index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
5,176,754
बिहीबार दिउँसो खोला तर्ने क्रममा एक जना बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन्। खोला तर्ने क्रममा सरदार बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलभिले, प्रहरी चौकी माइधार र स्थानीयवासीले बेपत्ता सरदारको खाजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
nepalkhabar.com
6,241,372
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातिर धकेलिने संकेत देखिएको बताएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीले औँल्याएका छन् ।  झापामा विजय जुलुसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि मतपरिणाम त्यसो हुन नसकेको बताए । अहिलेसम्मको मत परिणामले कुनै पनि दलको बहुमत नपुग्ने देखियो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था सिर्जना भएको उनले औँल्याए । ‘बहुमतको सरकार नबन्ने भएपछि दलहरू आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागवण्डामै लाग्दा ठिक्क हुन्छ । सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने । ‘देशमा नयाँ पार्टीका नाममा आएका झालेमाले नेताहरुका कारण झन् अस्थिरता थपियो । निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ भन्ने जनतामा आस थियो । तर, नयाँ पार्टीका कारण त्यस्तो नहुने भयो ।’ 
shilapatra.com
4,574,058
अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए । उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माको जिकिर छ । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताए । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले भने, ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’ उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए । उनले भने, ‘चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भयो । हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’ उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए । शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।
hamrobiratnagar.com
3,325,703
नेकपा एकीकृत समाजवादीले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।
drishtinews.com
5,627,533
निगमले बुधबार सूचना निकालेर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ । इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको, सही वैज्ञानिक ढुवानी भाडामा समायोजन गरेपछि पनि पुनःविभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा निगम एवं आम उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ । इन्धन ढुवानीकर्ता तथा ट्याङ्कर चालकले विभिन्न माग राख्दै मङ्गलबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् ।
ujyaaloonline.com
5,582,018
नुवाकोट जिल्लाका १२ स्थानीय तहको एक विदुर नगरपालिकाले शिक्षा र स्वास्थ्य र पर्यटन प्रवद्र्धन पहिलो प्राथमिकतामा राखेको छ ।नगरप्रमुखमा निर्वाचित भएपछि राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएकालाई पालिकाभित्रै दिगो विकासमा लगाउने, शिक्षा, बालबालिका, कृषि क्षेत्रमा सुधार गर्ने काम गर्ने बताउनुभएको छ । विशेषतः प्रत्येक वडाको आवश्यकताका आधारमा विकास गर्ने योजनामा लागिरहेको उहाँले गोरखापत्रसँग बताउनुभयो ।
gorkhapatraonline.com
6,377,132
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
1,314,092
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो। महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ। यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ। कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्तारक्षर गर्दै आदान प्रदान गरे। यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ। सम्झौता अनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताए। उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत् कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आवद्ध पत्रकाहरुबाट आवेदन माग गरिनेछ। आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए। सम्झौता आदानप्रदान कार्यक्रममा कलेजका निर्देशक मिना खत्रीले महासंघ प्रतिष्ठान प्रदेश समितिसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन्। उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमका लागि प्रतिष्ठान प्रदेशसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। कलेजका प्रिन्सिपल राजु कट्टेलले महासंघसँगको सहकार्यले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे। उनले पत्रकारहरुलाई आइसीटी तालिमका लागि पनि महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए। ‘महासंघ प्रतिष्ठान प्रदेशसँगको सहकार्य लामो समयसम्म होस् भन्ने चाहना छ। तपाईंहरुको कार्यकालमा भएको यो कामले इतिहास रचोस् भन्ने शुभकामना दिन चाहन्छु’, प्रिन्सिपल कट्टेलले भने। कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले आफू कान्तिपुर सिटी कलेजको पूर्वविद्यार्थी भएको स्मरण गरे। उनले आफूले अध्ययन गरेको कलेजसँग सहकार्य गरेर पत्रकारिता पढ्न चाहनेहरुका लागि सहुलियतको व्यवस्था गर्न पाएको खुशी व्यक्त गरे। ‘यसले पत्रकारिता पढ्ने चाहना भएका तर, आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका पत्रकारहरुका लागि ठूलो सहयोग पुग्ने भन्ने विश्वास छ’, अधिकारीले भने, ‘आगामी दिनमा पत्रकारितासँग सम्बन्धित अन्य कामका लागि पनि केलजसँग समन्वय र सहकार्य हुनेछ भन्नेमा आशावादी छु।’ सम्झौता कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धर समेत उपस्थित थिए ।
annapurnapost.com
2,670,815
लामो समयदेखि बिवादको कारण अडकिएको फतुवा बिजयपुरको तेस्रो नगरसभा अगामी २२ गते बिहिवार हुने भएको छ । नगरपालिकामा हालै आएका प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधानको विशेष पहलमा बिहिवार नगर कार्यपालिकाको बोर्डको बैठक बसी यही फागुन २२ गते बिहिवार तेस्रो नगरसभा हुने निर्णय गरेको हो । भागबण्डाको बिषय लिएर दुुई–दुुई पटक स्थगित नगरसभा नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतो पक्षलाई उचित विकासको बजेट बिनियोजनसहित तेस्रो नगरसभा हुुन लागेको अधिकृत प्रधानले बताए । गत अषाढ मसान्तमा हुनुुपर्ने नगरसभा हालसम्म नहुुँदा नगरपालिकाको सम्पूर्ण विकास निर्माणको काम ठप्प भएको छ । त्यतिमात्र नभई नगरपालिकाको रकम निकासा नहुुँदा नगरक्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीहरुको लागि सञ्चालन भएको दिवाखाजा कार्यक्रम प्रभावित भएको छ । फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका २९ वटा विद्यालय, एक मदर्सा, ५ स्वास्थ कार्यालय, कृषि कर्मचारी, करारका कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् । कर्मचारीको तलबवापत चार करोड बढि बक्यौता रहेको नगर शिक्षा संयोजक बुनिलाल यादवले बताए । गत पुस ११ गते मेयर गोपाल यादवको अगुुवाईमा भएको तेस्रो नगरसभा उपमेयर कान्ति महताको लिखित उजुुरीपछि उच्च अदालत हाल वीरगञ्जले बदर गरेको थियो । त्यसैगरी गत फागुन १० गते हुने भनिएको तेस्रो नगरसभा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबैध भनी बदर गरेको थियो । बिगतमा फतुवा बिजयपुरको प्रशासकीय अधिकृतका रुपमा आउने नायव सुुब्बाहरु कोही मेयरतर्फ कोही उपमेयरतर्फ हुनेगरेका कारण नगरपालिकामा ठुलो विवाद हुुँदै आएको थियो ।
ratopati.com
1,249,913
स्थगित भएको आफ्नो ‘संवाद यात्रा पुनः सुचारु गर्न नवलपरासी पुगेका महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्ने भएकाले त्यसका लागि पार्टीभित्रकै गुट एक हुनुपर्नेमा जोड दिएका हुन्। गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको प्रतापपुरमा पुगेपछि कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपश्चात स्थगित भएको थियो। रोकिएको यात्रालाई सोही ठाउँबाट पुनः निरन्तरता दिन उनी त्यहाँ पुगेका हुन्। प्रतापपुरस्थित गुठीप्रसौनीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर महामन्त्री थापाले संवाद यात्राको सुरु गरेका हुन्। माल्यार्पणपछि सदरमुकाम परासी पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गुटका कारण कांग्रेसका ८ लाख क्रियाशिल कार्यकर्ता आफैंमा असन्तुष्ट र दुःखी भएको बताए। ‘पहिला कांग्रेसभित्र खुसी र सन्तुष्ट ल्याउनु पर्‍यो। कांग्रेसभित्र खुसी ल्यायो भने सन्तुष्ट र खुसी कांग्रेस समुदायभित्र उठिरहन्छ,’ नेता थापाले भने। कांग्रेस पार्टी अरुसँग होइन, आफ्नै सँग लड्दा लड्दै दुःखी भएको बताए। ‘कांग्रेस कोहीसँग टाँसिन्न। तर, एक्लै लड्दा एकता आवश्यक भएकाले त्यसका लागि तल्लो तहबाटै एकता आवश्यक छ,’ उनले भने। गुटको लडाइँ केन्द्रबाट आएर समाधान नहुने भन्दै नेता थापाले त्यसका लागि जिल्ला तहबाटै त्यसको सुरुवात हुनुपर्ने र केही जिल्लामा त्यसको सुरुवात भइसकेको उनको तर्क थियो। हिजोका गल्ती कमजोरीलाई आत्मसाथ गर्दै आगामी मिसनका लागि कार्यकर्ताहरू मतदाता समक्ष जान पनि उनले जिल्लाका नेता कार्यकर्तालाई आग्रह गरे। नेता थापाले सुरु गरेको मेची-महाकाली संवाद यात्रा १७ गते बाँकेमा पुगेर पुनः स्थगित हुने छ। संवाद यात्रा २३ जिल्लामा हुने गरी सुरु गरिएको हो। ‘सदन चल्ने भएकाले १७ गते बाँकेमा पुगेर संवाद यात्रा रोकिन्छ। त्यसपछि बाँकी रहेका ४ जिल्लामा ३ दिनको समय तोकेर पुनः सुचारु हुन्छ,’ संवाद यात्राका क्रममा सँगै रहेका महाधिवेशन प्रतिनिधि सुवास अधिकारीले भने ।
annapurnapost.com
1,441,306
कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् । “रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,” गुरुङले भने, “घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छ्रैनन् ।” लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताए । “हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ”, गुरुङले भने । उनका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य रु सात हजारदेखि आठ हजारसम्म पर्दछ । गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भने, “अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो । अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन् ।” विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आएका छन् । “बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो । यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ”, स्थानीय रामकुमारी गुरुङले भनिन् । उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा रु १६ हजार आम्दानी भएको उनले जानकारी दिइन् । रामकुमारीले भनिन्, “विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ ।” उनको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएका छन् । मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताए । उनले भने, “बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ ।” मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोलीसहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ ।
kendrabindu.com
5,190,890
अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २ सय ७० इलेक्ट्रोल कलेज सुनिश्चित गरेको टेक्सासबाट नेपालखबरका विशेष प्रतिनिधि सन्जय घिमिरेले जनाएका छन्। घिमिरेका अनुसार बाइडेनले पेन्सिलभेनिया राज्यमा जितेर २८४ इलेक्ट्रोल कलेज सुरक्षित गरेका छन्। अमेरिकामा निर्वाचन भएको चार दिनपछि को राष्ट्रपति हुन्छ भनेर निश्चित भएको हो। तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ। दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।
nepalkhabar.com
5,936,044
– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे । उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन् ।
khabarhub.com
2,724,541
त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् । शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए । दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्मको अहिले सुटिङ जारी छ । फिल्म यो वर्षको अन्त्यसम्म रिलिज हुने बताइन्छ । आमिर र करिनाले फिल्म ‘थ्री इडियट्स’, ‘तलाश’ जस्ता हिट फिल्ममा एकसाथ काम गरेका थिए । यो जोडी अब अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिने छन् । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ । अक्षयकुमार र भुमि सोशल ड्रामा फिल्म ‘ट्याइलेट एक प्रेम कथा’ मा देखिएका थिए । अब फेरि पाँच वर्षपछि यी दुबै आनन्द एल रायको फिल्म ‘रक्षा बन्धनमा देखिँदैछन् । फिल्मको रिलिज मिति ११ अगस्ट भनिएको छ ।
ratopati.com
186,248
मर्स्याङ्दी नदीमा अहिलेजस्तो भेलबाढी थिएन। त्यो नदी बग्ने हिमालपारिको मनाङमा र वारिको लमजुङमा पनि। त्यसैले त्यो असार औधि सुखद थियो। हिमालपारिको मनाङ उपत्यकामा आकास नीलै थियो र त्यहाँबाट पूर्वतिर मनास्लु, त्यसपछि मर्स्याङ्दी वारि अन्नपूर्ण हिमालका लस्करसँगै गंगपूर्ण र तिलिचो पिकजस्ता हिमचुचुरा मुस्कुराइरहेका थिए। ती हिमालसमिपै पुग्न मनाङमा विश्वभरिबाट आएका तरूण-तन्नेरी पदयात्रीको घुइँचो लागिरहेको थियो। यात्रा २०७५ असारको हो। जेठमा थुप्रै आरोहीले फेरि सगरमाथा आरोहण गरे र तिनै समाचार नेपाली, अंग्रेजी वा हिन्दीमा लेख्दै प्रसारण गरेपछि सानै भए पनि हिमाल वा पहाड चढ्ने हुटहुटी जाग्यो। छ हजार मिटरभन्दा माथिको हिमाल एक्लै आँट्ने कुरै भएन। मनाङ र मुस्ताङबीचको थोराङ्ला पास काट्ने अवसर पनि अझै जुरिसकेको थिएन। आफूले भनेकै बेला १०-१२ दिनको पदयात्रामा साथ दिने कोही भेटिएनन्। कामबाट १० दिन जतिको विदा मिलेपछि मोटर चढेर मनाङ पुग्ने निधो गरेँ र दिउसो काठमाडौंबाट यात्रा थालेँ। गोंगबुको सिटी मलबाहिर लमजुङ जाने माइक्रोबस गुड्न तयार भएर यात्रु कुर्दै रहेछ। त्यही चढेँ। माइक्रोमा त्रिशूली नदीमा राफ्टिङ अर्थात् जलयात्रा गर्ने दुई जना पश्चिमा पुरूष पर्यटक र एक जना पथप्रदर्शक पनि रहेछन्। म अन्नपूर्ण 'सर्किट' (चक्रीय मार्ग) जान लागेको थाहा पाएपछि भने, 'थोराङ्ला पास पदयात्रा गर्न कठिन छैन, सजिलै सकिन्छ। पदयात्रा गर्दा आफू चाहिँ छिटो छरितो हुनैपर्छ।' तनहुँको डुम्रे कटेपछि माइक्रोबसमा एक गन्धर्व भाइ उक्लिए र सारंगी बजाउँदै मनोरञ्जन दिन थाले। गाडीबाट झर्ने बेला सक्दो सहयोग गर्न हात थापिहाले। सबैले दिए केही रूपैयाँ। साँझ बेसीसहरको उत्तरपट्टि रहेको सानो पर्यटकीय बजारमा आठ-दसवटै भए पनि राम्रा-राम्रा होटल तथा रेस्टुरेन्ट देखिए। आँगनमा देशदेशावरका पर्यटक पनि। एउटा केटो नजिकै आएर सोधे, 'होटल खोज्नु भाको हो। यही होटलमा राम्रो व्यवस्था छ।' म त्यहीँ रोकिएँ। फेरि सोधे, 'दाइ ज्वाइन खाने हो, मसँग छ है।' जवाफ दिएँ, 'नाइँ नखाने।' सोचेँ काठमाडौंबाट आउने धेरैले खोज्ने भएर सोधेका होलान्। लामो माइक्रोबस यात्रापछि थकित म भने ५०० रुपैयाँको कोठामा छिरेर चिसो पानीले नुहाउन थालेँ। अघिल्लो साँझ भेटिएको भाइले सात बजेतिर आफ्नो सानो बोलेरो ट्रकको इन्जिन चालू गरे। अझै केही यात्रु थप्ने दाउमा भए पनि उनी हिँड्न तम्तयार भए। त्यसपछि उसको बोलेरो बतासियो मर्स्याङ्दी नदीको तिरैतिर बनेको बाटोमा। कहिले वारि त कहिले पारि भएर अघि बढ्ने बेसीसहर-चामे-मनाङ राजमार्गमा। एक खण्डमा त गाडी जलविद्युत आयोजनाले बनाइदिएको सुरूङ मार्गभित्रबाट अघि बढ्यो। भित्र बिजुली बत्ती बलिरहेकाले उज्यालो थियो। वाह क्या मजा, नेपालमा पनि गाडी गुड्ने सुरूङ मार्ग! २०६१ वैशाख १ गते हामीले 'मनाङ भ्रमण वर्ष' लाई स्वागत गर्न आउँदा खुदीबाट पदयात्रा थालेका थियौं। अहिले बाटो मनाङ पुगिसकेछ। आहा! भुलभुले कटेको केही बेरपछि गाडी बाहुनडाँडा आसपास कतै एउटा ट्राउट फार्म नजिकै रोकियो। खाजा त्यहीँ खाइयो। यो राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मिएको थलो। मर्स्याङ्दी नदी तल 'एकोहोरो सुसाउँदै' अघि बढिरहेको थियो। केही बेरपछि गाडी फेरि उकालो लाग्यो अनि पुगियो मनै रम्ने च्याम्चे झरना। उचाइ १४३० मिटर। तल बेसीसहरको उचाइ ८०० मिटर जति थियो। अन्नपूर्ण चक्रीय मार्गको सबभन्दा अग्लो ठाउँ ५,४१६ मिटर अनि त्यहाँबाट झर्नु थियो ३,८०० मिटरमा रहेको मुक्तिनाथ अनि बल्ल फेरि ओरालो यात्रा सुरू हुन्थ्यो। च्याम्चे झरनामा म एक्लो यात्री तर बाटैभरि मानिसको कमी थिएन। बाहिर पदमार्गमा अमेरिकाबाट आएका युवा-युवती धावकका जस्ता छोटा पोसाकमा पोल (एलुमुनियमको लौरी) टेकेर अघि बढ्दै थिए आफ्नो झन्डै दुई साता लामो पदयात्रामा। म भने दिउँसोको खाना खाँदै च्याम्चे झरनाका तस्बिर खिच्न र त्यसलाई आँखामा सजाउन व्यस्त रहेँ। खानापछि बोलेरो ताल गाउँतिर उक्लियो। अब मनाङ जिल्ला सुरू भयो। मर्स्याङ्दी थुनिएर बनेको ताल भएकाले होला गाउँको नाम नै ताल। समथर सानो उपत्यका। अनि फैलिएर बगेको नदी किनारमा सानो सुन्दर गाउँ। पहिला आउँदा हाम्रो पदयात्रा मार्ग पारि दक्षिणपट्टि थियो। अहिलेको मोटरबाटो भने वारि उत्तरपट्टि पहाडको ककारीतिर बनेको रहेछ जहाँ अनगिन्ति झरनाहरू सडकमै खस्न आइपुग्छन् र मोटरले तिनलाई पार गर्दै बेलाबेला नुहाउँदै अघि बढ्नुपर्ने हुन्छ धारापानी गाउँतिर। धारापानीबाट पूर्वतिर लार्के पास र मनास्लु जाने पदयात्रा जोडिइन्छ। त्यता जाने अवसर अझै जुरेको छैन। अक्करे भिरै-भिरको बाटो। तर चालक भाइले चुरोटभित्र कयौंपटक चरेस हाल्दै, तान्दै मोटर चलाइरहे। मेरो भने सातो जान खोज्यो। उकालो यात्रा जारी रह्यो। चामे बजार पुग्नै लाग्दा बाटोमा प्राकृतिक औषधि बेच्ने दुई युवती भेटिएपछि चालक भाइ तिनीहरूसँगै जिस्किन थाले। उनले ती युवतीलाई आफ्नै मोटरमा मनाङ ल्याइदिएको रहेछ केही दिनअघि। अझै उकालो चढेपछि बोलेरो मनाङ सदरमुकाम चामे पुग्यो। उचाइ २,६३० मिटर। निकै चढिसकिएछ तर ज्यान ठीकठाकै थियो। हिमाल पारिको जिल्लाभित्र पस्दै गर्दा एक जना तराईवासी दाइको समोसा पसल रहेछ। समोसा तरकारी र सेल चाख्न मजा आयो। हिमाली गाउँमा तराईको पकवान खाँदै गर्दा मैले सन् २०६१ वैशाखको मनाङ यात्रा स्मरण गर्न पुगेँ जति बेला चामेमा आयोजित समारोहमा हर्क गुरुङ, चन्द्र गुरुङ, तीर्थमान मास्केजस्ता संरक्षणविद् मनाङ आइपुगेका थिए। त्यति बेला निकै मीठो भाषण र साँझको खानपिनपछि खुबै नाचगान र रमाइलो गरेका थिए धेरैले। तर उनीहरू २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परेर बिलाइगए सदासदाका लागि। चामे छाडेर मोटर अघि बढ्दै गर्दा बाटो घुमाउरो र सानो थियो। मर्स्याङ्दीको तिरैतिर फेरि मोटर अघि बढ्यो बिस्तारै। बाटोमा कुहिरो छिचोल्नुपर्‍यो। अझै अगाडि भ्रागा रहेछ जहाँ नेपालकै नमुना स्याउ बारीमा फूलहरू फुल्दै थिए। बाटोछेउमा युरोपेली शैलीको विशाल स्याउ फार्म हाउस बनेको रहेछ। मोटर अघि बढ्दै गर्दा कुनै विश्वसनीय समाचार माध्यममा पढेको सम्झिएँ: यो फार्मले वर्षमा एक अर्ब रुपैयाँको स्याउ बेच्ने लक्ष्य लिएको छ र यहाँको स्याउ अहिले बिस्तारै विश्व बजारमा पुग्न थालिसक्यो। सोचेँ, 'नेपालमा गरे के हुँदैन? हरेक असम्भव लाग्ने काम यहाँ सम्भव छ। मानिसले खाडी वा पूर्वी एसियाको उष्ण हावापानीमा जस्तै पसिना मात्र बगाउनुपर्छ निरन्तर।' मोटर गुड्ने एउटा सडकले कति फरक पार्दो रहेछ हाम्रो जिन्दगीमा। २०६१ वैशाखमा लमजुङबाट पाँच दिनमा हिँडेरै मनाङ पुगेको मान्छे म, अहिले गुडेर एकै दिनमा ८०० मिटरबाट ३,५४० मिटरमा अवस्थित मनाङ पुग्दै थिएँ। भ्रागा कटेको केही बेरमा सडक अगाडि विशाल चट्टानी पहिरो देखा पर्‍यो, लगभग एक किलोमिटर लामो अनि आकासतिर सोझिएको। मनाङीहरू यसलाई स्वर्गजाने बाटो भन्ने गर्छन्। त्यसको केही बेरपछि हामी हिमालपारि पुग्यौं जब मोटर पिसाङ हिमालको फेदीमा पिसाङ गाउँ पुग्यो। पहिले यहीँ भेटिएका थिए अमेरिकी ह्याट लगाउने भुजुङ दाइ। काठमाडौंको सोह्रखुट्टेमा भेटिएकी तराईवासी आमाबुवाकी नवजात शिशुलाई काख लिएर भुजुङमै हुर्काउँदै थिए। सोचेँ, अहिले उनीहरू कहाँ गए होलान्? तर गाडी अघि बढिरह्यो। बाटोमा नयाँ-नयाँ स्याउका बगैँचा सुरू गरिएका रहेछन्। बाटोमा घ्यारू (अर्थात् याकको सिंङ) नाम गरेको गाउँ जाने बाटो छुट्टियो। अगाडि हुङ्दे विमानस्थलमा नयाँ कालोपत्रे गरिएको रहेछ। तर उडान शून्य। अझै अगाडि बढ्दा मर्स्याङ्दी पातली हुँदै गइन्। केही घुम्ती पार गर्दै हाम्रो मोटर हिमालपारिको मनाङ उपत्यकाको समथर भूभागमा गुडिरह्यो। हामी कंक्रिट जंगलहरूमा बस्न पल्किएकालाई के थाहा हिमालपारिको मनाङ अर्कै संसार हो। उच्च भूभाग, शितल, स्वच्छ हावापानी अनि तिब्बतको जस्तै बौद्ध धर्म र 'अहिंसा परमोधर्म' मान्ने हिमाली संस्कृति। असारको लामो दिन। सम्भवत: उत्तरी गोलार्द्धमा वर्षकै सबभन्दा लामो दिन। साँझ उज्यालोमै मनाङ गाउँ पुगेर बोलेरो ट्रक टक्क रोकियो। न्योशाङ उपत्यकामा यहाँलाई स्वागत छ। चालक भाइलाई मानेँ। जति धेरै चरेस ताने पनि सुरक्षित मनाङ ल्याइदिएकोमा धन्यवाद ज्ञापन गरेँ। अनि म अलि अगाडि मनाङको बीचमा ठडिएको सानदार तिलोचो होटलतर्फ लागेँ जहाँ काठमाडौंका मनाङी दाजु ट्रिपल गुरुङका पनि दाजु कर्मा गुरुङले मुस्कुराउँदै मेरो स्वागत गरे। अन्तर्राष्ट्रिय पर्यटकले खचाखच होटलको रिसेप्सनबाहिर एक फ्रान्सेली-नेपाली नवयौवना बसेकी रहिछन्। फ्रान्सेली लवजको अंग्रेजीमा भन्दै थिइन्, 'मेरो नाम सजिना क्षत्री हो, नेपालमा जन्मिएकी हुँ तर मलाई प्यारिस बस्ने बुवाआमाले लैजानुभयो र हुर्काउनुभयो। अहिले म मेरो जन्म देश घुम्न आएकी। मलाई एकदमै रमाइलो लागिरहेको छ।' निकै चाखलाग्दो लाग्यो उनको जिन्दगानी मलाई। भर्खरै २४ वर्ष उमेरकी। फ्रान्सेली भए पनि नेपाल र नेपालीसँग जोडिएकी। भनिन्, 'म नेपालका मेरा दिदी-बहिनीहरूसँग फेसबुकमा कुरा गर्छु। म नेपाल आएको उनीहरूलाई थाहा छैन। भेटेर सबैलाई छक्क पारिदिने योजना छ।' १,३००-१,४०० मिटर उचाइको काठमाडौंबाट एकैचोटि ३,५०० मिटरको मनाङ पुगेर सुतेकाले होला मलाई लेक लागिहाल्यो। थोरै टाउको दुख्यो रातभर। बिहानै मनाङ बजार घुमेपछि उत्तर दिशामा सिधा अगाडितिर सिधा माथि आकासतर्फ ठडिएको पहरामा रहेको सानो गुम्बातर्फ लागेँ। लेक पचाउन। सोचेँ, उकालो चढ्ने अभ्यास पनि हुन्छ र शरीर उच्च भूभागसँग अभ्यस्त पनि हुन्छ। उकालो चढ्दै गर्दा थकाइ लागेपछि मनाङ गाउँलाई फर्किएर हेरिरहेँ। तल मर्स्याङ्दी नदी बगिरहेकी थिइन्। पर गंगपूर्ण ताल। दक्षिणतिर माथि अन्नपूर्ण हिमश्रृंखलाको चित्ताकर्षक दृश्य हेर्दा थकाइ कम हुने। बाटोमा याकका सिङहरू राखिएका स-साना बौद्ध चैत्य। अझै माथि चट्टानी पर्वतको फेदीमा बनेको प्राकृतिक गुफाभित्र मनाङकी आनी दिदी भेटिइन्। निकै फरासिली र हँसिली आनी दिदीले कालो चिया दिइहालिन्। अनि कुरा गर्न थालिन्। मेरो बुच्चो टाउको देखेर भनिहालिन्, 'कस्तो राम्रो कपाल काटेको। लामाको जस्तै टाउको रहेछ।' मेरो बुच्चो टाउको प्रशंसा गर्ने सायद पहिलो व्यक्ति थिइन् ती आनी दिदी। दिउँसो तिलोचो होटलमा आराम गरेपछि साँझ मर्स्याङ्दी पारिको गंगपूर्ण ताल हेर्न गएँ। हावा चिसो थियो। पानी उस्तै चिसो। तर निकै रमाएँ। धेरै फोटोहरू खिचेँ। मनाङ गाउँ उक्लिँदा देखेँ पूरै गाउँ वरिपरि लामो समयअघि देखि सुख्खा पहिरो गएको जस्तो दृश्य। मनाङ गाउँमा युरोपका जस्ता भवनहरू बनिसकेका छन्। बाटो पनि सफा र ढुंगा छापिएका जस्ता छन्। तर मनाङ पहिरो र बाढीको उच्च जोखिममा छ। दु:खको कुरा त्यो तथ्य यो वर्षामा सत्य साबित भइदियो। मनाङ गाउँबाट एउटा पदमार्ग दक्षिण-पश्चिम लाग्छ। त्यो मर्स्याङ्दीको वास्तविक मुहान तिलिचो ताल जाने बाटो हो। त्यहाँ पुगेर पनि याकखर्क हुँदै थोराङफेदी वा सिधै पहाड चढेर याकचौँरी जस्तै कठिन भिरैभिर झर्दै मुस्ताङ झर्ने बाटो छ। तर म यसपालि छोटोभन्दा छोटो समयमा सिधै अन्नपूर्णको फन्को लगाउन हिँडेको मान्छे। मसँग तिलिचो जाने समय थिएन। बिहानै कर्मा गुरुङ दाइसँग विदा भएँ र झोला भिरेर उकालो लागेँ। कोही साथी भेटिएनन्। अघि बढ्दै गर्दा फर्कीफर्की मनाङ गाउँ र मर्स्याङ्दी पारि दक्षिणतिरका अन्नपूर्ण र गंगपूर्ण हिमाल हेर्दै अघि बढिरहेँ। निकै माथि पुगेपछि दुई-चार घर भेटिए। बाहिर हिमाली 'सिबकथर्न' भन्ने काँडामा फल्ने अमिलो फलको चिनी हालिएको रस बेच्न राखिएको रहेछ। पिइदिएँ। उचाइले सताइरहेको थियो तर अघि बढिरहेँ। अझै पर पुग्दा हिमालपारि मध्याह्नमा लाग्ने हुरीबतास सुरू भयो। मलाई लडाउला जसरी बहन थाल्यो। सम्हालिएँ। उचाइको कमाल। लेक लागेर ढलुँला जस्तो भयो। एक्लै पदयात्रामा आएकोमा पछुताउन थालेँ। मौसम बिग्रिएला जस्तो भयो। थोरै आत्तिएँ। झोला बिसाएर रोकिएर लामो सास फेर्न थालेँ। चकलेट मुखमा हालेर थोरै पानी पिएँ। रिँगटा थामिने संकेत नै मिलेन। एकलास हिमाली पठार र पहराको बाटो। अझै कति अघि गएपछि मानिस र घर भेटिने पत्तो भएन। हुरी रोकिएन, दिउँसै अँध्यारो होला जस्तो भयो। आवाज निकालेर मानिसलाई बोलाएँ। कोही बोलेन। सम्हालिएँ र अघि बढेँ। एउटा पुल तरेर अलि माथि मात्रै के पुगेको थिएँ त्यहाँ त एक दिदी देखिइन्। एक्लै उसिनेको अन्डा, चाउचाउ, कोक आदि लिएर बसेकी रहिछन्। चित्त प्रसन्न भयो। केही अन्डा किनेर खाएँ र अघि बढेँ। अब पनि पूरै पदमार्गमा म एक्लै। आधा घन्टा पर पुगेपछि ६० नाघेका दुई पश्चिमा पर्यटक आइपुगे। साथमा एक नेपाली रहेछन्। उनीहरू मुस्ताङको बाटो घोडा चढेर थोराङ्ला पास काटेर वारि थोराङफेदीमा बसेका रहेछन्। अहिले हिँड्दै मनाङ जान लागेका। थोरै थाकेका। केही मीठो अन्तर्क्रिया भयो। अनि हामी विपरीत दिशातिर लाग्यौं। फेरि म एक्लै भएँ अर्को एक घन्टाजति। अनि आइपुग्यो याकखर्क, जहाँ एउटा नयाँ रंगीन होटल रहेछ। भित्र एउटी अफ्रिकी मूलकी युवतीले होटल सञ्चालक बाहिर गएको तर होटल लगभग खाली रहेको बताइन्। म थकित थिएँ तर किनकिन अझै अगाडि बढ्न मन लाग्यो। आधा घन्टा पर लेदर गाउँमा पुगेर साँझको खाना र बास बस्न मन लाग्यो। त्यसैले अघि बढेँ र हिँडिरहेँ एक्लै अद्वितिय हिमाली सौन्दर्यलाई आँखा र मनमा समेट्ने प्रयत्न गर्दै। लेदर पुगेपछि एउटा होटलमा केही एसियाली पर्यटक बसेका रहेछन्। नेपाली जस्तै देखिने तर इन्डोनेसियाको बान्डुङ सहरवासी रहेछन्। एक जना केटो चुरोटमा गाँजा वा चरेस के भर्दै थियो। लुकायो। संयोगवश दुई वर्षअघि म पनि इन्डोनेसियामा रहँदा सुन्दर बान्डुङ सहर पुगेको थिएँ। उनीहरूसँग केही बेर कुरा गरेर म भने अझै माथि अर्को होटलमा गएँ जहाँ मजस्तै एक्लो क्यानाडेली पदयात्रु बसिरहेको रहेछ। होटल सञ्चालक दुई दिदीबहिनी गोर्खा बार्पाकवासी रहेछन्। वरिपरि पहाडमा यार्चा टिप्नेको घुँइचो थियो। साँझ उनीहरूको दोहोरी चल्दो रहेछ। हामीलाई खाना दिएपछि ती त्यतैतिर हतारिए। बाटो छेवैको मेरो कोठा बाहिर राति अबेरसम्म यार्चा टिप्नेको ओहोरदोहर चलिरह्यो। लेक लागेर होला मलाई भने जति थाकेको भए पनि निदाउन झनै गाह्रो भयो। दोस्रो दिन सिधै मनाङ पुगेकाले होला लेक लागि नै रह्यो। अग्लो भूभागसँग शरीर अभ्यस्त नभएकाले होला थकान र टाउको दुखाइले सताइ नै रह्यो। लेदरमा बिहानको नास्ता खाएर बिस्तारै अघि बढ्दा पहरा पछाडि केही हिउँ चुचुरा देखिए। तर एकैछिनमा बेजोड हावाहुरी सुरू भयो। बाटोमा एक जना मनाङीले घरबाहिर यार्चा बेच्न राखेका रहेछन्। किन्न मन लागिहालेन। वरिपरिका लेकमा यार्चा टिप्ने मानिस सलबलाइरहेको हेर्दै नदी किनारमाथि खर्कमा कोरिएको तेर्सो बाटो अघि बढिरहेँ। खोँच झरेर उक्लिएपछि एउटा सानो टहरो बाहिर पसल चलाइरहेकी दिदी भेटिइन्। कुराकानी गर्दै चाउचाउ र कालो चिया खाएँ। म थोराङफेदी पुग्न हतारिएँ। जाने बेला उनले भनिन्, 'फेदी अब आधा घन्टा मात्र पर छ। अगाडि सुख्खा पहिरो छ, पहिरो गएको छ कि छैन हेर्दै सतर्क भएर बिस्तारै जानु होला है।' अगाडि बढ्दा भिरमाथि पहरा देखिए। पहरामा झारलको माउ र पाठो पनि। सोचेँ यतै कतै हुनुपर्छ हिउँ चितुवाको बासस्थान। किनभने हिउँचितुवाको प्रिय आहारा झारल, घोरल र नाउर हुन्। सतर्क भएर माथि पहरा र तल नदी हेर्दै हिँड्दा-हिँड्दै अलि अगाडि थोराङ फेदी देखियो। त्यहाँ टहराका दुई लस्कर देखिए। माथि र तल्लपट्टि दुई लहरमा लज बनाइएका रहेछन्। मैले तल लेदारको होटलमा लोन्ली प्लानेट गाइड बुकमा पढेको सुझाव पालना गर्दै तलै बास बस्ने निधो गरेँ। त्यसमा लेखिएको थियो 'माथिको हाइक्याम्पमा बास बस्ने हो भने निद्रा लाग्दैन र लेक लाग्छ; फलस्वरुप भोलिपल्टको यात्रा सकसपूर्ण हुन सक्छ। तलै बस्नु उत्तम।' थोराङ फेदीमा कुमार गुरुङको होटलको रेखदेख उनकी दक्षिण अफ्रिकी गोरी श्रीमतीले गर्दिरहिछन्। त्यहाँ तल मनाङमा भेटिएका अफगानी-ब्रिटिस र युक्रेनी ठिटो पनि भेटिए। तिलिचो पुगेर यता आएका ती नेपाली चरेस तान्दै मस्त थिए। तल याकखर्कबाट इटालीको गोरो केटो र काली केटीको श्याम-श्वेत जोडी पनि आइपुगेछ। इन्डोनेसियाका केटाहरू भने लखतरान थिए। उनीहरुको गाइडले भोलिपल्ट बिहानै '३ बजे उठेर ४ बजे हिँड्ने र थोराङ्ला पास काट्ने' योजना सुनाए। म पनि उनीहरूसँगै जाने सोच बनाएर आराम गर्न गएँ। तर त्यो रातभर म निदाउनै सकिन। लेक मजाले लागेछ। पेट उकुसमुकुस भयो। निदाउन संघर्ष गर्दा गर्दै ३ बज्यो र इन्डोनेसियाली र उनीहरूका गाइड जागा भए। म पनि झोला बोकेर हिँड्न कस्सिएँ। नास्ता खाने बेला शरीर बिरामी भएको लाग्यो र आत्मबल निकै खस्कियो। यस्तो अवस्थामा अगाडि नजाने र एक दिन आराम गर्ने निर्णय गरेँ। त्यस्तै निर्णय इटालेली जोडीले पनि गरेको थियो किनभने केटो चाहिँ अलि बिरामी थियो। बिहानीपख घाम झुल्किएपछि केही घन्टा सुतेपछि शरीर बल्ल चंगा भयो। दिउँसो इटालेली जोडीसँग बिस्तारै माथि हाकक्याम्प पुगेर फेरि तल फर्किएर लेक पचाउने (आक्लिमटाइजेसन) अभ्यास गर्दा भोलि बिहान यही बाटो थोराङ्ला पास गर्न सक्ने हिम्मत बढ्यो। अब थोराङ पास गर्ने हामी तीन जनाको समूह बन्यो। रातमा बल्ल राम्रो निद्रा पर्‍यो। थोराङ फेदीको होटलका स्टाफको सल्लाहअनुसार बिहान पाँच बजे उठेर आरामले अघि बढ्ने योजना बनायौं। उकालो लाग्दा सूर्योदय भइसकेको थिएन। प्रातकालको उज्यालोमा दक्षिण पूर्वमा अन्नपूर्ण हिमाल मुस्कुराइरहेको थियो। हामी रमाउँदै उकालो लाग्यौं, पाइला गन्दै र राम्ररी सास फेर्दै। केही बेरमा हाइक्याम्प पुगियो जहाँ केही पश्चिमा पर्यटकसँगै भारतको तमिलनाडुको पोन्डिचरीदेखि हिमाली पदयात्रा गर्न आएका एक युगल जोडी भेटिए। तमिलले निधारमा कुनै लेप लगाएका थिए सायद टाउको दुखाइको ओषधि मानेर। कालो चिया पिउँदै केही बेर आराम गरेपछि हामी अझै अगाडि बढ्यौं। केही बेरपछिको एउटा दृश्यले मलाई आश्चर्यचकित तुल्याइदियो। थोराङफेदीको होटलमा भान्सामा काम गर्ने सोलुखुम्बुका कार्की थरका भाइ एउटा चट्टानमा उभिएर आराम गर्दै थिए। भने, 'म हिजो घरमा पैसा पठाउन मुक्तिनाथ गएको थिएँ। रातमा त्यहीँ बास बसेर आज बिहानै उकालो चढेर फेरि पारि मनाङ फर्किँदै छु।' उनको कुरा सुनेर चित्त प्रसन्न भयो। दुई कारणले। एक, उनी नेपालकै मनाङमा काम गरेर, पैसा कमाएर यतैबाट सोलु पैसा पठाउन सक्षम रहेछन्। दोस्रो, उनी अतिकठिन मानिने थोराङपास सहजै वारपार गर्दै मनाङ-मुस्ताङ गर्न सक्दा रहेछन्। घमाइलो र उज्यालो आसारको दिन आकास नीलै थियो भने वरिपरि हिमाली टाकुराहरू। बाटोमा कञ्चन पानीसहित खोलीहरू बगिरहेका र अनि ती माथि पदयात्रीका लागि स्टिलका पुलहरू। बिस्तारै हिँड्दै हामीले ५,००० मिटरको उचाइ भेटेको खुसियालीमा पानीसँग चकलेट खायौं। म भने अगाडि पासको सबभन्दा अग्लो विन्दुमा पुग्न आतुर भएँ। अझै अगाडि चढेपछि बाटोभरि हिउँ थियो। इटालेली जोडीलाई अघि बढ्न मुस्किल भयो। खासगरी मारियामालाई। उनी अचानक रोकिइन् र सुक्क सुक्न रून थालिन्। भन्दै थिइन्, 'मेरो नाक टालिएर सास फेर्न गाह्रो भइरहेको छ।' उनको केटा साथी फ्रान्सेस्कोले कुनै सान्त्वना दिएन। मैले उनको हौसला बढाउने कोसिस गर्दै भनेँ, 'एरिट्रियामा जन्मिएकी तपाईँ एक बहादुर र बलियी अफ्रिकी केटी हो। अब एकैछिन हिँडेपछि पास सजिलै काटिन्छ। बिस्तारै अघि बढौं।' अलि अगाडि अर्को चाखलाग्दो दृश्य देखियो। एउटा चट्टामानि तल हाइक्याम्प बाटो तमिल जोडीको झोला बोकेर आएको एउटा किशोर पूर्व मनाङपट्टि एकोहोरो हेर्दै आफ्ना पाहुना यहाँ कहिले आइपुग्ने होलान् भनी कुरिबसेको थियो। दोलखाको माझीगाउँ घर भएको सुशील माझी हाइक्याम्पको होटलमा काम गर्दा रहेछन्। उनका तमिल पाहुना पछि थोराङ्ला आइपुगे की आइपुगेनन्? कौतूहल जागिरह्यो तर जबाफ थाहा भएन। नभन्दै केही बेर हिउँले छोपिएको बाटो छिचोलेपछि थोराङ्लाको उच्च विन्दुमा पुगियो जहाँ एउटा टहरासँगै रंगीन बौद्ध लुङ्ताहरू टांगेर सजाइएको थियो। टहराको भित्तोमा राखिएको एउटा बोर्डमा थोराङ्ला पास गर्ने अनगिन्ती अन्तर्राष्ट्रिय पदायात्रीका साना फोटा पनि टाँसिएका थिए। म भने वरिपरिका हिमाली दृश्य कैद गर्न व्यस्त भएँ। भूगोलको उच्च भूभागमा पुगेपछिको खुसी पनि उच्च हुने नै भयो। थोराङ्लाको ५,४१६ मिटरको उचाइमा पुगेपछि औधि खुसी इटालेली श्यामश्वेत जोडी अंगालोमा एकाकार भए। औधि खुसी भएर चुम्बनमा लिप्त भए जुन भिडियो कैद गर्न फ्रान्सेस्कोले मलाई अनुरोध गरे। बदलामा मैले पनि उनलाई मेरो भिडिओ खिचिदिन अनुरोध गरेँ। थोराङ्लामा हामी नजिकै अर्को युगल जोडी थियो, फ्रान्सबाट आएका। धीत मरुन्जेल थोराङ्लाको उचाइ र सौन्दर्यमा रमाएपछि सुरू भयो ओरालो। सुरूमा सहज तर केही बेरपछि निकै ठाडो र भिरालो। हो यही खण्डमा केही वर्षअघि निकै ठूलो दुर्घटना भएको थियो। भारतको ओरिसामा आएको हुद्हुद् आँधीले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभावबारे बेलैमा मौसम भविष्यवाणी हुन नसक्दा सन् २०१४ अक्टोबरको तेस्रो साता अन्नपूरण पदमार्गको यही खण्डमा कम्तीमा ४० जना पदयात्रुको ज्यान गएको थियो भने कयौं घाइते भएका थिए। थोराङ्ला पासदेखि जोमसोम जाने यही तीन-चार घन्टाको बाटोमा पदयात्रुका लागि कुनै आश्रय नहुँदा सयौं पदयात्रीको बिचल्ली हुन पुगेको थियो। हिउँमा पुरिएका यात्रुको उद्धारका लागि हेलिकप्टरहरू उड्नुपरेको थियो। अहिले झर्दा देखियो बाटोमा केही टहरा बनेका रहेछन् र सामान ल्याउन एउटा बाटो पनि खनिएको रहेछ मुक्तिनाथबाट पूर्वपट्टि। निकै ठाडो ओरालोपछि बल्ल एउटा मानव बस्ती भेटियो जहाँ घरैपिच्छे लज र रेस्टुरेन्ट रहेछन्। अर्को दुई घन्टाको हिँडाइपछि मुक्तिनाथको सुन्दर प्राचीन मन्दिर नजिकै नयाँ बनेको विशाल बुद्धको मूर्ति देखियो जसले मुक्तिनाथ क्षेत्रको तस्बिरलाई नयाँ रूप दिएको आभाष भयो। इटालेली जोडी मुक्तिनाथको बब मार्ली होटलमा रोकियो जहाँ खाना आएपछि कोठाको पैसा नपर्ने। तर मलाई अझै तल जोमसोम पुगेर भोलिपल्टको बस समातेर पोखरा पुग्न हतार थियो। साँझ जिपमा नयाँ बनेको चिल्लो बाटोमा कागबेनी झर्दा मुस्ताङले विकासमा फड्को मारिसकेको चाल पाएँ। जोमसोमको पुरानो शैलीको होटलमा वास्तविक थकाली खाना खाने बेला त्यहाँकी दिदीले मैले एक्लै अन्नपूर्ण फन्को मारेको थाहा पाएर मेरो खुब प्रशंसा गरिन् र भनिन्, 'कुइरेहरु मात्रै यसरी एक्लै-एक्लै थोराङ्ला पास गरेर यहाँ आएको देखेको थिएँ। यो नेपाली भाइले पनि एक्लै पास गरेछ। बधाई छ।' म फुरुङ्ग भएँ। तर एक्लै हिँड्दाको जोखिम र दु:ख त बयान गरी साध्य छैन। साथी नपाएर एक्लै हिँड्नु मेरो बाध्यता थियो। तर बाटोमा साथी बनाएर समूहमा हिँड्नु सुरक्षित पनि र रमाइलो पनि। तर बाटोमा फान्सेस्को र मारियामा जस्ता थुप्रै साथी भेटिए पनि र छुट्टिए पनि। हिमाली पदयात्रामा विदेशीहरू हराएपछि नेपाल सरकारले पनि एक्लै पदयात्रा गर्न बन्देज लगाइदिइसकेको छ। सामान्य अवस्थामा हरेक बिहान सातै बजे जोमसोमको बस बतासिन्छ कालीगण्डकीको तिरैतिर। नीलगिरि र धौलागिरि हिमालको छायाँमा बसेका थकाली गाउँ छिचोल्दै तल्लो मुस्ताङ पुग्छ अनि विश्कै सबभन्दा गहिरो खोँचमा बनेको बाटैबाटो बसभित्रका यात्रीलाई हजारौं हजारपटक ढाड भाच्ने गरी थचार्दै म्यादीको बेनीतिर हामफाल्छ। निकै लामो बस यात्रापछि साँझ पोखरा पुगियो। साँझ फेवा किनारमा हिँड्न र शितल हावा खान निस्किएँ। त्यहाँ थरिथरिका मानिसको भिड लागेको थियो। हलनचोकदेखि उत्तरपट्टिको ताल किनारमा एक जना मकै पोल्दै गरेकी महिलासँग अन्दाजी पाँच छ वर्षको छोरा थियो। ऊ उस्तै उमेरको आफ्नो साथीसँग खेल्दै थियो। त्यहाँ काउबोए ह्याट लगाएको एउटा पश्चिमा आइपुग्यो। मकै किन्ने र बेच्ने मानिस आ-आफ्नै धुनमा। त्यो पश्चिमा पुरूषले एउटा बालकलाई बोकेर आफ्नो छातीमा टाँस्यो र गालामा चुम्बन वर्षाउन थाल्यो। गर्मी महिना भएकाले होला सायद त्यो बालकले हाफ प्यान्ट मात्र लगाएको थियो। उसको शरीरको माथिको भाग भने निर्वस्त्र थियो। त्यो पश्चिमाले त्यो बालकलाई मन पर्ने एउटा हिन्दी गीत गाउन थाल्यो। दुवैले त्यही गीत गाएपछि उनीहरू अलि पुरानै चिनजानका रहेको प्रस्ट भयो। त्यो पुरुषले त्यो बालकलाई बोकेर अलि बढी नै अश्लिल र बिरामी लाग्ने पाराले उसको पेट र छाती सुम्सुम्याउदै सबैको सामु अलि धेरै नै चुम्बन गरिरहेपछि मेरो मनमा चिसो पस्यो, शंका लाग्यो। यो पश्चिमा मानिस पक्कै पनि बाल यौन दुराचारी हुनुपर्छ। युरोप, अमेरिका र अस्ट्रेलियामा त अरूको छोराछोरीलाई यसरी बोक्न, जताततै छुन र चुम्न पूरै वर्जित छ। यतिसम्म कि, ब्रिटेनमा बाबुआमाको अनुमतिबिना पत्रकारले अरूको छोराछोरीसँग अन्तर्वार्ता लिन र फोटो खिच्नसमेत कानुनत: वर्जित र दण्डनीय छ। फेवा किनारको त्यो दृश्य म स्तब्ध भएर हेर्दै थिएँ तर केही बेरपछि त्यो पश्चिमा पुरुष त्यो अबोध बालकसँग विदा भएर आफ्नो बाटो लाग्यो। मैले ती मकै पोल्दै गरेका बालकका आमालाई सजग गराएँ र नेपालमा पश्चिमा बाल यौन दुराचारी पुरूषहरू आउने गरेको बताएँ। त्यसपछि म हतार हतार त्यो पश्चिमालाई पछ्याउँदै ऊ कुन होटलमा बसेको रहेछ त्यो थाहा पाउने कोसिस गरेँ। तर ऊ भिडमा कता-कता हराइसकेछ। मैले भेट्टाउन सकिनँ। पछि ती आमालाई फेरि सोधेँ, 'के उसले यी बालकलाई होटलमा पनि लैजान्छ?' जवाफ आयो, 'होटलमा त लगेको छैन तर चकलेटहरू दिइरहन्छ।' मैले त्यो घटनाबारे पोखराका एक होनहार युवा पत्रकार र लेकसाइडको प्रहरीलाई पनि खबर गरेँ। काठमाडौं फर्कइसकेपछि पनि सोधीखोजी गरेँ। तर उनीहरूले त्यो पश्चिमा पुरूषबारे थप जानकारी पाउन सकेनन्। न त उनीहरूले उसलाई त्यही स्थानमा फेरि भेट्टाउन नै सके। म भने निश्चित भएँ त्यो पश्चिमा पुरूष नेपालबाट सजिलै उम्कियो। लेकसाइडमा त्यो दृश्य देखेपछि हलनचोक नजिकैको होटलमा आराम गर्न जानुअघि म थप दृश्यहरू हेर्न केहीबेर त्यहाँको व्यस्त सडकमा भौँतारिएँ। तर मेरा आँखामा अझै पनि अन्नपूर्ण हिमाल र कालीगण्डकी किनारका अनगिन्ती दृश्यहरू नाच्दै थिए। अर्को दिन बिहानै आरामदायी मानिने टुरिस्ट बस चढेपछि काठमाडौं फिर्ती सुरू भयो। तनहुँको डुम्रे कटेपछि सोचेँ, अब चाहिँ साँच्चै अन्नपूर्ण चक्रीय मार्गको घुमाउरो यात्रा पूरा भयो। बसमा फर्किँदा फेरि झ्याल बाहिर मर्स्याङ्दी नदी आइपुगिन् र तिनले मुग्लिनसम्म साथ दिइन् जहाँबाट मर्स्याङ्दी त्रिशूलीमा एकाकार हुन पुगिन्। नौ दिनमै अन्नपूर्ण चक्रीय मार्गको यात्रा पूरा गरेपछि सोचेँ, 'फुर्सद त मिलोस् म फेरि लम्जुङबाट हिँडेरै मोटरबाटो बन्नुभन्दा अघिको प्रख्यात पदमार्गमा हिँड्दै हिड्दै तिलिचो ताल जानेछु र मुस्ताङ पुगेर तीन साता लगाएर फेरि बेनी पुग्नेछु। वा माथि तातोपानीबाट फेरि पुनहिल-घान्द्रुक छिचोल्दै नयाँपुल आउनेछु। अझै फुर्सद मिले जोमसोमबाट उपल्लो मुस्ताङको लोमान्थाङ पनि पुग्नेछु …' तर त्यस्तो संयोग जुर्न कठिन छ ।
setopati.com
1,208,022
पूर्वपश्चिम लोकमार्ग र मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वारको संगमस्थल रूपमा रहेको ढल्केवर चौकमा नेपाली राष्ट्रिय झण्डा फहराइएको हो। शुक्रबार बिहान स्थानीयहरूको उल्लेख्य सहभागितामा युवाहरूले झण्डा फहराएका हुन्। मिथिला उद्योग वाणिज्य संघ, मिथिला ब्याडमिन्टन क्लब, लायन्स क्लब अफ मिथिला र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ढल्केवरको विशेष सक्रियतामा आर्थिक सहयोग जुटाएर राजमार्गमा झण्डा राखिएको छ। ढल्केवर पार्कसँगै जोडिएको तीनवटै चौकमा गरी २५ वटा झण्डा राखिएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताए। ‘ढल्केवर चौकको सौन्दर्य र ट्राफिक व्यवस्थापनको उद्देश्य हामी सहयोग जुटाएर २५ वटा झण्डा राखेका छौं। झण्डा राखिएको ड्रममा ट्राफिक सचेतनाका नाराहरू लेखिएको छ,’ अध्यक्ष साहले भने ‘यसले चौकको सौन्दर्य बढेको छ। ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ।’ ​​​​​​​ झण्डाको सम्मानका लागि रेखदेख गर्ने दायित्व सबैको रहेकोले त्यसतर्फ पनि आफूहरू गम्भीर रहेको उनले उल्लेख गरे। ‘जसरी झण्डा लगाउन ठूलो उपस्थिति थियो। जुन किसिमको प्रहरी प्रशासनको समन्वय र सहकार्य थियो। यसले हौसला बढाएको छ,’ अध्यक्ष साहले अन्नपूर्णसँग भने। झण्डा लगाउने कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी, वडाध्यक्षहरू नन्दकिशोर यादव, रामबहादुर स्याङ्दन, बिहारी महतो, दीपकजंग थापा, सविन थापालगायत सरोकारवाला र स्थानीयहरूको भव्य उपस्थिति रहेको थियो ।
annapurnapost.com
5,945,287
धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन गोरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा रुपन्देही- लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन्  । गलेश्वर- म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब मुलुकमा सामाजिक नयाँ सरकार बनेपछि काम कसरी हुन्छ भन्ने विषयमा बहस जारी छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल जुम्ला– सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकाया स्याउका बगैँचा व्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काठमाडौं– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्ने तयारी गरेका काठमाडौँ– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ  जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार  विश्वासको मत लिने भएका छन् पर्वत– पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् ।
khabarhub.com
5,800,169
जन्मदर्ता बालबालिकाको आधारभूत आवश्यकतामात्र नभएर नेपालको संविधानबाट प्रत्याभूत जन्मसिद्ध अधिकार पनि हो । यसैले जन्मदर्ता राज्यको कर्तव्य मानिन्छ । विडम्बना, जन्मदर्तामा समेत सरकारी अधिकारीहरूले आलटाल गर्नेगरेका छन् ।  जन्मदर्ताको प्रमाणपत्रलाई अहिले बालबालिकाको पहिलो आधिकारिक अभिलेख मान्ने गरिएको छ भने विद्यालयमा भर्ना गर्ने समयदेखि नै खोज्ने गरिन्छ । यसैले यो सबै बालबालिकाका लागि आधारभूत आवश्यकता बन्न पुगेको हो ।  काठमाडौंको एउटा सामुदायिक विद्यालय पढ्ने कि(एसईई) दिनबाट वञ्चित हुनुपर्ने आशंका प्रकट गरेकी छन् । उनको गुनासोको पत्र यसै अनलाइन पत्रिकामा प्रकाशित भएको छ ।  किशोरीले पत्रमा  उनको जन्मदर्ता नगर्न दिइएको कारण पनि खुलाएकी छन् । पहिलो पतिको मृत्युपछि आमाले अर्को विवाह गरे पनि दोस्रो बिहा दर्ता नभएकाले वडा कार्यालयले उनको जन्मदर्ता नगरिदिएको रहेछ । आमाको नागरिकतामा पहिलो पतिको थर उल्लेख भएको कारणले जन्मदर्ता गर्न नमिल्ने भनिएको रहेछ । तर, उनको आमाको अहिलेको वैवाहिक अवस्था जस्तो भए पनि छोरीको जन्मदर्ता गर्न नमिल्ने तर्क उपयुक्त देखिँदैन । उनले प्रधानमन्त्रीसमक्ष पत्रमार्फत् गुनासो गरेजस्तै आमाको वैवाहिक अवस्थामा किशोरीको दोष देखिँदैन । आमा वा बाबु दोषी हुन् भने उनलाई ‘बहुविवाह’मा कारबाही पनि राज्यले नै गर्ने हो । अरूको कसुरमा बालबालिकालाई सजाय दिनु पनि गम्भीर मानीय अपराध नै हो । आमाकै थर राखेर भए पनि उनको जन्म दर्ता गरिदिनुपर्छ । नेपालको संविधानको धारा ३९ (१) ले सुनिश्चित गरेको ती किशोरीको अधिकार कार्यान्वयन गर्ने दायित्व राज्यले पूरा गरोस् । ती किशोरीको समस्यामा भने प्रधानमन्त्री स्वयंले संवेदनशील भएर समाधानको पहल गरेका बुझिएको छ । यस्तै समस्यामा परेका तर आफ्नो पीरमर्का सार्वजनिक गर्न नसकेका अरू हजारौं बालबालिका हुनसक्छन् । यसैले राष्ट्रिय बालअधिकार परिषद्, राष्ट्रिय मानवअधिकार आयोग र सर्वोच्च अदालतको बाल न्याय समिति समन्वय समितिलगायतका निकायहरूले पनि तिनका समस्यामा पनि ध्यान दिनु आवश्यक देखिन्छ । तत्काल त यी किशोरी एसईई परीक्षा दिनबाट वञ्चित हुनुनपरोस् । उनका भाइबहिनीको पनि जन्मदर्ता होस् । साथै, जन्मदर्ताकै कारणले नेपाली बालबालिका अनागरिक हुनुपर्ने अवस्था नरहोस् ।
baahrakhari.com
3,996,270
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’बीच पार्टी एकता गर्ने सहमति भएको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६÷६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको जनाइएको छ । बहुमत पार्टीको तर्फबाट हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् भने क्रान्तिकारी माओवादीबाट महासचिव वैद्य, सिपी गजुरेल, हरिभक्त कंडेललगायत रहेका छन् । वैद्य र बास्तोलाले संयुक्त वक्तव्य जारी गर्दै एकता प्रक्रियामा सामेल हुन कार्यकर्तालाई आह्वान गरेका छन् । काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
3,835,780
ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कोभिड संक्रमणको जोखिमका कारण आठ महीनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन्। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए। ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरूले माग गरेका छन्। सबै आधिकारिक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरूको भनाइ छ। अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए। रात्रिकालीन व्यवसायीहरूले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन्। ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरबाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महीना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरू सडक छेउमा उभिएका थिए। ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीहरूले व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले कोभिड संक्रमणको जोखिमका कारण आठ महीनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन्। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय सुचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए। ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरूले माग गरेका छन्। सबै आधिकारिक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरूको भनाइ छ। अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए। रात्रिकालीन व्यवसायीहरूले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन्। ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरबाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महीना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरू सडक छेउमा उभिएका थिए ।
himalkhabar.com
4,508,101
चौधरीले प्रहरीलाई दिएको बयानमा बुधबार साँझतिर मनिषाले सिमकार्ड मागेपछि आफूले नदिएकाले झगडा भएको र त्यस क्रममा हात हालाहालसमेत भएको बताएका थिए। त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको बयान उनले दिएका थिए ।
pahilopost.com
2,655,384
इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफ दुई दिने भ्रमणको लागि क्रममा भारतमा छन् । भारत आएपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा जारिफले भारत आफ्नो देशको सबैभन्दा महत्वपूर्ण साझेदार भएको बताए । ‘म यस क्षेत्रको हाल विकसित घटनाक्रमको साथ–साथै द्विपक्षिय सम्बन्धमा आफ्नो समकक्षीसँग परामर्श गर्नको लागि आएको हुँ ,’ जारिफले भने । जारिफले भारत भ्रमणका क्रममा आफ्ना समकक्षी सुष्मा स्वराजसँग इरानी तेलमा अमेरिकी प्रतिबन्ध लागेपछिका प्रभावबारेमा कुराकानी गर्नेछन् । छलफलका क्रममा प्रतिबन्ध पूर्ण लागु भएपछिका विकल्पबारेमा पनि चर्चा गर्नेछन् । जारिफले संयुक्त राज्य अमेरिकाले आफ्नो देशविरुद्ध अनावश्यक तनाब बढाएको आरोप पनि लगाए । ‘हामी स्थितिलाई थप खराब बनाउन चाहदैनौं, तर आवश्यक परेको बेला हामीले सधैं आफ्नो प्रतिरक्षा गरेका छौं ,’ जारिफले भने । मे २ बाट अमेरिकाले इरानी तेल किन्न दिइरहको छुट अन्त्य गर्दैछ । त्यसपछि इरानबाट तेल किन्ने राष्ट्रमाथि पनि प्रतिबन्ध लागु हुनेछ । भारतले त्यसपछि तीन विषयको आधारमा इरानी तेल किन्ने बताएको छ । ती तीन तथ्यमा देशको उर्जा सुरक्षा, वाणिज्य नीति र आर्थिक हित पर्नेछन् । विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारत, अमेरिकाको निर्णयको प्रभावसँग सामना गर्न तयार रहेको बताएका छन् ।
ratopati.com
2,439,910
एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकिङ्ग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनबीआई र नेपालको बैकिङ्ग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक बीच भएको समझदारीबाट बैंकको मानव पूँजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।
ratopati.com
1,397,566
प्रधानमन्त्री कार्यालयमै उक्त डिजिटल इन्जिन निर्माण गर्नुभयो र त्यसलाई हाँक्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुम्पिएपछि हालै मन्त्री पार्वत गुरुङले सार्वजनिक गर्नुभयो। नागरिक एप निर्माणाधीन अवस्थामै छ। तीन महिनापछि यो थप सेवासहित परिपक्व ढंगले सेवाका लागि तयार भइसक्ने छ। नागरिक एपमा सरकारबाट दिइएका व्यक्तिका प्रायः सबै खालका निस्सा राखिएका हुन्छन्। नागरिक, राहदानी वा मतदाता परिचयपत्र नम्बरका आधारमा एपभित्र पस्न सकिन्छ। अनुरोध गरिएबमोजिम प्राप्त भएको डिजिटल संकेतको चाबीले खोल्नेबित्तिकै व्यक्तिगत महत्त्वपूर्ण कागजात हातको मोबाइलमै आउँछन्। त्यहींबाट क्रमशः धेरैजसो सरकारी कार्यालयमा उपस्थिति भई गरिने काम एपबाटै सम्पादित हुन्छ। सरकारका निकायसँग भएका नागरिक लगानी कोष, सञ्चय कोषलगायतका बचत र ऋणका अंक देखिन्छन्। यस्तो एकीकृत सेवाको डिजिटल पूर्वाधारको परिकल्पना नै गज्जबको आविष्कार हो। एपहरू विश्वमा करोडौं चल्तीमा छन्। तर एउटै एपबाट सरकारका सबै कामकाज हुन सक्ने सोच नै डिजिटल सोचाइमा नवीन हो। संसारलगायत बिरलै देशमा यस्तो सरकारी सेवा संग्रहित एकीकृत एपको प्रयोगमा छन्। छिमेकी भारतमा २६ वटा सरकारी क्षेत्रका फरकफरक ६१ वटा एप्लिकेसनबाट नागरिकले सेवा लिइरहेका छन्। हेर्दा र सुन्दा सामान्य लाग्छ तर तोकिएका संकेत थिच्नेबित्तिकै नागरिकता, योग्यताका प्रमाण, भोटरर्स कार्ड, पासपोर्ट, प्यान कार्ड हातैमा आउने बन्दोबस्त गरिनु युगान्तकारी कार्य हो। जनतालाई सरकारले हेर्ने दृष्टिकोणमा रूपान्तरण र शक्तिहरू हस्तान्तरण प्रक्रियाको थालनी पनि हो। यो एप परीक्षणकै क्रममा छ। लेख तयार पार्दासम्म करिब पाँच लाख नागरिक एपमा अभ्यस्त हुन थालेका छन्। मोबाइल खिसीखिसी चल्दाचल्दै चार हजारजनाले व्यक्तिगत प्यान नम्बर एपबाटै लिइसकेका छन्। यो एपले प्यान रजिस्ट्रेसन गर्न राजस्व कार्यालयमा सेवाग्राहीले दर्ता चलानीकर्तादेखि अधिकृतसमक्ष उभिनुपर्ने दिन विस्थापित गरिदिएको छ। अदृश्य लेनदेनका गुनासा फेरि सुन्नुनपर्ने भएको छ। निकट भविष्यमा सवारी कर तिर्न कर कार्यालय जानै पर्दैन। हातकै मोबाइलबाट लाइन्सेन्स नवीकरण हुन्छ। तत्कालै मालपोतसम्बन्धी कार्य हुनेलगायतका सेवा नागरिक एप इन्जिनमा थपिँदै जाने छ। लोकतन्त्रको नमुना जनतालाई शक्ति हस्तान्तरण गर्दै जानु पनि हो। सिंहदरबारको पोल्टामा राखिएको अधिकार स्थानीय तहसम्म पुर्‍याउँदा ठूलो उपलब्धि मानियो। गाउँमै सिंहदरबार आयो भनियो। नागरिक एपले पूर्णतः काम थालेपछि हातहातमै सिंहदरबार आयो भन्न थालिने छ। अहिल्यै संसारका जुनै कुनामा भए पनि घरमा फोन वा ईमेल गरेर नागरिकता पठाइदेऊ भन्ने दिन गए। पासपोर्ट, योग्यताको प्रमाणपत्र स्क्यान गरी ईमेल गरिदिनु भन्नु पनि परेन। एपबाट लाइसेन्स स्क्यान सवारी कुदाउन पाइने, मतदाता परिचयपत्र स्क्यान गरेर मत खसाल्न पाइनेजस्ता सेवा थपिएपछि बल्ल एपको महत्त्व बढ्ने देखिन्छ। नागरिक एप सुरुका दिन प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सूचना प्रविधिसँग जोड्नु प्राथमिक दायित्व भएकाले एपलाई त्यसको एटा कडी भएको बताउनुभएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सेवा अब लाइनबाट हैन; अनलाइनबाट सुरु भयो भन्नुभएको छ। कार्यालय ढुकेर १० देखि ५ बजेभित्र काम लिनुपर्ने दिनलाई यो एपले क्रमशः बिदा गर्दै जाने छ। २४ सै घन्टा अनलाइनमार्फत नागरिक एपबाट सरकारी सेवा लिइरहन सकिने छ। नागरिक एपको घोषणासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भरपर्दो अनलाइन सेवालाई देशभर विस्तार गर्ने थप अठोट गरेको छ। मन्त्रालयको प्रस्तावमा गत मसिंर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्टरनेट सेवालाई अस्पताल, दमकल, एम्बुलेन्सलगायतका सेवाजस्तै अत्यावश्यकको सूचीमा राखेको छ। यो निर्णयपछि इन्टरनेट सेवामा अवरोध हुने कुनै पनि क्रियाकलाप गर्न पाइने छैन। यसै वर्षदेखि नेपाल टेलिकमले फाइभजी सेवा सुरु गर्ने घोषणा गरेको छ। फाइबर लाइनका सञ्जालले ग्रामीण भेगसम्म जोड्ने लक्ष्य दूरसञ्चार प्राधिकरणले राखेर काम सुरु गरेको छ। यो एप सुधारका लागि आईटी विज्ञ र इन्जिनियर खटाइएका छन्। नागरिक एपसँग जोडिन गृह, परराष्ट्र, अर्थलगायत सरकारी कार्यालय तयार गर्दैछन्। सबै मन्त्रालयदेखि मातहतसम्म र स्थानीय तह एपको इन्जिनमा अन्तरआबद्ध हुने प्रधानमन्त्रीको निर्देशन छ। क्रमशः तीनै तहका सेवा हातमै आउने सोचाइपूर्वक काम अघि बढिरहेको छ। डिजिटल नेपालको दूरदृष्टिसँग जोडिएको नागरिक एपमा आठवटा क्षेत्र शिक्षा, कृषि, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधार सेवा आबद्ध हँुदै जाने लक्ष्य छ। त्यसका लागि लक्ष्यलाई पूर्णता दिन ८० वटा पहल सुरु गरिएको छ। विभिन्न अध्ययनले इन्टरनेट पुगेपछिको गाउँमा पहिलेभन्दा प्रतिव्यक्ति आर्थिक वृद्धिदर भएको देखाउँछ। त्यसैले यसका लागि भरपर्दो इन्टरनेट पहिलो प्रयास मानेर विज्ञ, सेवाप्रदायक र सरकारी सेवाप्रदायकसँग छुट्टाछुट्टै बैठकमा मन्त्री गुरुङ आफैं सहभागी भइरहनुभएको छ। राष्ट्रिय योजना आयोगले नेपालीको आय वृद्धिदरमा यो एपको महत्त्वपूर्ण भूमिका रहने जनाउँदै छलफलमा सहभागी भइरहेको छ। सरकारको डिजिटल सोचको प्रमुख हिस्सा नागरिक नै हुन्। अति दुर्गमदेखि अति सुगममा बस्ने नागरिकले भर गर्ने इन्टरनेट नै हो। उही नागरिक एप नै हो। इन्टरनेट पढालेखाका लागि छुट्टै र निरक्षरका लागि छुट्टै भन्ने हुँदैन। नेपाललाई प्रविधिमा स्मार्ट बनाउँदै जाने सोच मन्त्री गुरुङले अघि सार्नुभएको छ। पछिल्ला दिनमा प्रविधिसँग जोडिएका सामान्य कार्यक्रममा चासोपूर्वक सहभागी भइरहनुभएको छ। उहाँले पटकपटक दूरसञ्चारबाट भएका आम्दानी अन्यत्र नभई प्रविधि कम्पनीमै लगानी गर्न निर्देशन दिनुभएको छ। हजारौं आईटी इन्जिनियरलाई नेपालमै रोजगार दिन सकिने गरी काम थाल्न सुझाइरहनुभएको छ। अन्तर्राष्ट्रिय आइटी लगानी सम्मेलनको तयारी गरिने उहाँले बताउनुभएको छ। डिजिटल नेपाल आफैंमा एउटा स्मार्ट सोच हो। नागरिक एपको प्रारम्भ सोचको स्मार्ट उत्पादन हो। यसलाई धेरैले युगान्तकारी कदम भने। केहीका नकारात्मक टिप्पणी पनि आइरहेकै छन्। सुधारका लागि सकारात्मक सुझाव दिइरहेका छन्। यो इन्जिनलाई बलियो बनाएर नागरिकका हरेक कार्य यसैबाट गर्न सकिने सोचप्रति सबैले सकारात्मक सोच राख्दा पनि यसको सुधारमा थप योगदान पुग्न सक्छ। नागरिक एपको सुरक्षाको सवाल प्रमुख प्राथमिकता हो। नागरिकको सूचना हातहातबाटै प्राप्त गर्न सकिने भएकाले दुरुपयोगको सवाल पनि सँगसँगै आउनु स्वाभाविक पनि हो। कतिपयले कुनै पनि दिन ह्याकरको कब्जामा यो एप पर्न सक्ने पनि बताइरहेका छन्। यो एपलाई ह्याकरबाट बचाउन ह्याकरलाई नै खटाउनु अर्को उपाय हो। तीनवटा सरकारी र निजी निकायबाट एपलाई जोखिमता परीक्षण गरेर ल्याइएकाले अशंका गरिएजति ह्याकिङ हुन भने नसक्ने अवस्था छ। यो सरकारी डिजिटल इन्जिन बचाउन विभिन्न प्रयास थालिएका छन्। प्रधानमन्त्री ओलीले सन् २०२२ सम्म नेपालकै आफ्नै स्याटेलाइट हुनुपर्‍यो भन्नुभएको छ। मन्त्री गुरुङले स्याटेलाइटको काम अघि बढाउन निर्देशित गरिसक्नुभएको छ। राष्ट्रिय डाटा सुरक्षाका दृष्टिले स्याटेलाइटको अति आवश्यकता छ। डिजिटल जमानामा युगान्तकारी फट्को मार्न सरकार एक्लैले सम्भव छैन। यो सोचलाई पूर्णतः कामयावी बनाउन निजी क्षेत्रसँगको सहकार्य जरुरी छ। मन्त्रालयको आयोजनामा भएको छलफलमा नेपालका इन्टरनेट र प्रविधि क्षेत्रमा सेवा गर्दै आएका कम्पनीहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। इन्टरनेट सेवामा सुधारलाई ध्यान दिइने प्रतिज्ञा गरेका छन्। सरकारले केही सहुलियत दिएमा इन्टरनेट शुल्कमा भारी कटौती गर्न सकिने घोषणासमेत गरेका छन्। स्वदेशमै सुरक्षित डाटा सेन्टरहरूको स्थापना गरी डिजिटल संकेतहरू सुरक्षाका अर्को कदम हो। सरकारको डिजिटल सोचको प्रमुख हिस्सा नागरिक नै हुन्। अति दुर्गमदेखि अति सुगममा बस्ने नागरिकले भर गर्ने इन्टरनेट नै हो। उही नागरिक एप नै हो। इन्टरनेट पढालेखाका लागि छुट्टै र निरक्षरका लागि छुट्टै भन्ने हुँदैन। नागरिक एप सकेसम्म साधारण लेखपढ गर्नेले पनि चलाउन सक्ने गरी बनाइएको छ। तर निरक्षरका लागि अर्कै एप सम्भव छैन। यो एप इन्जिन सञ्चालनका साथै इन्टरनेट साक्षरता सरकारको अर्को अत्यावश्यक काम हो। त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने घोषणा मन्त्री गुरुङले गरिसक्नुभएको छ। स्मार्ट डिजिटल नेपालको परिकल्पना मुलुकलाई प्रविधिको विकासमा एक कदम अघि सार्ने खालको छ। तर परम्परागत मूल्य र मान्यताबाट हुर्केबढेका सरकारी संयन्त्रले भने पाइला चाल्न नसकेको अवस्था छ। कर्मचारीको ज्ञान, स्रोतसाधन र इच्छाशक्ति अभावले डिजिटल नेपाल फ्रेमवर्कलाई द्रूतगतिमा लागू गर्न वाधक देखिन्छ ।
annapurnapost.com
6,309,331
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौँको आकाश पनि धुम्म छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिवार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसोː देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीː देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसोː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दिउँसोː देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ। देशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीː देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
shikharnews.com
3,447,638
भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ । लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने आमप्रश्न छ, जसको जवाफ नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक नीराजन झासित पनि छैन । दुई साताअघि महाप्रबन्धक बनेका झा जनकपुरमै बसेर रेल सञ्चालनमा नआउनुका कारण खोतल्दै छन् । उनले दुई कारणले रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको बताए । पहिलो, रेलवेसम्बन्धी कानुन नहुनु, दोस्रोचाहिँ प्राविधिक कर्मचारीको समस्या । यी दुवै अप्ठ्यारा टार्ने सामर्थ्य रेलवे कम्पनीसँग छैन । ‘संसद् खुलेपछि रेलवेसम्बन्धी जारी अध्यादेश पास गराउन हामीले पहल गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘प्राविधिक जनशक्तिसम्बन्धी भारतीय कम्पनीसँग गरिएको सम्झौता पैसा नतिरेकै कारण रद्द हुने अवस्थामा पुगेको छ । यसले रेल सेवा छिट्टै सञ्चालनमा आउने सम्भावना पनि पर टरेको छ ।’ दुई सेट रेल खरिद गरिएको भारतीय सरकारी कम्पनी कोंकणसँग गत वर्ष नै नेपाल रेलवे कम्पनी लिमिटेडले २२ करोड भारतीय रुपैयाँ (३५ करोड २० लाख नेरु) मा एक वर्षका लागि प्राविधिक सहयोग लिने सम्झौता गरेको थियो । सम्झौतामा कोंकणलाई २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।, यो समाचार कबाट साभार गरिएको हो । काठमाडौं । प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो– सहकारी प्रकरण । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं ।
drishtinews.com
5,393,868
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अ
gorkhapatraonline.com
3,264,693
जेठ १४ गते राति अर्थमन्त्रालयभित्र घुसपैठ गरेर बजेट चलाएको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे सम्पर्कविहीन बनेका छन् । संसदीय छानविन समितिले उनको खोजीमा खासै चासो पनि दिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घिमिरेलाई कर विज्ञ भन्दै जेठ १४ को राति अर्थमन्त्रालयमा प्रवेश गराएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयको विज्ञ टिमले तयार पारेको बजेटमा हस्तक्षेप गरेर घिमिरेले करका दरहरु हेरफेर गरेको दावी गरिएको छ । तर, घिमिरे अहिलेसम्म नेपथ्यमै छन् । स्रोतका अनुसार अर्थमन्त्रालयभित्र भएको अवैध क्रियाकलापमाथि छानविन गर्न संसदीय समितिको गठन भएसँगै उनी सम्पर्कविहीन भएका हुन् । उनको मोबाइल निरन्तर स्वीच्ड अफ छ । उनी भागेर भारतको कुनै स्थान वा दुबइ पुगेको अनुमान गरिएको छ । समितिमा घिमिरेलाई पनि बयानका लागि बोलाउने विषयमा छलफल भएको थियो । तर, उनी सम्पर्कमा नरहेको बुझिएपछि थप खोजिनीति नगरिएको स्रोतले बतायो । यदि विदेशमा रहेको भए इन्टरपोलमार्फत पक्राउ गरेर ल्याउन सकिने विकल्प हुँदाहुँदै समितिले बेवास्ता गरेको छ । को हुन् रघुनाथ ? अर्घाखाँचीका बासिन्दा रघुनाथ घिमिरे घिमिरे नेपाल सरकारका पूर्वनासु हुन्, जसले लामो समय विभिन्न मालदार अड्डाहरुमा काम गरेका थिए । २०७५ साल फागुन १ गते अर्थ मन्त्रालयको जागिर छाडेर घिमिरेले सानेपामा चौधरी ग्रुपको नियुक्ति लिएको समाचारहरुमा जनाइएको छ । करिब १० वर्षको जागीर अवधि छँदै उनले पदबाट राजीनामा दिएर चौधरी ग्रुपमा छिरेको दाबी गरिएको छ । राजश्व अनुसन्धान विभागमा दिर्घराज मैनाली महानिर्देशक भएका बेलामा घिमिरेसहित करिब आधा दर्जन कर्मचारीले जागीर छाडेका थिए । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारअनुसार घिमिरेले २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समिति अन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रैणी) का रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । त्यही वर्षको चैत १२ गते उनले कर कार्यालय काठमाडौंमा खरदार पदमा सरुवा मिलाए । त्यसयता उनले अर्थ मन्त्रालय अन्तर्गतका आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान लगायतका निकायमा काम गरेका थिए । उनी राजस्वको कर्मचारी भएपछि ठूला करदाता कार्यालयमा धेरै समय बिताए । यही क्रममा ठूला व्यापारसँग हिमचिम बढाएको बताइन्छ ।
nepalijanta.com
2,968,998
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए। आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ। मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो। प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ ।
newsofnepal.com
5,114,896
सामािजक सञ्जालमार्फत उनले घटना ठीक ढंगले अनुसन्धान गरिने हो भने महाराष्ट्र सरकार नै ढल्ने चेतावनी दिएकी हुन्। कंगनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो एक्सरेले यहाँ ठूलो षडयन्त्र पत्ता लगाउन सक्छ। शिवसेना सत्तामा आएपछि उन (वझे) लाई निलम्बन गरिएको थियो तर पछि फेरि फिर्ता गरियो। राम्ररी अनुसन्धान गरियो भने लुकेका कंकाल निस्कने मात्र होइन, महाराष्ट्र सरकार नै ढल्छ, म २ सयभन्दा बढी एफआईआर फाइल गर्न सक्छु। जय हिन्द।’ अभिनेत्री कंगना र महाराष्ट्र सरकारबीच पहिलेदेखि टकराव छ। अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा पनि कंगनाले महाराष्ट्र सरकार र प्रहरीविरुद्ध प्रतिक्रिया दिएकी थिइन् ।
nepalkhabar.com
932,073
नवलपरासीले पहाडी गाउँ विकास समितिलाई पूर्ण उज्यालो बनाउन जिल्ला विकास समिति, नवलपरासीले स्थानीय खोलानालाबाट लघुजलविद्युत् निकाल्नका लागि अध्यायन गरेको छ ।
ekantipur.com
4,678,483
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको प्रसंगले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । धेरैले चासो राखिरहेका छन्, भारतले दिएका भैंसी कहिले र कसरी नेपाल भित्र्याइन्छ ? कृषि मन्त्रालयले भने भारतले भैंसी नभएर राँगा दिएको बतायो । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किँदा राँगा पनि नेपाल ल्याउने तयारी थियो । तर, क्वारेन्टाइनलगायतका प्रक्रियामा ढिलाइ हुँदा प्रधानमन्त्रीसँग राँगाहरु आएनन् । अर्थ मन्त्रालयले नेपालको टीम पठाउन बजेट निकासामा ढिलाइ गरेकाले प्रधानमन्त्री आउँदा ल्याउन नसकिएको स्रोतले बतायो । दुई वर्षअघिदेखि नै नेपाल सरकारले भारतसँग ३० वटा मुर्रा राँगो मागेको थियो । तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका पालामा भारतसँग ३० वटा राँगा मागिएको थियो । त्यसपछिका कृषिमन्त्रीहरुले पनि त्यो मागलाई निरन्तरता दिएका थिए । प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले १५ वटा राँगो दिने सहमति गरेको हो । भारतीय दूतावासले हिजो विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएपछि सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारतबाट १५ वटा भैंसी नभई राँगा आउन लागेको बताए । तर, सामाजिक सञ्जालमा भने भैंसी भनेर चर्चा भएकाले भ्रम परेको उनको भनाइ छ । उनले भने, ‘नेपाल र भारतका प्रतिनिधिहरु रहेको सयुक्त कृषि प्राविधिक कार्य समूह छ । त्यही समूहबाट ३० वटा मुर्रा राँगो माग भएको हो । यी राँगा नेपालको भैंसीको प्रजनन प्रक्रियाको लागि ल्याउन लागिएको । यसले नस्ल सुधार गर्छ ।’ सञ्जेलका अनुसार पशु सेवा विभागको प्राविधिक टोली गएर भारतले दिने भनेको राँगाको स्वास्थ्य ठीक छ कि छैन भनेर चेकजाँच गर्नेछ । त्यसपछि मात्रै त्यो राँगो नेपाल भित्र्याइनेछ । नेपालले भारतसँग ३० वटा राँगो खरिद गर्ने प्रस्ताव गरे पनि भारतले सित्तैमा दिन तयार भएको उनको भनाइ छ । नेपालका पशु चिकित्सक गएर भारतले दिने राँगोको स्वास्थ्य परीक्षण गरेपछि मन्त्रालयसँग समन्वय गरेर ल्याउन अनुमति दिइनेछ । भारतले नै ती १५ वटा राँगो नेपालको सिमानमा ल्याएर छाडिदिनेछ । भारतले नेपालको सिमानामा रहेको क्वारेन्टाइनसम्म राँगो ल्याएपछि नेपालले जिम्मा लिनेछ । कृषि मन्त्रालयले राँगो आयात गर्न कर छुटसमेतको व्यवस्था मिलाइसकेको सञ्जेलले बताए । अहिले भारतबाट आयात हुने १५ वटा राँगो कसलाई दिने भन्ने जिज्ञासा पनि सामाजिक सञ्जालमा छ । कृषि मन्त्रालयले भारतबाट ल्याइने राँगा कुनै किसानलाई वितरण नगरिने बताएको छ । ती १५ वटा राँगा सरकारी कृषि फर्ममा नै राखिने छ । पशु सेवा विभागले सञ्चालन गरेको पशु प्रजनन केन्द्रहरुमा राखिने छ । स्रोतका अनुसार भारतबाट ल्याउन लागिएको राँगाको मूल्य डेढ लाख भारतीय रुपैयाँ जति पर्छ ।
nepalpress.com
3,317,955
वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्ने भएको छ। बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिडलाई प्राथमिकतामा राखिएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो। सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदले अनुमान गरेका छन्। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
355,056
नेपाल र क्यानाडाबीचको एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल विगत एक सातायता क्यानाडा भ्रमणमा छ । अमेरिकाबाट शृंखला खेलेर नेपाल आएलगत्तै स्कटल्याण्डमा आयोजना हुन लागेको अर्को एक दिवसीय शृंखला लागि नेपाली टिम अहिले क्यानाडामा रहेको हो । आईसीसी विश्वकप लिग २ अघि नेपालले क्यानाडासँग दुई वटा एक दिवसीय खेल खेल्न लागेको हो । क्यानाडामा नेपाली टिमले स्थानीय क्लब ओन्टारियोविरुद्ध दुई अभ्यास खेले खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । क्यानाडासँगको दुई खेलपछि नेपाली टोलीले स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ ।
hamrakura.com
3,760,208
रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।  उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान हुन बाँकी छ ।
emountaintv.com
122,612
प्रतिनिधिसभा विघटनको विरोधमा झण्डै डेढ महिनापछि मंगलबार औपचारिक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । त्यसअघि जसपाले प्रतिनिधि सभा विघटनको विरोध गरेपनि औपचारिक आन्दोलनको घोषणा गरेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमविरुद्ध आन्दोलनमा जाने की नजाने भन्ने विषयमा जसपाभित्र मतभेद रहँदै आएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादव आन्दोलनमा जाने पक्षमा थिए भने महन्थ ठाकुर लगायत नेताहरु अदालतको फैसला कुर्ने पक्ष थिए । बाबुराम भट्टराईले प्रचण्ड–नेपाल पक्षलाई भेटेर संयुक्त आन्दोलनका लागि प्रस्ताव नै गरेका थिए । उनले प्रचण्डलाई भेटेर ओलीसँग औपचारिक सम्वन्ध विच्छेद गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेका हुन् । केपीको राजनीतिक कदम विरुद्ध प्रचण्ड आन्दोलनमा भएपनि कानूनी रुपमा केपी–प्रचण्ड अहिले पनि एउटै पार्टीमा छन् । त्यही आधारमा प्रचण्ड समूहको नेकपा र जसपावीच संयुक्त आन्दोलनको कार्यक्रम बन्न सकेको छैन । यसैवीच जसपाले २० माघमा आन्दोलनको घोषणा गरेको हो । जसपाले २३ माघमा जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने र २८ गते मशाल जुलुस निकाल्ने निर्णय गरेको हो ।
nepalwatch.com
1,436,578
राजधानीका अव्यवस्थित तारको व्यवस्थित गर्ने काम आजदेखि सुरु हुने भएको छ । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्न लागिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो ।
kendrabindu.com
2,481,162
सम्झौता पश्चात् महालक्ष्मी विकास बैँकका डेविड कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले का सम्पूर्ण सेवामा १५ प्रतिशत, ​ ​ का सेवाहरुमा अधिकतम २० प्रतिशत, & . ​ का सेवाहरुमा १० प्रतिशत, . . ​ का सेवाहरुमा १० प्रतिशत र . . ​ का सेवाहरुमा अधिकतम २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ratopati.com
4,508,660
मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन् । मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिएका हुन्। गत बुधवार मुख्यमन्त्रीमा नियुक्त चौधरीले आजै विश्वासको मत लिएका हुन् । शुक्रबार नेपाल एयरलाइन्सको ९ एन-एबिटी जहाजले रेसुंगा विमानस्थलमा सफल रुपमा परीक्षण उडान गरेको छ। उक्त जहाज क्याप्टेन मनिष विष्ट नेतृत्वको टोलीले रेसुंगा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन् ।
pahilopost.com
44,073
आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)का महानिर्देशक डा. ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक स्रोत–साधनको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।
canadanepal.com
5,334,445
दुर्घटना भएको भ्यान । तस्बिर : गणेश खनाल भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान आइतबार दुर्घटना भएको हो । दुर्घटनामा दुईजना घाइते भएको प्रहरी प्रमुख प्रतीकसिंह राठौरले जानकारी दिनुभयो । भ्यान बुटवलबाट प्युठान जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।
gorkhapatraonline.com
43,717
चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।
canadanepal.com

Nepali Text Corpus

Overview

Nepali-Text-Corpus is a comprehensive collection of approximately 6.4 million articles in the Nepali language. This dataset is the largest text dataset on Nepali Language. It encompasses a diverse range of text types, including news articles, blogs, and more, making it an invaluable resource for researchers, developers, and enthusiasts in the fields of Natural Language Processing (NLP) and computational linguistics.

Dataset Details

  • Total Articles: ~6.4 million
  • Language: Nepali
  • Size: 27.5 GB (in csv)
  • Source: Collected from various Nepali news websites, blogs, and other online platforms.
Downloads last month
0
Edit dataset card