएकी छन । व्यक्तित्व विकासका लागि यो कम्पिटिसनले धेरै टेवा पु¥याउनेछ ।
यस्ता कार्यक्रम नेपालगन्जमा अझै हुन जरुरी छ । बोल्ने कला जो कोहिलाई आवश्यक छ । त्यसैले नागरिक समाजले गरेको यो कार्यक्रम निकै सराहनीय छ । 'उनले भनिन्' । नागरिक समाजका अध्यक्ष तथा कार्यकारी सम्पादक रामु ओलीको साभपतित्वमा सम्पन्न स्पिच कम्पिटिसनको निर्णायकको भुमिकामा सन्तोष खड्का, भरत बिष्ट र भोजराज शर्मा नादिर रहेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोगमा गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष ओलीले भने, 'शैक्षिक इभेन्टबाट नेपालगन्जलाई चिनाउने कोसिस नेपालगन्ज स्पिच कम्पिटिसन हो । विशेषगरी नेपालगन्जमा अन्य किसिमका इभेन्ट हुँदै गर्दा स्पिच कम्पिटिसन जहिले पनि सानो कोठा भित्र नै हराउने गरेको अवस्था थियो । त्यसलाई मिडिया र समग्र नेपालगन्जमा ल्याउनु र चिनाउनु हाम्रो मुख्य उद्देश्य थियो । जुन उद्देश्य आज यो कार्यक्रम सफलताका साथ सम्पन्न हुँदा पूरा भएको छ ।'
"नेपालगन्ज स्पिच कम्पिटिसन २०२०"सोचे भन्दा राम्रो भएकोले अब हुने दोस्रो सिजनलाई झन स्तरीय बनाउनेमा आफ्नो टिम लाग्ने पनि अध्यक्ष ओलीले उद्घोष गरे। उनले सिजन २ मा प्रथम पुरस्कार ५० हजार हुने घोषणा पनि गरेका छन । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओली, नेकपा जिल्ला कमिटी सदस्य रत्न खत्री, बासका केन्द्रिय निर्देशक नमस्कार शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे लगायतले मन्तव्य राखेका थिए । प्रतियोगितालाई नागरिक समाजका रामचन्द्र पौडेलले सन्चालन गरेका थिए ।
Posted on: Friday, February 21, 2020 Time: 21:12:48
सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई तुरुन्तै ल्याउनु, यदि आउन मानेनन् भने उतै खान, बस्न र स्वास्थ्यको ब्यावस्था सरकारले मिलाइदिनु !
नेकपाका मनकारी युवा नेता अब्दुल हुसेनले गरे ८१ बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग
अस्पतालको झ्यालबाट भागेका कोरोनाभाइरस सङ्क्रमित एक नेपाली नागरिक यस्तो अवस्थामा फेला परे
नेपालगञ्जमा ५ अर्ब बढी लगानीका होटलहरु लकडाउनका कारण थला परे
सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान, ५० हजार त जि'उंदै खा-ल्टोमा पु'रेर नष्ट !
दोहोरी खेलेर भाइरल बिशाल रायमाझीको बिहे हुन् दिएन को`रोनाले,घरमा चामल सकिदा दोहोरीमै परिवारको गुनासो
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज बि.स.२०७६ साल चैत्र २६ गते बुधबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल ! | 2020/04/07 22:45:03 | http://etajakhabar.com/308789/ | mC4 |
शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गुल्मी जिल्लाका राजनीति दलसगँ भेटघाट गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको पार्टी कार्यालय उद्घाटन लगायत जिल्लाको भ्रमणमा रहेकी मन्त्री झाक्रीले गुल्मी जिल्लामा क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुसगँ विहिवार भेटघाट गर्नुभएको हो ।
राजनीति दलका तर्फबाट गणेश खनाल,हरि न्यौपाने, घनश्याम पाण्डे,चन्द्र वहादुर महत,अखिलेश्वर पाण्डे,ठाकुर पाण्डे, अनिल कक्षपति, जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी लगायतका नेताहरुले वोल्दै शहरी विकास मन्त्रालय लगायत अन्य मन्त्रालयवाट योजनाहरु पर्ने तर समयमा सम्पन्न नहुने,वुटवल पाल्पा,तम्घास सडकको अवस्था,रेसुङ्गा विमानस्थल, विभिन्न वस्तीहरुलाई नमुना वस्ती निर्माणा गर्नुपर्ने, सालझण्डी तम्घास सडक निर्माणकार्यलाई तिव्रता दिन आग्रह गरेका थिए । साथै उनीहरुले गुल्मेली चेली मन्त्री भएकाले जिल्लामा विकास निर्माण कार्यले गति लिने अपेक्षा समेत गर्नुभएको थियो।
राजनीति दलका नेताहरुले राखेका जिल्लाका समस्याको वारेमा वोल्दै शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफ्नो मन्त्रालयवाट जिल्लामा हुने धेरै विकास निर्माणका कामहरु अगाडि वढेको वताउनुभयो । राजनीति दलहरुका नेताहरूले राख्नुभएका सुझाव लगायत विकास निर्माणका योजनाहरु अति सान्दर्भिक रहेका छन मन्त्रीले भन्नुभयोञ म जिल्लामा केही देखिने गरि काम गरेर देखाउने योजनाका साथ लागेकी छु ।
Share this:
Twitter
Facebook
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
उपल्लो तम्घासका विद्यार्थीलाई न्यानो कपडा वितरण
फरक क्षमताका विद्यार्थीले आवासिय रुपमा अध्ययन गर्दै आएको यस विद्यालयमा अन्य समयमा बिभिन्न संघ संस्थाहरुले
कुलचन्द्र गौतम द्धारा आशा अपाङ्ग केन्द्रलाई पाँच लाख आर्थीक सहयोग
उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको
महिले मन्त्रीमा दावी गर्नु स्वाभाविक हो : काङ्ग्रेस नेता भण्डारी
यद्यपि भण्डारीले साङ्केतिक रुपमा भने गगन थापालाई समर्थन गरेको आशय प्रकट गरेका थिए ।
हर्दिनेटा स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास
करिव १ करोड़ ७० लाख लागत रहेको यस आयोजनाको कार्य अवधि डेढ वर्ष रहेको छ
भर्खरै
उपल्लो तम्घासका विद्यार्थीलाई न्यानो कपडा वितरण
फरक क्षमताका विद्यार्थीले आवासिय रुपमा अध्ययन गर्दै आएको यस विद्यालयमा अन्य समयमा बिभिन्न संघ संस्थाहरुले | 2022-12-04T19:07:28Z | https://gulmiupdate.com/%E0%A4%B6%E0%A4%B9%E0%A4%B0%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80-%E0%A4%9D%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B0/ | OSCAR-2301 |
लैङ्गिक समता अपरिहार्य | emissionkhabar.com
Home सन्दर्भ लैङ्गिक समता अपरिहार्य
लैङ्गिक समता अपरिहार्य
हरेक वर्ष मार्च ८ का दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । यो दिन विश्वभरका महिलाले सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको स्मरण, मूल्यांकन र भावी दिनमा अझ धेरै उपलब्धि हासिल गर्न प्रतिबद्धता जनाउने दिन हो । महिलाका अधिकार, सुरक्षा र न्यायका लागि विश्वव्यापी अभियान थालिएको दिन हो । लैंगिक समानता केही दिन वा महिना वा वर्षमै हासिल हुन सक्दैन । यसका लागि निरन्तरको प्रयास र समर्पण चाहिन्छ । महिला दिवस मनाउने लामो प्रचलन रहे पनि सन् १९७५ मा संयुक्त राष्ट्रसंघले यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा आत्मसात् गर्यो । त्यसपछि विश्वका सबै राष्ट्रमा आजको दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रमसहित महिला अधिकार र सशक्तीकरणको पक्षमा आवाज उठाइँदै छ । राजनीतिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले सुरु भएको यो दिवसमा अहिले महिलाका अधिकार, सशक्तीकरण, सुरक्षा र समानताका मुद्दा उठाइन्छ ।
नेपालमा महिलाको अधिकारको सुनिश्चितता र सशक्तीकरणमा धेरै प्रयास भएका छन् र धेरै उपलब्धि हासिल भएका छन् । पछिल्लो राजनीतिक परिवर्तनसागै राजनीतिक लगायत आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा विभेदको अन्तर घट्दै गएको छ । महिला हक र सशक्तीकरणको सबभन्दा महत्वपूर्ण पाटो नीति निर्माण र नेतृत्व तहमा महिलाको पहुँच र सहभागिता बढेको छ । अहिले स्थानीय तह, प्रदेशसभा र संघीय संसद साढे १४ हजारभन्दा बढी महिला निर्वाचित भएर विभिन्न तहमा विधायिकी र कार्यपालिकीय अधिकार प्रयोग गर्नसक्ने अवस्थामा पुगेका छन् । यो संख्या स्थानीय तहमा कुल निर्वाचित जनप्रतिनिधिको झन्डै ४१ प्रतिशत (प्रमुख, उपप्रमुख, अध्यक्ष र वडा अध्यक्षमा करिब नौ प्रतिशत) हो । यसैगरी, प्रदेशसभामा ३४ प्रतिशत, प्रतिनिधिसभामा ३३ प्रतिशत र राष्ट्रियसभामा ३८ प्रतिशत महिला निर्वाचित छन् । यो तथ्यांकले तीनै तहका विधायिकी निकायमा महिलाको प्रतिनिधित्व राम्रो छ । यसैगरी, प्रशासनिक तथा न्यायिक क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्दै गएको छ । यतिमात्रै होइन, महिलाको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पनि सुधार भएको विभिन्न तथ्यांकले देखाएका छन् । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको 'ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०१७' अनुसार नेपाल राम्रो सुधार गरेका पाँच मुलुककै सूचीमा पर्छ तर अन्य मुलुकको तुलनामा निकै पछाडि छ । लैंगिक अन्तर सूचकांङ ०.६६४ (पुरुष र महिलाबीच अन्तर ३४ प्रतिशत) रहेर विश्वका १४४ मुलुकमध्ये नेपाल १११औँ स्थानमा छ । छिमेकी मुलुक चीन, माल्दिभ्स, भारत र श्रीलंकाभन्दा पछाडि छ । यसले महिलाको अवस्थामा सुधार भए पनि अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पार्छ ।
नेपालको संविधानले मानव अधिकारलाई सुनिश्चित गरेको छ । संविधानको धारा ३८ मा महिला हकको व्यवस्था गरिएको छ, जसले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हकको व्यवस्था गरेको छ । संविधान लगायत अन्य कानुनले पनि महिलाविरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै पनि किसिमका हिंसाजन्य कार्य गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको हक सुनिश्चित गर्दै सकारात्मक विभेदको अवसर प्रदान गरेको छ । यसले नेपाली महिलाको अवस्थामा सुधार र अवसर सिर्जना गरेको छ । यसले गर्दा राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व बढिरहेको छ । तैपनि कतिपय शिक्षित र सहरी महिला पनि विभिन्न हिंसा र शोषणको अवस्थाबाट मुक्त नरहेको अवस्था छ भने गरिबी, अभाव, अशिक्षा र दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश महिलाले यी संवैधानिक र कानुनी अधिकार र अवसरबाट वञ्चित हुनुपरिरहेको छ । त्यसैले महिला अधिकार, सशक्तीकरणको अभियानलाई सबै महिलासम्म पुग्नेगरी विस्तार गर्न आवश्यक छ । खासगरी, समाजमा जरा गाडेको परम्परागत सोच र चलनलाई विस्थापित गर्नसक्नु चुनौतीपूर्ण छ । | 2021/09/25 19:07:23 | https://emissionkhabar.com/%E0%A4%B2%E0%A5%88%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A4%AE%E0%A4%A4%E0%A4%BE-%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF/ | mC4 |
बालमैत्री पालिका बनाउने अभियानमा गजुरी गाउँपालिका – Dhading's First Online News Portal
1001 पटक पढिएको
प्रकाशित मिति: २०७७, ८ माघ बिहीबार २२:५१
गजुरी – बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक काम गरिएको धादिङको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ ।
गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै अध्यक्ष बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताएका छन् । अध्यक्ष बस्नेतले गजुरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बस्नेतले उक्त कुरा बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण कार्यशाला समापनको अवसरमा बताउनु भएको हो । गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा सहजकर्ताहरुको ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन सहजकर्ता भगवती थापाको सहजिकरणमा नौ दिने कार्यशाला गरिएको हो । दोस्रो चरणमा गजुरी गाउँपालिकाका ४५ मध्ये २२ बिद्यालयका सहजकर्ताहरुको लागि कार्यशाला सम्पन्न गरिएको हो । यस अघि गजुरीका २३ बिद्यालयका बाल विकास कक्षाका सहजकर्ताहरुको लागि पहिलो चरणको कार्यशाला सम्पन्न भई सकेको छ । गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।
बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
कार्यशालामा बाल विकास के हो ? किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार कक्षाकालाई किन छ कुनामा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ ,बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका भगवती थापाले सहजिकरण गर्नु भएको थियो ।
पौष २९ गतेबाट शुरु भएको कार्यशालामा समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता ढुङ्गाना,प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे ,शिक्षा अधिकृत भिमसेन बिष्ट ,महिला बालबालिका अधिकृत सरस्वती सिलवाल,डा. रामहरि रेग्मी , पत्रकार महासंघ धादिङका सभापति नवराज छत्कुली,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष बिपिना मगर लगायतको उपस्थिति रहेको कपिलदेव सापकोटाले जानकारी दिनु भयो | 2022/05/25 12:20:52 | https://dhadingnews.com/?p=41274 | mC4 |
सामाजिक सुरक्षा कोष र बैंकिङ क्षेत्रबीच द्वन्द्वको अवस्था ! ~ Banking Khabar
सामाजिक सुरक्षा कोष र बैंकिङ क्षेत्रबीच द्वन्द्वको अवस्था !
बैंकिङ खबर/पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकिङ क्षेत्रबीच द्वन्द्वको अवस्था सिर्जन भएको छ । सामाजिक सुरक्षा कोषले बजेटमा भएको व्यवस्थालाई उदृत गर्दै बैंक तथा वित्तीय संस्थालाई आबद्ध हुन आग्रह गरेको छ । कोषले बैंकर्स संघलाई पत्र लेख्दै आबद्ध हुन भनेको छ । बैंकर भने तत्कालै आबद्ध हुन नसकिने भन्दै आनाकानी गरिरहेका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालु वर्षको जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने घोषणा गर्नुभएको थियो । यसैलाई आधार मान्दै बजेट सार्वजनिक भएको तीन दिनमै कोषले बैंकर्स संघलाई पत्र लेखेको हो । पत्र पाएको जानकारी संघले सदस्य बैंकहरुलाई गराइसकेको छ । त्यसपछि बैंकहरुले आफ्ना कर्मचारीहरुलाई जसरी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने जानकारी गराएको छ ।
कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी मासिक ३१ प्रतिशत रकम जम्मा हुन्छ । सरकारले श्रमिक र रोजगारदाता दुवैले हाल्नुपर्ने रकम आफैंले जम्मा गर्ने घोषणा गरेको छ । बैंकरले राखेका अधिकांश माग पूरा गरेको भन्दै यसअघि पनि कोषले पत्र लेखेपछि बैंकर्स संघले थप अध्ययन गर्ने निर्णय गरेको थियो ।
अध्ययनसँगै कर्मचारीहरुसँग छलफल भएको थियो । छलफलमा कानुन विभागका कर्मचारीहरु अझै केही विषयमा स्पष्ट भएर जानुपर्ने अडानमा देखिएका थिए भने मानव संसाधन विभागमा कार्यरतहरु अब कोषमा दर्ता हुनु पर्छ भन्ने पक्षमा थिए ।
कर्मचारीमा एक मत नबनेपछि संघले सदस्य बैंकहरुलाई यसै गर्ने भनेर आफ्नो धारणा दिन सकेन । कतिपयले कर्मचारीको पैसामा प्रमुख कार्यकारीहरुले निर्णय गर्न नसक्ने भन्दै विरोधसमेत जनाएका थिए ।
संघले दोहोरो कर र ६० वर्षपछि मात्रै पेन्सन पाउने प्रावधानहरुमाथि प्रश्न गर्दै निजी र सरकारी कर्मचारीबीच गरिएको विभेदका बारेमा पनि आफ्नो असहमति राख्दै आएको छ ।
बैंकरले कोषको सुविधाका बारेमा प्रश्न उठाएपछि अधिकांश बैंक त्यहाँ सूचीकृत हुन गएका थिएनन् । ६ वटा बैंकहरु सुचीकृत भए पनि उनीहरुले सामाजिक सुरक्षाबापत जम्मा गर्नुपर्ने पैसा बुझाएका थिएनन् । यही बीचमा दुई बैंकका दिवंगत कर्मचारीका आफन्तले सामाजिक सुरक्षा कोषमा निवेदन दिएपछि कोषले ग्लोबल आइएमइ र सनराइज बैंकलाई पैसा उपलब्ध गराउन निर्देशन दिएको छ ।
कार्यविधि संशोधन
बैंकर्स संघले औपचारिक असहमति राखेपछि कोषले विभिन्न चरणमा कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधिले आफ्नो माग पूरा गर्यो/गरेन भनेर अध्ययन गर्ने भन्दै संघले समय लम्ब्याइरहेको कोषका अधिकारीहरुको आरोप छ । सामाजिक सुरक्षा कोषमा आगामी असारसम्म आबद्ध हुनुपर्ने बाध्यता छ । यसअघि पनि समय सीमा तोकिएको थियो । बैंकर्सले असहमति राखेपछि समय सीमा सर्दै आएको छ । कोषमा दर्ता हुँदा ३५ प्रतिशतसम्म र कोषबाट लिने बेलामा थप १५ गरी ५१ प्रतिशतसम्म कर तिर्नुपरेको गुनासो बैंकरको थियो । यस्तो दोहोरो करलाई हटाउन संघले माग गरेको थियो । यो विषय सम्बोधन भइसकेको छ ।
यसबाहेक ५० वर्षमा अवकाश भएका कर्मचारीले ६० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था व्यवहारिक नभएको बैंकरको गुनासोपछि यो पनि संशोधन भएको छ ।
कानूनी दादागिरी नदेखाऊः कर्मचारी संघ
कोषलाई कानूनी दादागिरी नदेखाउन बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले चेतावनी दिएको छ । कोषले आगामी आर्थिक वर्षको बजेट मार्फत दुई महिना योगदान सरकारले व्योहोर्ने भन्दै सूचीकृत हुन ताकेता गरिरहदाँ कर्मचारी सघंले यस्तो चेतावनी दिएको हो ।
कोषले रोजगारदाता र योगदानकर्ताले गरेको योगदान रकम र त्यसको प्रतिफलको पूर्ण प्रत्याभूति नहुने तथा योजनाको स्थगत र भुक्तानी प्रदान गर्न नसक्ने सम्मको व्यवस्था समेत राखी सो अन्तर्गत देशमा रहेका सरकारी तथा निजी संस्थाहरुलाई अनिवार्य यस योजनामा सरिक हुनुहुन अन्यथा कारवाहीको भागी हुनुपर्ने उर्दी जारी गर्नुलाई कानूनी दादागिरी रहेको सघंको बुझाई छ ।
वास्तवमा सामाजिक सुरक्षा योजना भनेको सामाजिक सुरक्षा कोष अन्तर्गत संचालन हुने एउटा कार्यक्रम हो । सामाजिक सुरक्षा कोष भनेको सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो । यो कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा आफ्नो श्रम बेचिरहेका श्रमिकहरु आवद्ध हुन्छन् । यस कोषमा काम गर्ने श्रमिक र काम दिने रोजगार दाताले हरेक महिना आफ्नो खातामा रकम जम्मा गर्छन ।
उक्त खातामा श्रमिकले आफ्नो मासिक आम्दानीको ११ प्रतिशत रकम यस कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यस कोषले पनि सञ्चय कोषले जस्तै बिभिन्न सेवा उपलब्ध गराउँछ । श्रमिकको योगदानमा आधारीत सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदान कर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यन्वयनमा आएपश्चात हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । योगदानमा आधारीत सामाजिक सुरक्षाका योजना तर्जुमा तथा कार्यन्वयन गरी सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु सामाजिक सुरक्षा कोषको उद्देश्य हो ।
औपचारीक तथा अनौपचारीक रुपमा योगदान पुर्याउँदै आएका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोषमा सहभागी भएका श्रमिकले योजनामा व्यवस्था गरेअनुरुपका सुविधाहरु पाउनेछन् । उक्त सुविधा प्राप्त गर्न श्रमिक र रोजगारदाता दुवैले नियमित रुपमा कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । मासिक रुपमा श्रमिकले प्राप्त गर्ने पारिश्रमिकको ११ प्रतिशत र सोही अनुरुप रोजगारदाताले २० प्रतिशतको दरले कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरुको व्यवस्था छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा । यी सुविधाहरुलाई कार्यन्वयनमा ल्याउने काम सामाजिक सुरक्षा कोषले गर्दछ ।
अर्थात् कोषमा आवद्द कुनै पनि श्रमिकको दुर्घटना भएमा कोषले त्यसको उपचार गर्छ, दुर्घटनामा श्रमिकको मृत्यु भएको खण्डमा कोषले आश्रित परिवारलाई सुरक्षा दिन्छ । त्यस्तै कोषले पेन्सनको ब्यबस्था पनि गरेको छ । हालसम्म सरकारी कर्मचारीले मात्र पेन्सन प्राप्त गर्दै आएकोमा अब कोषमा आवद्द हुने जो कोहिले पनि काम गरेपछि यहि कोष बाट पेन्सन पाउन सक्ने छन् । | 2021/06/16 02:27:19 | https://bankingkhabar.com/archives/93739 | mC4 |
उत्तर कोरियाले फेरि किन गर्यो छोटो दुरीका बलिस्टिक मिसाइल ? « KathmanduPati
उत्तर कोरियाले फेरि किन गर्यो छोटो दुरीका बलिस्टिक मिसाइल ?
प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार १२:४५
एजेन्सी – उत्तर कोरियाले समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको यो पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट 'एउटा अतिसुन्दर पत्र' प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्। ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन्।
शनिवारको प्रक्षेपणबारे के थाहा छ?
दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्रायस्द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे। दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए। तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो। गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुनस् वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ।
किमले पत्रमा ट्रम्पलाई के लेखेका छन्?
यो प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए। ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले भनेका थिए, "पत्र एकदमै सकारात्मक छ।" "हामी फेरि भेट्छौँ भन्ने मलाई लाग्छ । उनले तीन पन्ना लामो एउटा सुन्दर पत्र पठाएका छन् । माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र।" अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासहरू ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्याङ्याङले आक्रोश व्यक्त गरेको छ।
किन अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास?
दुई देशले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ। तर त्यसका लागि अतिसामान्य तयारी थालिएको छ। ती अभ्यासहरू मुख्यतस् कम्प्युटर सिम्युलेशनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन्।अमेरिकाले शत्रुतापूर्ण व्यवहार छोडेनस् उत्तर कोरिया मङ्गलवार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दुरीको भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।
दिल्लीमा भएको साम्प्रदायिक हिंसामा मारिनेको परिवारलाई १० लाख दिने केजरीवालको…
एजेन्सी- नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भएको साम्प्रदायिक हिंसामा मारिनेहरुको | 2020/02/27 17:12:33 | https://www.kathmandupati.com/news/north-korea-messail/71671/ | mC4 |
डाँफे साकोसको प्रतिवेदन सार्वजनिक - Damak No.1 Online Patrika
डाँफे साकोसको प्रतिवेदन सार्वजनिक
दमक ,११ भदौ । झापाको दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफनो १२ औं बार्षिक साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । संस्थाले बुधार आफ्नै कार्यालयको सभाहलमा शेयर सदस्यहरुवीच प्रतिवेदन सार्वजनिक गरेकोे हो ।
संस्थाको आगामी भदौ २० गते कस्मिक पार्टी प्यालेसमा साधरणसभा हुदै छ । संस्थाको गतिबिधी सेयर सदस्यहरुवीच अग्रिम जानकारी गराउने उद्देश्यले साधारणसभा अगावै प्रतिवेदन सार्बजनिक गरिएको संस्थाले जनाएको छ । साधारण सभामा बिभिन्न बिधाका १ दर्जन बढिलाई पुरस्कृत गरिने बताइएको छ । प्रतिबेदन सार्बजनिक गर्दै संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले हाल संस्थामा ३८ करोड ८० लाख बराबर वासलत रहेको जानकारी दिए । साधारणसभाका अवसरमा संस्थाका उत्कृष्ट सदस्य , कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ । प्रतिबेदन सार्वजनिक पश्चात संस्थाले सेयर सदस्यवीच तिज मिलन कार्यक्रम समेत गरेको थियो । | 2019/09/20 22:56:15 | https://www.hamrodamak.com/2019/08/46995/ | mC4 |
melamchi | Ratopati
मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला-पुरुषलाई मासिक एक हजार access_timeअसार ९, २०७८
मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती ...
मेलम्ची बाढी : थप एक जनाको शव फेला access_timeअसार ६, २०७८
यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खन...
आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई चुलोसहित ग्यास सिलिन्डर वितरण access_timeअसार ४, २०७८
नेपाल आयाल निगमले सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितहरुका लागि चुलोसहित एक/एक थान खाना पकाउने एलपी ग्यासको सिलिन्डर प्रदान गरेको छ । जिल्ला समन्वय समितिको अनुरोधमा नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव समेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष ...
मेलम्ची खानेपानी आयोजनाले बाढीले कटान गरेको स्थानमा अस्थायी बाटो बनाउने access_timeअसार ३, २०७८
मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए । मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगर...
सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत access_timeअसार ३, २०७८
बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए । गोङ्ग तियानजिओको शव इन्द्...
मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता access_timeअसार २, २०७८
मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ...
ग्राउण्ड जिरो मेलम्ची : पूर्वसूचनाले ठूलो मानवीय क्षतिबाट जोगायो access_timeअसार २, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार रातिदेखिको बाढीले सयवटा भन्दा बढी घर पूर्णरुपमा डुबानमा परेका छन् भने डेढ सय भन्दा बढी घर आंशिक डुबानमा परेका छन् । मंगलबार साँझ नै बाढी आउँदैछ भन्ने सूचना प्राप्त भएपछि ठुलो मानवीय क्षति हुनबाट जोगिएको मेलम्ची नगरपालिका–१...
बाढी पीडितको उद्धार गर्न अखिल र युवा सङ्घको टोली परिचालन access_timeअसार २, २०७८
अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढी पीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ । अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढी पीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचाल...
मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै access_timeजेठ ३१, २०७८
–सञ्चिता घिमिरे राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । आगामी आवमा सुन्दरीजलमा पान...
काठमाडौं उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने access_timeजेठ २७, २०७८
काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेल...
उपत्यकामा एक महिना मेलम्चीको पानी वितरण नहुने access_timeजेठ २०, २०७८
काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो । सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी वि...
मेलम्ची खोलाको १२ करोड लिटर पानी उपत्यकामा परीक्षण वितरण access_timeबैशाख ३, २०७८
–पूर्णप्रसाद मिश्र काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक र...
काठमाडौंका केही स्थानमा अझै वितरण भएन मेलम्चीको पानी access_timeचैत ३०, २०७७
काठमाडौं । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पा...
काठमाडौंका घरमा मेलम्चीको पानी, १५ तस्बिरमा हेरौं access_timeचैत १५, २०७७
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठ...
मेलम्चीको पानी यसरी पठाइयो उपभोक्ताको घरमा, तस्बिरमा हेर्नुहोस् access_timeचैत १५, २०७७
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको छ । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक ...
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार access_timeफागुन २४, २०७७
काठमाडौं । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री ...
मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द access_timeफागुन १३, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल स्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरु...
मन्त्रोच्चारणसहित मेलम्चीको पानी सुरुङमा पठाइयो (तस्बिरमा हेर्नुस्) access_timeफागुन १०, २०७७
काठमाडौं । मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्... | 2021/09/17 02:16:50 | https://ratopati.com/tag/melamchi | mC4 |
PSJTV | खर्चिलो बन्दै निर्वाचन
काठमाडौं: २०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो। संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो। २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो। मंसिर १४ मा हुने उपनिर्वाचनमा कति खर्च लाग्छ भनेर आयोगले अनुमान लगाइसकेको छैन।
आयोगले उपनिर्वाचनको तयारी थालिसकेको छ। आयोगले साउन १६ देखि मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य रोकेको छ। मतदाता नामावली प्रशोधन कार्य चलिरहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता खरेलका अनुसार भदौभित्र नामावली प्रशोधन कार्य सम्पन्न हुनेछ। ३७ जिल्लामा उपनिर्वाचन भए पनि ७७ वटै जिल्लाको मतदाता नामावली प्रशोधन कार्य आयोगले गरिरहेको छ। निर्वाचन कार्यविधि र कार्ययोजना पनि तय भइरहेको उनले बताए। अन्नपूर्णपोष्ट दैनिकबाट | 2019/12/05 16:52:56 | https://psjtv.com/nepali/2019/8/201982441223 | mC4 |
कसले सार्वजनिक ग¥यो त्यसदिनको विवादको अडियो, विष्णु रिमाल तिर सोझियो तिर | Ajako Aartha | Nepal's No. 1 Business News Portal
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सूचना कसले सार्वजनिक ग¥यो र कसले कसलाइृ खुइल्याउन भूमिका खेल्यो भन्ने बारेमा चर्कै बहस भएको छ । यो बहस सार्वजनिक रुपमा भन्दा पनि भित्री रुपमा भूसको आगो जसरी फैलिएको छ ।
भुसको आगो पुत्पुताइरहेको छ । खोजबिन गर्ने जिम्मा कसले कसरी लिने भन्ने बारेमा भने कोही केही बताउन चाहँदैन । प्रधानमन्त्री उपचारका लागि सिंगापुर जाने दिन अर्थात् यही भदौ ५ गते प्रधानमन्त्री निवास बलाुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच राम्रै भनाभन भएको थियो ।
ओलीले आफूलाई पेलेर भित्तामा नै पु¥याएको भन्दै नेता नेपालले ओली प्रति कडा रुपमा प्रस्तुत भएका थिए । ओलीले आफूलाई नराम्ररी पेलेको र केही न केही गर्ने भन्दै माधव नेपालले सो दिन आफू पनि कडा रुपमा नै प्रस्तुत भएका थिए । विवाद सार्वजनिक गर्नुपर्ने विषय थियो वा थिएन त्यो त उनीहरुले नै थाहा पाउने विषय थियो ।
तर सार्वजनिक हुनु नपर्ने विषय सार्वजनिक भएको भन्दै पछिल्लो दिनमा त्यसबारेमा भित्र भित्रै छानबनि पनि शुरु भएको छ । विशेष गरी माधव नेपालले सार्वजनिक रुपमा आफूलाई खुइल्याउन र मानवीय संवेदना समेत नदेखाएको भन्दै ओली पक्षसँग आक्रोशित भएका छन् ।
सो दिन स्वास्थ्यलाभको कामना गर्ने विषयमा ओली र नेपालबीच चर्को विवाद भएको थियो । सो विवादको पछाडि ओलीले नेता नेपालको परिष्ठ नेताको पदवी खोसेर अर्का नेता झलनाथ खनाललाई दिएका थिए । पार्टीको वरियतामा आफूलाई तल पारेको भन्दै नेता नेपालले रिस पोखेका थिए ।
तर सोही विषयलाई ओली समूहले सार्वजनिक गरेर आफूलार्ई सार्वजनिक रपमा नै हुर्मत लिने काम गरेको नेता नेपालको बुझाई रहेको छ । विशेष गरी प्रधानमन्त्री निवास र ओलीका सहयोगी जानी बुझीकन नै सो दिनको सम्वाद जस्ताको तस्तै सार्वजनिक रुपमा सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । ओलीको सचिवालयमा रहेका विष्णु रिमाललगायतले त्यो दिन सचिवालय बैठकमा ओली र नेपालबीच भएको विवाद देखेका थिए । उनीहरुले प्रमुख छापा माध्यमलाई विवादको सबै विवरण उपलब्ध गराएको भन्नेमा नेता नेपाल पक्ष पूर्ण रुपमा विश्वस्त देखिएको छ ।
ओलीले आफूलाई साइजमा राख्ने लक्ष्यका साथ आफ्ना सहयोगी मार्फत उक्त दिनको विवाद सार्वजनिक गर्न लगाएको नेता नेपालले ठानेका छन् । मानवीय सम्वेदना र स्वास्थ्य जस्तो गम्भीर विषयलाई लिएर विषय वस्तु सार्वजनिक गर्न पाइयो भने त्यसबाट आफ्नो राजनीतिक हाइट बढ्ने र नेता नेपाल हुन् भन्ने तथ्य स्थापित हुने ओली पक्षको बुझाइ रहेको देखिन्छ ।
प्रधानमन्त्रीको स्वास्थ्य जस्तो विषयमा समेत खेलबाड गरेको भनेर नेता नेपाल विरुद्ध पार्टीको जनमत बन्ने र सोही विषयलाई लिएर अर्का अध्यक्षसँग पनि बार्गेनिङ गर्न सकिने साँघुरो सोचाई ओली र उनका सहयोगी टिममा रहेको सहजै बुझ्न सकिन्छ ।
ओलीले सोही विषयलाई नै क्यास गर्ने लक्ष्यका साथ नेता नेपालले आफूलाई स्वास्थ्यलाभको कामना समेत नगरेको भन्दै बैठकमा भएको भन्दा बढ्ता विषय कथा बनाएर सार्वजनिक गर्न लगाएको नेता नेपालको बुझाई रहेको स्रोतको दावी छ ।
भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै व्यक्तिगत तहमा उत्रिएर भनाभन गरेको भन्ने विषयले नेपाली जनता र पार्टी कार्यकर्ता तहमा समेत राम्रो परेको छैन । पार्टी भित्र विवाद रहेपनि त्यसलाई मिलाएर भित्र भित्रै मिलाउनुपर्नेमा सार्वजनिक गरिएको थियो ।
त्यो कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरण विपरितको विषय समेत हो । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको विवाद भए त्यसलाई पार्टी भित्रे कमिटिमा बसेर मिलाउनु पर्छ । लेनिनवादी सांगठनिक संरचना र सिद्धान्त एवम् विधिले समेत सोही मान्यता राख्छ ।
त्यस दिन नेता नेपालले गरेको स्वास्थ्यलाभको शुभकामनालाई अध्यक्ष ओलीले 'चाहिँदैन' भनेपछि विवाद चर्केको थियो । त्यसपछि नेता नेपालले स्वास्थ्यलाभको शुभकामना पनि चाहिँदैन भन्ने आपराधिक मानसिकता त्याग्न सल्लाह दिएका थिए । त्यसयता दुवै नेताहरूको सामान्य बोलीचाली ठप्प भएको छ ।
यो समेत राम्रो नभएको जानकारहरुको भनाइ छ । विवाद भएपनि त्यसलाई मिलाएर जानुपर्नेमा तथ्य भन्दा बाहिर गएर हल्ला गर्दै हिड्नु समेत गलत भएको र त्यसले कम्युनिस्ट आचरण समेत नराखेको बताइन्छ ।
उपचारका लागि १५ दिन सिंगापुरमा बिताएका ओली गत शुक्रवार नेपाल फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन् । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले बालुवाटारमै गएर ओलीलाई भेटे र पार्टी एकताको बाँकी काम टुंगोमा लगाउन आधा दर्जन पटक छलफल समेत भयो ।
हरेक जसो छलफलमा ओली, अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल छुटेका छैनन् । तर नेता नेपाल भने एक पटक पनि बालुवाटार पुगेका छैनन् । ती भेटघाटमा नेता नेपाल कुनै पनि रुपमा सहभागी छैनन् । ओली र नेपालबीच टेलिफोनमा समेत वार्ता भएको छैन । एकले अर्कोलाई पेलेको अर्थमा बुझेर कुने पनि छलफल नभएको बताइन्छ । मलाई घुर्की देखाउँदा र लगाउँदा के फरक पर्छ र भन्ने मान्यतामा ओली छन् भने नबोलाईकन त कुकुर पनि आउँदैन, म त पार्टीको पूर्व शीर्ष नेतृत्व र पूर्व प्रधानमन्त्री पनि भएकाले ओलीले नबोेलाइकन त जाँदै जान्न नी भन्ने अडानमा नेता नेपाल छन् ।
यसबीचमा नेपाललाई न ओलीले बोलाए, न आफैं भेट्न गए । प्रचण्डसँग त आधादर्जन पटक भेटघाट भइसकेपनि नेता नेपालसँग एक पटक पनि छलफल हुन सकेको छैन ।
'अध्यक्ष र वरिष्ठ नेताबीच देखिएको खटपटले पार्टी नचल्ने भएपनि जोगी देख्दा भैसी डराएको र भैसी देख्दा जोगी डराएको शैलीमा ओली र नेपालको सम्बन्ध देखिएको छ । नेता नेपाल निकट स्रोतले भन्यो सिंगापुरबाट आइसकेपछि ओलीले पनि बोलाउनु भएको छैन, नेता नेपाल पनि जानुभएको छैन । फोन वार्ता पनि भएको छैन ।
नेता नेपाल यत्तिकै बालुवाटार खासै नजाने भन्दै स्रोतले भन्यो नबोलाइकन जाने त कुरा पनि भएन नी । बैठक पनि केही भएको छैन, बैठक नै नभई म किन जाने भन्ने अडानमा नेता नेपाल रहेका छन् । नेता नेपालले आफूलाई ओलीले पेलेर जान खोजेको भन्दै त्यसो गरिए झन् ठूलो गल्ती हुने बताउँदै आएका छन् ।
अब कसरी अगाडि जाने नेपाललाई पेलेर जान खोजे झन् ठूलो गल्ती हुने बताए । नेता नेपालको पार्टीभित्रको पकड र शक्तिलाई नजर अन्दाज गर्न नहुने आना निकटस्थहरुसँग बताउँदै आएका छन् । उनले पछिल्ला दिनमा आफ्ना निकटस्थहरुसँग नियमित छलफल गरिरहेका छन् । नेता नेपालका निकटस्थहरुको भनाइ छ – अरु कोही चाहिँदैन, कसैको सहयोग चाहिँदैन भन्ने ठूलो दम्भ ओलीमा रहेको छ । यसले पार्टीलाई हित गर्दैन । यो ज्यादती कम्युनिस्ट पार्टीमा चल्दैन ।
'प्रधानमन्त्री ओलीमा अरुको साथ नखोज्ने, सदासयता नखोज्ने खालको चरित्र हाबी भएको र त्यसले व्यक्तिगत इगो र गैरराजनीतिक चरित्रलाई प्रश्रय दिने नेपालको ठहर छ । ओलीसँग नझुक्ने उनको दृढता देखिएको छलफलमा सहभागी एक नेताले बताए । ओली उपचारका लागि सिंगापुर जाने जानुभन्दा केही दिन अघि बसेको बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षका लागि प्रस्ताव गरेको थियो । ओलीले ल्याएको उक्त प्रस्तावमा अन्य ८ जना नै सहमत भएका थिए तर स्थायी कमिटी बैठकले निर्णय नगरीकन गौतमको उपाध्यक्ष पद कार्यान्वयनमा आउने समेत अवस्था छैन ।
नेता नेपालले आफूलाई पेलिएको अवस्थामा सो प्रस्तावलाई समेत पारित हुन नदिने अडानमा पुगेका छन् । पछिल्लो समयमा सञ्चारमाध्यमहरूले पनि पाटीमा वामदेव गौतमलाई अगाडि ल्याउन खोजेको भनी विश्लेषण गर्न थालेका छन् तर उपाध्यक्ष पदको कुनै विशेष अधिकार नरहने र अनावश्यक लफडा गरिए त्यसले पार्टीको भविष्यलाई समेत धरापमा पार्ने उनको बुझाइ छ ।
सहमति नगरेर पेलेरै जान खोज्ने हो भने वामदेवको उपाध्यक्ष पद पनिस्वीकृत हुन्छ भन्ने के ग्यारेन्टी छ ?' नेता नेपालसँगको नियमति छलफलमा सहभागी उनी निकटस्थ अर्का नेताले बताए । भदौ ५ गते बसेको सचिवालय बैठकको कुराकानी कसले बाहिर ल्यायो ? प्रश्न केन्द्मा यही रहेको छ । नेकपाभित्र ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको भनाभन आफ्नो स्वार्थमा ओलीपक्षले बाहिर सार्वजनिक गराएको नेपाल पक्षको बुझाइ छ ।
भदौ ५ गतेको सचिवालय बैठकमा भएको कुराकानी शुरूमा कसरी ल्याइयो ?' नेता नेपाल निकट एक नेताका अनुसार 'माधव नेपालले शुभकामना दिन्न भनेको भन्दै होहल्ला गर्न खोजिएको हैन र ? तर पछि त त्यसो होइन रहेछ भनेर प्रमाणित भयो ।' माधव नेपालले शुभकामना दिँदा तपाईंको शुभकामना चाहिँदैन भनेर ओलीले भनेको उनको दाबी छ ।
'शुरूमा सञ्चार माध्यममा आएको सूचनाको स्रोत के हो ? कसले यस्तो गरिरहेको छ ? बैठकभित्र यो यो भयो भनेर बाहिर भन्दै हिंड्ने को हो ? आखिर सत्य कुरा त आयो नि त !' उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनका अनुसार विष्णु रिमाल नै त्यसका खास डिजाइन हुन् । सचिवालय बैठकमा हैसियत नभएपनि प्रधानमन्त्रीको नजिक आएर उनी बसेका थिए । उनी त्यहाँ बसेको विषयलाई कोही कसैले पनि कुरा उठाएनन् । विवाद बढ्दै गएपछि रिमालले नै उक्त विवादको अडियो रेकर्ड गरेको हुन सक्ने नेता नेपाल पक्षको बुझाई छ ।
नेता नेपालले कुनै अश्लील या निकृष्ट शब्द ओलीलाई नबोलेको तर ओली पक्षले उक्त भनाभनलाई बढाई चढाई सञ्चारमाध्यममा ल्याएको विषय अबको बैठकको एजेण्डा हुने नेता नेपाल पक्षको दाबी रहेको छ । नेता नेपालले तपाईं यति आपराधिक ढंगले पनि सोच्न सक्नुहुने रहेछ भनेर भनेकोमा भने उनी सहमत छन् । हो मैले त्यत्ति चाही भनेको हो , तर अन्य तवरले गरिएको प्रचारमा कुनै तुक छैन । नेकाप भित्र देखिएको ओली र नेपालको झगडा मिलाउन प्रचण्ड नै लाग्नपरेपछि अब नेकपाको खास नेता उनै भएकोमा नेता तथा कार्यकर्ता ढुक्क देखिएका छन् । | 2020/05/28 21:08:38 | http://ajakoartha.com/story/16457 | mC4 |
आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १० बजेर १९ मिनेटमा – BFM 91.2
विराटनगर १० कार्तिक । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।
आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाले बताउनुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ ।असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गर्नुभएको छ ।'आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,' शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गर्नुभएको छ ।औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन भन्दै प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी बनाउन आह्वान गर्नुभएको छ ।
यसैवीच विराट श्री मिडिया प्रालि(वीएफएम) का अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विजयादशमीको अवसरमा शुभकामना दिनुहुँदै सम्पूर्ण नेपालीको सुख शान्ति र उन्नतीको कामना गर्नु भएको छ । यसैबिच वि एफएम का कार्यकारी निर्देशक डाक्टर सन्देश दास श्रेष्ठले शुभकामना सन्देश दिनुहुदै नेपालीहरुको महान् चाड बडा दशैं –२०७७ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । | 2021/06/22 08:37:29 | https://bfm912.com/%E0%A4%86%E0%A4%9C-%E0%A4%A6%E0%A4%B8%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%B2/ | mC4 |
कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ ।
सोमबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले नगरशिक्षा शाखामा आयोजित एक कार्यक्रममा कक्षा एकका विद्यार्थीहरुलाई अँग्रेजी माध्यमको पाठ्यपुस्तक विद्यालयका प्रध्यानापकहरुलाई हस्तान्तरण
गरेका हुन् ।
पाठ्यपुस्तक हस्तान्तरण गर्दै प्रमुख रावतले विद्यालय त्यसमा पनि कक्षा एकमा पढाई हुने शैक्षिक सामाग्रीहरु नयाँ भएकाले यसको पढाउने विधि पनि नयाँ हुनु स्वभाविक भएको बताए । रावतले भने, ‘कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयहरुमा जसरी अँग्रेजी माध्यममा पढाउछन् र नीजी विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने परिणाममा देखिने गरी पढाउनु होस् ।’ साथै उनले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा एक विद्यालयले एक प्राविधिक विषयको पढाइ शुरु गर्नु पर्ने आवश्यकता रहेको छ । लक्ष्मी
मावि बर्दहवा र त्रिमावि कोहलपुरले जस्तै अन्य विद्यालयहरुले पनि क्रमशः शुरु गर्न विद्यालयका प्रध्यानापकहरुलाई आग्रह गरे ।
त्यस्तै नगरशिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले कार्यक्रमको बारेमा जानकारी गराउदै राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु भएको र त्यही कार्यक्रम अनुसार प्रारम्भिक तह देखि नै अँग्रेजी माध्यममा पाठ्यपुस्तक तयार गरी पढाई गराउन आधारभूत तहमा शिक्षण गर्ने शिक्षीकाहरुलाई यस अघिनै तालिम दिइसकेको जानकारी गराए ।
हालसम्म पनि विद्यालयमा कुनै प्रविधियुक्त सामाग्रीहरु नभएका चार विद्यालयहरुलाई एक-एक वटा ल्यापटप समेत दिइएको थियो । ल्यापटप पाउने विद्यालयहरुमा कोहलपुर नगरपालिका-२ स्थित मुक्ति प्रावि मुक्तिनगर, शिव शक्ति आधारभूत विद्यालय प्रेमनगर, कोहलपुुर नगरपालिका-४ स्थित हिमालय मदरसा गरिब नवाज बेडनपुर र कोहलपुर नगरपालिका-१२ विद्याज्योति चरगौडी रहेका छन् । | 2022-11-26T12:36:51Z | https://kanchulikhabar.com/news/6906/ | OSCAR-2301 |
धार्मिक तीर्थस्थल थानीमाई मन्दिर पुर्ननिर्माण – Aajako Khabar: आजै अनि ताजै
दमौली, १० कात्तिक २०७२ सालको भूकम्पबाट क्षति पुगेको तनहुँको भानु नगरपालिका–७ मा रहेको पर्यटकीय धार्मिक तीर्थस्थल थानीमाई मन्दिरको पुनःनिर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको हो ।
भूकम्पबाट मन्दिरमा क्षति पुगे पनि २०७४ साल असारदेखि पुनःनिर्माणको काम शुरु भएको थानीमाई मन्दिर व्यवस्थान तथा संरक्षण समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । पुनःनिर्माण गरिएको मन्दिरमा तीन ढोका, एक झ्याल र एक आँखीझ्याल निर्माण गरिएको छ । मन्दिरको झ्याल र ढोका कलात्मक छन् । ढोकामा गणेश, कुमार बुद्ध,लगायतका कलात्मक आकृति निर्माण गरिएको मन्दिर निर्माण अनुगमन समिति सदस्य राजेन्द्र रम्तेलले बताउनुभयो ।
विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीयवासीले बताएका छन् । मन्दिरमा विशेष गरेर कात्तिक महिनामा भक्तजनको विशेष भीडभाड लाग्ने गरेको छ । सत्यनारायणको पूजा गरेर फूलको डोली निर्माण गरी मन्दिरमा पूजाअर्चना हुँदै आएको छ ।
ढङ्गा गिट्टी बिक्रीबाट सात करोड आम्दानी
ढुङ्गा, गिट्टी बालुवा बिक्रीबाट तनहुँका स्थानीय तहलाई रु सात करोड ४५ लाख आम्दानी भएको छ । जिल्लाको १० स्थानीय तहलाई गत आर्थिक वर्षमा ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट उक्त आम्दानी भएको हो । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा ढुङ्गा, गिट्टी बिक्रीबाट सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकाले आम्दानी गरेको छ भने सबैभन्दा कम बन्दीपुर गाउँपालिकाले आम्दानी गरेको जिल्ला समन्वय समिति तनहुँले जनाएको छ ।(रासस) | 2019/10/21 19:47:51 | http://aajakokhabar.com/2018/10/27/5107/ | mC4 |
बेल्जियममा मुक्तक सन्ध्या सम्पन्न | Infomala
बेल्जियममा मुक्तक सन्ध्या सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा आगामी अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनको प्रचारप्रसार र अभियानको थालनी स्वरुप यही ०८ फेब्रुअरीमा लुभेनमा मुक्तक सन्ध्या सम्पन्न भयो ।
मुक्तककार विमल गिरीको आतिथ्यतामा सम्पन्न सो सन्ध्याको प्रारम्भमा अनेसास नेदरल्याण्डका अध्यक्ष सूर्यराज गिरी, अन्तर्राष्ट्रिय कलाकार सँघका ग्लोवल अध्यक्ष एवँ अनेसास नेदरल्याण्डका सल्लाहकार पुष्प बरुवाल, एनआरएन बेल्जियमका महासचिव एवँ स्रष्टा माधव सापकोटा, जनसम्पर्क समिति यूरोपका महामन्त्री गँगाधर गौतमले सम्मेलन सफलताका लागि प्रतिबद्धता जाहेर गर्दै डायस्पोरीय साहित्यिक विकासवारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अनेसास अध्यक्ष दीपेन्द्र के.सी.कोसभापतित्व, महासचिव दीपकज्योति पौडेलको उदघोषण र उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत गर्नुभएको सन्ध्यामा स्रष्टाहरु क्रमशः सौरव कारञ्जित, सूर्य गिरी, पुष्प बरुवाल (बुँद रानाको गजल सहित), विमल गिरी, दीपेन्द्र के.सी, दिपकज्योति पौडेल, राजकुमार पुडासैनी, नन्दु घले, परमानन्द सापकोटा, विष्णु सापकोटा, मोहन खत्री, माधव सापकोटा, बोधराज पौडेल, सुदाम अधिकारी, रोशन क्षेत्रीले मुक्तक र कविताहरु वाचन गर्नुभएको थियो । सन्ध्याको लागि यहाँका नयाँ पुस्ताका प्रकाश के.सी. र नवराज थापाले फोटो र मिडिया सँयोजन गर्नुभएको थियो । | 2021/11/28 11:09:30 | https://www.infomala.com/%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A5%8D%E0%A4%9C%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%95-%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%8D%E0%A4%AF/ | mC4 |
राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न निर्देशन | Janadesh Daily | ePaper
राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न निर्देशन
२२ आश्विन २०७७, बिहीबार १९:५७ by Jandesh Daily
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उहाँले उक्त क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले यस अघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उहाँले निर्देशन दिनुभयो ।
राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने जानकारी दिनुभयो । उहाँले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो"अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्मपनि व्यवस्थित शहर रहने गरी योजना गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौ । "
राजधानी र नामको टुङ्गो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । रासस | 2020/12/01 02:02:58 | http://janadeshdaily.com/19311/ | mC4 |
विराटनगरमा 'होटल नमस्कार रिजेन्सी'को नामबाट नयाँ होटल सञ्चालनमा | OB Media
विराटनगरमा 'होटल नमस्कार रिजेन्सी'को नामबाट नयाँ होटल सञ्चालनमा
ओबी | ३० भाद्र २०७८, बुधबार १८:१२
विराटनगर । कोभिड–१९ को महामारीका कारण एकवर्ष अगाडी गत असोज महिनामा बन्द गरिएको विराटनगरको पुरानो 'होटल नमस्कार' को स्थानमा असोज १ गतेबाट औपचारिक रुपमा नयाँ होटल सञ्चालनमा आउने भएको छ । विराटनगरमा चार दशकभन्दा लामो इतिहास बोकेको पर्यटकस्तरीय 'होटल नमस्कार' बन्द भएपछि उक्त स्थानमा अब 'नमस्कार रिजेन्सी'सञ्चालन हुने भएको हो ।
नमस्कार रिजेन्सीको सञ्चालन विराटनगरकै अर्को पर्यटकीय होटल 'मुन होटल'का सञ्चालक विजय प्रसाईंले गरेका छन् । प्रसाईंले घरजग्गाका धनी काठमाडौंका कृष्णगोपाल श्रेष्ठसित १५ वर्षका लागि लिजमा लिएका छन् । विराटनगरका लागी ईतिहास बोकेको पुरानो होटलको भवनको जीर्णोद्धारलाई मर्मत सम्भार गरी होटललाई नयाँ स्वरुप दिएका छन् ।
झण्डै ३ करोड बढी लगानी गरी पुरानो होटल रहेको भवनलाई पुन ताजगी बनाइएको छ । होटल नमस्कार रिजेन्सी क्षेत्रमा १८ कट्ठा जमिनमा छ । जसमध्ये २ कट्ठा ४ धुर क्षेत्रमा होटलको मुख्य भवन छ । कार्यक्रमका लागि ठूलो र सानो गरी दुई वटा हल छन । एउटा होटलभित्र मिनी हल र अर्को बाहिर रहेको छ । परिवारिक वातावणीय रेस्टुरेन्ट सहित होटलमा अट्याच बाथरुम भएका २५ वटा कोठा छन् ।
त्यस्तै होटलको भान्सालाई पनि मोड्युलर कमर्सियल किचनको स्वरूप दिएर अत्याधुनिक शैलीको बनाईएको छ । होटल भवनको पछाडि ठूलो चउर खालि भएकाले दुई वटा विवाह वा कुनै पनि कार्यक्रम सजिलै गर्न सकिने संचालक प्रसाईले बताए । यसका साथै पहिलेको हललाई पनि पुन मर्मत सम्भार गरी नयाँ शैलिमा आकर्षक बनाइएको छ ।
त्यहि स्थानमा रहेको होटल नमस्कारको ईतिहास यस्तो छ
विराटनगरको प्रमुख चोकमध्येको ट्राफिक चोकमा धरानका समाजसेवी एवम् निर्माण व्यवसायी राजकुमार श्रेष्ठले २०३७ सालदेखि 'होटल नमस्कार' सञ्चालन गरेका थिए। २०४४ मा उनको निधन भएपछि छोराद्वय युवराज र राजनले होटललाई निरन्तरता दिए।
राजनले २०५१ मा विराटनगरकै रोडशेषमा अर्को 'होटल स्वागतम' खोले र छुट्टै व्यवसाय सञ्चालन गरे। यसपछि युवराजले एक्लैको काँधमा 'नमस्कार' को दायित्व आइलाग्यो। २०६९ मा युवराजको निधन भएपछि छोरा युनेशमा होटल सञ्चालनको अभिभारा आयो। युनेशको पालामा कोभिड १९ ले गर्दा विराटनगरका ठूला तथा साना होटलहरुलाई ठूलो असर पार्यो यसको प्रत्यक्ष असर होटल नमस्कारलाई पनि पर्यो । लामो समय सम्मको लकडाउनले गर्दा अन्तत युनेशले होटल नमस्कार बन्द गर्ने अवस्थामा पुगे । उनले हाललाई होटल नमस्कार बन्द गरेको भएपनि पुन नयाँ स्थानमा नयाँ योजनाका साथ होटल नमस्कार नै सुरु गरिने आवर विराटनगरलाई बताए ।
कुनैवेला नोकरी गरेका प्रसाई त्यही होटलका मालिक
संघर्ष गरेर होटलका सञ्चालक बनेका विजय पहिले होटल नमस्कारमै जागिरे थिए । २०५१ सालमा होटल नमस्कारमा रिसेप्सनिस्टको जागिर खाए । मासिक एक हजारमा उनले होटलमा काम थाले।विजयले राम्रो पर्फर्मेन्स देखाएका कारण अर्को महिना नै उनको तलब युवराजले १ हजार ५ सय बनाइदिए । झन्डै एक बर्ष सम्म होटल नमस्कारमा जागिर खाएका प्रसाईले । यसैबीच विराटनगरकै अर्को मुख्य चोक रोडशेष चोकमा होटल मुनको उद्घाटन २०५३ सालमा तत्कालीन पर्यटन मन्त्री चक्र बास्तोलाले गरे । त्यसपछि पुन होटल मुनमा प्रसाईले ठूलो पदमा अफर आएपछि मुन होटलमा जागिर खाए । होटल मुनमा लामो समय सम्म जागिर खाएपछि पुन होटललाई आफैले जिम्मा लिएर संचालन गरिरहेका छन । आफुले कार्य गरेको होटल नमस्कारले लामो समयदेखि संचालन गर्दै आएको होटलको भवन र स्थान छाडेपछि हाल उनले सोहि स्थानमा होटल नमस्कार रिजेन्सी नामको होटल सुरु गरेका हुन्छ । | 2021/10/24 01:56:56 | https://ourbiratnagar.net/2021/09/151567 | mC4 |
सांसद्लाई अलग्गै १० करोड बजेट नदिन विज्ञहरुको जोड | We Nepali
सांसद्लाई अलग्गै १० करोड बजेट नदिन विज्ञहरुको जोड
२०७५ वैशाख २४ गते १:३३
काठमाडौँ, २३ वैशाख – संघीय संरचनाअनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यले अलग्गै बजेटको व्यवस्था गर्नु नहुने विज्ञहरुले जोड दिएका छन् ।
सांसदलाई रु १० करोड सम्म बजेट दिनुपर्ने माग भइरहेको सन्दर्भमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज यहाँ आयोजना गरेको 'सांसदलाई रु १० करोड बजेट 'ठीक कि बेठिक' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले विगतमा सांसदहरुलाई दिइएको बजेट दुरुपयोग भएको र संघीय संरचनामा विभिन्न तहका सरकारबाटै विकास निर्माणका कार्यहरु हुने हुँदा सांसदहरुलाई छुट्टै बजेट दिनु अनुचित हुने तर्क राखे ।
सुशासनविद् डा कृष्णबाबु जोशीले सत्ताको दुरुपयोग गर्दै प्रभावशाली सांसदहरुले पञ्चायतकालदेखि विसं २०६२ सम्म नै विकासको नाममा सिधै बजेट लैजाने गरेको उल्लेख गर्नुभयो । गणतन्त्रमा सांसदको भूमिका कानून निर्माण गर्नु, राज्यले लगानी गरेका परियोजनाको अनुगमन, मूल्यांकन गर्नू र जनतालाई राज्यका सेवाहरु छिटोछरितो उपलब्ध गराउने भूमिका निर्वाह गर्नु हुनेभएकोमा विगतमा जस्तो सांसदलाई नै बजेट विनियोजन गर्नु उपयुक्त नहुने उहाँले धारणा राख्नुभयो ।
जनताले तिरेको कर जथाभावी खर्च गर्ने अधिकार कसैलाई पनि नहुने बताउँदै उहाँले राज्यको ढुकुटी कसरी बढाउने, जनतालाई कसरी सेवा सुविधा दिने र भ्रष्टाचारको अन्त्य गरी सुशासन र कानूनी राज्यको प्रत्याभूति दिलाउने भन्नेतर्फ नै सांसदहरुको भूमिका रहनुपर्ने डा जोशीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्का विज्ञ विष्णु पुरीले सांसदहरु अबको जिम्मेवारीबाट विचलित भई विकासका लागि बजेट माग्नु उचित नहुने बताउँदै सांसदलाई दिने बजेटबाट उद्योगधन्दा स्थापना गरी लाखौँ युवालाई रोजगारी दिन सकिने धारणा राख्नुभयो ।
उहाँले विगतमा सांसदलाई दिएको बजेट सदुपयोग नभएको सन्दर्भमा पुनः दिनु न्यायोचित र कानूनसम्मत नहुने उहाँको भनाइ थियो ।
संघीय संसद्का सांसदहरुबाटै विगतमा जस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बजेट जानेबारे जनस्तरमा यस खालको बहस हुनु आवश्यक रहेको नेपानका अध्यक्ष चेतनाथ कणेंलले बताउनुभयो । | 2021/02/27 10:37:47 | https://www.wenepali.com/2018/05/49886.html | mC4 |
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड
हाम्रोखबर बिहीबार, कात्तिक १३ २०७७
काठमाडौं । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरुप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय आज गरेको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले गरेको छ । चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ
प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीको एक करोड ४७ लाख
यसैबीच, एशियाली विकास बैंक (एडीबी)ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ । | 2020/11/30 07:56:47 | https://hamrokhabar.com/post/16600 | mC4 |
२६४ यात्रु लिएर नेपाल एअरलाइन्सको जहाज आज अस्ट्रेलिया जाने | Samabesi Khabar
२६४ यात्रु लिएर नेपाल एअरलाइन्सको जहाज आज अस्ट्रेलिया जाने
नेपाल वायुसेवा निगमको वाइडबडी (एयरबस ३३०) आज साँझ अस्ट्रेलियाको ब्रिस्बन सहर जाँदैछ। इतिहासमै पहिलोपटक निगमको वाइडबडी चार्टर उडान मार्फत अस्ट्रेलिया जान लागेको हो।
नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपालमा अलपत्र परेका करिब २ सय ६४ जना अस्टे«लियाली नागरिक लिएर एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि उड्ने भएको हो।
निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि भन्दै खरिद गरेको दुई वटा 'ब्राण्ड न्यु' वाइडबडीमध्ये मकालु विमान ९एलएलजेड० अस्ट्रेलियाको ब्रिस्बेन जान लागेको हो।
नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार करिब १२ घण्टा ४० मिनेटको उक्त उडानमा २४ जना चालक दलका सदस्य रहनेछन्। उनका अनुसार ५ जना क्याप्टेन, एक जना कोपाइलट, १४ जना क्याबिन क्रु, २ जना इन्जिनियर र एक–एक जना फ्लाइट डिस्पाचर र लोड मास्टर्ड रहनेछन्। काठमाडौंबाट मलेसियाको क्वालालम्पुरमा इन्धन राखेर विमान अष्ट्रेलिया लाग्नेछ।
नेपाल नागरिक उडड्यन प्राधिकरण ९क्यान० का प्रवक्ता राजकुमार क्षेत्रीले बुधबार साँझ अष्टे«लियाको ब्रिस्बेनमा उडान भरेको निगमको एयरबस बिहीबार राती ११ बजे काठमाडौं अवतरण हुने जानकारी दिए। 'हामीलाई निगमले दिएको जानकारी अनुसार बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्नेछ, उनले भने।
उनका अनुसार चैत १० गतेदेखि १८ गतेसम्म १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। जसमा कतार एयरवेजको ६, कोरियनको १, इतिहादको १ र नेपाल वायुसेवा निगमको २ उडान भएका छन्। जसमा नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्झाउमा कार्गो उडान गरेको थियो।
निगमको वाइडबडी विमानले बिहीबार बिहान ८ बजे पुनः चीनको ग्वाङ्झाउमा कार्गो उडान गर्दैछ। यसअघि चीनबाट निगमको कार्गो विमानमार्फत आइतबार पहिलोपटक स्वास्थ्य सामग्री ल्याइएको थियो।
बुधबार ४ आन्तरिक उडान
बुधबार आन्तरिक उडानमा ४ वटा चार्टर उडान हुने भएका छन्। लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइड लिन तारा एयरको २ उडान र सीता एयरको १ उडान हुनेछ।
त्यस्तै सुर्खेतमा स्वास्थ्य सामग्रीसँगै स्वास्थ्य मन्त्रालयका ४ जना चिकित्सकसहित उडान भर्न एयर डाइनेष्टिकले उडान अनुमति पाएको छ। | 2021/04/14 01:16:42 | https://www.samabesikhabar.com/2020/01/6223/ | mC4 |
'संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ:प्रकाशमान सिंह - || वर्णन मिडिया - सूचना तथा समाचारको संवाहक ||
'संविधान रक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण छ:प्रकाशमान सिंह
२०७८ बैशाख ६, सोमबार १७:४९:००
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान रक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले आज यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई 'बधाई तथा सम्मान' कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र देशको विकासका लागि प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
नेता सिंहले विगतका समयमा सङ्कटको घडीमा कांग्रेसले सरकारलाई साथ दिएको जनाउँदै आगामी दिनमा पनि कांग्रेस देश र जनताका पक्षमा उभिने स्पष्ट पार्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा देखिएको कमीकमजोरीलाई औँल्याउने जिम्मा पत्रकारिता जगत्को भएको उहाँको भनाइ थियो । कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले वर्तमान सरकारले संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै उक्त कदमविरुद्ध पत्रकार एक भएर उभिनुपर्ने बेला आएको बताउनुभयो । संविधान र सञ्चार क्षेत्रलाई सरकारले हस्तक्षेप गर्न खोजेको उहाँको आरोप थियो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ०ले प्रेस स्वतन्त्रता र विकासको पक्षमा निरन्तर उभिन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । पत्रकार महासङ्घ र महानगरपालिका सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो नेतृत्वमा रहेको कार्यसमिति खरोरुपमा उत्रने बताउनुभयो । | 2021/05/06 01:39:06 | https://barnanmedia.com/detail/1618834128-l-jh | mC4 |
सामुदायिक हेरचाह संचालनका लागि स्थानिय निकायको सहयोग आवश्यक – ebaglung.com
२०७४ माघ १६, मंगलवार १९:०९ Top News, थप समाचार
नारायण रिजाल, बागलुङ, २०७४ माघ १६ । जिल्लामा संचालिन एच.आईं.भि. एड्सबाट संक्रमितहरुका लागि लक्षित गरी संचालन गरिएको हेरचाह केन्द्रलाई अब स्थानिय निकायको सहयोगको आवश्यक रहेको सरोकारवलाका भनाई रहेको छ ।
धौलागिरी पोजेटिभ समुह बागलुङ द्धारा आयोजित सरोकारवालाहरु संगको समन्वयात्मक बैठकमा सो कुरा बताईएको छ । हाल सम्म उक्त संस्थाले एनएपिनको साझेदारी ग्लोबल फण्ड र सेभद चिल्डेनको सहयोगमा संचालित कार्यक्रमको अन्तिम चरणमा आए पश्चात यस कार्यक्रमलाई निरन्तरता दिनका लागि अब स्थानिय स्तरबाट सहयोग हुनुपर्ने बताईएको छ ।
जिल्लामा संचालित उक्त सामुदायिक हेरचाह केन्द्रमा अहिले लगभग १ सय ३२ जना संक्रमितहरु धौलागिरी अंचल अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा संस्थाबाट सेवा लिईरहेको समुहका अध्यक्ष चन्द्र बहादुर खत्रीले बताए । उनिहरुले अस्पताल र एआरटि सेन्टरमा सेवा लिन आउँदा खान बस्नको व्यवस्था हेरचाह केन्द्रले गरेको छ । हेरचाह केन्द्रका लागि सहयोगी कार्यक्रमको अवधि फागुन सम्म मात्र रहेको हुनाले संक्रमितलाई आउँदो दिनमा सेवा दिनको लागि कसरी व्यवस्थापन गर्ने भन्ने संस्थालाई चिन्ता रहेको संस्थाका अध्यक्ष खत्रीको भनाई छ । बैठकमा बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले अबको दिनमा संस्थाको कार्यक्रम निरन्तरताको लागि स्थानिय तहबाट सहयोगको खाँचो रहेको बताए । हेरचाह केन्द्रले संक्रमितको स्वास्थ्य सुधारका लागि टेवा पुग्ने भएकोले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।
केन्द्रमा संक्रमितलाई खाना,वस्नको व्यवस्थाका साथै मनोबैज्ञानिक परामर्श र जतिलता भएका संक्रमित विरामीलाई रेफरका लागि पनि केहि राहत प्रदान गरिने व्यवस्था रहेको संस्थाले जनाएको छ । बैठकमा धौलागिरी अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागर कुमार राजभण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत भेषराज शर्मा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य नारायण रिजालले कार्यक्रम दिगोपनका लागि एउटा अवधारणा पत्र तयार पारी जिल्लाका सबै स्थानिय तहमा सहयोगको अपिल गर्नुपर्ने बताए । संस्थाको अहिले सम्मको प्रगतिको बारेमा संस्थाका वित्त तथा कार्यक्रम अधिकृत चन्द्रकान्त आचार्यले जानकारी गराएका थिए ।
संस्थाले अहिले हेरचाह केन्द्रका अवला अन्य कार्यक्रम पनि संचालन गर्दै आएको छ । कार्यक्रम जिल्ला जनस्वास्थ्य प्रमुख दिपक प्रसाद तिवारीको अध्यक्षता एचआईभि फोकल पर्सन देव प्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । | 2019/11/14 20:05:25 | https://www.ebaglung.com/archives/22702 | mC4 |
वडाको पहलमा कपनमा दैनिक दुई हजार विपन्न र मजदूरलाई खाना
अमरवाणी 10.4K
अमरवाणी संवादाता/काठमाडौं काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० वडा समितिले वैशाख ७ गतेदेखि विपन्न तथा असहायलाई एक छाक खाना खुवाउँदै आएको छ । मुलुकमा लकडाउनका कारण दैनिक ज्याला–मजदुरी गर्ने व्यक्तिहरूले काम नपाएर खान नसक्ने अवस्था उत्पन्न भएपछि वडा समितिले यस्तो निर्णय गरेको हो ।
वडा समितीको वैशाख ६ को बैठकले लकडाउन अवधिभर असहाय, विपन्न र श्रमिक वर्गलाई खाना खुवाउने निर्णय गरेर कार्यान्वयनमा ल्याएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
खाना खुवाउनका लागि वडा अध्यक्षको संयोजकत्वमा ४ सदस्यीय आर्थिक समिति र ध्रुबराज नेपालको संयोजकत्वमा खाना ब्यवस्थापन समिति बनाइएको खाना व्यवस्थापन समितिका संयोजक नेपालले अमरवाणीलाई बताए । वडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय आर्थिक समितिमा नेकपा वडा समितिका अध्यक्ष जगतप्रसाद निरौला, नेपाली कांग्रेसका वडा समिति अध्यक्ष श्याम डोटेल र वडा सचिव नवीन्द्र तामाड. सदस्य रहेका छन् । त्यस्तै ध्रुवराज नेपालको संयोजकत्वमा गठित खाना व्यवस्थापन समितिमा सह–संयोजक रामप्रसाद लुईंटेल र सदस्यहरुमा रामजी थपलिया, चन्द्रमान श्रेष्ठ र भेषराज डोटेल रहेका छन् ।
खाना व्यवस्थापन समिति अन्तर्गत रहेर दैनिक तीस स्वयंसेवकले कपनको मिलन चोकस्थित मिलन चोक पार्टी भेन्यूमा खाना बनाउने, प्याकिड.गर्नेदेखि वितरणसम्मका काम गरिरहेको स्वयं सेवक मुकुन्द सेढाईंले बताए । उनले भने, 'यो संख्या त मिलन चोकको मात्र हो, मिलन चोक लगायत वडाका दश स्थानबाट खानावितरण भईरहेको उनले बताए ।
मिलन चोक बाहिर बालुवा खानी,निखिलेश्वर,आकाशेधारा,पेट्रोलपम्प,ज्योतिनगर, गौरीशंकर टोल,गैह्रीगाउँ,विवेक चोक र सालतलेबाट दैनिक १ हजार ८ सय देखि १ हजार ९ सय जनासम्मलाई खानाको प्याकेट वितरण हुँदै आएको छ ।
व्यवस्थापन समितिका संयोजक ध्रुवराज नेपाललेले भने,' खाना प्याकेट लिने दैनिक वढी रहेका छन् ।' उनले भने, 'बैशाख ७ गते जम्मा चार सय प्याकेट खाना वितरण गरिएको थियो, ८ गते सात सय, ९ गते ९ सय, १० गते १ हजार ५० प्याकेट गर्दै १ हजार ९ सय र बैशाख २३ गतेसम्म आईपुग्दा २ हजारभन्दा वढीको संख्यालाई खाना ब्यवस्थापन गरिरहेका छौं ।' यहाँसम्म कि समितिका सदस्य रामजी थपलियाले समेत २० हजार रुपैयाँ सहयोग गरेका छन् । समितिलाई दिइएको सहयोग बाहेक आफूहरूले थप १४ जना विपन्न एवं असहायलाईलाई १४ हजार रुपैयाँको खाद्य सामग्री वितरण गरेको रामजीकी श्रीमति रिता थपलियाले बताईन् ।
लकडाउन यसरी लम्बिएला भन्ने अनुमान नगरिएको बताउँदै वडा अध्यक्ष नवराज भट्टराईले भने, 'पहिले त हामीले नगरपालिकाबाट खाद्य सापग्री वितरण गर्यौं, त्यसपछि मात्र आफैले खाना खुवाउन थालेका हौं ।' वैशाख २४ गतेसम्म हाम्रो यो खाना खुवाउने अभियानका लागि स्थानीय समाजसेवी, संघ, संस्था,व्यापारी,महिला समूह, सहकारी संस्था लगायत निजी क्षेत्रबाट दिल खोलेर सहयोग मिलेको छ । खाना अभियान पूर्णतः दाताको सहयोगमा चलेको छ ।
सरकारले बुधबारमात्र थप १० दिन लकडाउन थपेको छ । त्यसैले अब राहतको मोडालिटी फेर्नुपर्ने अवस्था छ । भोजन वितरण गर्ने मोडालिटीलाई निरन्तरता दिन कठिन छ । आर्थिक अभाव सुरु भैसकेको भट्टराईले बताए । 'दाताहरुबाट अहिलेसम्म ११ लाख ४५ हजार ८ सय ८६ रुपैयाँ प्राप्त भएको छ । मनकारीहरूको सहयोगबाट हामीले हजारौं विपन्न र श्रमिकहरूको छाक टार्न सफल भयो' वडाध्यक्ष भट्टराईले भने । | 2021/02/25 16:48:21 | https://ammarwani.com/news/post/2020-05-06-11-13-36 | mC4 |
खेलमैदानका लागि जग्गा उपलब्ध गराउँदा ओमप्रकाश हर्षित « Tuwachung.com
खेलमैदानका लागि जग्गा उपलब्ध गराउँदा ओमप्रकाश हर्षित
तुवाचुङ संवाददाता २०७७ मंसिर १६, १२:४४
हलेसी (खोटाङ) । हिजोआज समाजसेवा गर्ने मनकारी मानिस भेट्न त्यति सजिलो छैन । त्यसमा पनि समाजसेवा गर्ने युवा चामलमा बियाँ भेटेसरह पनि भेटिँदैनन् । तर, त्यस्ता दुर्लभ समाजसेवी भेट्दै नभेटिने भने होइन । त्यसमध्येका एक हुन्– युवा पुस्ताका उदाहरणीय समाजसेवी ओमप्रकाश राई ।
हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान तल्लो कात्तिकेनिवासी राई भक्तपुरलाई कर्मक्षेत्र बनाएर उज्यालो भविष्य खोज्दै छन् । निक भुजिकिक हाउजिङ प्रालि भक्तपुरमा लेखापालको जागिरे भए पनि आफ्नो सालनाल गाडिएको गाउँठाउँको सपना–जपनाबाट टाढिएका छैनन् ।
बीबीएसमा अध्ययनरत उनको जरा गाउँठाउँमै छ । घरपरिवारको आशाका केन्द्र उनी नै हुन् । विविध चुनौतीसँग सिंगौरी खेल्दै उनी पढ्दै अघि बढ्दै छन् । सकेको समाजसेवा गर्न पछि परेका छैनन् । उनले तल्लो कात्तिकेमा रहेको आफ्नो जग्गा मौखिक रूपमा खेलमैदानका दिइसकेका छन् । जहाँ संवत् २०७७ भदौदेखि स्थानीयले भलिबल खेलिरहेका छन् ।
'खेलमैदानका लागि मैले दिएको जग्गा कानुनी रूपमा हस्तान्तरण गर्न बाँकी छ,' समाजसेवी राईले प्रतिबद्धता जनाए, 'घर–सल्लाह गर्दै छु । हुन त घर–सल्लाह गरे पनि मैले नै निर्णय गर्ने हो । चाँडै कानुनी प्रक्रिया पूरा गरेर खेलमैदानका लागि जग्गा उपलब्ध गराउनेछु ।'
खेलमैदानका लागि आफूले उपलब्ध गराएको जग्गामा सानो–सानो रंगशाला बनाउन सके हुन्थ्यो भन्ने उनले इन्द्रेणी सपना देखेका छन् । खेलमैदानका लागि उनले उपलब्ध गराउने जग्गामा हजुरबुवा, हजुरआमा र बुवाआमाको नामबाट रंगशालाको नामाकरण गर्न सके पितृको सम्मान हुनेछ भनेर उनी जानकार छन् ।
गाउँठाउँका युवाले खेलकुदलगायत चौतर्फी विकासमा हस्तक्षेपकारी भूमिका खेलेको सुखद खबर सुन्न उनी सधैं लालायित हुन्छन् । आफूले सकेको सक्दो सहयोग गर्न कन्जुस गर्दैनन् । अलिकति समाजसेवी, अलिकति जागिरे र अलिकति विद्यार्थी भएर बाँचिरहेका ओमप्रकाश राईले खेलमैदानका लागि जग्गा उपलब्ध गराए भनेर उनका गाउँले र शुभचिन्तक त्यत्तिकै खुसी छन् । खेलमैदानका लागि जग्गा उपलब्ध गराउन पाउँदा उनी झन् धेरै खुसी छन् । 'यस्तो वातावरण मिलाइदिनेप्रति खुसी छु,' उनले टेलिफोनमा भने, 'मैले उपलब्ध गराएको जग्गामा निर्मित खेलमैदान सदुपयोग गर्दै गाउँठाउँका खेलप्रेमीको प्रगति चाँडै देख्न र सुन्न पाइयोस् ।' | 2021/01/24 12:40:33 | https://www.tuwachung.com/?p=3636 | mC4 |
अन्तर्राष्ट्रिय फुटबलबाट सुखद रूपमा विदा भए विराज « epurwa
प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार २०:२२
काठमाडौँ । नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीका रुपमा कीर्तिमान बनाएका डिफेण्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका छन् । थ्री नेशन्स कपको फाइनलमा बंगलादेशसँगको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम बन्यो ।
दुई वर्षअघि नै राष्ट्रिय टोलीबाट बाहिरिएका विराज सन्यासको उपयुक्त समयको पर्खाइमा थिए । थ्री नेशन्स कप सुरु हुनुअघि नै उनले यही प्रतियोगिता अफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताएका थिए । लिग चरणका दुई खेलमा प्रशिक्षक बालगोपाल महर्जनले उनलाई मैदानमा उतारेका थिएनन् । उनको जर्सी नम्बर ३ हो ।
राष्ट्रिय टोलीमा बायाँ पोजिसनबाट खेल्ने डिफेण्डरका रुपमा उनले १३ वर्ष देशको प्रतिनिधित्व गरे । ३१ वर्षीय विराजले चार वर्ष कप्तानी पनि गरे । उनी नेपालका सफल कप्तानमध्येमा पर्छन् । सन् २०१९ को जुन २ मा मलेसियासँग क्वालालम्पुरमा भएको मैत्रीपूर्ण खेलयता विराज राष्ट्रिय टोलीमा पर्न संघर्ष गर्नुपरेको थियो । उनको पोजिसनबाट खेल्ने खेलाडीहरुबीचको प्रतिस्पर्धामा उनी पछि परेका थिए ।
देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला नजिकै त्रिपुरेश्वरमा जन्मिएर सानै उमेरदेखि फुटबलको माहोलमा हुर्किएका विराज एन्फा एकेडेमीका दोस्रो व्याचका उत्पादन हुन् । उनी २०५७ सालमा एन्फा एकेडेमीमा भर्ना भएका हुन् । उनले उमेर समूहको विभिन्न टोलीबाट पनि नेपालको प्रतिनिधित्व गरे ।
सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानबिरुद्ध खेलको ८९ औं मिनेटमा अन्जन केसीलाई प्रतिस्थापन गरी मैदान प्रवेश गर्दै विराजले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । सन् २००९ मा एएफसी च्यालेन्ज कप छनोटमा किर्गिस्तानमाथि ७० सेकेण्डभित्रै गोल गरी उनले सनसनी मच्चाए । उनले राष्ट्रिय टोलीका लागि गरेको त्यही नै एक गोल हो ।
विराजले राष्ट्रिय टोलीका लागि ७३ खेल खेलेका छन् । जुन अहिलेसम्मको सर्बाधिक हो । सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानबिरुटको खेलमा सब्स्टिच्युड खेलाडीका रुपमा मैदान छिरेर सर्बाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान महान खेलाडी राजु शाक्यबाट आफ्नो नाममा सारेका थिए । राष्ट्रिय टोलीबाट ६८ खेल खेलेका राजु शाक्यको नाममा लामो समयसम्म सर्बाधिक खेलको कीर्तिमान थियो ।
विराजको कप्तानीमा नेपालले तीन ठूला उपाधि पनि जितेको छ । त्यसैले उनलाई सफल कप्तानका रुपमा उभ्याएको हो । नेपालको २२ वर्ष लामो अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै नेपालले सन् २०१५ मा बंगलादेशको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराजले नै ट्रफी उठाएका थिए ।
त्यसको एक वर्षपछि भारतमा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जित्दा पनि नेपाली टोलीको कप्तान विराज नै थिए ।
सन् २०१६ मै एएफसी सोलिडारिटी कपको उपाधि पनि नेपालले विराजकै कप्तानीमा जितेको थियो । एएफसी स्तरको प्रतियोगिता नेपालले जितेको त्यो पहिलोपल्ट थियो ।
नेपाली फुटबल म्याच फिक्सिङ प्रकरणबाट बदनाम भएका बेला तत्कालीन कप्तान सागर थापा प्रतिबन्धमा परेपछि कप्तानीको जिम्मेबारीमा आएका विराजको नेतृत्वमा नेपाली टोलीले दुई वर्षको अन्तरालमा लगातार तीन ठूला अन्तर्राष्ट्रिय उपाधि जितेर फुटबलप्रेमीको पीडामा मल्हम लगाएको थियो ।
घरेलु फुटबलमा पनि विराज सफल खेलाडी र कप्तानका रुपमा देखिन्छन् । तथ्यांक हेर्ने हो भने उनले फरक फरक तीन क्लबबाट ए डिभिजन लिगको उपाधि उचालेका छन् । थ्रीस्टार, मनाङ मस्र्याङदी हुँदै अघिल्लो वर्ष उनकै कप्तानीमा मछिन्द्र क्लबले पहिलोपल्ट ए डिभिजन लिगको उपाधि उचालेको थियो ।(नेप्लेजबाट)
काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि नेपालले हात पारेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई | 2021/04/20 20:33:39 | https://www.epurwa.com/?p=24542 | mC4 |
सौभाग्य र सुनौलोको जित, रोमाञ्चक बन्दै रुपन्देही जिल्ला लिग
सुरज राना मगर Dec 22, 2021 21:06
बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको सातौं चरणको खेलहरु सम्पन्न हुँदासम्म लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । बुधबार भएका दुई खेलहरुमा सौभाग्य युवा क्लब र सुनौलो संगम युवा क्लबले जित निकालेपछि लिग रोमाञ्चक बनेको हो ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न पहिलो खेलमा सौभाग्यले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । सौभाग्यको जितमा जुलेश थापा, यमु राना र आयुष क्षेत्रीले गोल गरे । खेलको म्यान अफ द म्याच पनि सौभाग्यका सन्दिप बुढाथोकी घोषित भए ।
यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको सौभाग्य पाँचौं स्थानमा पुगेको छ । पराजित फर्साटिकर भने १० अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा सुनौलो संगमले लिगलिडर गोर्खा ब्वाईज स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हरायो । सुनौलोका लागि निर बहादुर थापाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच सुनौलोका सिजन दगामी घोषित भए ।
यो जितसँगै ७ खेलबाट सुनौलो संगमको पनि १६ अंक भएको छ र लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित गोर्खा ब्वाईज समान १६ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा पनि समान १६ अंक जोडेको बुटवल युनाइटेड छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा कुल १० टोलीहरु राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शिर्ष टोली च्याम्पियन बन्नेछ । विजेताले उपाधिसहित १ लाख हात पार्नेछ । त्यस्तै दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए । | 2022/06/27 23:01:28 | https://nepali.goalnepal.com/news/detail/2310 | mC4 |
» भोली तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने
भोली तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने
१५ भाद्र २०७६, आईतवार १३:०२ प्रकाशित
काठमाडौं,भाद्र १५ – यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाईनमा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो ।
भोली १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाईन लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाईन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाईन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाईन एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव ढकालले बताए । वैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने कोषको विश्वास छ ।
तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ । तीजको मेला व्यवस्थापनका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको कोषले जनाएको छ ।रासस | 2022/01/20 23:45:18 | https://a2zsamachar.com/72879/ | mC4 |
नेपाल चीन सम्बन्ध थप फलदायी हुने उपप्रधानमन्त्री पोख्रेलको विश्वास – Pahilo Page
नेपाल चीन सम्बन्ध थप फलदायी हुने उपप्रधानमन्त्री पोख्रेलको विश्वास
७ कार्तिक २०७५, बुधबार २०:३७ 1956 पटक हेरिएको
काठमाडौँ, ७ कार्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन् ।
बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुगेका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पण गरेपछि बोल्दै नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पुराएको योगदानको स्मरण गरेका थिए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलका प्रेस संयोजक लोकेन्द्र केसीले दिएको जानकारीअनुसार चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणामा आठौँ बेइजिङ सियाङग्स्ट्यान मञ्च बैठकमा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि उपप्रधानमन्त्री पोखरेल त्यहाँ पुगेका हुन् । उनले नेपालले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेना खटाई अन्तर्राष्ट्रि«य शान्ति सुरक्षा स्थापनामा पु¥याएको योगदानबारे नेपालको धारणा र मन्तव्य राख्ने कार्यक्रम छ ।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियन चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्च पदस्थ सैनिक पदाधिकारीहरुसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नुका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ । | 2021/09/22 02:57:25 | https://www.pahilopage.com/2018/10/24/1723 | mC4 |
भारतीय नाकाबाट भित्रिन्छ अवैध हतियार ! | Nayashaktionline.com-No.1 News portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment,Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview, International News, Local News, Nepal News, All News, Total News, News, News of Nepal, Our Nepal, Every News, Bhaktapur, Kathmandu, Lalitpur All Nepal
Home समाचार भारतीय नाकाबाट भित्रिन्छ अवैध हतियार !
काठमाडौं । नेपालमा विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग हुने हतियार भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । प्रहरी अनुसन्धानले साना तथा ठूला हतियार भारतबाट नेपाल भित्रिने गरेको देखाएको हो । खुला सीमानाका कारण भारतबाट सहजै नेपालमा हतियार भित्र्याइने गरेको हो । त्यसमा पनि प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ सँग जोडिएका भारतीय सीमाक्षेत्रबाट हतियार भित्रिने गरेको प्रहरी स्रोत बताउँछ ।
भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग बढ्दो छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेल भने पछिल्लो समय हतियारधारी समूह–व्यक्तिसँगै हतियार बरामदमा समेत सफलता प्राप्त गरेको दाबी गर्छन् ।
उनका अनुसार समुदाय–प्रहरी कार्यक्रम लागु भएपछि पछिल्लो नौ महिनामा मात्रै देशभर विभिन्न स्थानबाट अवैध हातहतियारसहित २ सय ४२ जना मानिस पक्राउ परेका छन् । पक्राउमध्ये पुरुष २ सय ३६ जना र महिला ६ जना छन् । १७ जना विदेशी नागरिक छन् । यो अवधिमा एलएमजी राइफल १ थान, पोइन्ट टुटु राइफल १ थान, एसएमजी २ थान, एमसिक्स्टीन एटु राइफल १ थान, पेस्तोल ३८ थान, बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान बरामद गरिएको छ ।
यस्तै रिभल्वर ३ थान, भरुवा बन्दुक १ सय १८ थान गरी जम्मा २ सय १४ थान अवैध हतियार र ६ सय ८० राउण्ड गोली बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ । नौ महिनाकै अवधीमा अवैध हातहतियारअन्तर्गत जम्मा १ सय ६५ मुद्दा दर्ता भएका छन् । प्रहरी र सरोकारवाला निकायबीचको सहकार्यले अवैध हातहतियार र यसको जोखिमबारे जनचेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरू समेतले हतियार प्रहरीमा बुझाएको पोखरेल बताउँछन् । डीआईजी पोखरेलले भने, ''सूचना नेटवर्कलाई मजबुत पारिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सूचना प्रवाहमा वृद्धि हुन थालेपछि ठूलो मात्रामा अवैध हतियार वरामद भएको हो । कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ भइरहेका छन् ।''
बरामद भएका हतियारमध्ये पेस्तोल, रिभल्वरको साथै नेपालमै बनेका कटुवा पेस्तोल बढी छन् । आपराधिक गिरोहले उपलब्ध गराउने यस्ता हतियारले साना र ठूला संगठित अपराध बढ्दै गएको घटनाक्रमले देखिन्छ । प्रहरी अधिकारीका अनुसार अवैध हतियार तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा प्रयोग हुँदै आएका छन् ।
अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले देशभरिनै अभियान चलाएको छ । सीमाक्षेत्रमा प्रहरी बढी सक्रिय छ । पछिल्लो एक सातामा रुपन्देही र बाँकेमा भारतीय अपराधी समूहले नेपाल प्रहरीमाथि नै आक्रमण समेत गरेको छ । | 2021/10/28 18:29:23 | https://www.okantipur.com/2019/05/23/%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A5%80%E0%A4%AF-%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B/ | mC4 |
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो।
पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्ने भएको जानकारी दिए। उनका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए। | 2022-12-09T22:20:02Z | https://gorakshapost.com/2022/06/04/78903.html | OSCAR-2301 |
बैतडी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने बताएका छन् । कांग्रेसको राष्ट्रिय जनजागरण अभियानका लागि यहाँ आइपुगेका वरिष्ठ नेता पौडेलले आइतबार पाटनमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक भएको सन्देश जागरण अभियानले दिइसकेको र जागरण अभियानपछि पार्टीमा कुनै गुटबन्दी नदेखिने बताए ।
कांग्रे्रेस बिपी कोइरालाको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता पौडेलले बिपीको सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले भने, "बिपीको नाम जपेर मात्रै हुँदैन, सबै जागरुक हुनु जरुरी छ ।" जागरण अभियानले कांग्रेसलाई बलियो बनाउने नेता पौडेलले उल्लेख गरे । अभियानले कार्यकर्ता अनुशासित र मर्यादित हुने पौडेलले विश्वास व्यक्त गरे ।
सञ्चारमाध्यमले सरकारका गतिविधि बाहिर ल्याइराखेकाले सरकार मिडिया काउन्सिल विधेयक पास गर्न लागि परेको नेता पौडेलको आरोप थियो । उनले भने, "कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैन ।" | 2019/12/12 07:18:41 | https://www.karobardaily.com/index.php/news/politics/19852 | mC4 |
वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेका एक जना पक्राउ « प्रशासन
काठमाडौँ । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याइ मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले हिजो (आइतबार) एक विज्ञप्ति जारी गरी जनाएको छ ।
खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा रु आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्युरोले जनाएको छ ।
गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्यान्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौन शोषण गरी धम्की दिई मलेसिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ ।
उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्याएको फेला परेको छ । त्यसपछि उनको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।
यसैबीच काठमाडौँ महानगरपालिका–९ गैरीगाउँबाट ९७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–६ घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र तारकेश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका–१ घर भएका २८ वर्षीय दीपक गोतामे रहेका छन् । | 2021/12/05 01:29:57 | https://www.prasashan.com/2021/10/25/270727/ | mC4 |
सेन्ट जेभियर्स स्कुल गोदावरी, जग्गा खोस्ने प्रयास गर्दै स्थानीय तह
ईश्वरराज ढकाल विद्यालयको नाममा रहेको जग्गा बेचविखन, लिज र अन्य प्रयोजनका लागि दिन नमिल्ने कानुन तयार गरिरहेका बेला स्थानीय तहकै मिलोमतोमा गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलले भोगचलन गरिरहेको जग्गामा फुटबल ग्राउन्ड
नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा सबै रोगको उपचार
'नेपालीको क्यान्सरको उपचार नेपालमै' भन्ने नाराका साथ स्थापित तथा पछिल्लो समयमा सबै प्रकारको क्यान्सर उपचारमा उच्चतम सफलता हासिल गर्दै आएको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको मात्रै नभई
भगवती तिमल्सिना चीनमा संक्रमण दर कम हुँदै गए तापनि अन्य देशमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या झन् बढ्दै गएको छ। इटाली तथा इरानमा यसको संक्रमण अत्यन्तै वृद्धि भइरहेको अवस्था
सरस्वती न्यौपाने, रसुवा सुवाको दक्षिणी भेगअन्तर्गत धैबुङ गाविसको वडा नम्बर ५ स्थित धैबुङ कालिका (उत्तर कालिका) को दर्शन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास रहीआएको छ। एउटै पहाडको एउटै पाटोमा
समय समयमा बीमा कम्पनीहरूको मर्जर हुनुपर्ने विषयमा बहस चल्ने गरेको छ। बीमा समितिले पनि यस विषयमा बहस चलाउने र मर्जरका लागि निर्देशन गर्ने काम गरिरहन्छ। यसैबीच, वर्तमान समयमा निर्जीवन बीमा
विगत एक दशकदेखि उपभोक्ताको हितमा काम गर्दै आएको संस्था उपभोक्ता अधिकार अनुसन्धान मञ्चले काम गर्दै आएको छ। चीनको उहानबाट फैलिएको कोरेना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको बेला नेपालमा पनि यो भाइरसको
स्थानीय तहको निर्वाचन भएको ३ वर्ष पूरा भएको छ। यसबीचमा मोरङको सुन्दरहरैंचा नगरपालिकाले केकस्ता काम गर्यो। पर्यटकीय क्षेत्रमा कस्ता काम भइरहेका छन्। विकास निर्माण तथा योजनाका काम तथा गत फागुन
कोरोना भाइरसको संक्रमणको त्राससँगै बजारमा ग्यास अभाव हुन थालेको गुनासो आउने क्रम जारी छ। हरेक प्रकारका संकटका बेला बजारमा ग्यास अभाव हुने गरेको छ। यसै सन्दर्भमा ग्यास वितरक संघ नेपालका
हास्यव्यंग्य अभिनेता जितु नेपाल (मुन्द्रे) नेपाली मनोरञ्जन क्षेत्रको स्थापित नाम हो। टेलिसिरियल हिजोआजका कुराबाट अभिनय शुरू गरेका जितुले कलाकारिता क्षेत्रमा गरेको संघर्ष लामै छ। टेलिसिरियल, फिल्म हँुदै टेलिभिजनका विभिन्न कार्यक्रमका
विश्व मिर्गौला दिवसले नेपालमा मिर्गौला रोगीहरूलाई दिएको सुविधा र विदेशको मुख ताकेर अर्बौं रुपियाँ बिदेसिने नेपालीको धनलाई नेपालमै रोकेर बिरामीलाई समेत नेपाल सरकारले सक्दो सुविधा दिने वातावरण बनाउन मद्दत गरेको
पूर्वी नवलपरासीबाट एसईईमा ६ हजार ५ सय परीक्षार्थी सहभागी हुने
घनश्याम बगाले , नवलपरासी । विद्यालय शिक्षको पहिलो फलामे ढोका एसईई परीक्षा २०७६ मा पूर्वी नवलपरासीबाट ६ हजार ५ सय ७५ विद्यार्थी सहभागी हुने भएकाछन् । जिल्लाका २५ परीक्षा केन्द्रबाट नियमित
गोसाइँकुण्ड गाउँपालिकाभित्रका ५ वटा वडामा सडक सञ्जालले छोएको छ भने अब पर्यटकीय नगरी लाङटाङमा पनि सडक पुग्ने भएको छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र विकासको सेरोफेरोमा रहेर गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष
नेपाल सरकारले कानको समस्यालाई पनि अरू समस्याजस्तै प्राथमिकतामा राख्नुपर्छ। कानको समस्या धेरै प्रकारका हुन्छन् र कानको समस्याले दिमागलाई समेत असर पार्छ, क्यान्सरसमेत हुन सक्छ। सरकारले कानको समस्यालाई प्राथमिकता नै दिएको
फिल्म होस्टेल रिटन्र्सबाट फिल्मी करिअर शुरू गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई छोटो समयमै नेपाली फिल्म क्षेत्र फापेको छ। उनले छोटो समयमै आफूलाई स्थापित गरिन्। कयौं म्युजिक भिडियो, विज्ञापन फिल्म तथा एकपछि
सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको बागडोर सम्हालेको दुई बर्ष पुग्न लाग्यो। अर्ध सैनिक प्रकृति सो संगठनले बिगतमा लामो आरोह अवरोह पार गर्दै आएको छ। संगठन | 2020/08/07 18:40:20 | https://www.newsofnepal.com/category/mahanagar/page/4/ | mC4 |
तीन किमी टाढाबाट पानी बोकेर गुजारा चलाउदै » खबरहरुको एउटै केन्द्र
तीन किमी टाढाबाट पानी बोकेर गुजारा चलाउदै
मंगलवार, बैशाख २६, २०७४ ०८:४३ मा प्रकाशित !
रामपुर (पाल्पा), वैशाख २६ गते । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् ।
रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ४ बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् ।
भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारी गाउँका करिब ५२ घरपरिवारलाई रातदिन खानेपानीको समस्याले सताएको छ । यस क्षेत्रका स्थानीयवासीले एकमात्र विकल्पको रुपमा रामपुर नगरपालिका–४ को गिजिनडाँडामा रहेको एउटा पानीको पँधेराबाट खानेपानी आपूर्ति गर्दै आइरहेका छन् । यहाँबाट बस्तीमा पानी बोकेर घर पु¥याउन निकै कठिन भएपछि हिजोआज केहीले गाडीमा पानी बोकेर लैजान थालेका छन् ।
खानेपानीको कहालीलाग्दो समस्या देखेपछि रामपुर आर्यभन्ज्याङ सडकखण्ड अन्तर्गत भएर चल्ने बस, ट्र्याक्टरले यस वर्षदेखि भने पानी ओसारेबापतको भाडा लिने गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी सङ्घ बेलडाँडाका कर्मचारी देवबहादुर फालले गत साल हिउँदमा प्रतिग्यालेन रु पाँचको दरले पैसा लिने गरेकोमा यस वर्षदेखि शुल्क लिन छाडिएको बताउनुभयो । गाडीले पानी बोकेको ज्याला लिन छाडेपछि यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ ।
साविक गल्धा–८ केवरापानीका ८७ वर्षीय रामेश्वर सोमै सकिनसकी बस्तीदेखि तीन किलोमिटर टाढाबाट पानी बोकेर जीवन चलाउन निकै समस्या भएको बताउनुहुन्छ । "गाउँनजिकै कतै पनि पानी छैन, बिहान उठेपछि पानी ओसार्दै ठिक्क छ" उहाँले भन्नुभयो ।
केवरापानी बस्ने राममायाँ सोमैले भूकम्पअघि पानी सानो भए पनि गाउँमै धारामा आउने गरेको तर भूकम्पपछि धारामा पानी आउनै छाडेको बताउनुभयो । गाउँदेखि दैनिक एक घन्टाको बाटो पानी बोकेर गुजारा चलाउन गाह्रंो भएको सोमै बताउनुहुन्छ ।
बीस घरधुरी रहेको गल्धा नाम्सुर्घामा पनि गाउँको पँधेरामा पानी आउन छाडेपछि सिलुवाको लोस्दीबाट पानी बोक्दै आएका छन् । टाढाबाट पानी ल्याउन समस्या भएपछि जेनतेनले दैनिक एक दुई गाग्रीको भरमा गुजारा चलाउन बाध्य भएको खेमानसिं सारु बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, "पानीको थोपालाई तेलभन्दा बढी महत्वका रुपले लिन थालिएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुर गरिब वर्गका परिवारलाई पानी खोज्ने कि काम गरेर खर्च जुटाउने भन्ने समस्याले पिरोलेको छ ।" | 2022/01/29 08:23:56 | https://www.khabarkendra.com/2017/05/10433/ | mC4 |
NewsOfTokha :: स्थानीय समाचार |
Home » Archives by category » समाचार » स्थानीय समाचार (Page 2)
गजराज जाेशी स्मृति कपको पाचौँ दिन, दुबै खेल बराबरीमा सम्पन्न
न्युज अफ टोखा । भाद्र ५ । काठमाडौं । श्री भगवती क्लवको आयोजनामा टोखाको भुटखेल खेल मैदानमा जारी उत्तर भेगिय गजराज जाेशी स्मृति कप २०७४ फुटबल प्रतियाेगितामा आज द काेरल क्लब, धापासी र समाज कल्याण खेलकुद…
न्हूजः खलःले भोलि आफ्नो ३३ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइदै
न्युज अफ टोखा । श्रावण ३२ ,काठमाडौं : न्हूजः खलः (न्हूजः पुस्तकालय)ले आफ्नो ३३ औ वार्षिकोत्सवको अवसर पारेर भोलि विविध कार्यक्रम गरी मनाइदै छ । प्रत्येक वर्षको भाद्र १ गतेका दिन आफ्नो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम…
टोखाको पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुरातत्व विभागले बनाइदिने
न्युज अफ टाेखा । श्रावण २५ बुधबार । प्राचीन नगर टोखाका महत्वपुर्ण पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुरातत्व विभागले बनाइदिने भएको छ । हिजो नेवाः गुठी तोखाले आयोजना गरेको अध्ययन तथा अवलोकन कार्यक्रममा सम्वोधन गर्नेक्रममा पुरातत्व विभागका महानिर्देशक…
श्रावण १८ गते न्हुज जनसरोकार अन्तरक्रिया कार्यक्रम हुने
न्युज अड्ड टोखा । श्रावण १५ । टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडा २-३ का वडाअध्यक्ष सहितको सहभागितामा न्हुज जनसरोकार अन्तरक्रिया कार्यक्रम हुने भएको छ । न्हुज पुस्तकालयको आयोजनामा हुन लागेको उक्त कार्यक्रम श्रावण १८…
चण्डेश्वरी विद्यालय अभावसँग जुध्दै सुधार तर्फ उन्मुख
न्युजअफटोखा/ टोखा टाइम्स । श्रावण १२ । टोखा न.पा. २ – विविध उतार-चढावसँगै जुध्दै सुस्त गतिमा निरन्तर अगाडी बढिरहेको श्री चण्डेश्वरी निम्न माध्यामिक विद्यालय सुधार तर्फ उन्मुख भईरहेको छ । टोखा नगरपालिका वडा २ मा अवस्थित यस…
प्रथम बौडेश्वर झरना महोत्सव सुरु, जान होइन त झरनामा खेल्न
न्युज अफ टोखा, श्रावणा १० । टोखाको झोरमा अवस्थित प्राकृतिक तथा धार्मिकस्थलका रुपमा रहेको श्री कृष्ण बौडेश्वर झरनामा श्रावणा ९ गते सोमवार अर्थात हिजोदेखि प्रथम झरना महोत्सव शुरु भएको छ । श्रावण ९ गतेबाट १६ गतेसम्म हुने…
टोखा केबले प्रथम वार्षिकोत्सव मनाइयो, उत्सवमा विभिन्न व्यक्तित्व सम्मानित
न्युजअफटोखा। असार १ । टोखा केब मिनी फनपार्कले हिजो आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईएको छ । टोखा केबले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा टोखा नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयरका साथै २र३का वडा अध्यक्ष लगायत सदस्यहरूलाई सम्मान समेत…
इन्द्रायणी सामुदायीक वनको अभिवेशन सम्पन्नः अध्यक्षमा हरिभक्त
न्युज अफ टोखा। टोखा टाइम्स।जेष्ठ २९ । इन्द्रायणी सामुदायीक वन उपभोक्ता समिति टोखाको अधिवेशन आज सम्मपन्न भएको छ । झन्दै १४ वर्ष पछि भएको उक्त पहिलो अधिवेशनबाट हरिभक्त श्रेष्ठ अध्यक्षपदमा चयन भएको छ । अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष…
दश दिनभित्र कालोपत्रे गरिसक्ने
न्युज अफ टोखा । टोखा टाइम्स, सम्वाददाता ।जेष्ठ २५। टोखाबासीको बहुप्रतिक्षित विष्णुमति पुलदेखि टोखा मूःध्वाखासम्मको सडक खण्ड दश दिनभित्रमा कालोपत्रे हुनेभएको छ । साविक बाटोलाई नै कायम गरी अबको १० दिन भित्र नै बाटो कालोपत्रे भैसक्ने टोखा…
June 8, 20172 CommentsRead More
विश्व वातावरण दिवसका अवसरमा बृहत जनचेतनामूलक र्याली
न्युज अफ टोखा/टोखा टाइम्स संवाददाता, जेष्ठ २२ । आज विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका वडा नम्बर २ को वडा कार्यालय द्वारा बृहत जनचेतनामूलक र्यालीको आयोजना गरिएको छ । विहान वडा कार्यालयबाट शूरु भएको उक्त र्यालीमा विभिन्न… | 2018/01/21 08:12:07 | http://newsoftokha.com/category/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/page/2/ | mC4 |
स्थायी वा बिदाइबारे अस्थायी शिक्षक नै विभाजित - Nepal News - Latest News from Nepal
काठमाडौँ, २४ कात्तिक । शिक्षक सेवा आयोगको परीक्षामा सफल हुन नसक्ने अस्थायी शिक्षकलाई उचित सुविधा दिएर बिदा दिने सवालमा अस्थायी शिक्षक नै विभाजित देखिएका छन् ।
शिक्षा ऐन (आठौँं संशोधन), २०७३ बमोजिम आन्तरिक परीक्षामा भाग लिने वा सुविधा लिनेमध्ये एक विकल्प रोज्न शिक्षा मन्त्रालयले शिक्षा नियमावली संशोधनमार्फत् समस्या समाधानको तयारी गरिरहेको समयमा ती विकल्पमा जाने वा सबै अस्थायीलाई स्थायी गराउने भन्नेमा उनीहरुबीच मतान्तर देखिएको हो ।
आयोगले खोल्ने विज्ञापनमा हाल कार्यरत करिब १४ हजार अस्थायी शिक्षकमध्ये ४९ प्रतिशतलाई स्थायी र ५१ प्रतिशतलाई सम्मानजनक बिदाइ गरिने शिक्षा ऐन संशोधनको व्यवस्था छ ।
अस्थायी शिक्षकको आवाज उठाइरहेको नवगठित पुनरुत्थान पार्टी नेपालले ऐनको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएको जनाउँदै आन्तरिक परीक्षामा भाग नलिने वा असफल हुने अस्थायी शिक्षकलाई खाली हात बिदा दिने सरकारको तयारी मान्य नहुने जनाएको छ ।
पार्टीका अध्यक्ष गोविन्दबहादुर पौडेलले बिना सुविधा यसअघि अवकाश पाएका शिक्षकलाई पनि सुविधा दिनुपर्ने माग गर्नुभयो । पौडेल चितवनका एक सामुदायिक विद्यालयका पूर्व कर्मचारी हुनुहुन्छ । सो पार्टीले नेपाल शिक्षक महासङ्घ र निरेन्द्र कुँवरको नेतृत्वको अस्थायी शिक्षक सङ्घर्ष समितिले पनि कार्यरतमध्ये आधा शिक्षकलाई निकाल्ने सरकारको तयारीमा सहमति दिएको र बाहिर मात्र आफूहरु अस्थायीको पक्षमा रहेको देखाएको आरोप लगाएको छ ।
कुँवर नेतृत्वको समिति सरकारसँग वार्तामा छ भने पुनरुत्थान पार्टीले वार्तामा जानुभन्दा अघि सर्वाेच्च अदालतबाट भएको परमादेश बमोजिम सबै अस्थायी शिक्षकलाई स्थायी हुने वा यसबीचमा अवकाश भएकालाई स्थायी सरहको सुविधा दिनुपर्ने आवाज उठाइरहेको छ । कुँवरले भने आफूहरु अस्थायी शिक्षकको हककै लागि सक्रिय भएको भन्दै पुनरुत्थान पार्टीले लगाएको आरोपमा सत्यता नभएको जनाउनुहुन्छ ।
गत असार १५ देखि कार्यान्वयनमा आएको संशोधित शिक्षा ऐनमा अस्थायी शिक्षकलाई अन्तिम एकपटकको लागि रिक्त दरबन्दीमा एक वर्षभित्र छुट्टाछुट्टै विज्ञापन गर्ने व्यवस्था छ । ऐनमा २०६१ साल साउन २१ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको दरबन्दीमा २०४९ साल पुस २० गतेभन्दा अघि अस्थायी शिक्षकमा नियुक्ति पाई अविच्छिन्नरूपमा कार्यरत अस्थायी शिक्षकले प्रतियोगितामा भाग लिन पाउनेछन् ।
विसं २०५२ र तत्पश्चात् भएका विज्ञापनबाट स्थायी नियुक्ति भएका वा हुने शिक्षकलाई निवृत्तिभरणका लागि बढीमा सात वर्षसम्मको अस्थायी सेवा अवधि थप गर्न सकिनेछ ।
'अविच्छिन्नरूपमा कार्यरत रहेका अस्थायी शिक्षकले सुविधा लिई अवकाश लिनको लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने र उत्तीर्ण हुन नसकेका अस्थायी शिक्षक स्वतः अवकाश भएको मानिनेछ । यस अनुसार हुने विज्ञापनमा राहत शिक्षकको लागि उमेरको हद लाग्ने छैन', भन्ने ऐनमा उल्लेख छ ।
अधिवक्ता कोषराज काफ्लेले विसं २०५५ मा सुरु भएको अस्थायी शिक्षक आन्दोलन सडक, वार्ता र सहमति हुँदै अघि बढेको सन्दर्भमा विसं २०६९ मा ५० प्रतिशतलाई मात्र स्थायी गराउने सहमति कार्यान्वयन नगर्न दाबीसहित दायर रिट निवेदनमा २०६६ माघ २४ मा सर्वाेच्च अदालतले सबै अस्थायीलाई स्थायी गर्न तथा सुविधा दिन भएको परमादेश कार्यान्वयन हुनुपर्ने बताउनुभयो । रासस | 2018/01/24 01:21:14 | http://ournepalnews.com/2016/11/09/17120/ | mC4 |
'क्लासिक'को गीत रेकर्डिङ सुरु « THULOPARDA.COM: Entertainment News Portal From Nepal
'क्लासिक'को गीत रेकर्डिङ सुरु
वैशाख अन्तिमबाट छायांकन सुरु हुने तयारीमा रहेको चलचित्र 'क्लासिक'को राजधानीको सिनेजोन स्टूडियोमा गीत रेकर्डिङ सुरु गरिएको छ । चलचित्र 'नोभेम्बर रेन' निर्माण गरेको यूनिटले नै यो चलचित्र निर्माण गर्न लागेको हो । सुवास इन्टरटेन्मेन्टले नायक आर्यन सिग्देलको कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो ।
गीत रेकर्डिङमा सहभागी हुँदै चलचित्रका निर्माता सुवास गिरीले गीत संगीतलाई चलचित्रमा विषेश प्राथमिकताका साथ राखिएको बताए । संगीतकार ताराप्रकाश लिम्बुले चलचित्रको गीतमा उत्कृष्ट संगीत दिएको दाबी गदैं निर्माता गिरीले चलचित्र 'क्लासिक'मा सहभागी हुने गीतहरु उत्कृष्ट रहने बताए । आज गरिएको गीत रेकर्डिङमा निर्देशक दिनेश राउत, संगीतकार ताराप्रकाश लिम्बु, निर्माताद्धय सुवास गिरी र कमल गिरी, गायक युवराज चौलागाई, गायिका मेलिना राई, छायांकार राजेश श्रेष्ठ, एसोसियट निर्देशक विकास सुवेदी, एरेन्जर राजन इशान उपस्थिती थिए ।
यस चलचित्रमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहनेछन् भने दयाहाङ राइको समेत चलचित्रमा अभिनय रहनेछ । म्यूजिकल लभस्टोरीमा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रलाई सफल बनाउन निर्माणपक्ष अहिले देखीनै व्यापक तयारीका साथ अगाडी बढेको छ । यसै बर्ष प्रदर्शनमा आएको चलचित्र 'नोभेम्बर रेन'लाई दर्शकले अत्याधिक रुचाएका थिए । | 2021/10/27 02:39:45 | https://www.thuloparda.com/post/10837 | mC4 |
फेरी एकताकै गोलचक्करमा राप्रपा « Sherpa media Group Nepal
फेरी एकताकै गोलचक्करमा राप्रपा
प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १२:५८
गत संसदिय आम निर्वचनको जनमतले लगभग गुगलमा खोज्नुपर्ने अवस्थामा पुगेको राप्रपा प्रजाति तिन ओटै राप्रपा, प्रजतन्त्रिक र राष्ट्रियबादी यतिवेल अन्योल पुर्ण अवस्थामा रहेको देखिन्छ । संघिय संसदमा राप्रपाको एक सिट र प्रदेश सभाहरुमा केहि सिट , राप्रपा प्रजातन्त्रिकको ३ नम्बर प्रदेश सभमा एक सिट बाहेक राप्रपा प्रजातिको संघिय लोकतन्त्रिक गणतन्त्र नेपालको संसदहरुमा उपस्थिती शुन्या देखियो । यो अवस्थाले इतिहासकै अत्यन्त कम्जोर संगठनको रुपमा रहेको पुष्टि गर्दछ ।
यसबाट पर्टि संगठनलाई कसरि अगडि बढाउने भन्ने सन्र्दभमा राप्रपा अध्यक्ष कमल थापा , राप्रपा प्रजातन्त्रिक अध्यक्ष पशुपति सम्शेर ज.ब. राणा र राष्ट्रयबादीका अध्यक्ष डा. प्रकास चन्द्र लोहनी आ आफनै रणानितिमा तल्लीन रहेको वेला पुर्व राजा ज्ञानेन्द्र शाहले झापाको दमकमा तिन औटै पार्टिका दोस्रो र तेस्रो पुस्ताका नेताहरुलाई बोलाएर जसरी पनि तिन ओटै राप्रपालाई मिलउन दबाब दिएपछि थापा , राणा, लोहनी एका–एक झस्कन पुगेका छन् । आधिकरीक रुपमा कुनै प्रतिकृय नदिएपनि यो भेटघाटको उदेश्य र नियत सफा नरहेको प्रतिकृयहरु उनिहरु निकट स्रोतले बाहिरा ल्यईरहेका छन । सामजिक सञ्जालहरु मार्फत त्यो कुरा प्रस्ट बुज्न सकिन्छ । हुन पनि एतिबेला यो दबाव दिनु पछाडि के कारण छ ? यो दबाव निर्वाचन अघाडी किन दिईएन ? यसरी बारम्बार राप्रपाको राजनितिमा हस्तक्षेप गरिरहनुको कारण के हो ? यसको जवाफ राप्रपाका कर्याकर्तहरुले खोजिरहेका छन । एक जना राप्रपाका बरिष्ठ नेताले भन्नु भयो "२०४० मा सुर्य बाहदुर थापा बिरुद्ध जुन पात्र र प्रवृतिले षडयन्त्र र प्रहार गरेको थियो । त्यही पात्र र प्रबृतिले आज तिन ओटै राप्रपालाई प्रहार गरिरहेको छ । हामी होसियार हुन जरुरी छ"। राजनितिमा आफनो औचित्य र सान्र्दभिकता समप्ता भएपछि सामजिक सम्पर्क र सम्बन्धको लागि यो भेटघाट गरिएको पनि हुन सक्दछ ।यसलाई राजनितिक रुपमा महत्व दिईरहनु पर्ने जरुरी पनि देखीदैन " ।
आफनो २८ बर्षे राजनितिक जिवनको कार्यकालमा राप्रपा झन्डै त्यतिनै पटक विभाजन र एकताको गोल चक्करमा निरन्तर फसिरहयो । त्यसको प्रमुख कारण र पृष्ठभुमिमा जुन पात्र र प्रबृति हावी भएको थियो । आज पनि त्यही पात्र र प्रबृतिका कारण राप्रपाहरु फेरी एकचोटि एकताको गोलचक्करमा पर्ने संभावना बढदै गइरहेको देखिन्छ । यसबाट पनि राप्रपाका नेता र कार्यकर्ताहरुले आफु र आफनो पार्टिको निर्णय क्षमताको आधार जनतालाई बनउन सकिरहेको छैनन भन्ने कुरा अनुमान गर्न सकिन्छ । पार्टिलाई ६ ÷६ महिनामा एकता र विभाजनको गोलचक्करमा फसाएर जनतालाई निरास बनाएको परिणाम त नेपासिल जनतालेगत संसदिय निर्वाचनमा गतिलो झापड दिएनै । तर बारम्बारका घटना र परिघटना बाट पनि राप्रपाका नेताहरु सुधरिएको देखिएन ।
समयले राप्रपालई चार पटक सरकारको नेतृत्व गर्ने अवसर र दर्जनौ ब्यक्तिहरुलाई उपप्रधान मन्त्रि र मन्त्रि बन्ने अवसर प्रदान गर्याे । तर समय , जिम्मेवरी र भुमिकालाई सहि सदुपयोग गर्न नसकदा आज राप्रपा प्रजाति ३ प्रतिशत नेपाली जनताको विश्वास पनि प्राप्त गर्न नसकिने अवस्थामा आइपुग्यो । यसको दोष कस्लाई दिने ? र यसको जिम्मेवरी कस्ले लिने ? यि र यस्तै प्रश्नहरुको जवाफ कार्यकर्ता र आम मतदाता समक्ष नपु¥यई ई पार्टिहरु जति पटक एकता गरेपनि निरर्थक हुने देखिन्छ । यसको जवाफ दिने आँट र हिम्मत थापा, राणा र लोहोनिले गर्न जरुरी छ । राजनितिमा गल्ती कमि कम्जोरीको आत्मा आलोचन गर्दै अघडि बढन सकिन्छ । गल्ती नदो¥यउने प्रतिबद्धता गर्नु पनि आजको पहिलो र अनिर्वाय आवस्यकता देखीन्छ । त्यस पछि मात्र एकताको एक सरो वातावरण बन्न सक्दछ ।
बदलिदो नेपालको परिर्वतीत एजेन्डा र नेपालको संविधान २०७२ लाई पुर्ण रुपले आत्मासाथ गरेर दोस्रो पुस्तालई पुर्ण रुपमा विश्वास गर्दै तिन ओटै पार्टिको बर्तमान नेतृत्वा तयार हुने हो भने एकता र मेलमिलपको सर्थक परिणाम आउन पनि सक्दछ तर त्यो एकता र मेलमिलप कसैको चाहना र दबावमा होइना आम कार्यकर्ताहरुको चाहन र भावन अनुसर हुनु जरुरी देखिन्छ । मुलुकमा एउटा राष्ट्रयबादी प्रजतन्त्रिक शक्तिको अजै खाँचो छ । त्यो खाँचो परिपुर्ति गर्न ३ ओटै राप्रपाको बिचमा सर्थक एकता अवस्यक देखिन्छ । तर त्यो एकता कससैको लागि होईन मुलुक जनता र लोकतन्त्रको लागि हुनु जरुरी छ । यसको लागि कमल थापा , पसुपति सम्शेर ज.ब राणा, डा. प्रकास चन्द्र लोहनीले उदार लचिलो र सहिष्णु हुँदै दोस्रो पुस्ताको नेताहरु दिपक बोहोरा , बिक्रम पाण्डे , सुनिल ब. थापा , राजिव पराजुलि , बुद्धिमान तामाङ , दवल सम्शेर ज.ब राणा लगायतलाई नयाँ सोच र सिरबाट पार्टि संगठनलाई अघाडि बढाउने प्रयसको थालनी इमन्दरीतका साथ गर्ने हो भने राप्रपालई निरन्तर विभाजन र एकाताको गोलचक्कर बाट माथि उठाउन सकिन्छ । मात्र खाँचो छ सबै तह र तप्कामा इमान्दरीता र विश्वासको , लागनसिलता र कृयसिलताको , प्रशिक्षित र जुझारु संगठनको यो प्रयास आगमी चार बर्ष जारी राख्ने हो भने आगमी संसदिय निर्वाचनमा एकिकृत भएको राप्रपाले झन्डै ५ प्रतिशत भन्द माथि मतदातको विश्वास जित्न सक्ने देखिन्छ । तर बिगत २७ बर्ष देखी यो स्तम्भाकार पनि राप्रपाको तिनै नेतृत्वा संग हातेमालो गर्दै अघाडि बढिरहेको कारण पार्टिको शिर्स नेतृत्वा तहको मानोबिश्लेषण गर्दा परिस्थिती सहज र सरल भने देखिदैन । सदाँ सकारत्मक र रचनात्मक भएर निरन्तर अघाडि बढने प्रयास को कारण मात्र यति आसाबादी हुन जरुरी पनि छ ।
समग्रमा भन्नु पर्दा मुलुकको राष्ट्रिय राजनितिमा सशक्त र प्रभावकारी स्थान हाँसिल गर्नको लागि परिर्वतन र अग्रगमानका एजेन्डालाई आत्मासाथ गर्नै पर्दछ । राजनितिमा जनता भन्दा ठुलो शक्ति कोही हुँदैन । मुलुक ,जनता, अग्रगमन र अर्थिक समृद्धिको एजेन्डालाई उच्चा प्रथामिकतामा राखेर पार्टि संगठनलाई अघाडि बढाउन सकेमा राप्रपाको भविश्य एक चोटि समदुर रहन सक्ने देखिन्छ । | 2022/01/21 02:00:57 | https://sherpasanchar.com.np/archives/4294 | mC4 |
अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट – National Federation of the Disabled – Nepal
National Federation of the Disabled – Nepal
You are here You are here
अपाङ्गता सवालमा अर्थमन्त्री ज्यूसँग भेटघाट
माननीय अर्थ मन्त्री ज्यूले महासंघका अध्यक्षज्यूको नेतृत्वमा गएको टोलीसँग अपाङ्गताका सवालमा साक्षात्कार गर्नुहुदैं
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको टोलीले अर्थ मन्त्री माननीय युवराज खतिवडा समक्ष संघीय सरकारको आ.व ०७६/०७७ को नीति तथा कार्यक्रममा अपाङ्गताका बिषयमा समेटनुपर्ने १० बुदे सुझाव पत्र बुझाएको छ । सुझाव पत्रका साथै अतिरिक्त अपाङ्गता सम्बन्धी १० वर्षे नीति तथा कार्य योजना, पहुँचयुक्त डिजिटल शिक्षा प्रणालीको विकास, अपाङ्गता भएका ब्यक्तिका सन्ततिहरुको शिक्षा, अपाङ्गता भएका ब्यक्तिले प्रयोग गर्न सवारी साधनको खरिद (छुट्टै नम्बर प्लेट सहितको) मा भन्सार छुट, जस्ता सवालहरु समेत सहभागीबाट मन्त्री ज्यूलाई अवगत गराइएको थियो ।
उक्त अवसरमा माननीय मन्त्री ज्यूले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित पदाधिकारी लगायत सदस्यहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै महासंघले राखेका सवालहरु प्रति सकरात्मक रहेको, अपाङ्गता भित्र पनि बैयक्तिक आर्थिक सामाजिक र विकट क्षेत्रका कारणले हुने अतिरिक्त जटिलताका बारेमा आफु संवेदनशिल रहेको बताउनु भयो । अपाङ्गता भएका ब्यक्तिको क्षमतालाई स्वरोजगार र रोजगारीसँग जोडने आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने सबै संरचनाहरु पहुँचयुक्त (अपाङ्गता मैत्री) बनाउने स्थानीय सरकार र नागरिक समाजलाई समेत अपाङ्गताका सवालमा जवाफदेही बनाउदै जानुपर्ने बताउनु भयो । वर्तमान सरकार गठन एक वर्षमा नयाँ संरचनाहरु निर्माणमा केन्द्रित हुनु परेको थियो । महासंघले उठाएका सवालमा संवेदनशिल रहेको छ सरकारको साथ रहनेछ उच्च मनोबलका साथ काम गर्न सुझाव दिनु भयो ।
डाउनलोड लिङ्क
PDF फर्म्याटमा डाउनलोड गर्नुहोस्
MS Word फर्म्याटमा डाउनलोड गर्नुहोस्
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण पत्र
क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना
Vacancy at NFDN
कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!
नेपाल राष्ट्रिय भवन संहिता—२०६ तथा विकास योजनाहरुमा पहुँचयुक्तताको स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन
© Copyright National Federation of the Disabled, Nepal 2021. All Rights Reserved. Developed with ❤ by Technorio | 2021/07/31 18:14:57 | https://nfdn.org.np/interaction-meeting-with-finance-minister-on-disability-issues/ | mC4 |
नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग गर्ने गरेको एम्नेस्टीको ठहर – Himalaya Television
नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग गर्ने गरेको एम्नेस्टीको ठहर
२०७७ चैत २५ गते १६:२२
२५ चैत २०७७ काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
एम्नेस्टी इन्टरनेसनलले आज सन २०२०÷२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्याधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो ।
प्रतिवेदनमा नेपाल सरकारले 'नेपाल विशेष सेवा विधेयक' मार्फत न्यायिक अनुमति बिना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख छ ।
नेपाल विशेष सेवा विधेयक संसदको माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन अवस्थामा रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयले पर्याप्त कानूनी सुरक्षाबिना नै अधिकारीहरुलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने प्रावधान सहितको दूरसञ्चारसम्बन्धी विधेयक मस्यौदा तयार परेको विषय पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।
सत्तारुढ दलले द्वन्द्वकालिन अपराधमा संलग्न भएकाहरुलाई पूर्ण र स्वतन्त्र अनुसन्धानबिना शक्तिशाली पदहरुमा नियुक्त गर्ने कार्य जारी राखेको पनि प्रतिवेदनमा उल्लेख छ । अक्टोबरमा राष्ट्रिय मानवअधिकार आयोगले २ सय ८६ जना आरोपित पीडक व्यक्तिहरुको नाम सार्वजनिक गरेको भए पनि सरकारले कारबाही नगरेको पनि उल्लेख छ ।
कोभिड–१९ का कारण बन्दाबन्दी लागू भएपछि विदेशमा अलपत्र परेका लाखौं नेपाली आप्रवासी श्रमिकहरुको अधिकार संरक्षण गर्न सरकार विफल भएको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगार कल्याणकारी कोषको माध्यमबाट आप्रवासी श्रमिकहरुको संरक्षण र शुलभ स्वदेश फिर्ती प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
जेठमा कैलाली जिल्लाको क्वारन्टिन सुविधास्थलमा बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेस गरेको छ ।
सन २०१७ मा जारी गरिएको मुलुकी अपराध संहिताको यातना र अन्य दुर्व्यवहारलाई अपराधीकरण गरेको भए पनि सन २०२० को अन्त्य सम्ममा यस कानून अन्तर्गत कसैलाई पनि दोषी ठहराएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । | 2021/08/03 01:23:55 | https://www.himalayatv.com/2021/04/07/31258/ | mC4 |
अन्तर्राष्ट्रिय सीमा नाघेर नदी र समुदायको कथा भन्छन् रमेश भुसाल - The Open Notebook
किंवदन्तीका अनुसार चीनको तिब्बती पठारबाट हजार किलोमिटर दक्षिण भारतको गङ्गासम्म बहने कर्णाली नदीको उद्गम थलो राक्षस तालमा पर्दछ । कर्णाली बहने नेपाली भूभागमा बस्ने मानिसहरू यसै कारण यो नदीले उनीहरूलाई दुःख मात्र ल्याउने बताउँछन् । उनीहरू बाढी, पिउने पानीको अभाव र चीनतिरबाट आउने प्रदूषणको कुरा गर्छन् । उनीहरू बिना रोकतोक बगिरहेको नेपालको अन्तिम प्रमुख नदीमा बन्न लागेको बाँधको प्रभाव कस्तो होला वा कसरी अगाडि बढ्ला भन्नेमा पनि चिन्तित छन् ।
तर यदि तपाईँ कर्णाली र यसले स्थानीय समुदायमा पारेको प्रभावका बारेमा जान्न चाहनुहुन्छ भने अन्तर्राष्ट्रिय सीमाहरू नाघ्न पनि तयार हुनुपर्छ, नेपाली पत्रकार रमेश भुसालको यस्तो धारणा छ । कर्णालीको कथा अन्तर्राष्ट्रिय कथा हो जसलाई नदी बहने तीन देशहरू ( चीन, नेपाल र भारत)का राजनीतिक, आर्थिक र सांस्कृतिक पक्षहरूले प्रभावित गर्दछन् ।
यसै सन्दर्भमा भुसाल र फोटोग्राफर नवीन बरालले सन् २०१८मा वैज्ञानिकहरूको एउटा टोलीसित तिब्बतमा रहेको कर्णालीको उद्गम थलोदेखि हिमाली भूभाग हुँदै गङ्गा नदीमा मिसिने दोभानसम्म ४५ दिने यात्रा गरेका थिए ।
यात्राका क्रममा भुसालले जलवायु परिवर्तनका सङ्केतहरू खोज्ने प्रयास गरेका थिए । उनले स्थानीय मानिसहरूसित उनीहरू नदीसित कसरी बस्ने गरेका छन् भन्ने बारेमा समेत कुरा गरेका थिए । यसो गरिरहँदा कहिलेकाहिँ पत्रकारिताको नैतिकताका बारेमा केही समय घोत्लिन बाध्य भएको उनी बताउँछन् । उनीसँगै गएको वैज्ञानिक टोलीले कर्णाली नदी राक्षस तालबाट उत्पत्ति नभएको भन्ने कुरा पहिलो पटक बाहिर ल्याएका थिए । खास गरेर नेपालमा यो नदी राक्षस तालबाट झर्छ भन्ने भनाइ रहँदै आएको छ ।
इन्टरन्युज अर्थ जर्नालिजम नेटवर्कका दक्षिण एसिया संयोजक तथा द थर्डपोल डट नेटका नेपाल सम्पादक समेत रहेका भुसालले यात्रा पश्चात् आफ्नो अनुभव समेटेर नेपाली टाइम्स र द थर्डपोल डट नेट मार्फत् पाँच वटा आलेखहरूको सँगाालो प्रकाशित गरेका थिए । उनका आलेखहरू कर्णालीको तटमा बस्ने मानिसहरूले भोग्ने गरेका चुनौतीका बारेमा केन्द्रित छन् ।
पत्रकार अभय राज जोशीसँग हालैको कुराकानीमा उनले आफ्नो यात्रा अनुभव, समाचारका लागि स्रोत जुटाउने प्रक्रिया, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आलेख प्रस्ताव गर्दाका चुनौतीहरू र विकट ठाउँहरूमा समाचार सङ्कलन गर्दा पत्रकारले भोग्नुपर्ने नैतिक सङ्कटका बारेमा चर्चा गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश –
सर्वप्रथम त यो यात्रामा जाने सोच तपाईँमा कसरी आयो ?
मैले पहिले नेपालका दुई ठूला नदीहरू, कोसी र गण्डकीमा पनि यस्तै खालको यात्रा गरेको थिएँ । तर ती यात्राहरू आफ्नै देशभित्र सीमित थिए । म नदीका बारेमा अन्तर्देशीय कथा लेख्ने अवसरको खोजीमा थिएँ । त्यत्तिकैमा नेपाल नदी संरक्षण ट्रस्टका अध्यक्ष एवं नदी अभियन्ता मेघ आलेले यो यात्राका बारेमा मलाई बताउनुभयो । उहाँको समूहले चीनको तिब्बतदेखि गङ्गाको तटसम्म नदीको द्रुत अध्ययन गर्न लागेको थियो । उहाँको टोलीमा जल तथा भूगर्भ वैज्ञानिकहरू थिए । यात्राको दस्ताबेजीकरण गर्न र ४५ दिने यात्रामा फरक दृष्टिकोणहरू समावेश गर्नका लागि एक जना पत्रकार चाहिएको उहाँले मलाई बताउनुभएको थियो ।
उसो भए तपाईँको यात्रा नदी संरक्षण ट्रस्टले प्रायोजन गरेको थियो ? यात्राका क्रममा आफ्नो सम्पादकीय स्वतन्त्रता बचाउन तपाईँले के गर्नुभयो त ?
सुरुदेखि नै मैले उहाँहरूलाई के भनेँ भने म तपाईँहरूसित जान्छु र नदीका बारेमा लेख्छु, तर म तपाईँहरूले गरेको कामका बारेमा मात्रै लेख्दिनँ, अरू कुरा पनि लेख्छु । मैले उहाँहरूलाई म तपाईँहरूको स्रोतसाधन र विज्ञताको सदुपयोग गर्छु, तर के लेख्ने र कसरी लेख्ने भन्ने कुरा चाहिँ आफैँ निर्णय गर्छु भनेको थिएँ । उहाँहरू यसमा सहमत हुनुभयो । मेरो उद्देश्य नदीका विभिन्न पाटाहरूमा रिपोर्टिङ गर्ने भएकाले मलाई यो यात्रामा जाने कुराले निकै उत्साहित बनाएको थियो ।
यात्रामा जानुअघि कस्तो खालको कथा लेख्ने भन्नेबारे केही सोच बनाउनुभएको थियो ?
मैले नदीले विभिन्न भूगोल र भिन्न संस्कृति अँगालेका मानिसहरूलाई छुँदै कसरी आफ्नो बाटो लाग्छ भन्ने विषयमा आलेखहरूको सँगालो तयार पार्ने सोच बनाएको थिएँ । मैले केही मुद्दाहरूमा विशेष ध्यान दिने निर्णय गरेको थिएँ । उदाउँदै गरेको चीनका कारण नेपाल र तिब्बतका मानिसका बीचमा देखिएको असमानता, चीनमा देखिएको पारदर्शिताको कमी र नेपालतिर कर्णालीमा बन्ने भनिएको देशकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना आदिका बारेमा मलाई लेख्न मन थियो । म पहिले पनि भारतमा गइसकेकाले भारतमा बाढीको प्रभावका बारे मलाई थाहा थियो । यसका बारेमा पनि मलाई लेख्नुथियो । अनि जलवायु परिवर्तनका बारेमा पनि त लेख्नु थियो ।
कर्णाली क्षेत्रमा सडकको यथेष्ट सुविधा छैन । त्यसैले यहाँको यात्रा निकै कठिन हुने गरेको छ ।
यात्रा चीनमा सुरु भएको थियो । त्यहाँ जानका लागि कति गाह्रो भयो ?
हामी चीन तिर्थालु भएर गएका थियौँ, पत्रकार भएर होइन । तर यो खासै ठूलो समस्या होइन । समस्या के थियो भने स्थानीय मानिसहरूले हामीले नबुझ्ने भाषा बोल्थे । तर हामीले उनीहरूकै भाषा बोलेको भए पनि उनीहरू हामीसित बोल्लान् भन्ने हामीलाई लागेको थिएन किनभने त्यहाँ अन्तर्वार्ता लिन त्यति सजिलो छैन । हामीले त्यहाँको भूबनोट हेर्यौँ, तर चिनियाँ पक्षबाट केही पनि भनाइ वा सूचना प्राप्त गर्न सकेनौँ । तर त्यो भूगोल हेर्नु निकै जरुरी थियो किनभने नदीको उद्गम त्यहाँ थियो । त्यसैले त्यो कहँबाट सुरु हुन्छ, कस्तो छ भन्ने कुरा थाहा नपाई अन्य भागमा जाँदा त्यो पुरै नदीको कथा हुँदैनथ्यो । त्यसैले सजिलो त पक्कै भएन, तर त्यो निकै उपलव्धिमूलक रह्यो ।
नेपाल प्रवेश गरिसकेपछि केही सहज भयो ?अन्तर्वार्ता गर्नका लागि मानिसहरू कसरी भेट्नुभयो ?
अरूले (नदी संरक्षण ट्रस्टले) डिजाइन गरेको समय तालिकामा हिँडेकाले हामीले उहाँहरूको समय तालिका मान्नुपर्ने थियो । उहाँहरूले हरेक दिनका लागि लक्ष्य निर्धारण गर्नु भएको थियो, दिनको अन्त्यसम्ममा फलानो ठाउँ पुग्ने । तर हामीले (फोटोग्राफर नवीन बराल र मैले) उहाँहरूको कार्य तालिका नबिथोलिने गरी आफ्नो काम अघि बढायौँ । हामीले के गर्यौँ भने बाटोमा जो भेटिन्छ, उसैसित कुरा गरिहाल्यौँ ।
एउटा घतलाग्दो कुरो हामीलाई के लाग्यो भने सडकमा धेरै थरीका मानिसलाई छोटो समयमा भेट्न सकिँदो रहेछ । सबै जना कुनै न कुनै कामका लागि सडकमा आउनुपर्ने नै हुन्छ । त्यसैले कुरा गरिएका पात्रहरूको विविधता पनि कायम भयो ।
यो आलेख 'विविध आवाजहरू' शृङ्खला अन्तर्गत तयार पारिएको हो । यस शृङ्खलाको लक्ष विज्ञान पत्रकारितामा कम प्रतिनिधित्व भएका समुदायका विज्ञान पत्रकारहरूको अनुभव, विज्ञता र दृष्टिकोणको परीक्षण गर्नु हो । यो शृङ्खला द ओपन नोटबुक र राष्ट्रिय विज्ञान लेखकसंघको विविधता समिति को सहकार्य तथा साइमन्स फाउन्डेसन अन्तर्गतको साइन्स स्यान्डबक्सको समर्थनमा तयार पारिएको हो । शृङ्खलाका थप आलेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस् ।
तर महिलाहरू त घरबाट खासै बाहिर निस्किँदैनन् नि । उनीहरूका आवाज त कथामा नसमिटिने भए नि ?
हो, म तपाईँसित सहमत छु । यसो गर्दा विविध आवाजहरूलाई समावेश गर्न गाह्रो हुन्छ । तर हामीले सकेसम्म धेरै महिलाहरूसित कुरा गर्ने कोसिस गर्यौँ । यस्तो खालको कार्यशैलीको अर्को समस्या भनेको के हो भने कुराकानीका क्रममा हामीले थुप्रै ठाउँहरूका बारेमा थाहा पायौँ, समस्याहरू पनि थाहा पाइयो । तर ती ठाउँहरूमा हामी जान पाएनौँ किनभने ती टाढा थिए र त्यसै पनि ती अनकन्टार पहाडमा नजिककै गाउँ जान पनि निकै समय लाग्छ । जलवायु परिवर्तन र कुपोषणका बारेमा लेख्न सकिने एउटा गाउँ जान हामी पाएनौँ । अर्को गाउँमा पानीको विकराल समस्या भएको हामीले सुन्यौँ, तर त्यहाँ पनि जान पाएनौँ ।
तपाईँले 'म पत्रकार हुँ' भन्दा स्थानीय मानिसहरूले कस्तो व्यवहार गरे ?
हाम्रो क्यामेरा देखेपछि धेरैले हामी पत्रकार हौँ भन्ने कुरा बुझे । हामी टिभी पत्रकार भएको उनीहरूको बुझाइ थियो । त्यसैले हामीले खिचेको श्रव्यदृश्य कहिले कुन च्यानलमा आउँछ भनेर उनीहरूले सोध्थे । हामी तिब्बतदेखि भारतसम्म हिँड्दै छौँ भन्ने सुनेर उनीहरू अचम्मित हुन्थे ।
हामीले फोटो खिच्छौँ भन्दा केहीले पैसा मागे । त्यस क्षेत्रमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू काम गर्ने भएकाले पनि होला मानिसहरूलाई हरेक चिजका लागि पैसा चाहिने भएको वा उनीहरूले आश गरेका । उनीहरूलाई सायद् लाग्यो होला भिडियो देखाएर हामीले कतै गएर पैसा माग्छौँ ।
तपाईँको यात्रामा यस्तो समय आयो जब तपाईँले आफूलाई पत्रकार हुने कि मानिस हुने भन्नेमा छान्नुपर्ने भयो ?
अँ, आयो नि । एक जना महिलाले हामीसित एउटा हिँड्ने लठ्ठी मागिन् । 'तिमीहरूले यति धेरै फोटो खिच्यौ । मेरा बुढा श्रीमानलाई एउटा लठ्ठी पनि दिँदैनौ ?' भनेर उनले भनिन् । उनले बारम्बार त्यही कुरा भनिरहेपछि मैले उनलाई आफ्नो ट्रेकिङ लठ्ठी नै दिएँ ।
दिनभरिको लामो यात्रापछि हामी टेन्ट गाडेर खाना खान बस्थ्यौँ । सानासाना बच्चाहरू र स्थानीय मानिसहरू हाम्रो वरपर बस्न आउँथे । हामीले खाएको हेर्थे । तर हामीले सीमित मात्रामा खाने कुरा बोका थियौँ; हाम्रै टोलीका सदस्यहरूलाई पुगनपुग थियो । त्यो एउटा गाह्रो अनुभव थियो ।
एक दिन हामीले डाँडा चढ्दै गरेको एउटा केटोलाइ भेट्यौँ । उसले धेरै ठाउँमा टालेको पाइन्ट लगाएको थियो । मैले उसलाई १५० रुपैयाँ दिएँ, 'बाबु, चकलेट खाऊ' भनेर । तर उसले 'नाइँ, म यसले कापी किन्छु' भनेर खुरुरु दौडियो । मैले उसलाई १५० रुपैयाँ मात्रै दिएकोमा मलाई पछि ग्लानि भयो । मैले उसलाई अलि बढी पैसा दिएको भए उसले अलि बढी कापी किन्न पाउँथ्यो कि भनेर सोचेँ । तर यस्ता कुराहरू धेरैजसो भइ नै रहे ।
जलवायु परिवर्तनका कारण कर्णाली क्षेत्रमा कस्तो असर परेको रहेछ ?
जलवायु परिवर्तनका कथाहरू लेख्न गाह्रो हुन्छ । तर यसो भन्दैमा त्यस्ता कथा नलेख्ने होइन । गुणस्तरीय अनुसन्धानको अभावमा चुनौती झनै थपिन्छ । हामीले मानिसहरूका अनुभव सुन्यौँ । कसैले पानी धेरै पर्ने गरेको बताए त कसैले सुख्खा लागेको बताए । विज्ञान धेरैजसो अनुभवको पछिपछि नै हुन्छ । त्यसैले यसका बारेमा हामीले लेखे मात्र अनुसन्धानकर्ताहरूलाई नयाँ अनुसन्धान गर्न प्रोत्साहन मिल्छ । तर स्थानीय मानिसहरूको अनुभवलाई वैज्ञानिक अनुसन्धानसँग भिडाएर हेर्दा सधैँ उनीहरूले भनेको कुरासँग मेल खाँदैन वा उनीहरूले भनिरहेकै ठाउँमा त्यही खालको अनुसन्धान भएको हुँदैन । यस्तो अवस्थामा रिपोर्टिङ गर्न गाह्रो पर्दोरहेछ।
यात्राका दौरान भुसाल र उनका साथीहरू पश्चिमी नेपालको सबैभन्दा विकट क्षेत्रमा पुगे ।
कर्णालीकै बारेमा केही नयाँ पत्ता लगाउनुभयो ?
यात्राको क्रममा हामीले कर्णाली नदीको उद्गम थलोका बारेमा चल्दै आएको किंवदन्ती असत्य रहेको पायौँ । भनिन्छ कर्णाली नदी राक्षस तालबाट सुरु हुने भएकाले यसले दुःख मात्रै ल्याउँछ । तर हामीले नदी अर्कै ठाउँबाट सुरु हुने गरेको भेट्यौँ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा आलेख छपाउन असहज हुने गरेको तपाईँले बताउनुभएको थियो । यस्तो किन होला ?
नेपालजस्तो अन्तर्राष्ट्रिय समुदायको धेरै ठूलो चासो नरहेको देशमा स्थानीय पत्रकारहरूलाई ठूला मिडियामा आफ्नो आलेख छपाउन गाह्रै हुने गरेको छ । यदि मैले लेखेकै कथा कुनै अन्तर्राष्ट्रिय संवाददाताले उस्तै फोटो र भिडियो सहित लेखेका भए त्यो विश्वका कुनै पनि सञ्चार माध्यममा छापिन्थ्यो होला । अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो दृष्टिकोण भएको कथा चाहिन्छ वा आफैँले गरेको रिपोर्टिङलाई उनीहरूले बढी प्राथमिकता दिन्छन् ।
तर नेपाली टाइम्स र द थर्डपोलले मेरा आलेख राम्रोसँग छापे । भारतीय वेबसाइट फर्स्टपोस्टले पनि कथा छाप्यो । मैले नेपालको सबैभन्दा धेरै पढिने पत्रिका कान्तिपुरमा पनि एउटा लेख छपाएँ, जसप्रति निकै राम्रो प्रतिक्रिया पाएँ ।
तपाईँले आफ्नो शृङ्खलाको नाम 'आस्था र यथार्थ' राख्नुभयो । किन होला ?
मैले शृङ्खलाको नाम के राख्ने भनेर धेरै सोचेँ । त्यति बेला म गङ्गाबारे लेखिएको एउटा किताब पढ्दै थिएँ । त्यसमा 'आस्था र यथार्थ'बारे चर्चा गरिएको थियो ।
गङ्गा धार्मिक आस्थाको एउटा केन्द्र हो, तर नदीको यथार्थ हेर्दा त्यस्तो देखिन्न । त्यसैबाट मैले मरो शृङ्खलाको नाम राखेको हुँ । कर्णालीको अवस्था पनि गङ्गाको जस्तै छ र यो गङ्गा नदीको एउटा महत्वपूर्ण शाखा नदी पनि हो ।
आलेख पढेर पाठकहरूको कस्तो प्रतिक्रिया आयो ?
प्रतिक्रिया निकै राम्रो आयो । धेरै प्रकाशकहरूले फोन गरेर किताब लेख्ने प्रस्ताव गरे । हामीले कर्णाली फोटो प्रदर्शनीको पनि आयोजना गर्यौँ । अनुभव राम्रो रह्यो । अहिले पनि त्यसबारेमा कतैकतै चर्चा भइरहेको सुन्छु ।
तपाईँजस्तै यात्रामा जान चाहने पत्रकारहरूलाई के सुझाव दिनुहुन्छ ?
मेरो सबैभन्दा ठूलो सुझाव हो – यात्रामा जानुअघि पर्याप्त तयारी गर्नुस् । आफूलाई के सूचना चाहिएको हो त्यसका बारेमा स्पष्ट हुनुहोस्, अहिले जे पाइन्छ त्यही सङ्कलन गर्छु, पछि घर गएर छानौँला नभन्नुहोस् । हामीले त्यसो गरेकाले धानको थुप्रोमा सियो खोजेजस्तो भएको थियो । त्यस्तै, आफ्नो आलेखको दृष्टिकोण समय र सन्दर्भका आधारमा परिवर्तन गर्न तयार रहनुहोस् ।
फेरि कर्णालीको यात्रामा जाने अवसर मिलेमा के चाहिँ फरक गर्नुहुन्थ्यो त ?
आलेख लेख्ने क्रममा मैले के पाएँ भने हामीले कुरा गरेका धेरैजसो मानिसले एउटै कुरा दोहोर्याएका रहेछन् । फेरि जान पाए अलि धेरै मानिसहरूसित अलि धेरै विषयमा कुरा गर्थेँ होला । अब जाँदा चाहिँ दक्षिणबाट उत्तरतिर लाग्थेँ होला ।
किन होला त्यस्तो गर्ने इच्छा भएको ?
त्यसो गर्नाले त्यहाँको भूगोल र मानिसहरूलाई फरक दृष्टिकोणबाट हेर्न सकिएला कि । हामीले उत्तरबाट सुरु गर्दा थोरै मानिसहरू मात्रै बस्ने स्थानबाट सुरु गर्यौ र करोडौँ मानिस बस्ने स्थानमा गएर यात्रा अन्त्य गर्यौँ । उल्टोबाट यात्रा गर्दाको अनुभव पनि फरक हुन्छ कि, करोडौँ बस्ने ठाउँबाट सुरु गरेर केही दर्जन मानिस बस्ने ठाँउमा पुग्दा ।
अभय राज जोशी
पत्रकार अभय राज जोशी वातावरण, जलवायु परिवर्तन र वन्यजन्तुका बारेमा कलम चलाउँछन् । उनलाई ट्विटरमा @arj272 मा फलो गर्नुहोस् । | 2020/10/21 08:08:59 | https://beta.theopennotebook.com/2020/04/14/%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%BE%E0%A4%98/ | mC4 |
संसदको रोष्ट्रममा नेकपाका संसदको अनौठो बिरोध,गला अवरुद्ध भएपछि सभामुखले भनिन के भयो (भिडियो) || सुनौलो नेपाल
संसदको रोष्ट्रममा नेकपाका संसदको अनौठो बिरोध,गला अवरुद्ध भएपछि सभामुखले भनिन के भयो (भिडियो)
काठमाडौं । सभामुखको भूमिका पाएकी सांसद राधा ज्ञवाली भन्छिन् माननीय सांसद बोल्नुहोस् न बोल्न रोष्ट्रममा उभिएका सांसद भन्छन् सभामुख केही भए पो बोल्नु मंगलबार अपरान्ह प्रतिनिधिसभाको बैठकमा देखिएको दृष्य हो यो ।
सामान्यतया सांसद आफ्ना भनाइ राख्न पोडियममा जान्छन् र आफ्नो भनाइ राख्न सुरु गरिहाल्छन् । तर प्रतिनिधिसाको आजको बैठकमा सत्तारूढ दलका सांसद झपट रावलले बजेटमा कैलाली–२ लाई पछाडि पारिएको र हावाहुरी आएर नागरिक आक्रान्त पर्दा पनि सुतेर बसेको भन्दै मौन विरोध जनाए । झण्डै दुई मिनेट चुपचाप उभिइरहे ।
त्यसपछि घडी हेरेर बोल्न थालेका रावलले शुरूमै आक्रोश पोखे म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ म बाँचुँ मै नाचुँ अरू सब मरून् दुर्बलहरू अर्थात् मजस्तै उनको आक्रोश सहरी विकास मन्त्रालयको वार्षिक कार्यक्रमसँग सम्बन्धित थियो । उनले बजेट आउनुपूर्व सहरी विकास मन्त्रालयको ढोका ढक्ढक्याएर पुनर्स्थापित बादी समुदायका लागि बजेट विनियोजन गर्न आग्रह गर्दा पनि उनीहरूको जीवनस्तर सुधार्न कुनै कार्यक्रम समावेश नगरिएको दुखेसो पोखे ।
आज बादी समुदाय रूखको फेदमा बसिरहनुभएको छ । आकाशलाई सिरकका रूपमा धर्तीलाई डस्नाको रूपमा प्रयोग गरिरहनुभएको छ । कैलाली २ मा मुक्त कमैयाको शिविर छ । त्यहाँका मुक्त कमैयाहरू २३ गतेको आँधीले घरबारविहीन भएका छन् । सबै ठाउँमा आँखा पुगेको छ लक्षित ठाउँमा चाहिँ किन आँखा पुगेन उनले प्रश्न गरे ।उनले सरकारको कार्यक्रम मन्त्री नेता केन्द्रित आएको आरोपसमेत लगाए ।
मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस | 2019/08/22 20:38:51 | https://www.sunaulonepal.com/2019/06/11/10073/ | mC4 |
स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन थप गरिने « sajhapage
प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १५:१२
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो ।यस्तै आगामी भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने आज कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको बुझिएको छ । रासस | 2022/05/25 07:51:06 | https://www.sajhapage.com/2020/08/3428/ | mC4 |
धान पसलका साथ - Thermomix रेसिपी | ThermoRecines
Ribs संग चामल
चामल58 मिनेट4 व्यक्ति
मैले सधैं यो कुरा सुनेको थिएँ कि पसलको यो चामल कति राम्रो थियो र म यसलाई साँच्चै तयार गर्न चाहान्छु किनभने मलाई यो थाँहा थियो मेरो परिवार यो प्रेम गर्न गइरहेको थियो र यो यो छ।
यो एक नुस्खा हो धेरै सरल र बच्चाहरूले यसलाई "चीचा" सँग उनीहरूले मन पराउँछन्।
Thermomix® मा धान विलासी छन्। यो एक फरक छ भने फरक पर्दैन सेतो चामल, संयुक्त राष्ट्र risotto वा एक चामल चामल सबै सरल र स्वादिष्ट छन्।
1 Ribs संग चामल
एक चावल जुन बच्चाहरू र वयस्कहरूले मन पराउछन्।
खाना पकाउने समय: 58M
१०० g अतिरिक्त कुमारी अलिभ तेल
पोर्क पसलहरूको 500 ग्राम, सानो टुक्रा मा काट
१ g० ग्राम हरियो सिमी
टुक्रिएको टमाटरको 100 ग्राम, क्यान्ड वा प्राकृतिक
१ चिम्टी केसर वा फूड कलरिंग
१ g० ग्राम रातो मिर्च, स्ट्रिप्समा काटियो
हामीले गिलासमा लसुन राख्यौं र प्रोग्रामिंग गरेर उनीहरूलाई काट्यौं Seconds० सेकेन्ड, गति 5।
हामी तेल र पसलाहरू थप्दछौं। हामी प्रोग्राम १० मिनेट, भेरोमा तापमान, बाँया पालो, चम्चाको गति।
काटिएको हरियो बीन्स र कुचिएको टमाटर गिलासमा थप्नुहोस्। हामी प्रोग्राम १० मिनेट, भेरोमा तापमान, बाँया पालो, चम्चाको गति।
पेपरिका, पानी, केसर (वा रंग) र नुन थप्नुहोस्। हामी प्रोग्राम Minutes मिनेट, १००º, बाँया पालो, चम्चाको गति।
अन्तमा हामी रातो मिर्च र चामल थप्छौं। हामी प्रोग्राम Minutes मिनेट, १००º, बाँया पालो, चम्चाको गति।
समाप्त भएपछि, हामी नुन विन्दु जाँच गर्छौं। केहि मिनेट खडा र सेवा गर्नुहोस्।
थप जानकारी - मन्दारिन र इलायची सुगन्ध संग सेतो चावल गार्निश / Thermomix® को साथ बनेको उत्तम रिसोटोस / समुद्री खाना सूप चामल
मुहान - चावल Levante बाट थर्मोमिक्स®
अन्य रेसिपीहरू पत्ता लगाउनुहोस्: चामल र पास्ता, Celiac, ल्याक्टोज असहिष्णु, अण्डो असहिष्णु, Years बर्ष भन्दा बढी, १ १/२ घण्टा भन्दा कम
लेखको पूर्ण मार्ग: थर्मोरसेटास » थर्मोमिक्स रेसिपीहरू » चामल र पास्ता » Ribs संग चामल
smyrna भन्यो
जस्तो म तपाईको ब्लग लाई दिनहुँ धेरै चोटि हेरेर हेर्छु र मैले पहिले नै केहि रेसिपीहरू बनाइसकेको छु, मँ चाहान्छु कि तपाईले एचएच २१ को लागि कार्यक्रम राख्नु भएको छ, जुन तपाईलाई छ, धेरै धेरै धन्यवाद र सहयोग जारी राख्नुहोस्। TH को उपयोग गर्नका लागि केहि हामीले यसलाई भान्छामा बिर्स्यौं।
Smyrna लाई जवाफ दिनुहोस्
Smyrna Tm-21 को साथ यो नुस्खा बनाउनको लागि, तपाईंले पुतली ब्लेड र स्पीड 1 मा राख्नु पर्छ।
सबैलाई नमस्कार / तपाईंले मलाई tx 31१ दिनुभएको छ र मलाई यो तौलको समस्याको कारणले छोड्ने डर छ, त्यहाँ सामान्य पकाउने कुनै विधि छ जुन सही तरीकाले नबुझीकन म स्वस्थ भोजनको लागि पनि व्यञ्जनहरु सराहना गर्दछु। बच्चाहरूको लागि किनभने मेरो जहिले पनि उस्तै स्यान्डविच वा पिज्जा खान्छु। यस वेबसाइटका लागि धन्यबाद
मार्च, मलाई राम्ररी थाहा छैन तपाईको मापन सामग्री के द्वारा सही मतलब छ। सबै भन्दा तार्किक र अधिकमा थर्मोमिक्स भएकोमा सुरूमा यो हो कि तपाईं व्यंजनहरू र तिनीहरूले तपाईंमा लगाइएका भारहरूमा टाँसिरहनुहोस्। त्यसपछि समयको साथ तपाईं यसको ह्या you प्राप्त गर्नुहुन्छ र जब उनीहरूले तपाईंलाई प्याजको २०० ग्राम बताउँछन्, तपाईं यसको वजन बिना नै तपाईं प्याज लिनुहुन्छ जुन त्यो वजनको नजिक छ।
म सूप, तरकारी क्रीम, साना माछाको डिनरका लागि धेरै स्वस्थ व्यंजनहरू तैयार गर्न चाहन्छु ... सूचकांकमा एक नजर राख्नुहोस् र तपाईंले धेरै केहि सरल र सरल पाउनुहुनेछ।
मारि कारमेन, टोमेलोसो भन्यो
नमस्ते सिल्भिया, आज मसँग खाना छ किनकि त्यहाँ केहि साप्प छैन के गर्नु पर्छ उनीहरु धेरै राम्रा देखिन्थे र चामल मलाई जे भए पनि राम्रो हुन्छ, म तिमीलाई भन्छु, अभिवादन
मारि कारमेनलाई जवाफ दिनुहोस्, टोमेलोसो
मारी कारमेन, यो प्रयास गर्नुहोस्, यो एक धेरै साधारण विधि हो र चामल राम्रो बाहिर आउँछ।
लुसिया मार्टिनेज प्लेसहोल्डर छवि भन्यो
चामल धेरै राम्रो छ, मैले यो पहिले नै दुई पटक बनाइसकेका छौं हामी सबैलाई यो मनपर्दछ ... एउटै मात्र कुरा मैले पुतली राखेको छैन मैले टिप्पणीमा देखिसकें जुन तपाईंले राख्नुपर्दछ।
लुसिया मार्टिनेजलाई जवाफ दिनुहोस्
म २१ औं बेलको २१ औं को लागि बनाउँछु?
एन्टोनिया tm-21 को साथ तपाईं यो नुस्खा बनाउन सक्नुहुन्छ, तपाईंले केवल ब्लेड र स्पीड 1 मा पुतली राख्नु पर्छ।
लोला सान्चेज भन्यो
मलाई तपाईका व्यंजनहरू विशेष रूपमा डेसर्टहरू मनपर्छ, धन्यवाद
लोला सान्चेजलाई जवाफ दिनुहोस्
लोला, हामीलाई अनुसरण गर्न धेरै धेरै धन्यवाद। हामी मिठाइ मन पराउछौं, तिनीहरू एक उपाध्यक्ष हुन्। तर सामान्यतया हामी तिनीहरूलाई कसैसँग बाँड्न खोज्छौं ताकि हामी आफैले आफैंलाई थोरै हेरौं।
यस चामल भन्छन् मलाई मेरो घरमा खाऊ, हामी चामललाई यस हप्ता माया गर्छौं
तानिया, यो महान् कुरा निश्चित छ कि तपाईले यसलाई प्रेम गर्नुहुनेछ, तपाईले मलाई भन्नुहुनेछ।
इज्मिरलाई पनि त्यस्तै हुन्छ (मसँग २१ छ)। हामी धेरै आभारी हुनेछौं यदि तपाईं हामीलाई भन्नुहुन्थ्यो कि व्यंजनहरू बनाउनको लागि सक्षम हुन के हो।
सुसन जब हामी राख्छौं, चम्चा स्पीड र बाँया पट्टि घुम्नुहोस्, Tm-21 को साथ तपाईले पुतली ब्लेड र स्पीड १मा राख्नु पर्छ।
धन्यवाद! नोट लिनुहोस् !!
मैले हिजो यो धेरै राम्रो गरें, हामीले वास्तवमा पसल मनपरायौं, यो मलाई धेरै कोमलताले बाहिर आयो, थर्मोको मासु धेरै कोमल बाहिर निस्किएन र मलाई कसरी शंका लाग्यो कि यो कसरी बाहिर जान्छ भन्ने बारे थियो, तर हे, वास्तवमै महान, मैले यो सिफारिस गरेको थिए, नुस्खा को लागी धन्यवाद
एलिसिया, मलाई तपाईको खुशी लागेको छ। सत्य यो हो कि जब मैले यसलाई बनाएको हुँ, म पनि मेरो शंका थियो, तर पसलाहरू महान र धेरै रसदार बाहिर आउँछन्।
अभिवादन र हामीलाई अनुसरण गर्नका लागि धन्यबाद।
यो उत्तम लाग्छ म यसलाई प्रयास गर्छु .. धन्यवाद
मारी, यदि तपाईं यसलाई प्रयास गर्नुभयो, तपाईं यसलाई दोहोर्याउनुहुन्छ। यो स्वादिष्ट बाहिर आउँछ। मेरो परिवारले यो मन परायो, मैले यो १ 15 दिन अघि गरेको थिए र आज उनीहरूले मलाई फेरि सोधे।
हामीले भर्खरै यो खायौं र यो स्वादिष्ट र ठीक थियो। एक उत्तम विधि। यसलाई साझा गर्नुभएकोमा धेरै धेरै धन्यबाद।
म धेरै खुशी छु कि यो तपाईको लागि ठूलो भयो। सत्य यो हो कि यो एक धेरै सफल नुस्खा हो।
हामीलाई पछ्याउनु भएकोमा धन्यवाद
नमस्कार, मैले भर्खर ther बर्षमा यसको थर्मोमिक्स प्राप्त गरें किन्नुहोस् यो खरीद गर्ने सोचमा, मँ अडिएँ र आशा गर्छु तपाईले मलाई जे गर्न सक्नुहुन्छ मद्दत गर्नुहोस्। तपाई कसरी आलु स्टु बनाउनु हुन्छ पसल संग?
बधाई छ सिल्भिया आफ्नो नयाँ खरीद मा। उनी भान्साकोठामा तपाईंको सबैभन्दा राम्रो साझेदार हुन्, तपाईं रमाउनुहुनेछ। र हामी हाम्रो पक्षका लागि हाम्रो व्यञ्जनहरू तपाईंलाई मद्दत गर्न प्रत्येक चीज सम्भव गर्दछौं। यो लामो समय भयो जबसम्म म यो नुस्खा बनाउँदछु जुन तपाईंले मलाई भन्नुभएको छ, मलाई प्रोत्साहन गरे झैं म यो प्रकाशित गर्नेछु।
एडा भन्यो
पहिले म भन्न चाहन्छु, यस पूर्ण र रमाईलो वेबसाइटमा बधाई छ जुन तपाइँले बनाउनु भएको थियो र दोस्रो हो…। चामल मेरो लागि राम्रो बाहिर आयो! नुस्खा को लागि धेरै धेरै धन्यवाद !!
म यस वेबसाइटलाई चिन्न पाउँदा खुसी छु र तपाईलाई थाँहा छ कि मैले यो Thermomix भएका धेरै व्यक्तिहरुलाई सिफारिस गरेको छु !!
आइडा, हामीलाई हेर्नु भएको र सिफारिस गर्नु भएकोमा तपाईंलाई धेरै धन्यवाद। मलाई खुशी छ कि तपाईंले चामल मनपराउनुभएको छ, हामीलाई पनि मन पर्छ। शुभकामना।
तपाईको व्यंजनहरुका लागि धेरै धन्यबाद, तपाईले खाना पकाउन एकदम सजिलो बनाउनु भयो, मैले थर्मो किनेको छु र सत्यमा म अचम्मित छु, आज मैले चामल बनाए र यो ठूलो थियो, मेरो परिवारले यसलाई माया गर्यो, यो कति अद्भुत छ।
म धेरै खुसी छु मोनिका। मलाई आशा छ कि तपाइँ हाम्रा रेसिपीहरू मनपराउनुहुन्छ र ती थर्मोमिक्स धेरै प्रयोग गर्न मद्दत गर्दछ। हामीलाई हेर्नु भएकोमा धेरै धेरै धन्यबाद। शुभकामना।
रत्न villegas लोपेज भन्यो
हरियो सिमी भाँडो वा प्राकृतिक हुन सक्छ
Gema Villegas लोपेजलाई जवाफ दिनुहोस्
मणि, हरियो सिमी प्राकृतिक छन्।
म यस पृष्ठमा Inma नयाँ हुँ, केहि प्रश्नहरू के तपाई पँछाहरुलाई केहि घण्टा अगाडि नै मेरिनेट गर्नुहुन्छ कि तिनीहरूले कुनै मासु जस्तो स्वाद लिन्छन्, हैन? अभिवादन
मारिया पिलर मोलिना - प्राडोस मोरा भन्यो
म तपाईंको पृष्ठमा नयाँ हुँ, र सत्य यो हो कि तपाईंले बनाउनु भएको सामान्य खाना पकाउने विधिहरूको मात्रा देखेर मलाई साँच्चिकै मन पर्थ्यो, मैले थर्मोमिक्स थोरै छोडिदिएको छु भन्ने आशा गर्छु कि तपाईंको विचारहरूको साथ मैले यसलाई अधिक प्रयोग गर्ने छु, मलाई लाग्छ कि यससँग व्यंजनहरु को संख्या जुन तपाइँ मलाई भान्छामा एक adipta प्रकाशित गर्नुहुनेछ। अभिवादन र बधाई हो।
मारिया पिलर मोलिना - prados mora लाई जवाफ दिनुहोस्
मारिया पिलर स्वागत छ !! पक्कै पनि हामी सबैको बिच हामी तपाईलाई फेरि थर्मसमा अंकुश लगाउँदछौं, किनकि यो एक दुर्गुण हो। म तिमीलाई भन्छु। एक विधि बनाउनुहोस् र हामीलाई बताउनुहोस्। शुभकामना
म अहिले यो डिश बनाउँदैछु र मैले एउटा प्रश्न गरेकी थिएँ, यदि मैले यसलाई स्थिर गरे, के यो पछि राम्रो हुन्छ?
एलेना, सत्य यो हो कि मैले कहिल्यै चामल फ्रि गरेको छैन, तर मलाई लाग्दैन कि यो उही हो किनकि चामलहरू यसलाई जस्तै खाइनु पर्छ कि यो जहाजमा नजाओस्। तपाईं के गर्न सक्नुहुन्छ र फ्रीज पनि गर्न सक्नुहुन्छ र त्यसपछि कुनै पनि धानको स्ट्रि-फ्राइज हुन्। त्यसो भए पनि, म सेतो बाहेक कहिल्यै चामल फ्रि गर्ने छैन।
नमस्ते केटीहरू !!! म तपाईंलाई सोसुरी वा कसरी पसलहरू बनाउने भनेर सोध्न चाहान्थें तर आलु वा चामलको साथ होइन, मेरो घरमा हामीलाई यो धेरै मनपर्दैन र मेरी आमाले अब ऊ थर्मोमिक्सको साथ खाना पकाउन प्रोत्साहित गरिरहेकी छिन् मलाई भन एक उपाय हामी कसरी घर मा नवीन गर्न सक्नुहुन्छ, धन्यवादsssssss हेर्नका लागि !!!
लोरेना, मैले तपाईलाई पसलका व्यंजनहरू फेला पार्न कोसिस गरें, तर प्राय: जसमा आलुहरू छन् वा चामलबाट बनेका छन्। म हेर्दै रहन्छु र यदि मैले कुनै कुरा पाएँ भने म तपाईंलाई भन्नेछु। शुभकामना
शुभ दिउँसो, म यसलाई कहिले काँहीले बनाउँदछु, हामी तरकारीहरू अभिवादन मन पराउछौं
राम्रो विचार Carmen, हामी यसलाई अर्को पटक प्रयास गर्नुपर्दछ। शुभकामना
मैले भर्खरै धान बनाएँ र यो निकै राम्रो भयो, तर करbsहरू थोरै कडा थिए। मैले यो पनी लामो समयसम्म सिफारिसले भनेको थिएँ, उनीहरूलाई अलि बढी टेन्डर बाहिर निकाल्ने कुनै चाल छ?
मारिया, रेसिपीको समयको साथ, तिनीहरू मेरो लागि राम्रोसँग बाहिरिए, तर यदि तपाईं चाड थप्नु अघि अर्को पटक थोडी लामो पसिना राख्न चाहनुहुन्छ भने।
मसँग केहि दिनको लागि थर्मोमिक्स रहेको छ र यो मेरो पहिलो विधि थियो। चामल र पसलहरू ठीकै थिए र यो स्वादिष्ट थियो। अहिले तँलाई भट्टीमा कोला-काको केकको नुस्खा छ, मँ भन्छु यो कसरी भयो। तपाईका व्यंजनहरु को लागी धेरै धन्यबाद, म उनीहरुलाई जारी राख्ने छु।
सिल्भिया, मैले यो चामल आज खानको लागि तयार पारेको छु र यसलाई पसलहरू बनाउनुको सट्टा मैले यसलाई कुखुराको टुक्रा र रातो सॉसेजले पकाएँ। मैले समयलाई अलिअलि अनुकूलित गरें, किनकि पोलो पसलहरू भन्दा पहिले पकाइन्छ, र परिणाम एकदम राम्रो छ। चुम्बन र फेरि तपाईले हामीलाई दिनहुँ दिने विचारहरूको लागि धन्यवाद
कस्तो राम्रो विचार हो, मैले यो प्रमाणित गर्नुपर्नेछ कि मेरा साना बच्चाहरूलाई यो मन परेको छ। शुभकामना
jolin !!!! चामल स्वादिष्ट थियो, धन्यवाद !!!
नमस्ते, म जान्न चाहान्छु कि म पूरै नुस्खालाई अन्तिम चरण सम्म बनाउन सक्दछु, किनभने म शनिबार गर्न चाहान्छु तर मसँग मेरो फुटबल छ र उसले मलाई बिहान छोड्छ, र त्यसपछि म फर्किएपछि एक घण्टा आधा, चावल र काली मिर्च जोड्नुहोस्, वा यदि यसको विपरित सिफारिस गरिने छैन।
सबै चीजको लागि धेरै धन्यबाद, मलाई तपाईंको पृष्ठ मनपर्दछ।
मार्च, तपाईलाई छिट्टै जवाफ नदिएकोमा माफ गर्नुहोस्, तर कहिलेकाँही यति धेरै प्रश्नहरू हुन्छन् कि हामीले प्रायः सबैलाई उत्तर दिएका थियौं र ती मध्ये केही तिनीहरूलाई नदेखी हामी पारित गर्दछौं।
तपाईले भन्नुभए अनुसार गर्न सक्नुहुन्छ, तपाईले तयार रहेको सबै चीज छोड्नुहुन्छ र जब तपाई फर्कनुहुन्छ तपाई मिर्च र चामल जोड्ने अन्तिम चरण गर्नुहुन्छ। तपाइँ हामीलाई भन्नुहुनेछ यो तपाइँको लागि कसरी काम गर्दछ।
नमस्कार, हिजो मैले यस चामललाई खानको लागि तयार पारेको थिए, यो स्वादिष्ट थियो।
एउटा प्रश्न, के यसले फरक पार्छ कि पसलाहरू म्यारीटेड छन् कि छैनन्?
अभिवादन र तपाईको व्यंजनहरु को लागी धेरै धन्यबाद।
आना, यो कुरा मतलब छैन कि तपाईं म्यारिनेट प्रयोग गर्नुहुन्छ वा गर्दैनन्, केवल कुरा के हो भने कि मरीनेट गरिएको छ उनीहरूले स्वादको पनि धेरै रिच टच दिन्छन्।
नमस्कार! यो स्वादिष्ट छ, तपाईं कल्पना गर्न सक्नुहुन्न कसरी तपाईं मलाई आफ्नो व्यंजनहरू संग मद्दत। धेरै धेरै धन्यवाद।
कान्छी, म धेरै खुसी छु कि हाम्रो व्यञ्जनहरूसँग हामी तपाईंलाई प्रत्येक दिनको मेनूमा हात दिन्छौं। हामीलाई पछ्याउनु भएकोमा धन्यवाद। शुभकामना
gिरोना को एकान्तता भन्यो
सत्य यो हो कि यो स्वादिष्ट भयो, तर म people व्यक्तिको लागि मात्रा जान्न चाहन्छु।
सोलेड डे गिरोनालाई जवाफ दिनुहोस्
त्यो थर्मोमिक्स गिलास को आकार को लागी अधिकतम रकम हो। ब्लगका केहि साथीलाई चामलको मात्रा बढाउन प्रोत्साहन गरिएको छ र टिप्पणी दिनुहोस् कि यो अति बग्नेछ।
रकुल भन्यो
म तपाईंलाई भन्न चाहान्छु कि नुस्खा एकदम राम्रो छ, सत्य यो हो कि हरेक चोटि म तपाईंको एक नुस्खा लिन्छु यो राम्रो छ, धेरै धेरै धन्यवाद।
RACHEL लाई जवाफ दिनुहोस्
मलाई खुशी छ कि तपाईले यो मनपराउनु भयो!
महान !!!!!!!!!
यो एक सफल केटीहरू भएको छ, म तपाईंलाई बधाई दिन्छ किनभने मेरो श्रीमान् खानाको लागि विशेष र उत्कृष्ट हुनुहुन्छ! मैले हरियो सिमीलाई हरियो मिर्चको ठाउँमा राखेको छु।
एक चुम्बन र एक राम्रो गर्मी सबैलाई स्पष्ट !!!!
म तपाईंलाई धेरै मन पर्यो कि धेरै खुसी छु। सत्य यो हो कि यो एक धेरै पूर्ण विधि हो र यो स्वादिष्ट बाहिर आउँछ।
मैले भर्खरै चामल बनाएको थिएँ र यसले लगभग केही पनि स्वाद लिएको छैन, अन्तमा मैले अधिक नुन थपे पनि। योसँग भएका सबै सामग्रीहरूको साथ यो धेरै अनौंठो हो तर यसको कुनै स्वाद थिएन। धेरै अनौंठो ... प्राय सबै भन्दा धेरै रेसिपीहरू राम्रोसँग बाहिर आउँदछन् तर यसको साथ मलाई थाहा छैन मलाई के भयो।
के पसलहरू मर्मिन गरिएको थियो ?? यदि मैले सहि सम्झना गर्दछु कि यसले एक विशेष स्वाद दिन्छ, तर यो मेरो लागि अनौठो हो किनभने यो चामल राम्रो बाहिर आउँदछ।
तर कति व्यक्तिलाई पसलहरू छन्? धन्यवाद
२ व्यक्तिको लागि
नमस्ते !!! मसँग बाह्र बर्षको लागि टीएम २१ छ र मैले यो ब्लग फेला पारे पछि यस हप्ता जस्तो पकाएको छैन। धेरै धेरै धन्यवाद !!!!
धेरै धेरै मारीक्विटा, एक खुशी को लागी धन्यवाद! र स्वागत छ, अवश्य पनि।
नाओमी बडोना भन्यो
नमस्कार ...। यो दोस्रो पटक हो कि मैले यो रेसिपी बनाएको छु र हामी यसलाई घरमा मन पराउछौं ... थर्मोमिक्समा भात बाहेक यो उत्कृष्ट आउँछ…। म यहाँबाट धेरै व्यंजनहरू बनाउँछु किनकि मलाई उनीहरू धेरै मनपर्दछ र व्यंजनहरू बाहेक। धेरै राम्रो लेखिएको छ! चुम्बनहरू।
Noemí Badalona लाई जवाफ दिनुहोस्
तपाईंको टिप्पणी नाओमीको लागि धेरै धेरै धन्यवाद! म छोटो समयको लागि ब्लगमा सहयोग गर्दै छु तर मैले यसलाई लामो समयदेखि पछ्याएको छु ... सत्य यो हो कि मेरा सहकर्मीहरूले यो गरेका छन् र ती घटनाहरू आश्चर्यजनक रूपमा गर्छन्। मलाई आशा छ कि चाँडै उनीहरूले इटालीमा बनाउने रिसोटो राख्ने छन् जुन पनि धेरै स्वादिष्ट हुन्छ।
नमस्कार ... घरमा हामी साँच्चिकै चामल चाहन्छौं, मेरो पति इक्वेडरका हुन् र त्यहाँ भात रोटी जस्तै छ, हामी लगभग दैनिक खायौं ... र म त्यहाँ उही थर्मोमिक्सको साथ समान भाँडा बनाउन चाहन्छु ... रेसिपी म तपाईंलाई भन्न चाहान्छु यसलाई मेरो थर्मोमिक्ससँग बनाउनको लागि किनकि यो सजिलो र छिटो छ .... धेरै धेरै धन्यवाद। चुम्बनहरू।
नमस्ते Noemi,
मलाई यो विभिन्न ग्यास्ट्रोनमिक संस्कृतिहरूको बारेमा मनपर्दछ ... जसले तिनीहरूलाई केवल उनीहरुलाई चिन्छ उसले उनीहरूले आफ्नो देशमा खाने कुरा मात्र खाने कुरा सोच्न सक्छन, र सत्यबाट अरु केहि छैन! मैले जाल वरपर अलि अलि हेरेँ र मैले यो पृष्ठ पाए http://www.mis-recetas.org/recetas/advanced_search?dificultad=1&internacional=157&page=2
तपाइँले यसमा एक नजर लिन सक्नुहुन्छ जुन तपाइँले के सोच्नुहुन्छ भनेर हेर्न। यद्यपि व्यंजनहरु Thermomix को लागी छैन, पक्कै केहि केहि छ जुन तपाई अनुकूलन गर्न सक्नुहुन्छ।
आशा छ कि तपाईले यो उपयोगी पाउनुहुनेछ!
तपाईको मद्दत को लागी धेरै Ascen लाई धन्यवाद।… चुम्बन।
मसँग धेरै पानी बाँकी छ, चामल बाहिर आयो।
नमस्कार एलेना! यदि तपाईंले फोटोमा हेर्नुभयो भने, यो सूपको थोडा हो। Thermomix पूर्ण रूपमा सुक्खा चामल बनाउन सक्दैन। तिनीहरू सँधै महारहित वा सूफी शैली हुन्। तपाईंको केसमा, यदि तपाईं ड्राईर चाहनुहुन्छ भने, अन्तिम केही मिनेटहरूको लागि बीकर हटाउनुहोस् र अधिक पानी वाष्पीकरण हुनेछ। तपाईं मलाई भन्नुहुनेछ !!
महान Rebbe! तपाइँको टिप्पणी को लागी धन्यवाद। चुम्बनहरू!
नमस्कार मुफसाटाका, तपाईले प्रयोग गर्नु पर्ने चामल भनेको बमोजा वा गोलो एक हो, लामो कहिल्यै होइन। हामी यसलाई चिसो सलादका लागि आरक्षित गर्दछौं। हामीलाई पछ्याउनु भएकोमा धन्यवाद। शुभकामना।
लुज एबिलीरा पेरिज भन्यो
मसँग tm21 छ म कल्पना गर्छु कि मैले थ्रोटल गति १ राख्नु पर्छ, के यो यस्तै हो? धन्यबाद
Luz ABILLEIRA PEREZ लाई जवाफ दिनुहोस्
नमस्कार, लुज,
हो, तपाईं सहि हुनुहुन्छ। TM21 को साथ तपाईले थ्रटल र गति १ सेट गर्नुपर्नेछ।
पेल भन्यो
कुन चामल प्रयोग गर्ने भन्ने बारे मसँग सँधै सँधै छु म सामान्यतया मेरो सबै जीवनको सामान्य SOS प्रयोग गर्दछु र म यसलाई छुटकारा दिन्छु। तपाईं कुन ब्रान्ड प्रयोग गर्नुहुन्छ?
पेलेलाई जवाफ दिनुहोस्
नमस्ते पेल, १OS मिनेटमा SOS चामलको साथ यो पूर्ववत भयो? यो धेरै दुर्लभ छ किनकि सामान्यतया १ 13 मिनेटको साथ तपाईं अल डेन्टेट हुनुपर्छ (कि भित्री भाग थोरै छ) र यदि हामीले त्यसलाई आराम गर्यौं भने यो तयार छ। के तपाइँ पक्का हुनुहुन्छ कि तपाइँ १-13-१-13 मिनेट राख्नुहुन्छ? अर्को चोटि जाँच गर्नुहोस् र यदि होईन भने, यसमा कम समय दिनुहोस्। मैले SOS र अन्य ब्रान्डहरू, र सेतो ब्रान्ड पनि प्रयोग गरेको छु र ती समयहरूको साथ यो उत्तम बाहिर काम गर्दछ। मलाई भन्नुहोस् यदि हामी तपाईंको भातमा के गलत हो भनेर पत्ता लगाउन सक्छौं। अंगालो।
तपाईको उत्तर को लागी धेरै धन्यबाद।
म समयलाई राम्ररी नियन्त्रण गर्ने प्रयास गर्नेछु
सुसाना ललोरेन्टे लोरिडो भन्यो
उहम के एक चित्रकारी। म केहि चीजहरूको लागि थर्मोमिक्स प्रयोग गर्दछु, तर तपाईंको नुस्खा हेर्दा म निश्चित छु।
सुसाना ललोरेन्टे लोरिडोलाई जवाफ दिनुहोस्
सुसाना मलाई यो मनपर्दछ, धेरै फरक खाना बनाउन।
इरिना भन्यो
नमस्कार मलाई थाहा छ कि यो नुस्खा लामो समयको लागि प्रकाशित भएको थियो तर म यो हेर्न चाहन्छु कि यो चावल दुई व्यक्तिको लागि बनाउने हो कि मैले आधा मा सबै सामग्रीहरू मात्र कटौती गर्नुपर्दछ र यदि समय फरक छ भने ?? मलाई मद्दतको लागि धेरै धेरै धन्यबाद।
इरिनलाई जवाफ दिनुहोस्
नमस्कार इरिना, केहि पनि हुँदैन किनभने नुस्खा लामो समयदेखि प्रकाशित भयो! वास्तवमा, हामी खुसी छौं कि तपाईं हाम्रो कुनै पनि व्यंजनहरू तयार गर्नुहुन्छ, चाहे ती हालका हुन् वा नहोस्। थप रूपमा, यो डिश उत्कृष्ट छ। यदि तपाईंले आधामा परिमाण कम गर्नुभयो भने, यसले तपाईंलाई दुई जना व्यक्तिलाई राम्रोसँग खानेछ जुन यो अनौंठो खाना हो। यद्यपि समय एक समान राख्नुपर्दछ। धानको एक अन्न १०० अनाज जत्तिकै पकाउने समय चाहिन्छ। तपाईले हामीलाई भन्नुहोस् यो कसरी भयो? हामीलाई लेख्न को लागी धन्यवाद 🙂
मलाई यो नुस्खा मनपर्दछ!
यो हप्ताको एक पटक मेरो घरमा आधारभूत हो। मैले यसलाई कुखुरा, पसल, खरायोसँग बनाएको छु।
तपाइँको खाना पकाउने मा हरेक दिन हुक
नमस्ते, म तपाईंलाई जान्न चाहन्छु कि तपाईं नयाँ ताजा हरिया बीन्सहरू राख्नुभयो, पहिले नै पकाइएको वा भाँडा, किनभने यो ताजा छ भने, तिनीहरू निविदा बाहिर आउँदैनन्, ठीक छ? धन्यवाद
सुसाना म पूर्ण रूपमा सहमत छु,
नमस्कार! यो नुस्खा चामल हो, यो घरमा हाम्रो मनपर्ने मध्ये एक हो, म यसलाई लगभग हरेक आइतवार बनाउँछु। म सुरुमा पूरै प्याज थप्छु, लसुन, एक बे पात र मसलादार चोरिजोलाई टुक्रामा मिलाएर, यो तपाईंको औंलाहरू चाट्न बाहिर आउँदछ! तपाईका व्यंजनहरुका लागि धेरै धेरै धन्यबाद, जसले हामीलाई हाम्रो टि.एम. को अधिक फाइदा लिन मद्दत गर्दछ। अभिवादन
धन्यवाद मोनिका! धेरै राम्रो सुझाव। हामी धेरै खुसी छौं कि तपाईलाई यो धेरै मनपर्यो
मोनिका, तपाईंले सुरुमा कोरिजो राख्नु भयो। प्याज र लसुन वा कहिले यसलाई थप्नुहुन्छ? धन्यबाद
नमस्कार, म यो विधि दुईको लागि बनाउन चाहन्छु। यदि मैले आधा रकम राख्छु, के समयहरू उस्तै हुन्छन्? धन्यवाद!
त्यो एलिसिया हो, समान समय र सामग्रीहरू दुई द्वारा विभाजित। हामीलाई लेख्न को लागी धन्यवाद!
नमस्कार, म people व्यक्तिको लागि नुस्खा बनाउन चाहन्छु। के म पनी एकपटक र त्यसपछि पनी बनाउन सक्छु, यसलाई प्यालाको अन्त्यमा सँगै राख्छु र यसलाई तन्दोमा तताउँछ?
हेलो एस्तर, यी राशिहरू जुन appear व्यक्तिको लागि हो। 🙂
सेन्सी भन्यो
नमस्ते, म तपाईंलाई यो रकम बनाउन सक्छु भनेर सोध्न चाहान्छु, तर चावल थप्नु भन्दा पहिले मैले त्यस्तै शोरबाको आधा भाग राखें, यसलाई फ्रिज गर्न र अर्को दिन चावल फेरि बनाउने, त्यहाँ हामी दुई जना छौं, र कहिलेकाँही 4 का लागि रेसिपीहरू पकाउँदछु तर आधा सबै चीजहरू आधा स्थिर गर्दछु जुन स्थिर फ्री हो। | 2022/05/16 17:48:38 | https://www.thermorecetas.com/ne/%E0%A4%A5%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%8B%E0%A4%AE%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A5%8D%E0%A4%96%E0%A4%BE-%E0%A4%9A%E0%A4%BE%E0%A4%AE%E0%A4%B2-%E0%A4%AA%E0%A4%B8%E0%A4%B2%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%BE%E0%A4%A5/ | mC4 |
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal, राष्ट्रिय दैनिक - प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठ)
शनिबार, ०२ कार्तिक २०७६, १४ : ०७
आइतबार, ०१ असार २०७६, १९ : ०९ | विनोद परियार
रुपन्देही– प्रदेश ५ सरकारले पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार प्रदेशसभा समक्ष अघिल्लो वर्ष भन्दा ८ अर्ब २७ करोड ६५ लाख बढिको बजेट सार्वजनिक गरेका हुन।
कुल बजेटमध्ये पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१.०१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसमध्ये १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६.९४ प्रतिशत बजेट भने चालूतर्फ खर्च हुने छ।
प्रदेश सरकारले स्थानीय तहलाई सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदान तर्फ १ अर्ब ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरि कुल ४ अर्ब ३८ करोड ९ लाख विनियोजन गरेको छ। सरकारले बजेटको आकार बढाएपनि अधिक श्रोत भने संघीय सरकारसँग निर्भर छ।
आन्तरीक राजस्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड खर्चको व्यवस्था हुने सरकारले अनुमान गरेको छ। बाँकी रकम भने वित्तिय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड अनुमान गरिएको छ।
गत बर्ष खर्च हुन नसकेको बचत रकमबाट ५ अर्ब रकमलाई समेत श्रोत व्यवस्थापनका रुपमा मुख्यमन्त्री समावेश गरेका छन। अघिल्लो बर्षकै बजेट खर्च हुन नसकिरहेको बेला बजेटको आकार भने बढेर आएको छ।
समृद्ध प्रदेश खुशी जनता भन्ने नरालाई पूरा गर्नका लागि सरकारले कृषि, पर्यटन, उद्योग, मानव संशाधन र पूर्वाधारको विकास प्रदेश अर्थतन्त्रको सम्बाहकका रुपमा लिएको छ। | 2019/10/19 08:22:14 | https://nagariknews.nagariknetwork.com/news/79926/ | mC4 |
मागुर माछा ल्याउन दिन माग – KhabarPurwanchal
मागुर माछा ल्याउन दिन माग
खबर पूर्वाञ्चल, १ कार्तिक २०७७, शनिबार २०:१८
विराटनगर / विराटनगरका माछा व्यापारीहरूले 'मागुर' प्रजातिको माछा आयात गर्न दिनुपर्ने माग गरेका छन् ।
सर्वोच्च अदालतले पनि अल्पकालीन अन्तरिम आदेश दिएपछि सहज रूपमा मागुर माछा आयत गर्न दिनुपर्ने उनीहरूले पत्रकार सम्मेलन गरि यस्तो माग राखेका हुन् ।
पशु सेवा विभागले गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने सर्वोच्चको आदेशपछि व्यापारी थप मागुर माछा भित्र्याउन पाउनुपर्ने मागलाई यथावत राखेका हुन् ।
पशु सेवा विभागले गत भदौ १२ गते भारतबाट आयात हुने मागुर माछालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मानव स्वास्थ्य प्रतिकूल भएकाले विभागले रोक लगाएको हो । विराटनगरमा थोक माछा व्यापारीले यो निर्णयलाई 'गैरकानूनी' मान्दै आएका छन् ।
विभागको निर्णयविरुद्ध उनीहरू सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले असोज २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि व्यापारीलाई सहज भएको हो । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को देहाय (ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । त्यसो त अदालतले कात्तिक २० गते पक्ष र विपक्ष दुवैलाई छलफलका लागि अदालत बोलाएको छ । वैधानिक रूपमा प्रत्येक वर्ष प्रदेश १ को भन्सार नाकाबाट ४ हजार टन मागुर जातको माछा भित्रिने गरेको थोक बिक्रेता एहसान शेखले बताए ।
अवैधानिक रूपमा के कति भित्रिन्छ भन्ने कुनै तथ्याङ्क छैन । सुनसरी प्रहरीले गएको साउनमा झण्डै ७५ सय केजी मागुर प्रजातिको माछा ट्रकमा लोड भएको अवस्थामा पक्राउ गरेको थियो । उक्त माछाको भन्सार भने थोरैको काटेर धेरै माछा भित्राएको तथ्य त्यो बेला पनि सार्वजनिक भएको थियो । जुन माछा स्वास्थ्यका लागि एकदमै प्रतिकूल मानिने त्यो बेला प्रहरी अधिकारीले बताएका थिए । | 2020/10/25 02:41:10 | https://khabarpurwanchal.com/2020/10/17/45707/ | mC4 |
कनकाईमा वडास्तरीय फुटबल संचालन हुने - Sajhamanch
२०७८, आश्विन ११ गते वेलुकिको ०७:३९:३८ बजे Monday 27th September 2021
कनकाईमा वडास्तरीय फुटबल संचालन हुने
कनकाइ । बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको छ ।
यस पटक असोज १६ गते सुरु भएर २५ गते समापन हुने फुटवल प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन हुने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताए । समितिको वार्षिक कार्यक्रम अनुसार नै फुटवल प्रतियोगिता संचालन हुने भएको अध्यक्ष लम्सालले जानकारी दिए ।
अध्यक्ष लम्सालको सभापतित्व एवम् खेल व्यवस्थापन उप समितिका सचिव विनोद रानामगरले संचालन गरेको एक संक्षिप्त कार्यक्रममा कनकाई नगरका नौ वटै वडास्तरीय खेलकुद विकास समितिलाई २÷२ वटा फुटबल हस्तान्तरण गरिएको बताईएको छ । कार्यक्रममा जनप्रतिनिधिका रुपमा कनकाई ७ की वडा सदस्य गिता चौहान, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला, कनकाईका अगुवा खेलाडी दिलकुमार कार्की लगायतको उपस्थिती रहेको खेल आयोजक समितिका सचिव विनोद रानामगरले जानकारी दिए ।
फुटबल प्रतियोगितामा नगरका नौ वटै वडाबाट खेलाडी साथै फुटवलका पारखीहरुको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै खेल संयोजक गोविन्द उप्रेतीले खेललाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको बताए ।
यसरी निर्माण गरिएका उपसमितिहरुमा खेल मैदान व्यवस्थापन उपसमितिमा संयोजक दिलकुुुमार कार्की, स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा त्रिलोचन चिरीया, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द उप्रेती, प्रचार प्रसार उपसमितिको संयोजकमा राम निरौला, टिम व्यवस्थापन उपसमिति संयोजकमा कैलाश कार्की, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा रविन ढुङ्गाना, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा सिरस खरेल, अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा सारिका गिरी रहेको बताइएको छ । | 2021/09/27 13:54:38 | https://sajhamanch.com/2021/09/13/110411 | mC4 |
सिन्धुपाल्चकलार्इ केन्द्र बनाएर बिहान ५.३ रेक्टर स्केलको पराकम्प गएको हो । काठमाडौं उपत्यकामा त्यसको धक्का महशुस भएको छ । कार्यालय शुरु हुने समय बिहान ठीक १० बजे धक्का महसुस भएको हो । धक्कापछि उपत्यकाबासीहरु घरबाट बाहिरिएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाप्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको धक्का गएको हो । वैशाख १२ गते गएको भूकम्पको पराकम्पनका कारण धक्का महुशस भएको केन्द्रले जनाएको छ । | 2022-12-08T12:30:53Z | https://hamarpahura.com/1165 | OSCAR-2301 |
निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि | Nepal Television
काठमाडौं, बैशाख १२ : निजी आवास पुनर्निर्माणलाई केन्द्र विन्दुमा राखेर काम सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन् । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन । ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवारको घर निर्माणको क्रममा छ।निजी आवासतर्फ जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । अध्ययन गरिएका सम्भावित जोखिमयुक्त बस्तीको संख्या १ हजार ३९ रहेको छ । त्यसैगरी काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका ५२ वटा प्राचीन सम्पदा बस्तीहरुको विस्तृत गुरुयोजना तयार पारी सोही अनुसार पुनर्निर्माण गर्ने योजना प्राधिकरणको छ। त्यस्तै, ३७ वटा एकीकृत बस्ती पुनर्निर्माणको लागि प्रस्ताव गरिएकोमा २९ वटा स्वीकृत गरिएको छ । २ वटा एकीकृत बस्ती निर्माण भैसकेको र ३ वटाको निर्माण जारी रहेको पनि प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पपछिको पुनर्निर्माणको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको पनि प्राधिकरणले जनाएको छ । यसक्रममा कतिपय दातृ निकायले प्रतिबद्धता गरेको भन्दा थप रकम सहयोग पनि गर्न थालेका छन् । भूकम्प गएको आठ महिनापछि मात्र प्राधिकरण स्थापना हुनु, राजनीतिक अस्थीरतासँगै प्राधिकरणको नेतृत्व परिवर्तन भैरहनु, देशको दक्षिणी सीमामा नाकाबन्दी गरिनु जस्ता कारणले सोचे अनुरुप काम हुन नसकेपनि काम सन्तोषजनक रहेको प्राधिकरणको भनाइ छ । पुनर्निर्माण र पुनर्स्थापनाका काम सम्पन्न गर्न वित्तीय व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखिएको छ । समग्र पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैया आंकलन गरिएकोमा पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव ४ खर्ब २९ अर्ब रुपैया आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । २०७२ सालको भूकम्पले विनाशसँगै अवसर र सम्भावनाहरु पनि ल्याएको छ । सुरक्षित भौतिक संरचनाहरुका साथै विभिन्न ठाउँमा सुन्दर बस्तीहरु बनेका छन् । निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरु जीवीकोपार्जनका थप अवसरको खोजीमा छन । भूकम्प पीडितहरुलाई जीवीकोपार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौती सरकारको काँधमा छ ।। | 2019/08/23 13:03:59 | http://ntv.org.np/?p=4824 | mC4 |
नेपालमा कोरोना भाइरस संक्रमणदर घट्दो क्रममा छ। बिहीबार देशभर एक सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्। पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म १२ हजार ८ सय ४० जना संक्रमण निको भएका छन्। आज मात्रै १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन्।
हिउँदमा वर्षेनी तराई-मधेशमा चल्ने शीतलहरले लाखौँ गरिब तथा विपन्न नागरिकलाई समस्यामा पारेको मात्रै छैन, कयौँको ज्यान पनि लिइरहेको छ।
जीवन र जगतसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिने विज्ञान विषयलाई जानी नजानी हाउगुजी बनाउने पहिलो काम शिक्षकहरुबाटै भएको छ। यसो हुनुको पछाडि शिक्षक स्वयंले विद्यार्थी जीवनमा पाएको नीरस सैद्धान्तिक ज्ञान नै हो, जसले विज्ञानलाई रचनात्मक तरिकाले बुझ्नै पाएनन्।
'ममी म त पछि विज्ञान पढ्दिनँ', कक्षा ६/७ मा पढ्दाताका छोराले भनेको मेरो मानसपटलमा अझै गुञ्जिरहन्छ। छोरालाई मात्र नभएर छोरीलाई पनि विज्ञान विषय कहिल्यै रुचिकर लागेन। हामी अभिभावकले पनि कहिल्यै छोराछोरीलाई विज्ञान विषय पढ्नै पर्छ भनेनौँ। बरु जे विषय पढे पनि 'टुङ्ग्याउनु चाहिं पर्छ है', मात्र भनिरह्यौं। | 2021-03-06T23:50:56Z | https://www.mundhumstar.com/2019/05/16/9314/ | OSCAR-2109 |
काठमाडौं जिल्ला प्रशासनले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरेको छ । यस अघिको लकडाउन, निषेधाज्ञाले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी नदेखिएकोले निषेधाज्ञा लकडाउन नगरिने तर संक्रमणबाट बच्न मापदण्ड पालना नगरे कारबाही गर्ने जिल्ला प्रशासनले जनाएको छ ।
उहाँले प्रशासनको आग्रहलाई नमानेर लापरवाही गर्नेलाई कोरोनाले कारवाही गर्ने पनि बताउनुभयो । चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छ त्यहीँ बसेर मनाउन तथा स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्नरगराउन जिल्ला प्रसासन काठमाडौंले अनुरोध गरेको छ ।
स्वास्थ्यका मापदण्ड पालना नगरी भीडभाड गरेर ब्यापार ब्यबसाय गर्नेलाई बन्द गर्दिने सम्मको कार्बाही गरिने, मास्क नलगाउनेलाई रु १ सय रुपैयाँ जरिवाना गरिने छ । तर पछिल्लो अनुगमनमा भने काठमाडौंमा मास्क नलगाउने मान्छे नै नभेटिएको जिल्ला प्रशासन काठमाडाैंले बताएको छ ।
प्रशासनले मठमन्दिर र शक्तिपिठहरु जनस्वास्थ्यका मापदण्ड पालना गराउन मुस्किल पर्ने हुँदा मठमन्दिर नजान गएपनि परैबाट ढोग्न आग्रह गरेको छ । साथै दसैंंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला छोड्न नपाउने भएका छन् । गृह मन्त्रालयले जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको छ ।
नजिकिँदै गरेको बडा दसैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै जोखिम नियन्त्रणका लागि समन्वयन निकायका प्रमुखलाई जिल्ला नछोड्न भनिएको हो । साभार News24 Nepal बाट
Previous articleअष्ट्रियामा आफ्नै तीन सन्तानको ह’ त्या गर्ने नेपाली म’हिला को हुन् ? किन यस्तो गरिन् त ?
काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन मनाइने श्रीपंचमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिंदैछ । | 2021-03-03T07:41:47Z | https://www.pradesh1tv.com/details/5160/.html | OSCAR-2109 |
एकल महिलाहरुको मुख्य समस्या नागरिकता – Pahilo Page
एकल महिलाहरुको मुख्य समस्या नागरिकता
शव्द/तस्वीर : वर्षा शाह
काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । अक्सपानको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जनचेतना कार्यक्रममा संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले एकल महिलाका मुख्य समस्या भनेकै नागरिता भएको बताए ।
मेयर श्रेष्ठले भने, "एकल महिलालाई नागरिता बनाउन निकै समस्या हुँदै आएको छ । हामीले सिफारिस त गरिदिन्छौं तर कारणबश उहाँहरुले पाउनु हुँदैन ।" त्यसमा कतिपय समयमा महिलाले खुलेर कुरा राख्न नसक्नु त कुनै बेला अनावश्यक दुःख दिने गरेको मेयर श्रेष्ठले बताए ।
उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले महिलाका लागि नगरपालिकाले सधै सहयोग गर्ने बताइन् । उनले भनिन्, "तालिम मात्र होइन, त्यसलाई व्यवसाय पनि बनाउन आर्थिक सहयोगको लागि हामीले एउटा कोष स्थापना गरेका छौं । समूह बनाएर आउनुस् । हामी सहयोग गर्छौं ।"
यसैगरी मानव अधिकारका लागि महिला, एकल महिला समूहकी महासचिव कुन्दा शर्माले महिलाले नागरिताले गर्दा धेरै कुराबाट बन्चित हुनुपरेको बताइन् । उनले भनिन्, "नागरिकता के कसरी पाइन्छ भनेर आफूले पनि बुझनु अनि अरुलाई पनि बुझाउनु पर्ने आवश्यकता छ । यहाँ नागरिता भएन भने श्रीमानको सम्पतिमा हामीले आफ्नो हक जताउन पाउँदैनौं । नागरिता भनेको निकै आवश्यक कुरा हो । महिला र एकल महिलालाई नागरिकताका कारणले विभिन्न समस्या आउने गरेका छन् । त्यसरी आउने समस्यालाई समाधान गर्ने तपाईका साथमा हामी सधै रहने छौ ।"
शंखरापुर नगरपालिकामा गरिएको त्यस कार्यक्रममा महिला दिदीबहिनीले विभिन्न सामानका स्टल पनि राखेका थिए । त्यस अवसरमा जनचेतनामूलक नाटक पनि देखाइएको थियो । | 2018/06/23 21:32:32 | http://www.pahilopage.com/2017/09/18/7701 | mC4 |
बीपी प्रतिष्ठानको चरम बेथिति पार लगाउने कसरी?
हरिशचन्द्र विष्ट आइतबार, असार ६, २०७८, १३:०६
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। यसैबेला बाह्य र प्रतिष्ठान भित्रैबाट पनि पदाधिकारीहरूको आलोचना भइरहेको छ। प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठा वर्तमान समस्या नभई विगत पाँच/छ वर्षयतादेखिकै समस्या हो। नि:स्वार्थ प्रतिष्ठानको हितमा काम गर्न खोज्ने व्यक्तिको कमी, आन्तरिक टकराव, गुटगत राजनीति, आ-आफ्ना व्यक्तिगत स्वार्थ र पदाधिकारीको भ्रष्ट मानसिकता नै अहिलेसम्मकै मूल समस्या हो।
आर्थिक लेनदेन तथा राजनीतिक जोड घटाउबाट प्रवेश भएका पदाधिकारीहरु र स्वार्थका निम्ति लबिङ गर्ने मातहतका कर्मचारीहरुको संकिर्ण सोचाइको प्रतिफल हो- आजको प्रतिष्ठान। कयौं भ्रष्टाचार काण्डहरु अदालतमा विचाराधीन अवस्थामा छन्, जुन प्रतिष्ठानको अस्मिता र प्रतिष्ठासँग जोडिएका विषयहरू हुन्।
निरन्तर चलिरहेको पदाधिकारीहरूबीचको संघर्ष, चरम आर्थिक चलखेल, पदाधिकारीदेखि कर्मचारी वृत्तसम्म देखिएको व्यापक अनियमितता, शैक्षिक कार्यक्रम भताभुंग, अनुशासनहीनता, अपारदर्शी र गैरजिम्मेवार नेतृत्व यस प्रतिष्ठानका वर्तमान चुनौती हुन्। प्रतिष्ठानका नियमित उपचारका कार्यहरू पूर्णरूपमा सञ्चालन हुन नसक्नु र विभिन्न बहानामा बिरामीलाई उपचारका निम्ति निजी अस्पतालहरुमा रेफर गरिँदा प्रतिष्ठान आर्थिक संकटबाट गुज्रिरहेको छ।
यसका साथै राजनीतिक दलका नेता र कार्यकर्ताले समाजको हितभन्दा पनि व्यक्तिगत लाभ र गुटगत फाइदाका लागि कुनै पदाधिकारीलाई काखी च्याप्ने र 'फुटाऊ र राज गर' भन्ने सिद्धान्त अवलम्बन गरिनु नै प्रतिष्ठान विकासको मुख्य बाधक हो। प्रतिष्ठानभित्रको फोहोरी राजनीति र धमिलो राजनीतिमा माछा मार्न माहिर व्यापारिक गिरोह प्रतिष्ठान विकासको बाधक हो भने सक्षम र आटिलो नेतृत्व आजको आवश्यकता हो।
आफ्नो पार्टी वा स्वार्थनिकट व्यापारी/ पदाधिकारी/ चिकित्सक/ कर्मचारीको गलत कामको प्रतीरक्षा गर्ने परिपाटी प्रतिष्ठानभित्र र बाहिर व्यापक छ। फलस्वरूप तीन दशक लामो इतिहास बोकेको प्रतिष्ठान दिनानुदिन झन्झन् धराशायी बन्दै गइरहेको छ। विगत पाँच वर्षदेखिको मेरो अनुभव र भोगाइले प्रतिष्ठानको खस्किँदो गुणस्तर र प्रतिष्ठाको मुख्य जिम्मेवार प्रतिष्ठान प्रशासन र माथिल्लो तहका पदाधिकारीहरु नै हुन्। प्रतिष्ठानभित्रका विभिन्न स्वतन्त्र पेसागत संगठनहरू, कर्मचारी, विभिन्न विभागका विभागीय प्रमुखहरू पनि कुनै न कुनै रुपमा भ्रष्टाचारको पक्षधर जस्तै देखिन्छन्। व्यक्तिगत फाइदाका निम्ति पदाधिकारीको गुटगत पक्षपोषण गर्नु र आफू मौन रहनुले यही संकेत गर्छ।
विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै इन्टरनेटको सेवाका निम्ति संघर्ष गर्नुपर्ने बाध्यता छ।
पदाधिकारीबाट ठोस निर्देशन नहुनु, कर्मचारीतन्त्रको व्यवस्थापन र नियमित अनुगमन नहुनु, कार्यसम्पादनमा ढिलासुस्ती गर्ने व्यक्तिमाथि कारबाही अगाडि नबढाइनु, प्रतिष्ठानको तलब खाएर कार्यालय समयमा आफ्नो व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुमाथि छानबिन र कारबाही नहुनु प्रतिष्ठान प्रशासनको कमजोरी हो।
विद्यार्थीहरूले अध्ययनको क्रममा शिक्षण क्रियाकलापका निम्ति भनेर प्रतिष्ठानले तोकेको सम्पूर्ण शुल्क बुझाउँदा पनि विभागहरुले उपलब्ध गराउनुपर्ने न्यूनतम सामग्रीहरु समेत विद्यार्थीहरूलाई किन्न बाध्य पारिएको अवस्था छ। विश्व नै अत्याधुनिक प्रविधिको उपयोगले नवीनतम ज्ञान आर्जन गर्दै गरेको परिवेशमा प्रतिष्ठानमा भने अझै इन्टरनेटको सेवाका निम्ति संघर्ष गर्नुपर्ने बाध्यता छ।बिजुलीबत्ती, गुणस्तरीय खाना र सरसफाइजस्ता सामान्य न्यूनतम कुराका निम्ति पदाधिकारीको कार्यकक्षमै तालाबन्दीसम्मको संघर्ष गर्नु लज्जाको विषय हो।
प्रतिष्ठानको केन्द्रीय पुस्तकालयमा बजारमा आएका नयाँ संस्करणका पुस्तकहरूको अभाव लामो समय अघिदेखिकै समस्या हो। शैक्षिक क्षेत्रका विज्ञहरूको भिजन, मिसन र गोलरहित प्रयास र युग सुहाउँदो शैक्षिक कार्यक्रमको अभाव शैक्षिकस्तर खस्किनुको मूल जड हो। सीमित कक्षाहरू सञ्चालनका भरमा अहिलेको प्रविधियुक्त समाजमा प्रतिस्पर्धा गर्न निकै कठिन छ। प्रतिष्ठानमा उपकरण र प्रविधिको अभाव, नयाँ प्रविधिप्रतिको न्यून चासो, परम्परागत शैक्षिक प्रणाली, खोज अनुसन्धानमा व्यापक प्रयास नहुनु र सरोकारवाला पक्षहरुको अल्छिपना र ढिलासुस्ती शैक्षिक विकासको बाधक हो।
आधुनिक चिकित्सा पद्धतिमा एसियाकै नमूना प्रतिष्ठानलाई अध्ययन अध्यापन, खोज अनुसन्धान र प्रविधियुक्त उपचार सेवा पाउनुपर्नेमा न्यूनतम उपकरण र स्रोत साधनको अभावले बीपी प्रतिष्ठानबाट बिरामीहरू निजी अस्पतालमा रेफर हुँदा उनीहरू महँगो मूल्यमा उपचार गराउन बाध्य छन् भने समयमै उपचार नपाउँदा कतिपय बिरामीको अकालमै मृत्यु हुने गरेको छ। यसको लेखाजोखा कसले राख्ने? आखिर जिम्मेवार को?
स्वास्थ्य सेवाजस्तो संवेदशील क्षेत्रमा आन्तरिक स्रोत साधनको समयमा मर्मत सम्भार नहुनु, पर्याप्त उपकरणको अभाव, ल्याब परीक्षण जस्ता समस्याहरू बिरामीको प्रत्यक्ष जीवनसँग जोडिएका विषयहरू हुन्। यो प्रतिष्ठानको आर्थिक समस्यासँग पनि जोडिएको विषय हो। लामो समयदेखि डिजिटल रडियोग्राफी मेसिन, अप्थाल्मोलोजी, रेटिनालगायत आँखाको जाँच गर्ने मेसिन, दन्त चिकित्सा महाविद्यालय (डेन्टल) को दाँत बनाउने क्याड क्याम, दाँतको एक्सरे गर्ने लेटरल सेफ्यालोग्राफ मेसिन, फार्माकोलोजी विभागको एचपीएलसी मेसिनल, प्याथोलोजी विभागको लागि पाँच वर्षअघि खरिद गरिएको इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिन, लगायत प्रयोगशालामा रगतको जाँच गर्ने कम्पोनेन्ट सेपेरेटर बिग्रेर थन्किएका छन्।
आधुनिक चिकित्सा पद्धतिमा चिकित्साशास्त्रको अध्ययन, अनुसन्धान र बिरामी उपचार सेवालाई प्रभावकारी बनाउन एमआरआई, सीटी स्क्यान, इमुनोहिस्ट्रोकेमेस्ट्री, डिजिटल रडियोग्राफी डेण्टल चियर, भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत उपकरणहरु अत्यन्त आवश्यक हुन्छ। विधार्थीहरुको अनुपातअनुसार डेन्टलका हरेक विभागका चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबमोजिम डेन्टल चियर हुनुपर्नेमा सबै विभागमा गरेर मुस्किलले १५ वटा डेन्टल चियर मात्र सञ्चालनमा छन्।
जसका कारण बिरामीले महिनौं पालो कुर्नुपर्ने बाध्यातासँगै गुणस्तरीय सेवा पाउनबाट वञ्चित छन्। दुई दशक पुराना डेण्टल चियर पदाधिकारीबीचमा कमिसनको खेल नमिलेका कारण प्रतिस्थापन भएको छैन, जसको प्रत्यक्ष असर विद्यार्थीको पठनपाठन र बिरामीको स्वास्थ सेवामा त परेको नै छ, सँगै प्रतिष्ठानको आर्थिक पक्षसँग पनि प्रत्यक्ष सरोकार राख्दछ।
अहिलेसम्म यस प्रतिष्ठानलाई खराब उपकरण, सामान सप्लाइ गर्ने, उपकरणको नियमित मर्मतसम्भार गर्न आनाकानी गर्ने र अदालतमा मुद्दा परेका कम्पनीलाई उचित दण्डित गर्ने तथा कालो सूचीमा राखेर भविष्यमा कारोबार नगर्ने, प्रतिष्ठानका विभिन्न विभागमा थन्केर बसेका उपकरणको निष्पक्ष छानविन गर्ने र उचित समाधानको निकास खोज्न सक्ने नेतृत्व चाहिएको छ।
आन्तरिक समस्या समाधान हुन नसक्दा दक्ष जनशक्ति पलायन हुने सम्भावना उत्तिकै देखिन्छ जुन प्रतिष्ठानको दुर्भाग्य हो। विगतमा भौतिक, आर्थिक र शैक्षिक रुपमा अग्रस्थानमा रहेको प्रतिष्ठान दिनहुँजसो नकारात्मक कुराहरूले शीर ठाडो पार्न सकिने अवस्थामा छैन। जसको मुलभूत कारण आन्तरिक समस्या समाधान नहुनु र पदाधिकारीकोबीचको द्वन्द नै देखिन्छ।
प्रतिष्ठानभित्रका विभिन्न समस्याहरू समाधानका निम्ति पदाधिकारीसँग समय समयमा संघर्ष, संवाद र सहमतिहरू नभएका भने होइनन् तर, सरोकारवाला पक्षको बेवास्ताका कारण आजको परिस्थिति सिर्जित भएको हो। जुन बाह्य हस्तक्षेपको निम्ति सुनौलो अवसरका रुपमा फस्टाएको छ।
यस अवस्थामा कुनै पनि समूहमाथि निरपेक्ष विश्वास गरिहाल्नुपर्ने कुनै ठोस र बलियो आधार छैन। निश्चित समूहसँगको वार्ता (राजनीतिक समूह) र जिम्मेवार व्यक्तिको पुरानै शैलीको आश्वासनले दीर्घकालीन समाधान दिन सक्दैन। कुनै व्यक्ति अर्थात् समूहप्रति आग्रह पूर्वाग्रह नराखी प्रतिष्ठानको वास्तविक गहिराइ नियालेर सार्वजनिक रुपमा उठेका प्रश्नहरूको दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ।
यसका निम्ति प्रतिष्ठानसँग प्रत्यक्ष सरोकार राख्ने गैरराजनीतिक पूर्णअधिकारसहितको समितिले मात्रै प्रतिष्ठानको सत्य-तथ्य वास्तविकता अध्ययन गरेर साझा अवधारणा र सर्वमान्य निकास दिनसक्छ। प्रतिष्ठानका विभिन्न विभागमा सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ र कसरी वा कसले बाधा पुऱ्याइरहेको छ भन्ने कुराको निष्पक्ष छानविन गरिनुपर्ने आजको आवश्यकता हो।
यस परिप्रेक्ष्यमा अहिले सक्रिय अभियानमा रहेको नागरिक समाजबाट प्रतिनिधि, प्रतिष्ठानका शिक्षक, कर्मचारी, विद्यार्थी, भूतपूर्व विद्यार्थी, स्थानीय बुद्धिजीवी सम्मिलित उच्चस्तरीय प्रतिष्ठान सुधार समिति बनाउनु आवश्यक देखिन्छ। यस समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरी तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरी उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:सर्त पालना/लागू गर्न तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले दीर्घकालीन निकास पाउनसक्छ।
प्रतिष्ठानको तहबाट हल गर्न नसकिने समस्या/कार्यक्रम सम्बन्धमा सम्पूर्ण सरोकारवालाहरुको दबाब समूह बनाइ स्थानीय राजनीतिक दलको साथ लिएर केन्द्र र संघीय सरकारलाई निरन्तर दबाब दिने वातावरण बनाउन सकिन्छ।
मैले प्रतिष्ठानको भाग्य र भविष्यका निम्ति निरन्तर विचार र कलम संघर्षका माध्यमबाट आवाज उठाइरहेको छु। म यसलाई जारी नै राख्ने छु, जबसम्म मेरो परिकल्पनाको बीपी प्रतिष्ठान बन्दैन। | 2021/08/04 19:23:54 | https://nepallive.de/story/250240 | mC4 |
चार हजारभन्दा बढी भिडियोको निर्देशन गर्ने नेपथ्यका यी नायक | News Dabali
चार हजारभन्दा बढी भिडियोको निर्देशन गर्ने नेपथ्यका यी नायक
February 11, 2017 | 11:57 pm
काठमाडौंको घण्टाघरस्थित उनको कार्यालय कृष्ण फिल्म्स पुग्दा भित्ताभरि सम्मानपत्र र मेडलहरू सजाएर राखिएको थियो । ती सबै मेडलले कोठा नै मुस्कुराएजस्तो देखिन्थ्यो ।
कोरियोग्राफर तथा म्युजिक भिडियो डाइरेक्टर शंकर बिसीले मेडल र प्रमाणपत्र मात्र जोडेका छैनन् । यही क्षेत्रको जगमा आफूलाई स्थापित गराएका छन् । घरगाडी जोडेका छन् ।
उनका शुरुवाती दिन त्यति सहज नभएपनि अभावमा भने अल्झिनुपरेन उनलाई । परिवारले सिएमए पढ्न भर्ना गरिदिएपछि भागेर काठमाडौं आएका थिए उनी । त्यो बेलालाई सम्झँदै शंकर भन्छन्, 'म त्यो दिन भागेर काठमाडौं नआएको भए मेरो जिन्दगी अर्कै भएको हुन्थ्यो होला ।'
बिसीका हजुरबुबा भारतीय सैनिक थिए । कास्कीको घान्द्रुक ९त्यतिबेला घान्द्रुक पर्वत जिल्लामा पर्थ्यो० बाट भारत पुग्न टाढा पर्ने भएपछि उनको परिवार चितवनको माडी बसाइँ स–यो । सुविधाका हिसाबले चितवनबाट भारत जान सहज पनि थियो ।
२०३१ सालतिर गाउँनजिकैको रिउ खोलामा बाढी आएपछि बाढीले सिङ्गो गाउँ नै बगाइदियो । घरबार खोसिदियो बाढीले । अनि तत्कालीन सरकारले नेपालगञ्जमा प्रत्येक परिवारलाई तीन बिघा जग्गा दिएर पुनर्वासको व्यवस्था मिलाइदियो ।
सरकारले उपलब्ध गराएको ठाउँ फडानी गरेर उनी त्यहीँ बसे । त्यही जमीनमा खेती गरेर परिवारले जीविका चलाउन थाल्यो । 'बुवाले त्यही जमीनमा किसानी गरेर दुःखले हामीलाई हुर्काउनुभयो,' बिसी भन्छन्, 'केही समय शिक्षण पेशा गरेपनि बिरामी हुँदै गएपछि उहाँले सक्नुभएन ।'
स्कूल तहमा उनी पढाइमा अब्बल थिए । कक्षा सातमा पढ्दा एक युवतीलाई अति नै मन पराउँथे । माया गर्छु भनेर कतिपटक भन्न खोजेपनि उनले भन्नै सकेनन् । आँट जुटाउनै सकेनन् ।
'म पढाइमा जेहेन्दार भएकाले पढाइमा पनि उनलाई सहयोग गर्थें, दश कक्षामा पढ्दा नै उनले अर्कैसँग बिहे गरिन् ।' यतिबेला भने उनी बेस्मारी हाँस्दै त्यो समयलाई याद गर्छन् ।
'मैले माया गर्छु भन्ने उनलाई थाहा भयो कि भएन भन्ने मलाई पनि थाहा भएन ।'
एसएलसी दिने सबै परीक्षार्थीमा जम्मा दुईजना पास भएका थिए । ती दुईमा एउटा नाम थियो – शंकर बिसी । उनी पास हुँदा परिवारलाई अझ खुशी बढ्यो । परिवारले उनलाई सिएमए पढाउनका लागि सुर्खेत पठाए ।
'सानैदेखि कलाकार बन्छु भन्ने थियो । होस्टेलमा बसेर सिएमए पढ्न त थालें तर मनले मानेन,' उनी त्यो समयलाई सम्झन्छन्, 'त्यसबेला मसँग १२ सय रुपैयाँ, दुई जोर कपडा र १५० पर्ने एउटा पुरानो झोला मात्र थियो । खल्तीमा १२ सय हालेर म काठमाडौं हानिएँ । त्यो पनि भागेर ।'
२०५१ सालमा काठमाडौं आएपछि उनले छरिएका रहरहरू पूरा गर्नका लागि धेरै दुःख भने गर्नुपरेन । उनलाई भाग्यले पनि साथ दिएको हो कि भन्ने लाग्छ । गाउँका साथीहरू पहिले नै पोखरा बस्ने गर्थे, उनी तिनै साथीको सहयोगमा बसे ।
'मसँग पैसा थिएन । साथीहरूले मलाई केही समय साथ दिनुभयो,' उनी थप्छन्, 'काठमाडौं आएको केही समयमा नृत्य तालिम लिन थालें । केही समयमा नै कोरस नाच्न थालें ।'
काठमाडौंमा आएर पनि त्यति धेरै दुःख गर्नु नपरेको बताउँछन् बिसी । नृत्य तालिमपछि भने स्कूलमा समेत नृत्य सिकाउन थाले उनले । जोरपाटीको कारखानामा गलैंचा बुन्नेहरूले कारखानामै आएर नृत्य सिकाउनका लागि आग्रह गरे ।
'त्यतिबेला दुई रुपैयाँ भाडा तिरेर म गलैंचा कारखानामा नृत्य सिकाउन जान्थें,' उनी सम्झिन्छन्, 'पैसा पनि त कमाउनु थियो त्यसबेलामा ।'
'फिल्म सँगसँगै क्यासिनोमा नाच्दा जम्मा दुई हजार तलब भएपनि टिप्स आउँदा राम्रै कमाइ हुन्थ्यो,' उनी भन्छन् ।
२०५३ सालतिर आउँदा उनी नृत्यमा राम्रोसँग जमिसकेका थिए । नायक आर्यन सिग्देल, दीपाश्री निरौला, बाबु बोगटीलाई समेत नृत्य सिकाएको उनी बताउँछन् । 'राजेश हमाल दाइले त तपाईंले मलाई सजिलो स्टेप दिनुहुन्छ । काम गर्न सहज हुन्छ भन्नुहुन्छ,' आफूले लगाएको रातो क्याप टोपी मिलाउँदै उनी सुनाउँछन् ।
अहिलेसम्म लगभग चार हजार म्युजिक भिडियोको निर्देशन गरिसकेको बताउँछन् बिसी । 'लगभग १६ सय भिडियोमा आफै मोडलिङ गरेको रहेछु । पाँच सयभन्दा बढी तीजका गीतमा मात्र काम गरिसकेको रहेछु । संसारमा सबैभन्दा धेरै भिडियोमा मोडलिङ गर्ने कलाकार म नै रहेछु ।'
सफलताको लामो हाँसोपछि आफ्नो कुरालाई जोड्दै उनी भन्छन्, 'हाम्रो देशमा जस्तो धेरै भिडियो अरू देशमा बन्नु पनि प–यो नि ।'
'लालुपाते नुग्यो भुइँतिर', 'सुपारी चाम्रो', 'सुर्के थैली खै' लगायतका सयौं गीतको कोरियोग्राफी उनी आफैंले गरेका छन् । दोहोरी गीतमा फरक प्रवृत्ति ल्याउन खोजकोले नै आफू चिनिन सफल भएको हो कि भन्ने लाग्छ उनलाई ।
'गीतको भावनाअनुसार मोडलबाटै मैले स्केच बनाउन खोजेको हुन्छु,' उनी भन्छन् ।
उनले गरेका म्युजिक भिडियो अधिकांश लोक दोहोरी गीतका छन् ।
बिसीका म्युजिक भिडियोहरू हिट हुन थालेपछि फ्यानहरूले उनलाई अझ बढी पछ्याउन थाले । 'पोखराकी एक फ्यानले मलाई यतिसम्म माया गर्नुहुन्थ्यो कि, माइक्रो बसमार्फत कुनै न कुनै उपहार हरेक हप्ता पठाइरहनुहुन्थ्यो,' उनी थप्छन्, 'लामो समयसम्म कुरा पनि हुन्थ्यो । पछि भने कुरै हुन छोड्यो ।'
उनी म्युजिक भिडियोमा मात्र खुम्चन चाहन्नन् । फिल्मको कोरस डान्स र म्युजिक भिडियोमा राजेश हमालदेखि दिलीप रायमाझीसँग काम गरेको अनुभव सुनाउँछन् बिसी । भन्छन्, 'नेपालमा नाच्न जान्ने अभिनेता त्यति धेरै हुनुहुन्न । दिलीप रायमाझी भने राम्रो नाच्ने कलाकार हुनुहुन्थ्यो ।'
बिसीले चलचित्रमा अभिनय पनि गरे । चलचित्र सुपरफ्लप भएपछि भने उनी त्यो विधामा रमाउन चाहेनन् ।
'फिल्ममा वर्षौं दुःख गर्नुभन्दा बरू दिनमा एउटा म्युजिक भिडियो गर्न सकियो भने फाइदा छ भन्ने लाग्यो,' उनी थप्छन्, 'बरू म्युजिक भिडियो निर्देशनको अनुभवका आधारमा नयाँ चलचित्र निर्देशन गर्न लागेको छु ।'
हास्य विधामा आफैंले तयार पारेको स्क्रिप्टमा उनले निर्देशन गर्दैछन् । केही समयमा नै पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी दिने पनि उनी बताउँछन् । भन्छन्, 'मेरो वान लाइन स्टोरी सुनेर नै निर्माताले लगानी गर्न चाहनुभएको हो ।'
बिसीमाथि लोकदोहोरी गीतको म्युजिक भिडियोमा अश्लीलता प्रदर्शन गरेको आरोप लाग्ने गरेका छन् । तर त्यो कुरा मान्न तयार छैनन् उनी ।
पहिले पहिले म्युजिक भिडियोमा अश्लीलता भित्र्याएको भन्ने आरोप लाग्ने गरेपनि अहिले भने आफूले कुनै पनि म्युजिक भिडियोमा अश्लीलतालाई स्थान नदिएको उनी बताउँछन् ।
'तीजको गीत ढाडे बिरालोमा मेरो बढी नै विरोध आयो । पहिलेपहिले त्यस्ता खालका गीत बनाएपनि अहिले भने त्यसो गरेको छैन,' उनी थप्छन्, 'हामीले लोकगीतका म्युजिक भिडियोमा विकृति नल्याउने भनेर नियम बनाएका छौं ।'
बिसीलाई नेपाल लोकगीतको भिडियोमा नयाँपन दिन नसकेको भन्ने आरोप पनि लागिरहन्छ । यसको प्रतिवाद गर्दै उनी भन्छन्, 'सबैमा नयाँपन गर्न सम्भव नहुने रहेछ । तर केही भिडियोमा नयाँपन दिन खोजेकै हुन्छु ।'
'पहिले नेपाली दोहोरीमा मोडल राख्नुपर्छ भन्ने थिएन । मैले राखें । बिस्तारै कोरस नाच्ने कलाकारलाई पनि पैसा दिने व्यवस्था मिलाएँ,' उनले लोकान्तरसँग आफ्नो सफलताको रहस्य खोले ।
बिसीसँग कलाकारिताबाहेक भविष्यका योजनाहरू त्यति धेरै छैनन् । जे छ, कलाकारितामै छ । कामको चाप छ । काम नपाएर खाली बस्नुपरेको छैन उनलाई ।
'मसँग निर्देशकीय क्षमताभन्दा अरू पनि क्षमता छ भन्ने ध्येयले 'शंकर बिसी एकल साँझ' गर्ने योजनामा छु । मादल, गितार, बाँसुरी पनि राम्रो बजाउने कला मसँग छ । त्यो कला प्रस्तुत गर्न मन छ,' उनी थप्छन्, 'केही मोडलसँग नृत्यसमेत प्रस्तुत गर्ने गरी कार्यक्रमको योजना बनाएका छौं । अर्को वर्षको मंसिरसम्ममा यो कार्यक्रम पनि हामीले गर्नेछौं ।'लोकान्तरबाट | 2021/09/21 14:43:49 | https://www.newsdabali.com/2017/02/61655 | mC4 |
प्रचण्डद्वारा तत्काल प्रधानमन्त्री ओलीको राजिनामा माग « Kalakhabar
प्रचण्डद्वारा तत्काल प्रधानमन्त्री ओलीको राजिनामा माग
प्रकाशित मिति : मंगलवार, ११ फाल्गुन २०७७ २०:१७
११,फागुण–काठमाण्डौं । सर्वोेच्च अदालतले संसद पूर्नस्थापना गरेसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजिनामा माग गरेका छन् । मंगलबार साँझ चितवनबाट प्रचण्डले लाजश्रम,घिन,नैतिकता र ईज्जत छ भने ओलीले तत्काल नै राजिनामा दिनुपर्ने बताएका हुन् । उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन समेत आग्रह गरेका छन् ।
ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए। सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ। उनले देशैभर विजय र्याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।
यता प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बिभिन्न समूहले विजय जुलुस निकाल्न सुरु गरेका छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको त्यसको अनुमोदनलाई अदालतले बदर गरेपछि त्यसको स्वागतमा राजधानी र मुलुकका बिभिन्न स्थानमा जुलुस निस्केका हुन्।
रामशाहपथस्थित सर्वोच्च अदालतबाहिर र त्यस वरपरका क्षेत्रमा समेत विजय जुलुस निकालिएको छ। उता प्रचण्ड(माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फै'सलाले जनताको जि'त भएको प्र'तिक्रिया दिएका छन् । नेपालले आफूहरू सहमतिका साथ अघि बढ्ने बताए ।
नेपालले सामाजिक सञ्जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् । | 2021/04/23 10:37:35 | https://www.kalakhabar.com/2021/02/12557 | mC4 |
काठमाडौँ — न प्रिन्ट गर्ने झन्झट, न पानी वा केहीले बिगार्ने डर । नयाँ प्रविधिको विकाससँगै अहिले पुस्तकमा पनि ई–बुकको अवधारणा विकसित हुँदै गइरहेको छ ।
कागजी पुस्तकभन्दा अनलाइन पढ्नेको संख्या बढदै गइरहेको आफ्नो मुलुकको अनुभव सुनाउँदै नेपालमा पनि ई–बुक प्रभावकारी हुन सक्ने चिनियाँ प्रकाशनविज्ञहरूले सुझाएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ संस्कृति तथा अनुवाद अध्ययन सहयोग केन्द्रले राजधानीमा अनुवाद तथा प्रकाशनसम्बन्धी गरेको ‘काठमाण्डु फोरम’ को अन्तिम दिन बुधबार पुस्तक प्रकाशनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ प्रकाशनविद्हरूले पेपरलेस पुस्तकतिर नयाँ पुस्ताको आकर्षण लोभलाग्दो बन्दै गएको औंल्याएका हुन् ।
चिनियाँ अनलाइन प्रकाशनविज्ञ चेन मिङका अनुसार सन् २०१७ मा अनलाइनबाट बिक्री भएका साहित्यिक कृतिहरूले सात खर्बभन्दा बढी चिनियाँ युआन रोयल्टी संकलन गरेको छ । डिजिटल रूपमा रेकर्ड रहने भएकोले यसले रोयल्टी वितरणमा पनि सघाउ पुर्याएको उल्लेख गर्दै उनले नेपाल पनि यतातिर जान सके स्रष्टालाई रोयल्टीको न्यायसँगै प्रकाशकलाई पनि उत्तिकै आर्थिक फाइदा पुग्ने बताए ।
अर्की प्रकाशनविज्ञ ग्यो वाईले पुस्तक व्यवसाय बौद्धिकतासित जोडिएको र यसको माध्यमबाट नै संसारलाई चिन्न र चिनाउन सकिने बताइन् । चीनले विश्वमा आफूलाई चिनाउन खुल्ला नीति लिएको चार दशक पुगेको र यस अवधिमा संगठित रूपमै चिनियाँ प्रकाशन, अनुवाद र प्रचारप्रसारमा सक्रिय रूपमा प्रविधि अपनाएर अगाडि बढिरहेको पनि उनले जनाइन् ।
चिनियाँ संस्कृतिविद् हाङ झोयुका अनुसार पुस्तक भनेको सभ्यता हो । ‘हामीले पुस्तकमार्फत एकअर्काका समाज र संस्कृतिलाई जोड्न सक्छौं,’ उनले भने, ‘अझ प्रविधि पनि मिसियो भने सजिलो हुन्छ ।’ उनले गत वर्ष चीनमा यस्तै सम्मेलन भएको, त्यसमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसमेत सहभागी रहेको र त्यसैको निरन्तरताको रूपमा ‘काठमाण्डु फोरम’ हुन सकेकोमा खुसी पनि व्यक्त गरे ।
काठमाडौँ — नेपथ्यले सिक्किम उत्सवमा प्रस्तुति दिएको छ । दक्षिण सिक्किमको राबाङलामा आयोजित ‘राबाङ छो जो फेस्ट’ मा नेपाली लोकरक ब्यान्डले केही नयाँ र केही पुराना लोकप्रिय गीतहरू सुनायो ।
‘कुरुप अनुहार हो,’ ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला,’ ‘आँगनैभरि हिउँ,’ ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुरती’, ‘चरी मर्यो’ सुनुन्जेल दर्शकदीर्घा उल्लसित भइसकेको विज्ञप्तिमा छ । ‘जोमसोमे बजारमा’ गाइरहेको बेला गायक अमृत गुरुङले अघिल्लो दिनको अनुभव सुनाएका थिए । ‘हिजो केही स्थानीय बासिन्दाले मुस्ताङ घुम्ने इच्छा सुनाइरहनुभएको थियो,’ उनले नेपाल चिनाउँदै थपे, ‘त्यो ठाउँ पुग्न यस गीतमा भनिएको मेरो घर अर्थात् पोखराकै बाटो जानुपर्छ ।’
कन्सर्टको उत्तराद्र्धमा ‘कोसीको पानी...’, ‘रेशम...’, ‘हिमाल चुचुरे...’ र ‘मै नाचेँ छमछमी...’ जस्ता गीतहरू प्रस्तुत हुँदा भिक्षु पोसाकमै उपस्थित दर्जनौं युवा पनि नाचिरहेका देखिन्थे । बिदाई गीत ‘तालको पानी...’ सकिए पनि दर्शकश्रोताको वान्समोरले स्टेज छोड्न दिएन ।
चारदिने उत्सवको समापन मंगलबार राति नेपथ्यको कन्सर्टबाटै भएको थियो । सदाझैं सिक्किममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । | OSCAR-2019 |
||
भारतले दियो नेपालीलाई स्वदेश फर्कने पास, रेल सेवा सुरु भएसँगै हजारौँको संख्यामा सुदूरपश्चिम भित्रिने अनुमान
३
‘भारतको दादागिरीविरुद्ध हामीले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्छ, मिचिएको भूमी हाम्रो हो’: नेता भट्ट
४
सेयर लगानीकर्ताहरुको आन्दोलन : तस्बिरमा हेर्नुहोस्
५
हामी आयौं !
६
बैंक खोल्न नेपाल राष्ट्र बैँकको निर्देशनः धनगढीमा कुनै बैंकको सेवा चुस्त, कुनैको सेवा सुस्त (फोटो फिचर)
७
कैलालीमा आजबाट बैंकिङ्ग सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकको निर्देशन, कस्ता छन् सर्तहरु ?
८
ब्रेकिङ्गः बझाङ्गका नेकपा नेता सिंहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौ लगियो
९
धनगढीमा विप्लपले जलायो भारतिय प्रधानमन्त्री मोदीको पुत्ला, भन्छ,’लिपुलेक, कालापानि र लिम्पियाधुरा हाम्रै हो’
१०
अश्लिल भिडियो पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ
११
जनताको जिवनसँग खेलवाड गर्ने जो कोहि होस् कानुनको कटघेरामा उभ्याउनुपर्छः नारदमुनि राना
१२
प्रवासमा अलपत्र नेपालीको उद्धार र व्यवस्थापनका लागि छिट्टै पहल गर्छौँः मुख्यमन्त्री भट्ट
नाकामा घर फर्किनेको भीड
कालोपाटी सम्बाददाता
नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।
एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंदै छन् । सोमबार मात्रै एक हजार २० जना स्वदेश फर्किएका छन् भने मङ्गलबार एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताए । “रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ”, उहाँले भन्नुभयो, “भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताए ।
भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उनले बताए ।
“चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ”, उनले भने , “भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।”
उहाँले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो । उहाँका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताए ।
भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दसँै मनाउनका लागि घर फर्केको बताए । “भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसँै मनाउन घर आउँछौँ”, उनले भने , “दसँै तिहार मनाएर फेरि रोजगारिका लागि भारत फर्किन्छाँै, नेपालमा रोजगारी छैन ।” भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् ।
भारतबाट आउनेमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरु नाकामा कोरोना परीक्षण र खोप लगाउने डंङ्गु, मलेरिया जाँच भइरहेको छ । | 2022-11-30T06:52:11Z | https://kalopati.com/2022/09/42865 | OSCAR-2301 |
सेनामा आर्थिक वेथिति, <br> जङ्गी अड्डामा जङ्गबहादुर
HomeAparadh Khabarसेनामा आर्थिक वेथिति,
जङ्गी अड्डामा जङ्गबहादुर
सेनामा आर्थिक वेथिति,
aparadhkhabar.com 7:20 AM
काठमाडौं । नेकपा माओवादीको एम्बुसमा परेर जीवनको फरक क्षमताको पाटोमा बाँधिएका जर्नेल रमिन्द्र क्षेत्री अहिले नेपाली सेनाको जङ्गी अड्डाको नयाँ जङ्गबहादुर बन्न खोजिरहेका छन् । भाई प्रधानसेनापति भएको भरपुर उपयोग उनले उठाउने गरेको सैनिक अधिकारीहरूकै गुनासो छ ।
सेनामा मौलाएको आर्थिक वेथितिका विषयमा गत साता बसेको जर्नेलहरूको वैठक (पिएसओ मिटिङ)मा रमिन्द्रको चाहनाअनुसारै यस गहन छलफल गराइएन । 'सेनाको विषयमा निरन्तर अनियमितता र भ्रष्टाचारको समाचार आउनुको पछाडीको कारण खोज्ने प्रयत्न गर्दा रोकियो', स्रोतले भन्यो,'खासमा चुल्हो, विस्कुट र रासनको विषयमा किन बारम्बार यस्तो भ्रष्टाचारको कुरा आइरहन्छ भन्ने चर्चा चल्यो ।'
पछिल्लो पटक नेपाली सेनाको भान्साका लागि तयार पारिएको आधुनिक चुल्हो खरिद र ठेक्का प्रकरणमा ४६ करोडको अनियमितता भएको थियो । चार सय करोडको उक्त ठेक्कालाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्म कमिशन पुग्नेगरी पुष्प पीयाको बुद्ध पिया सप्लायर्सले हात लिएको छ । उसले बसन्त चौधरीको कम्पनीलाई पनि रकम दिएर मिलाएको बुझिएको छ ।
नेपाली सेनामा दाउराको विकल्पमा उक्त चुल्होको परिकल्पना ०५२ सालतिर विरङ्ग ट्रेडिङले ल्याएको थियो । विरङ्गलाई पनि सेटिङमा मिलाइएको हो । त्यो कम्पनी जर्नेल रमिन्द्रका सम्धिको हो । चुल्होको ठेक्काका लागि बसन्त चौधरीको ग्लोबल लजिस्टिक प्रालि, पुष्प पियाको बुद्ध सप्लायर्स पिया ट्रेडिङ, पुष्प पियाकै भाईको पिके लजिस्टिक प्रालि, काजी शेर्पाको विरङ्ग ट्रेडिङ कम्पनी प्राली, राजेन्द्र जोशीको राजेन्द्र जोशी सप्लायर्स र अच्युत भारतीको सिद्धिसाई प्रकाश कन्साईन् स्पर्धामा थिए ।
चुल्होको नमूना बोकेर पुगेका ६ वटै कम्पनीलाई प्रारम्भिक छनौटका लागि पास गरिएको थियो । सेनाले बनाएको प्रारम्भिर छनौट (प्रि क्वालिफाई) समिति भने कर्णेल नारायण सिलवालको संयोजकत्वमा बनाएको थियो । उक्त समितिले सवैलाई छनौटमा पास गरी परिक्षणका लागि विभिन्न सैन्य क्याम्पहरूमा खटाएको थियो । स्रोतका अनुसार सेनाले परिक्षणमा हुने खर्च पनि सम्बन्धित ठेकेदार कम्पनीलाई नै गराउँछ । प्रि क्वालिफाईको तथ्यगत जानकारीका लागि जनप्रहारले उक्त समितिका संयोजक कर्णेल सिलवाललाई सोध्दा 'यस विषयमा मैले केही बोल्न मिल्दैन, नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयमा बुझ्न सकिन्छ' भने ।
यो ठेक्का अन्तरर्गत नेपालभर रहेका नेपाली सेनाका विभिन्न पृतनाहरू, बाहिनीहरू, गणहरू र गुल्ममा गरी १ हजार २ सय ९६ वटा इलेक्ट्रिक पावरसहितका चुल्हो जडान गर्नुपर्ने हुन्छ । यस्तो चुल्होमा मट्टितेललाई ग्यास बनाएर पावर निकाली खाना पकाउने काम हुन्छ । त्यसका लागि नेपालमा रहेका ९६ हजार ५ सय सैनिकको प्रति दिन खर्च काटिने गरेको छ ।
चुल्हो विक्रि एकातिर रहेपनि त्यसको जडानबाहेक सेवा शुल्क वापत ठेक्का पाएको कम्पनीले प्रति सैनिक ६ रूपैंया ७ पैसाका दरले पाउने निर्णय गराइएको छ जवकि यसअघि २ रूपैंया ५९ पैसा रहेको थियो । अहिले बढाइएको ४ रूपैंया भन्दा बढि रकममा भ्रष्टाचार गरिएको छ । ठेक्काको अन्तिम दुईमा पुगेका कम्पनीहरू, प्रधान सेनापति, जर्नेलहरूलाई बाँड्नका लागि ४ सय करोडमा ४० करोडभन्दा बढि रकममा हिनामिना गरिएको हिसावसहितको तथ्य जनप्रहारसँग सुरक्षित रहेको छ ।
सेनाको ठेक्काकै क्रममा १८ करोड रूपैंया घोटाला पारेको अभियोगमा केही वर्षअघि आन्तरिक राजस्व विभागको कारवाहीको लिष्टमा परेको पुष्प पियाको बुद्धलाई नै मिलाएर यो ठेक्का दिनुमा सैनिक अधिकारीको पूर्ण संलग्नता रहेको देखिन्छ । कुनैपनि ठेक्काको विषयमा प्रधानसेनापतिले 'यस' नभनेसम्म पास हुने प्रचलन अहिलेसम्म नेपाली सेनामा कायम रहेको छैन । यसकारण पनि यो चुल्हो ठेक्का प्रकरणमा प्रधानसेनापति क्षेत्रीको परोक्ष भएपनि संलग्नता देखिएको छ ।
अन्य निकायमा भएको भ्रष्टाचारका विषयमा संसदको सार्वजनिक लेखा समिति, अख्तियारले प्रश्न गरेपनि सैनिक निकायमा भएको अनियमितताको विषयमा त्यति साह्रो खोजी गरिएको छैन । सैनिक एउटा शक्ति भएका कारणले त्यहाँभित्रको भ्रष्टाचारबारे सरकारका अन्य निकाय मौन बसेका हुन् । सेनामा रासन, पानी, विस्कुट, चुल्हो र कपडामा व्यापक कमिशनको खेल निरन्तर भइरहेको छ । | 2021/02/27 16:33:20 | http://www.aparadhkhabar.com/2017/01/blog-post_10.html | mC4 |
'आख्यान मेरो मैदान होइन' - अचानक - नेपाल
परिचित पत्रकार हुन्, मोहन मैनाली । तर, उनको यो पहिचानलाई लेखकको परिचयले छोप्दै लगेको छ, बिस्तारै । घुमघाममा रमाइरहने मैनाली डुल्दाडुल्दै किताब बुनिसकेका हुन्छन् । मान्ठा डराएको जुग, उपल्लो थलो यात्राकै क्रममा रचिएका पुस्तक हुन् । फेरि अर्को थान किताब थपेका छन् उनले– देखेको देश । देशमा उनले के देखे ? के लेखे ? यसै सन्दर्भमा मैनालीसँगको कुराकानी :
देखेको देशमा के छ ?
हामी बसेको ठाउँका बारेमा छ । हिमाल छ, समाज छ र भूगोल छ । हामी कुन समाजमा कसरी बाँचेका छौँ भन्ने छ । केही विकासको कुरा पनि गरेको छु । हामी समृद्ध मुलुक भनिरहेका छौँ तर हाम्रो विकास प्रक्रिया कतातिर जाँदैछ भन्ने पुस्तकमा छ ।
हाम्रो विकास प्रक्रिया कता जाँदै रहेछ ?
क्षणिक विकासतिर जाने डर छ । बाटो खन्दैछौँ । तर, त्यो भत्काएको जस्तो छ । त्यसैलाई विकास भनिरहेका छौँ ।
पुस्तक कसरी तयार भयो ?
आफूले देखिरहेका कुरालाई लेख्दै गइयो । हामीकहाँ नेपाल बुझ्ने, बुझाउने किताब थोरै छन् । मैले यसअघि लेखेका किताब पनि निश्चित विषयमा केन्द्रित थिए । समग्र कुरा बुझाउने थोरै किताब भएकाले यो लेख्न कस्सिएँ ।
आख्यानको बजार राम्रो छ । तर, तपाईं गैरआख्यानमा रमाइरहनुभएको छ, किन ?
अहिले विश्वकप लाग्यो भनेर चेस खेलाडी मेसी बन्न मैदानमा उत्रिँदा जे हालत हुन्छ, आख्यान लेख्दा मेरो हविगत त्यही हुन्छ । आख्यान मेरो मैदान होइन ।
गैरआख्यान रुचिकर बनाउन के गर्नुपर्छ ?
सूचनामा मात्रै जोड दियो भने अप्ठेरो हुन्छ । रोचक तरिकाले प्रस्तुत गर्नुपर्छ । रोचक बनाउने, कौतूहल जगाइरहने आख्यानात्मकको शैली गैरआख्यान लेखकले अँगाल्दा हुन्छ । झिंझो लाग्ने कुरा राखिराख्ने लोभ गर्नुहुँदैन । अनि, गैरआख्यान रोचक विधा बन्छ ।
गैरआख्यानका लक्षित पाठक को हुन् ?
योचाहिँ मैले छुट्याउन सकेको छैन । सोच्दै नसोचेकाले पढेको भेटेको छु । बजारमा दिइसकेको कुरा कसले पढ्छ र पढ्दैन भन्न नसकिने रहेछ ।
गैरआख्यानको पाठक र बजार चित्तबुझ्दो छ ?
बढ्दैछ । हामीले गुणस्तर सुधार्दै गएका छौँ । पुस्तकालय पनि थपिँदै छन् । सन्तुष्ट नै छु । तर, अझै अगाडि जान सकिन्छ ।
यसलाई अगाडि बढाउन के गर्नुपर्ला ?
लेख्दाखेरी नै ध्यान दिनुपर्छ । जानकारी र कन्टेन्ट नहुँदा पनि जबर्जस्ती लेखियो भने किताबप्रति नै निराशा बढाउँछ । अधिक जानकारीलाई आख्यानात्मक शैलीमा लेख्दा पाठक बढ्छन् । रिडरसिप क्लब बढाउनुपर्छ । किताब पढ्ने एक्लै हो । तर, किताबमाथि विमर्श सामूहिक गर्नुपर्छ ।
गैरआख्यानको कमाइबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यसबाट कमाइको आशा नगरेकाले म सन्तुष्ट छु ।
तर, मिहिनेत केका लागि भन्ने भाव आउला नि ?
आफू जीवित पत्रकार हो भनेर चिनाउन पनि लेख्नुपर्छ । आफूसँगको जानकारी अरूलाई दिनु उसको प्राथमिक दायित्व हो । समाज, आफ्नो पेसाप्रतिको दायित्व पूरा गर्दा हिसाबकिताब गरिँदैन ।
पत्रकारले गैरआख्यान लेख्नु जरुरी छ ?
एउटा भारतीय म्यागेजिनमा पढेको थिएँ, आजभोलि धेरै किताबका पाण्डुलिपि न्यूजरूममा लेखिँदैछन् । सूचना, विचारसँग सधैँभरि लागिराख्ने काम पत्रकारको हो । बृहत् जानकारी हुन्छन् । ठाउँ र कामको प्रकृतिका कारण समाचार या फिचरमा सबै जानकारी दिन सकिँदैन । किताबमा लेखिनुपर्ने सामग्री पत्रकारसँग बढी हुने हुँदा त्यो जरुरी छ ।
पुस्तक लेख्दा विषयमा ध्यान दिनुहुन्छ कि भाषाशैलीमा ?
दुवै बराबरी हुन् । विषय भएन भने किताब काम लाग्दैन । घच्चीको विषय छ तर भाषाशैली, प्रस्तुति झुर छ भने त्यसले तान्दैन ।
प्रकाशक फेरिरहनुको कारण ?
यसैसँग हुनुपर्छ भन्ने सम्झौता गरेको छैन । एक–दुई बसाइमा प्रकाशकले छापौँ भन्छन्, म नाइँ भन्न सक्दिनँ । पैसाको डिलमा कुरा नमिलेर प्रकाशक फेरेको होइन । | 2019/06/25 13:03:44 | http://nepal.ekantipur.com/news/2018-06-13/20180613160413.html | mC4 |
५ असार २०७७, शुक्रबार ०२:१८ ५ असार २०७७, शुक्रबार ०२:१८ ५ असार २०७७, शुक्रबार ०२:१८
असार ४ , काठमाडौं ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।राष्ट्रिय सभाबाट पारित भई पुन: प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद्बाट पास गरेको थियो ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।
नयाँ नक्सालाई संवैधानिक मान्यता दिने विषयमा संसदमा प्रतिनिधित्व गर्ने सत्तारुढ र विपक्षी दल एक ठाउँमा उभिए । बिहीबार राष्ट्रिय सभामा भएको छलफलमा पनि नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको दाबी दोहोर्याए । नेताहरूले त्यसका विभिन्न प्रमाणसमेत सभामा प्रस्तुत गरेका छन् ।यद्यपि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारीले सरकार भारतसँग वार्ताअघि नै कसरी नक्सालाई संवैधानिक मान्यता दिने निष्कर्षमा पुग्यो भनी प्रश्न उठाए ।'के संसदबाट नक्सा पास भएपछि वार्ताको गुञ्जायस रहन्छ ? वार्ताको वातावरण बिग्रिएको हो वा बिगारिएको हो ? अनायास, अपर्झट आजको निर्णयमा पुगिएको हो ? के हामी वस्तुगत आधारभन्दा बढी इमोसलन भएका छौं ? नक्सा जारी हुँदैमा भूमिमाथिको हाम्रो भौतिक भोगाधिकार कायम हुन्छ ?'
अधिकारीले अब नेपालको मूल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गर्नु र त्यस क्षेत्रमा नेपालको नागरिक शासन कायम गर्न आवश्यक रहेको बताए । 'अब नेपालको मूल लक्ष्य–कालापानीबाट भारतीय सेना फर्काएर नेपालको नागरिक शासन कायम गर्ने हो' उनले भने ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले भारत वार्तामा बस्न तयार हुनुपर्ने बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।'हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं' नेता श्रेष्ठले भने, 'भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ।'
राष्ट्रिय सभामा नेकपाका नेता दिनानाथ शर्माले भारत असल छिमेकी भए नेपाललाई दार्जिलिङ, काँगडासम्मको भूभाग फिर्ता दिनुपर्ने बताए । 'चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भनेर भारतका नेताहरू भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँगडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरूको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ' नेता शर्माले भनेका छन् ।राजपाका सांसद शेखरकुमार सिंह र समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले मधेसी जनता फ्रन्टलाइनका सीमारक्षक भएको बताएका छन् । 'हामी त फ्रन्टलाइनका सिपाही हौं । बेलाबेला आफ्नो पहिचान दिएर आइसकेका छौं' राष्ट्रिय सभा बैठकमा सांसद सिंहले भने ।समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले आन्तरिक राजनीतिक एजेन्डा आ-आफ्ना भए पनि राष्ट्र र राष्ट्रिय अखण्डताका विषयमा सबै राजनीतिक दल एकठाउँमा रहेको बताइन् ।
राष्ट्रिय सभामा संशोधन विधेयकमाथि छलफमा उठेका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन भएको खुसियालीमा दीप प्रज्वलन गर्न सर्वसाधारणमा आग्रह गरेकी छन् ।उनले अब सीमा समस्याका विषयमा भारतसँग वार्ता हुने पनि बताइन् । | 2021/12/06 02:57:02 | https://lumbinidarpanonline.com/2020/2381/ | mC4 |
कातिक २५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको छ ।
नेकपाभित्र चर्किएको विवादका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठक नडाकेको भन्दै अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको सहभागितामा बैठक बसेको हो ।
बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । यो बैठक अनौपचारिक रूपमा बसेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
यस बैठकमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा भने सहभागी छैनन् ।
धुम्बाराहीमा बैठक थाल्नुअघि कार्यकारी अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार गएका थिए । त्यहाँ उनीहरूबीच पौने घन्टा छलफल भएको थियो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।
यसअघि गत शुक्रबार अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जसमा पाँचजना सचिवालयका सदस्यको उपस्थिति थियो ।
उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सहमतीको माग गरी पत्र बुझाइएको थियो ।
उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन सहमति दिन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो । | 2021-11-29T20:26:50Z | https://rajmarga.com/content/81339 | OSCAR-2201 |
आई.एम.एस्. ग्रुपले मनायो २७ औं वार्षिकोत्सव – Maitri News
आई.एम.एस्. ग्रुपले मनायो २७ औं वार्षिकोत्सव
maitrinews May 8, 2019
काठमाडौँ । आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत २०ं कम्पनीहरु रहेका छन् । आई.एम.एस्. ग्रुपले राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको थियो ।
उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका डिरेक्टर विमल सावर्थिया, प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताउनुभयो । सम्पूर्ण कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकलाई ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेको उहाँले धन्यवाद पनि व्यक्त गर्नु भयो । यसै गरी मलहोत्राले आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आई.एम.एस्. ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
आइएमएस ग्रुप विगत २७ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ । | 2019/09/16 16:49:56 | https://maitrinews.com/2019/05/08/46267 | mC4 |
१५ प्रतिशत विद्यालय मात्र पठनपाठनयोग्य
Tue, Jan 28, 2020 at 12:37am
मंगलवार, १० भाद्र २०७६, आहाखबर
शिक्षा पत्रकार सञ्जालले सोमबार आयोजना गरेको अन्तक्र्रियामा ईआरओका महानिर्देशक टेकनारायण पाण्डेले भन्नुभयो, "यो नमुनाले समग्र मुलुककै प्रतिनिधित्व गर्छ । यसैका आधारमा देशभरिको अवस्था आकलन गर्न सकिन्छ । ८५ प्रतिशत माध्यमिक विद्यालय गुणस्तरका हिसाबले काम लाग्ने अवस्थाका छैनन् । " ईआरओले लगानी, प्रक्रिया र उपलब्धिलाई परीक्षणको स्तर निर्धारणको आधारका रूपमा लिएको छ । विद्यालयको भौतिक संरचना, शिक्षण र सामुदायिक सहभागितालाई लगानीअन्तर्गत समावेश गरिएको छ भने कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापनलाई प्रक्रियाअन्तर्गत तथा सेवाग्राहीको सन्तुष्टि, सिकाइ उपलब्धि आदिलाई उपलब्धिअन्तर्गत समावेश गरिएको छ । यी आधारलाई समग्रमा २६४ अङ्क कायम गरिएको छ ।
ईआरओले परीक्षणपछि प्राप्त नतिजाका आधारमा सबै विद्यालयमा समन्यायिक रूपमा शिक्षक दरबन्दी वितरण र मिलानको नीति तयार गर्नुपर्ने, शिक्षक पेसागत विकासका लागि स्थानीय तह र विद्यालयले अवलम्बन गर्नुपर्ने नीति तयार गर्नुपर्ने सिफारिस गरेको छ । त्यस्तै विद्यालयका लागि स्रोतसाधनसम्बन्धी स्पष्ट नीति तयार गर्नुपर्ने, विद्यालयप्रति अभिभावक तथा स्थानीय तहको चासो बढाउनुपर्ने लगायतका सुझाव सिफारिस गरेको छ । यो समाचार गोरखापत्रमा छ । | 2020/01/28 00:37:25 | https://www.aahakhabar.com/news/31680 | mC4 |
कोरोना भाइरस केपी शर्मा ओली कोरोना खोप निषेधाज्ञा भारत नेपाली कांग्रेस शेरबहादुर देउवा बाढीपहिरो प्रचण्ड मौसम
सेयर मार्केट
तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो
'
एनएमबि न्यूज
२०७८ भाद्र ९ गते बुधवार
९ भदौ, काठमाडौं । आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ ।
कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । भदौ ९ (बुधबार) देखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ । | 2022-12-02T12:46:45Z | https://www.nmbnews.com/2021/08/51892/ | OSCAR-2301 |
गत २४ घण्टामा ३४३९ जनामा कोरोना पोजेटिभ, १५ को मृत्यु – SunkoshiNews
काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।
जसमध्य ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।
देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् । १४ हजार ४११ होम आइसोलेशनमा र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा मृत्यु भएका १५ मध्ये ६ जना काठमाडौंका रहेका छन् । मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा महिलामा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया रहेका छन् । | 2022/05/26 01:33:51 | https://sunkoshinews.com/archives/4893 | mC4 |
छोरालाई मृत्युदण्ड दिन लागेकामा चौधरी दम्पती विह्वल – Satyapati
गोपालप्रसाद बराल । बर्दिवास । 'हजुर, आब हमसभ केकर भरोसा मे जियब ?' (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भनिन् ।
'नई हजुर, हमर बौवा बड सज्ञान अई, उ ककरो माइर नई सकैछै' (होइन हजुर मेरो बाबु (छोरा) धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन) देवीले भक्कानिँदै भनिन्, 'ओकरालेल किछ सोइच दिय, हमसभ बौवाक् साथ में बुढारी काइट सकी' (तपाइँहरूले उबारे केही सोची दिनुस्, हामी छोराको साथमा बुढ्यौली काट्न सकौँ) ।
अनिललाई गरिएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्न त्यहाँको प्रारम्भिक अदालतले आदेश गरेको खबर फैलिएपछि अहिले औरही–१ स्थित भाडामा बसेका चौधरी परिवारको डेरा अगाडि आफन्त, छरछिमेकको बाक्लो आवतजावत बढेको छ । आफूहरूप्रति सहानुभूति दर्साउन आउने जोसुकैसँग अनिलका बाबु करीब ६० वर्षीय श्यामकिशोर चौधरी र आमा देवी बिलौना गर्दागर्दै मुच्र्छा पर्छन् । नजिक हुनेले चिसो पानी छेपेर बौराएपछि फेरि दुवै बूढाबूढी बिलौना गर्न थाल्छन् ।
'दुनु बेटीके सादी कैलावाद सब भरोसा ओकरे में टिकल छल, मुदा भगवान् के हमरा सभक खुशी मञ्जुर नई भेल' (तीन सन्तानमध्ये दुई छोरीको विवाहपछि सबै आशा उसमैं टिकेको थियो, तर, भगवान्लाई हाम्रो खुशी मञ्जुर रहेनछ), बाबु श्यामकिशोर चौधरीले बिलौना गर्दै आगन्तुकसँग भन्नुभयो–, 'अहाँँ सभगोटे ओकर कल्याणक लेल पुकारा किया दियौँ, जे हमर बेटा के हमसभ देख पावी' (तपाइँहरू सबैले उसका लागि पुकारा गरी दिनोस्, ताकि हामी छोरा हेर्न पाउँ) ।
बिलौना गर्दागर्दै बूढा ढल्दा बूढीले थुम्थुम्याउने र बूढी ढल्दा बूढाले थुम्थुम्याउने गरेका यी बूढाबूढीको छोरो निर्दोेष भएकाले न्याय पाउने आश भने मरेको रहेनछ । 'निचका अदालत के फैसला मे अपन कतार में रहवाला नेपाल के हाकिमसभ उपरी मुद्दा पहुचौने अई' (त्यहाँको तल्लो अदालतको फैसला हाम्रा कतार बस्ने नेपाली हाकिमले माथिको अदालत पु¥याएका छन्), बाबु श्यामकिशोरले आँगनभरि जम्मा भएका आगन्तुकलाई सुनाउँदै भने, 'अहाँँसभ एत्त स ओत्ततक पहल किया दियौँ, हमर बौवा चैल आओत' (तपाइँहरू यहाँ (काठमाडौँ) देखि वहाँ (कतार) सम्म पहल गरी दिनोस्, हाम्रो बाबु (छोरा) आउँछ ।
कतारको जेलमा रहेका छोरा अनिलले आफू निर्दोष रहेको बताउँदै आएको र कतारस्थित नेपाली राजदूतावासले सर्वोच्च अदालतमा मुद्दा पु¥याएको कुरा बुझेको यो दम्पतीले सर्वोच्चबाट न्याय पाएर छोरा छुट्ने आश मारेको छैन । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले सर्वोच्चमा मुद्दा लड्ने खर्च जुटाएर दूतावासलाई पठाएको कुरा थाहा पाएपछि छोरो छुटेर आउने आश चौधरी दम्पतीले सँगालेको औरही–१ का राजनीतिक, सामाजिक कार्यकर्ता सरोज यादव बताउँछन् । 'उ असल र मेहनती युवा हो, उ निर्दोष सावित भएर फर्कने कुरामा उसका बाबुआमा र हामी छिमेकीको आश मरेको छैन,' यादवले भने ।
ढलेको घर रहेको ठाउँमा सातधुर घडेरी र चौडीमा सात कट्ठा जग्गा भएको चौधरी दम्पतीको भरणपोषण भने अनिलले पठाउने रकमबाट हुँदै थियो । सन् २०१७ को अप्रिलमा पक्राउ पर्नुअघि साढे तीन लाख रुपैयाँ रकम अनिलले पठाएको बाबु श्यामकिशोरको भनाइ छ । पठाएको पैसाले ऋण तिरेर आफूहरूको खेवा खर्च पनि चल्न पुग्ने भएपछि अब चै आउने रकम सञ्चिता हुन्छ भन्ने आश पालेका चौधरी दम्पतीलाई छोराको अवस्थाले दयनीय अवस्थामा पु¥याएको छ । 'कि लिखल हई भाग में, कि जानी' (के लेखिएको छ, भाग्यमा के जानौँ) छाति पिट्दै रोइरहेकी पत्नी देवीलाई फुल्याउँदै श्यामकिशोरले ढाडस दिँदै भने, 'भगवान् में भरोसा करु, सब ठिक भजायत' (भगवानमा भरोसा गर, सब ठीक हुन्छ) ।
नेपालबाट कामका लागि कतार पुगेका अनिल त्यहाँको एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । अहिले कतारस्थित नेपाली दूतावासले अनिलको जीवनरक्षाका लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ । कतारस्थित नेपाली दूतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न ३० हजार रियाल (करीब रु ६० लाख) माग गरेको छ । दूतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा छलफल भइरहेको सूचना आफूले पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताएका छन् । रासस | 2020/10/25 16:14:57 | https://satyapati.com/2018/06/11995/ | mC4 |
नाटकीय शैलीमा लुटिएका कर्मचारीको बयान : सेल्फी खिचौँ भनेर यसरी लुटे (भिडियोसहित) access_timeअसार १३, २०७९
कैलालीमा भारतीयबाट नाटकीय शैलीमा लुटिएका व्यक्तिको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार बिहान कार्यालय जाने क्रममा लुटिएका हुन् । कैलाली गोदावरी नगरपालिका ४ गाईमा...
दार्चुलामा भूकम्पको सम्भाव्यताबारे अध्ययन हुँदै access_timeअसार १३, २०७९
दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरि...
बाजुराका सयभन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा, सुरक्षित ठाउँ खोज्दै स्थानीय access_timeअसार १३, २०७९
बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिक...
झरी पर्न थालेपछि कैलालीका किसान खुसी access_timeअसार १३, २०७९
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि ...
जिप दुर्घटना हुँदा बझाङमा ६ जना घाइते access_timeअसार १२, २०७९
बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा परेर दुर्गाथली गा...
सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित access_timeअसार १२, २०७९
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले यही असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएक...
'काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो' access_timeअसार १२, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्य...
एमवीवीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति access_timeअसार ११, २०७९
मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमवीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्त...
धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलमा स्तरोन्नति गर्ने कार्य शुरु access_timeअसार ११, २०७९
कैलालीको धनगढीस्थित धनगढी विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि टर्मिनल भवन सुधार, ब्यागेज हेन्डलिङ्ग सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन, गेट निर्माण लगायतका कार्य अघि बढाइएको हो । शनिबार एक समारो...
राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी access_timeअसार ११, २०७९
राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकाम...
राप्रपा नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकाम...
रासायनिक मलको विकल्पमा गँड्यौला मल access_timeअसार ११, २०७९
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिना धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन् । कैलालीको...
कैलालीका १३ मध्ये १२ स्थानीय तहले ल्याए वार्षिक बजेट access_timeअसार १०, २०७९
कैलालीका १३ वटा स्थानीय तहमध्ये शुक्रबार १२ वटा स्थानीय तहले वार्षिक बजेट पेस गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्छ । कैलालीको लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको न...
गोदावरी नगरपालिकाको बजेट १ अर्ब २५ करोड access_timeअसार १०, २०७९
कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्...
टीकापुर नगरपालिकाको बजेट ८५ करोड access_timeअसार १०, २०७९
कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११औं नगरसभामा बैठकमा नगर उपप्रमुख खड्कबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा प्रस्तुत...
धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ८३ करोड बढीको बजेट access_timeअसार १०, २०७९
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० लागि एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार अनुमति रकम आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत ग...
कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित access_timeअसार १०, २०७९
कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित भएका छन् । सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा एक सय ३२ घटनामा एक सय २५ महिला र नौ जना पुरुष गरेर एक सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ...
७ गोरुगाडासहित ३० थान सालका गोलिया बरामद access_timeअसार १०, २०७९
कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ । आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो । सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानी...
धनगढी उपमहानगरपालिकाले पौने दुई अर्ब बढीको बजेट ल्याउँदै access_timeअसार १०, २०७९
धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आज आठौँ नगर सभामा पेश हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९÷७० मा एक अर्ब ८२ करोड रुपैयाँको ...
एमाले कैलाली अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस access_timeअसार ९, २०७९
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको एमाले जिल्ला सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटीलाई निष्क्रिय जस्तै बनाएको, पार्टीका केन्द्रीय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलौ...
दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्ध खोप access_timeअसार ९, २०७९
जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर जोड खोप दिएको हो । यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धक...
सुदूरपश्चिममा दुई लाख बढी जनसंख्या विपदबाट प्रभावित हुने अनुमान access_timeअसार ९, २०७९
सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो । प्रदेशका मुख्य...
धनगढी उपमहानगरमा नाला अतिक्रमण हटाउन थालियो access_timeअसार ९, २०७९
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेको छ । नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको हो । उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन् । उपमहानगरपालिकाले सो...
औलो रोग निवारणको लक्ष्य हासिल गर्न कार्यक्रम जारी access_timeअसार ९, २०७९
सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको...
सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड राखिने access_timeअसार ८, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सार्वजनिक स्थलमा धुम्रपान तथा मदिराजन्य निषेधित बोर्ड टाँग्ने भएको छ । सुर्ती तथा मदिराजन्य पदार्थको सेवनमा कमी ल्याउन प्रदेश सरकारले सार्वजनिक स्थलहरुमा सो बोर्ड टाँग्न लागेको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धक केन्द्र कञ्चनपुरले धनगढीमा ब... | 2022/06/27 19:36:27 | https://www.ratopati.com/category/pradesh-seven | mC4 |